Social Icons

कागजमा सीमित नमुना शहर



–देबेन्द्र कार्की
मुलुककै सबैभन्दा बढी ११४ गाविस भएको सप्तरी जिल्लामा अवस्थित नमुना गाविस फत्तेपुर जिल्लाका ४ नमुना गाविसमध्ये एक पर्छ । राजविराजदेखि झण्डै ४७ किमि सुदूरपूर्व उत्तरमा बग्ने त्रियुगा नदीको समीपमा करिब १३०७९।७९ हेक्टरमा फैलिएर रहेको छ यो गाउँ । प्रशस्त सम्भावना बोकेको यो गाउँको विकासका लागि आवश्यक स्रोत र साधनको दृष्टिले त्यति कमजोर मान्न सकिँदैन । तर २०५२ सालमै सरकारले नमूना गाविस घोषणा गरे पनि साँचिकै नमूना गाउँको आभाष भने मिल्दैन प्रजातन्त्रको पुनःस्थापन तथा लोकतन्त्र बहालीपछि स्थानीयस्तरका सानातिना समस्या निराकरणका लागि स्थानीय स्वायत्त शासन ऐनअन्तर्गत केही अधिकार निक्षेपन गरे पनि जनप्रतिनिधिको अभावमा आवश्यकता पहिचान योजना छनौट स्रोत साधनको सदुपयोगलगायत विषयमा कसैको ध्यान पुग्न सकेको छैन । सचिवको भरमा गाविस साचालन भइरहेकाले पनि विकासको गति सुस्ताएको अनुभूति हुन्छ ।
विगत वर्षको तुलनामा भौतिक पूर्वाधार बाटो बिजुली भवन पुल निर्माणलगायत क्षेत्रमा कछुवाको गतिमा विकास भएकै मान्न सकिन्छ तर यसलाई पर्याप्त मान्ने ठाउँ छैन । समग्रमा भन्ने हो भने जनताको आर्थिक जीवनस्तर सामाजिक एवम् सामुदायिक विकासमा फड्को मार्न सकेको छैन । उत्पादन वृद्धि गरिबी निवारण रोजगारीको अवसर वृद्धि शिक्षाको विकास नारामा मात्र सीमित भएका छन् । लामो इतिहास बोकेको फत्तेपुर गाविस क्षेत्रका स्थानीयवासीमा गाउँ समाजको विकास र आमूल परिवर्तन ती गाउँबासीको प्रमुख दायित्व हो भन्ने कुरा अझै वोध हुन सकेको छैन । आपुना समस्या सरकार वा अरु कसैले समाधान गरिदेला भनेर मुख ताक्ने पबृति मौलाएको छ । अझ समाज परिवर्तन र गाउँको विकासका लागि जुटेको बताउने ठेकेदारहरुको सामाजिक स्वार्थभन्दा व्यक्तिगत स्वार्थ बढी हावी भएकै कारण यस गाविसमा रहेका अनेक जात जनजातिहरु विभिन्न अवसरबाट विाचत हुँदै आएका छन् । जिम्मेवार निकायको गम्भीर हेलचेक्राईं एवम् बेवास्ताका कारण यहाँका स्थानीयवासीले आधारभूत सेवा सुविधा पनि लिन पाएका छैनन् ।
एउटा नमूना अर्थात् नगरोन्मुख गाविसका आधारभूत पूर्वाधार भनेको बाटो स्वास्थ्य शिक्षा बिजुली खानेपानी टेलिफोनलगायत नै हुन् । यी सबै सुविधा केही हदमा भए पनि स्तरीय सुविधा लिनबाट विाचत छन् यहाँका समुदाय । फत्तेपुरको विकास र विस्तारको कुरा गर्दा पूर्वको सुन्दर नगरी धरानको इतिहास जोडिन पुग्छ । कुनै बेला धरान स्याल कराउने पाखो थियो । २०१७ सालतिर फाट्फुट घरहरु थिए । अहिे धरानले ठूलो फड्को मारिसकेको छ । धरानको वस्ती विकाससँग फत्तेपुरको पनि वस्ती विकास भएका जानकार वृद्धहरुको अनुभव छ । तर धरान जुनरुपले विकासमा