Social Icons

चिया पसलबाट गुजरा


देबेन्द्र कार्की / तराईमा गर्मी बढ्दो छ । मान्छे घाम र आगोको तापबाट टाढा बस्न पाए हुन्थ्यो भनेर उच्च ठाउँ तथा छहारी खोज्दै भौंतारिरहेका छन् । तर तराईको उकुसमुकुस गर्मीका बीच ३३ वर्षीय दिनेश विष्ट दम्पत्ति भने एउटा छाप्रोमुनि आगोको भँुग्रोमा बिहानदेखि बेलुकासम्म रहेर एकनासको जिन्दगी बिताइरहेका छन् । बिहान झिसमिसेमा चिया पकाउने टपेस बेलुका अबेरसम्म उनीहरुको अँगेनामाथि पाकिरहेको छ । सधैं मैला कलरको टि-सर्टमा सजिएको भेटिने दिनेश आगोको राप र ताप खािरंदै सुकिला-मुकिला चिया पारखीलाई उनीहरुको चाहनाअनुसारको मिठो चिया खुवाएर लामो समयदेखि जीवन गुजारा गरिरहेका छन् ।
सप्तरीको नगरोन्मुख फत्तेपुर बजारको मुख्य चौक छेवैमा रहेको एउटा छाप्रीमा उनीहरुको सानो चिया पसल छ । मासिक दुई हजार भाडा तिरेर उनीहरुले त्यो पसल चलाउँदै आएका छन् । ठूला व्यवसाय गरेर आलिसान महलमा जीवन बिताउनेहरुको लागि उनको चिया पसल सामान्य होला तर आफ्नै मेहनतमा अरुको गुलाम बन्न नचाहने ती दम्पत्तिको चिया पसल भने जीवनको एउटा पाटो बनेको छ । पूर्व-पश्चिम यात्रा गर्ने पहाड चढ्नेदेखि लिएर स्थानीय बासिन्दा उनका नियमित चिया ग्राहक बनेका छन् । साथीभाइसँग भेटघाट राजनीतिक चिया गफदेखि लिएर सयम बिताउने ठाउँसमेत दिनेशको चिया पसल बन्ने गरेको छ । नयाँ पाहुना आउँदा साथीभाइसँग भेट गर्ने वा काम सकेर थकाई मार्ने थलो नै दिनेशको चिया पसल बन्ने गरेको छ आजभोिल । बाक्लो चिया बनाउने गरेकाले उनीहरुको पसलमा धेरै ग्राहक झुम्मिने गरेको स्थानीयको भनाइ छ । उनी आÏना ग्राहकहरुलाई भोक टार्न नास्ता र शुद्ध दूधको खिर पनि खुवाउँछन् ।
ुमेरो पसलमा बढी चियाको ग्राहक छन् । त्यसपछि खिर खान बढी मान्छे आउँछन् ।ु एउटा भेटमा चिया गिलासमा चमेच फिट्दै गर्दा भेटिएका दिनेशले मुस्काउँदै बोलॆ ुचिया पिएपछि भोक मार्न खिरको खोजी हुन्छ । त्यो पनि २० रुपैयाँमै उपलब्ध गराएको छु ।ु प्रतिकप ५ रुपैयाँ मात्र चियाको दाम िलंदै आएका दिनेशले दैनिक ७० लिटर दूध खपत गर्दै आएको बताए । त्यसमध्ये १० लिटर दूधको भने खिर बनाउने गरेको उनले बताए । अम्मलीहरुका लागि चियाको चुस्कीसँग केही ब्रान्डका चुरोट पनि खिलाउँछन् उनी । चियासँगका अरु बिस्कुट पाउरोटीलगायतका सितन पनि सँगै मिलाएर राखेका छन् । दैनिक कति कप चिया बिक्री गर्छन् उनलाई हेक्का हँुदैन । तर चियाको पालो कुरेर बस्ने ग्राहकहरु भने धेरै भेटिन्छन् । दैनिक ५ सयभन्दा बढी नै चिया बिक्रीबाट फाइदा हुने उनको भनाइ छ ।
नेता शिक्षक कर्मचारी व्यापारी सर्वसाधारण उनका ग्राहक छन् । फत्तेपुरमा धेरै चिया पसल चलेका छन् । पसल चल्ने र बन्द हुने क्रम पनि चलिरहेको छ । तीमध्ये दिनेश र सरस्वतीको जोडीलाई साहारा दिने यो एउटा पसल बनेको छ । सानैदेखि चिसा व्यापारमा आमाबाबुलाई सघाउँदै आएका दिनेश ६ वर्षदेखि भने चिया साहुजी भएका हुन् । ुमेरा आमा बुबाहरु पनि यहीं चिया पकाउँदापकाउँदै बिते आपुू पनि यही कार्यबाट जीवन बिताउने सुर छ ।ु विगत कोट्याउँदै उनले भने ।
ुबढी दूध लगाएर स्वादिलो चिया बनाउने गरेकाले दिनेशको नियमित चिया ग्राहक बनेको छु ।ु स्थानीय राष्ट्रिय माविका शिक्षक गुणराज कोइरालाले भने । यस्तै मदर मेमोरियल उच्च माविका प्राचार्य युवराज खनाल शिक्षक दिनेश थापा सुदास राईलगायतको जक्सनसमेत यदि दिनेशको चिया पसल बनेको छ । ुसरहरु मेरा नियमित ग्राहक हुनुहुन्छु दिनेशले भने ुचिया पसलमा आउने ग्राहकबीच भएको छलफलबाट बौद्धिक ज्ञान पनि निःशुल्क पाइन्छ ।
ुभगवान्का कृपाले सेवा गर्न पाएको छु ।' चिया फिट्दै दिनेशले बोले । यही चिया बेचेर जीविका चलेको छ । एक समय विदेश भासिने सोचेका दिनेश अहिले भने चिया बेचेरै बाँकी जिन्दगी बिताउने बताए । चिया बेचेर बचेको पैसाले इटहरीमा १५ धुर र फत्तेपुरमा ५ धुर घडेरीसमेत जोडी सकेको उनले सुनाए । आमा-बाबुको िबंडो थाप्न पसल नथापेका भए उनी यतिबेला खाडी मुलुकको मरुभूमिमा पसिना बगाइरहेका हुन्थ्ये वा यतै गाउँघरतिर घाँसपात हलो-कोदालो उनको जीवनसाथी बन्थ्यो होला तर चिया पसललाई निरन्तरता दिएपछि उनको पसिना आÏनै माटोमा सििाचत भएको छ ।
गाउँकै प्राइभेट कलेजमा स्नातक अध्ययन गर्दै गरेका दिनेश कमाउन नभइ जीविकोपार्जन गर्न पसल चलाएको बताउँछन् । उनको उमेरका कतिपय स्नातक होल्डर युवा-युवतीहरु अहिले शहरमा पढे लेखेको छु भन्दै जागिर खोज्दै भौंतारिरहेका होलान् तर दिनेश भने कर्म गरे फल पाइन्छ भन्दै कामको उँच-नीच कुनै प्रवाह नगरी निरन्तर संघर्ष गरिरहेका छन् ।