Social Icons

गन्तव्य धरान


सन्दर्भः नेपाल पर्यटन वर्ष २०११
-देबेन्द्र कार्की
oorvaaaachal विकास क्षेत्रमा अवस्थित धरान नेपालकै एक सुन्दर तथा विविध सांस्कृतिक विविधतायुक्त सहर मानिन्छ । नेपालकै आधुनिक र फेशनएवन शहरको रुपमा चिनिएको धरान शुरुमा घना जङ्गल रहेको र सो जङ्गल फँडानीका क्रममा काठ चिर्न आरावालाहरुले तयार गरेको धरान धराप बाट नै आजको धरान शहरको नामकरण भएको स्थानिय बुडापाकाहरुको भनाई छ । वि।स। १९५० तिर घना जङ्गल फँडानी गरेर सानो बस्तीबाट सुरुवात भएको धरान वि।स।१९५९ मा तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरले चन्द्रनगर हाल पुरानो बजार र वि।स। १९९० तिर श्री ३ जुद्ध शमशेरले जुद्ध नगर हालको नयाँबजार बसालेको इतिहास पाइन्छ ।

वि।स। २०१० सालमा पूर्वााचलको लागि बि्रटिस गोर्खा भर्ती केन्द्र धरानमा स्थापना भए पछि मुख्य रुपमा धरानमा बसोबास तथा चहलपहल बढेको पाइन्छ । वि।स। २०१७ सालमा धरान नगरपालिका घोषणा भएको थियो । २०१८ सालमा नेपाललाई १४ अाचल ७५ जिल्लामा विभाजन गर्दा कोशी अाचलको सदरमुकाम समेत धरानलाई मानिए पनि पछि राजनीतिक किचलोका कारण विराटनगर सारिएको बताईन्छ । विविध जाति तथा जनजातिहरुको बसोबास स्थल र कला साहित्य संस्कृति तथा खेलकुदको क्षेत्रमा ख्याति प्राप्त धरान हाल आएर शिक्षा स्वास्थ्य पर्यटकीय तथा व्यापारिक पूर्वाधारयुक्त सुन्दर सहरको रुपमा विकास हुँदै गएको छ । धरान तीन तिर डाँडोले घेरेको दक्षिण तिर चारकोशे झाडी रहेको र दुवै तीर सेउती र सर्दु ्रखोलाले घेरेको छ ।

यहाँ समशीतोष्ण प्रकारको हावापानी पाईने गर्छ । यहाँ थोरै दूरीमा पनि उचाइको धेरै फरक रहेको छ । पहाड र तराईको संगम स्थल भाबर प्रदेशको रुपमा रहेको धरान भिरालो भएका कारण पानी परेका बेला शहरमा हुने फोहोर मैला पनि बगेर जाने हुदा यो शहरले सफा शहरको परिचित छ । नेपालको दोश्रॊ धेरै पानी पर्ने स्थान पनि धरानै हो । यहाँ २६२६ मि।मि।÷ सम्म बर्षा हुने गरेको मौसमविदहरुले जनाएका छन् । जनजाती तथा पूर्वबि्रटिस सैनिकहरुको बाहुल्यता रहेको धरानलाई लाहुरेको शहर पनि भन्ने गरिन्छ । विभिन्न जातीय संस्कृतिको सङ्गमस्थल भएकाले यहाँ विभिन्न जनजातीहरुको अध्ययन र अवलोकन गर्न सकिने भएकाले सांँस्कृतिक पर्यटनका हिसाबले धरान महत्वपूर्ण मानिन्छ । कला भाषा साहित्य एंव विभिन्न संस्कृतिको सङ्गमस्थलको रुपमा रहेको कारण पर्यटन वर्ष सन् २०११ लाई लक्षित गरी धरानलाई साँस्कृतिक तथा आध्यात्मिक पर्यटनको आकर्षक केन्द्र बनाउने पहल पनि थालिएको छ । संस्कृति पर्यावरण तथा प्राकृतिक सम्पदाका हिसाबले अग्रस्थानमा रहेकाले आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बन्नसक्ने प्रशस्त सम्भावना रहेको धरान एउटा सास्कृतिक र आध्यत्मिक गन्तव्र्य बन्न सक्ने संस्कृतिविद्हरु भनाई छ ।