फड्को मारेको छ फत्तेपुर त्यसको चौगुणा पछि छ । खोटाङ्ग सावा कटरेबाट धरान झरेका मान शहादुर थापा धरान स्याल कराउने पाखो सम्झिएर फत्तेपुर बसाई सरेका थिए । फत्तेपुर बसाईबारे उनी गुनासो त गर्दैनन् तर विकासमा गति लिन नसकेकोमा भने पछुतो गर्छन् । यहाँको नेतृत्वतह रहेका दलका प्रतिनिधि समाजसेवीलगायतको व्यक्तिवादी पबृती र समुदायको उन्नतिप्रति जवाफदेहिता नहुनु तथा एकले गरेका कार्य अर्कोले खुट्टा तान्ने प्रवृत्तिको विनास हुन नसक्दा यो गाउँले फड्को मार्न नसकेको धेरैको बुझाई छ । व्यक्तिवादी सोच पुरातन प्रवृत्तिमा परिवर्तन हुन नसक्दा यो गाउँले फड्को मार्न नसकेको प्रष्ट छ । यतिबेला नमूना नगरपालिका भइसक्नुपर्ने हो तर त्यसो हुन सकेन । आवश्यक भौतिक पूर्वाधार सम्पन्न हुँदाहुँदै पनि यो गाउँले विकासमा गति लिन सकेन ।
सरकारी सुविधाबाट विाचत
सरकारले लगभग २०० लाइन टेलिफोन फत्तेपुर गाविसमा वितरण गरेको छ । तर सिडट प्रणालीको टेलिफोन सेवा भएका कारण त्यति प्रभावकारी हुन सकेको छैन । मुलुक भएको टेलिफोन सेवामध्ये फत्तेपुरमा मात्र सिडट प्रणालीको सुविधा प्रदान गरिएको छ । यो सरकारी नमुना सुविधा मान्नुपर्छ । डिजिटल प्रणालीको टेलिफोन सुविधा नहुँदा यहाँ बासिन्दाले इमेल इन्टरनेटलगायतको सुविधा लिनबाट विाचत भएका छन् । जनताको सेवा गर्न बसेको टेलिकम शाखा कानमा तेल हालेर बसेको छ । भवन बनाउन सुरु गरेको भए पनि हालसम्म निर्माण कार्य पूरा गर्न सकेको छैन । भवन बनिसकेपछि स्तरीय टेलिफोन सेवा सुरु हुने आश्वासन बाँड्दै कर्मचारीहरु तलब पकाउँदै आएका छन् । समयमा भवन निर्माण सम्पन्न नहुनु पनि यहाँ विकास निर्माण कति द्रुत गतिमा हुन्छ भन्ने एउटा नमूना मान्न सकिन्छ ।
यहाँ झण्डै २० हजार जनसंख्याको बसोबास होला । त्यसमा ४० प्रतिशतले मोबाइल प्रयोग गर्छन् । मोबाइल नेटवर्क उपलब्ध नहुँदा उनीहरुको मोबाइल पनि गीत सुन्नमात्र सीमित भएको धेरैको गुनासो छ । राज्यले धेरै मात्रामा राजश्व संकलन गर्न सक्ने मोबाइल सेवा गुणस्तरीय बनाउन सकेको छैन । यहाँ केही वडाहरुमा बाहेक सबै ठाउँमा विद्युत सेवा विस्तार भएको छ तर दैनिक दुई घण्टा पनि बिजुली बाल्न पाउँदैनन् । न्यूनतम ८० रुपैयाँ प्राधिकरणलाई सबैले बुझाउँदै आएका छन् तर विद्युत सेवा भने लिन पाएका छैनन् । लाइन आएको बेला पनि भोल्टेज कम भएका कारण क्याडिलको सहारा अनिवार्य भएको छ । यो पनि नमूना गाउँको नमूना बिजुली सेवा मान्नुपर्छ । हुनत देशभरी नै लोडसेडिङको मार खेपिरहनुपरेको छ । तर मूलुकका अधिकांश गाउँमा भने राष्ट्रिय लोडसेडिङसँगै स्थानीय लोडसेडिङसमेत थपिँदा विद्युत सेवा शुन्य भएको हो ।
