Social Icons

Featured Posts

गाउँघरमा दशैको रौनक

  •  देवेन्द्र कार्की
भीडभाड र कोलाहलले भरिएका शहरहरू यति बेला लगभग रित्ता छन् । उपत्यका यति बेला फराकिलो बनेको छ । मुलुकका अन्य शहरहरू पनि क्रमशः रित्तिँदैछन् । शहरबाट एकाएक हराएका मानिसहरूको भीड गाउँमा देखिएको छ । दशैँको पूmलपातीअघि नै गाउँ भरिएको छ । शहरलाई शून्य बनाएर सबै मानिस गाउँमा शाखा–सन्तानको उपस्थितिले घरहरू निकै उज्याला र भरिभराउ भएछन् । छरछिमेक, इष्टमित्र, आफन्त र घरपरिवारसँग भेटघाट गर्ने बहाना बनेको दशैँको रौनक गाउँमै छ । नजिकको दुर्गा भगवती मन्दिर, गाउँलेहरूले निर्माण गरेको दुर्गा पूजा स्थलमा नेपाली, हिन्दी गाना तथा भजनले गुञ्जायमान छन् । नौरथादेखि नै बिहान ४ बजे नै हार्मनीको भैरवी रागसहितको भजन–कीर्तनको ध्वनिले सबै गाउँले झिसमिसेमा ब्युँझन्छन् । यहाँका एकसे एक गायक–वादकहरूले झुमीझुमी भक्तिरसका भाका ओकल्दा माहौल नै अर्कै बनेको छ । नौरथाभरि भजन–कीर्तन र मेलाले गाउँ रोमाञ्चक बनेको छ ।

आहा ! भेडेटार


भ्यु टावरबाट देखिएको भेडेटार बजार ।
  • देवेन्द्र कार्की, 
भेडेटारको उचाइमा रहेको भ्यु टावर ।
भेडेटार बजारबाट २ किमी तल उत्तरतर्फ रहेको नमस्ते झरना ।
धरान  / शिरमा सेताम्मे हिउँ फुल्ने कञ्चनजंघा र मकालु हिमाल, काखमा सुतिरहेछ, पूर्वकै नमुना सहर धनकुटा । हो, पूर्वको रमणीय पर्यटकीय स्थलका रूपमा परिचित छ, भेडेटार ।
यहाँ बाह्रैमास आन्तरिक तथा बाह्य पर्यटकहरू भीड लाग्छन् । आधा भूभाग धरान र आधा धनकुटाको स्वामित्वमा रहेको भेडेटार भूगोल, मौसम र आसपासका अन्य पर्यटकीय स्थलका कारण चर्चित छ ।

ब्यवस्थित बसोवासको उदाउँदो शहर धरान



  •  देवेन्द्र कार्की 


पूर्वको पर्यटकीय शहर धरानको इतिहास खोज्दै जाँदा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शम्शेर राणासम्म पुग्छ । सन् १९५८ सालमा चन्द्रपुर बजार (हालको पुरानो बजार) बसालेर धरान सहरको बस्ती बसाएको इतिहास छ । इस्ट इन्डिया कम्पनीलाई काठ आपूर्ति गर्न धरान हालेर चारकोसे जंगल फँडानी गरिएकाले यस ठाउँको नाम धरान रहेको हो । १९९० सालको भूकम्पपछि अर्का राणा प्रधानमन्त्री जुद्ध शम्शेरले हालको नयाँ बजार भनिने जुद्धनगर बसाए ।  २०१० सालमा ब्रिटिस सरकारले ब्रिटिस गोर्खा सैनिक कार्यालय स्थापना गरेपछि पूर्वी पहाडी जिल्लाको व्यापारिक केन्द्रका रूपमा धरानको विकास भएको हो । गोर्खा शैनिकका ेकार्यलय स्थापनाले धरानलाई पूर्वी पहाडी जिल्लाको नाकाको रुपमा विकसित गरेको पाईन्छ ।
१६ औ सताब्दीमा किरात प्रदेशको राजधानी
धरानको इतिहास सौह्रौँ शताब्दीतिरको विजयपुरसँग पनि जोडिन्छ । यति बेलाको वियपुर धार्मिक आस्थाको केन्द्रको रुपमा विकसित भएको छ । स्थानिय बुढापाकाका अनुसार पाल्पाका सेनवंशी राजाले विजयपुर गढीलाई सामरिक हिसाबले महत्वपूर्ण किल्ला बनाएका थिए । गोर्खाका राजा पृथ्वीनारायण शाहले १८३१ सालमा सम्झौता गरेर नेपालमा गाभ्नुअघि विजयपुर किरात प्रदेशको राजधानी थियो। त्यही विजयपुरगढी धरानको शिरका रुपमा रहेको छ । 

 धरानको इतिहास 

हालको आधुनिक धरान सहर रहेको स्थानमा सुरुमा घना जङ्गल रहेको र सो जङ्गल फँडानीका क्रममा काठ चिर्ने आरावालाहरुले तयार गर्ने गरेको धरान (धराप) बाट नै आजको धरान सहरको नामकरण भएको भन्ने भनाई छ ।
वि.स. १९५० तिर घना जङ्गल फँडानी गरेर सानो बस्तीबाट सुरुवात भएको धरान, वि.स. १९५९ मा तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरले चन्द्रनगर (हाल पुरानो बजार) र वि.स. १९९० तिर श्री ३ जुद्ध शमशेरले जुद्ध नगर (हालको नयाँबजार) बसालेको इतिहासमा पाइन्छ ।