धरानमा आन्तरिक तथा बाह्य पर्यटन भित्राउन ओशो सन्देशका प्रचारक एवं तपोवन ध्यान केन्द्रका प्रमुख स्वामी आनन्द अरुणले धरानसँगै जोडिएको विष्णुपादुका गाविसमा विसाल ओशो महापरिनिवार्ण ध्यान केन्द्र निमार्ण गर्ने तयारीमा जुटेका छन् । नेपालमा आध्यात्किक पर्यटकिय विकासको प्रचुर सम्भावना भएकाले आध्यात्मिक पर्यटन प्रवद्धन आभियानमा जुटेकारे स्वामी अरुणको भनाई छ । धरानमा पनि आध्यात्मिक पर्यटनको प्रचुर सभ्भावना देखेकाले विष्णुपादुकामा ध्यान केन्द्र निमार्ण गरि विश्वका लाखौ ध्यानीहरुलाई सुनसरी बसाउने लक्ष्य रहेको उनले बताए । नेपालको प्राग ऐतिहासिक कालदेखि हालसम्मको कला संस्कृति रहेकाले धरान साँस्कृतिक र आध्यात्मिक पर्यटनका हिसाबले सबैभन्दा अगाडि रहेको उनको भनाई छ ।

प्रशस्त साँंस्कृतिक सम्पदा मठ मन्दिर प्राकृतिक वातावरणका हिसाबले सुन्दर शान्त भएकोले पूर्वाधार निमार्ण गर्न सके यहाँ लाखौ पर्यटक भित्राउन सकिने संस्कृती विदहरु बताउछन् । धरानलाई जनसहभागिताको नमुना सहरको रुपमा पनि चिनिदै आएको छ । धरानमा विभिन्न जनसहभागिताका योजनाहरु तथा धराने जनताहरुको सकि्रय सहभागिता अध्ययन अवलोकन गर्न मानिसहरु धरान आउने गर्दछन । यहाँका सामुदायिक वन समूहहरुको अध्ययन गर्न अन्य जिल्लाका वन समूहहरु आउने गर्छन । धरान नगरपालिकामा जनसहभागिताको इतिहास हेर्दा २०३५ साल देखिनै सुरुवात भएको पाइन्छ । तर जनसहभागिताको सकि्रय सुरुवात भने ०।५५ देखि भएको नगरपालिकाले जनाएको छ । जनसहभागिताको सुरुका दिनहरुमा उपभोक्तहरुको २५ तथा ४० प्रतिशत र नगरपालिकाको ७५ तथा ६० प्रतिशत लागतको आधारमा योजनाहरु संचालन गरिएकोमा पछि आएर क्रमशः न।पा। र जनसहभागिता ५०÷५० प्रतिशत सम्मको लागतमा समेत योजनाहरु सम्पन्न भएका छन् ।

यसले आफ्नो शहरको विकास गर्न जनताहरु संकृय भएको मान्न सकिन्छ । शहर भित्रका सडक संाजाल बडि पिच भएको शहरमा पनि धरानको नाउ आउछ । सडक ढल मात्र नभई जनसहभागिताबाट नै विभिन्न वडा समिति भवनहरु विद्यालय भवनहरु तथा शौचालयहरु समेत निर्माण भएका छन । धरान हङकङ माच हङकङमा गएर बसेका धरानेहरु मकाउमा बस्ने धरानेहरु र धरान नगरवासी सहित धरान नगरपालिकाको सहयोगमा धरानको भानुचोकमा निर्माण भएको धरान घण्टाघर पनि पर्यटकहरुको आकर्षणको केन्द्र विन्दु भएको छ । नेपालका अन्य नगरपालिकाहरुका लागि पनि जनसहभागिताको एउटा नमुना बन्न पुगेको छ । नेपालको पूर्वी पहाडी जिल्लाहरुको प्रवेशद्वार तथा पहाड र तराईको संगम स्थलको रुपमा धरानलाई चिनिन्छ । भौगोलिक स्थिति हावा पानी यहाँ रहेका विभिन्न धार्मिक तथा ऐतिहासिक महत्वका स्थलहरु साथै यसका आसपासमा रहेका विभिन्न धार्मिक तथा पर्यटकीय महत्वका स्थलले यसको पर्यटकीय सम्भावना बलियो भएको प्रस्टाउछन् ।