ुयहाँ बत्ति कतिखेर आउँछ कति खेर जान्छ टुङ्गै हुँदैन कहिलेकाहिँ २४ घण्टा हुँदैनु स्थानीय राष्ट्रिय माविका शिक्षक गुणराज कोइराला भन्छन् ुयहाँको विद्युत टेलिफोन सेवा भरपर्दो छैन ।ु विद्युत नभएका बेला मोबाइल सेवासमेत अवरोध हुँदै आएको छ । नमूना गाविसभित्रका नमूना सेवाहरुले यहाँ जनता आजित भएका छन् । सुधारका लागि यहाँका केही युवाहरुले विगतमा दवाव पनि नदिएका हैनन् तर सम्बन्धित निकायले सुनेको छैनन् । झुटा आश्वासनबाहेक यहाँका जनताले अरु केही पाउन सकेका छैनन् । द्वन्द्वकालमा असुरक्षाको कारण देखाएर यहाँ रहेको नेपाल बैंक लिमिटेड काचनपुर सर् यो । शान्तिबहाल भएको तीन वर्ष बितिसक्यो तर बैंक अझै पुनःस्थापना हुन सकेको छैन । ठूला व्यापार व्यवसाय विद्यालय सहकारी संस्था बचत समूह सामुदायिक वन समूहमा आर्थिक कारोबार धेरै हुने गरे पनि सरकारी बैंक सुविधाबाट यहाँका बासिन्दा विाचत छन् । दैनिक लाखौंको कारोबार हुने स्थानमा निजी बैंक साचालकहरुले समेत फत्तेपुरमा नजर लगाउन सकेका छैनन् ।
समाधानका उपाय
यी यावत समस्याले जकडिएको गाउँलाई साँच्चिकै नमूना बनाउने उपाय पनि छन् । स््रोत र ासधनको पनि कमी छैन । मात्र सकारात्मक सोच र दिगो व्यवस्थापनको खाँचो छ । लगभग ४३ जनजातिको बसोबास रहेको र थारु समुदायको बाहुल्यता रहेको कागजमा नमूना गाउँलाई व्यवहारमा नमूना बनाउन सही व्यवस्थापन र कुशल नेतृत्वको खाँचो छ । यहाँ लगभग ९४८।२१ हेक्टर क्षेत्रफल रहेका वन क्षेत्र छ । चारवटा सामुदायिक वन समूहले संरक्षण गर्दै आएका छन् । यो वन क्षेत्रबाट एउटा जिविसको बजेटभन्दा दोब्बर कारोबार यी सामुदायिक वनबाट हुने गरेको छ । सामुदायिक वनको आम्दानी केही भागमा स्थानीयस्तरमा लगानी भए पनि पर्याप्त छैन । सामुदायिक वनका पदाधिकारीहरुले निःस्वार्थ भावमा समुदाय विकासमा वनको आम्दानी खर्च गर्न तदारुकता देखाउनुपर्छ । काठ बेचेर अर्थ सङ्कलनमा होइन समुदायको कसरी हित हुने काममा खर्चने भन्नेबारे सोच बनाउनुपर्छ । अन्य क्षेत्रका सामुदायिक वन समूहले विभिन्न उद्योग संघसंस्था सहकारीलगायत साचालन गरेका छन् । त्यो पाठ सिक्दै समुदायको हितकारी कार्यमा वनको आम्दानी खर्चनुपर्छ ।
गाविसमा आउने अनुदान तथा विकास बजेट सही रुपमा प्रभावकारी ठाउँमा लगानी गरिनुपर्छ समाजको ठूलो हिस्सा ओगटेको युवा समुदायलाई समाज सुधारको लागि परिचालन गरिनुपर्छ । उनीहरुलाई विभिन्न अवसर र तालिम प्रदान गरेर समुदायको सेवामा खटाउने हो भने मुलुकको ुनमूना गाउँु बनाउने सम्भावना धेरै छन् । यसका लागि ुतेरो मेरो भन्ने भावना त्यागेर ुहामीु भन्ने मन्त्रलाई आत्मसाथ गर्दै ुआºनो गाउँ आफै बनाउँु भन्ने साझा नाराका साथ अघि बढे विकास यही फल्छ यही हुर्कन्छ र यही बढ्छन् । केही वर्षमा यसलाई नमूना शहर भनेर चिनाउन सकिन्छ ।