धरानको शिरानमा रहेको विजयपुर डाँडा र त्यहाँ रहेका बुढा सुब्वा दन्तकाली पिण्डेश्वर पाचकन्या मन्दिर विजयपुरको ऐतिहासिक भताभुङ्गे दरवारलगायत यहाँको आकर्षणका केन्द्र विन्दु हुन । ती मन्दिरमा विभिन्न समयमा लाग्ने धार्मिक मेलाहरुबाट पनि पर्यटन प्रवद्धनमा सहयोग पुग्दै आएको छ । बाह्रै मास चिसो हावा पानी पाइने भेडेटार तथा वेलायतका युवराज चाल्स्र चढेको पहाड चाल्स प्वाइन्ट भेडेटार भ्यू टावर तथा धरानमा विकसित हुदै गरेका विभिन्न पार्कहरुले धरानलाई पर्यटकीय केन्द्रको रुपमा विकासित गराउदै लगेको छ । धरानको आसपासमा रहेका धार्मिक महत्वका स्थानहरु र त्यहाँ लाग्ने मेला वराहक्षेत्र विष्णु पादुका रामधुनी पाचायनधाम आदिले पनि धरानको धार्मिक पर्यटकीय महत्वलाई थप टेवा पुर् याएको छ । धरानदेखि नजिकै रहेको कोशी टप्पु वन्यजन्तु आरक्षले पनि धरानको पर्यटकीय विकासलाई सहयोग पुर् याएको छ । विभिन्न प्रजातीका चरा तथा अर्ना अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरु धरान धरानको साँस्कृतिक तथा धार्मिक छट्टाको अवलोकन गर्न चुक्दैनन् । पहाडी जिल्लाको नाका भएकाले रमणीय ठाउँहरु धनकुटा ताप्लेजुङ कुम्भकर्णहिमाल कन्चनजंगा मकालु हिमालवरुण राष्टिूय निकुाज अरुण उपत्यका तिनजुरे मिल्के लालीगुराँस क्षेत्र गुफा पोखरी सभा पोखरी ह्यातुङ झरना आदिको प्रवेश मार्ग पनि धरान नै हो ।

अर्कोतिर धरानका विभिन्न जाति जनजातिहरुका सांस्कृतिक र परम्परागत रहनसहन तथा रितिरिवाजले पनि पर्यकीय महत्वलाई सहयोग पुर् याएको । किरात जातीको उँधौली उँभौली उृत्सव नेवार जातिको लाखेनाच गाईजात्रा तामाङ्ग जातिको शेलो गुरुङ्ग जातिको रोदीधर तथा क्षेत्रीवाहुन जातिको बालननाच तथा संगिनी आदिको लागि पनि धरान केन्द्रस्थल बनेको छ । लिम्बुहरुले त दुई दशकदेखि चासोक तङ्नामको सामूहिक उत्सवको आयोजना गरेर साता भर बनाउने गरेका छन् । किरात याक्थुङ चुङ्लुङ धरान नगर कमिटिको आयोजनामा बर्षै पिच्छे साता व्यापी उत्सव आयोजना गर्ने गरेको छ । धरानलाई पर्यटनको मुख्य गन्तव्य बनाउन अरु धेरै पर्यटकिय सम्भावनहरु रहेका छन् ।

सप्तकोसी नदीमा र् याफटीङ्ग चतरा देखि कोशी ब्यारेज सम्म नौका दौड भेडेटारबाट प्याराग्लाइडीङ्ग पाचकन्या नेचुरल मिनी जु को रुपमा विकास गर्न सकिन्छ । प्याराग्लाइडीङ्ग को लागि भने धरान नगरपालिकाले पहल शुरु गरेको छ । नगरपालिकाको ५० औ स्वर्ण महोत्सवको अवसरमा माघ १४ गतेदेखि प्याराग्लाइडीङ्ग शुरु भएको छ । पाचकन्या जंगलको सिरानमा रहेको किराँत कालिन दरबारको भग्नावशेषको उत्खनन चारकोशे झाडीलाई संरक्षण र संवद्धन गरी विभिन्न जैविक विविधताहरुको संरक्षण धरान विष्णुपादुका वराहक्षेत्र केवलकार संचालन गर्न सकिने धरान नगर पालिकाले जनाएको छ । सार्क स्तरिय वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग रहेको अन्तर्राष्टिूय स्तरको गल्फ मैदान पनि यहाँको आकर्षणको केन्द्र हो । यि माथिका सम्भावनाहरुलाई पुरा गर्न सकियो भने धरान साचिकै पर्यटकिय गन्तव्य बन्न सक्छ । पिण्डेश्वरमा श्रावण महिनामा लाग्ने बाबाधाम मेलालाई व्यवस्थित गरि अझ बढि प्रचार प्रसार गर्न सके बर्षमा लाखौ भारतीय आध्यात्मिक पर्यटकहरु भित्राउन सकिने सम्भावनाहरु रहेको छ । धरान नगरपालिका ५० बर्ष पुगेको अवसरमा यहि माघ १४ गतेदेखि १७ सम्म भव्य स्वर्ण महोत्सव मनाएको छ । पर्यटन बर्ष २०११ लाई लक्षित गरि आयोजन गरिने महोत्सवले धरानको पर्यटन प्रवद्धन गर्न थप टेवा पुर् याउने विश्वास गरिएको छ । नगरपालिकाले स्वर्ण महोत्सवको अवसर पारेर धरानको दृष्यालोकनलाई सहज बनाउन धरान१४ स्थित दन्तकालि मन्दिर छेउ भ्यु टावर निमार्ण गरेको छ ।