Social Icons

जन्म गाँउलाई अखवारी माया


यात्रा संस्मरण 
  • देबेन्द्र कार्की
डाडापखापोखरीका वन बाटीकाहरु गुरासे रंङ्गमा मेरै स्वागतमा बाटोमा आखा विछयाइरहेकिछिन् भन्ने भान मलाई लागि रहयो । चौदण्डीको वतासे डाडाबाट ३ घण्टा लामो हिडडाको थकान भुलेर मबाट छुटयो पुरानो लवजको सुस्केरा । दुवै तिरवाट हावा ओहोर दोहेार गर्ने चौत्ाारमा झोला विसाएर तराईको फाटमा धानका वाला झुलेकॊ र पहाडी श्रृखलाको रमाइलेा प्राकृतिक दृश्यहरु धिर्त मरुाजेल हेर्न व्यस्त रहे । आफनेा जन्म भूमी पहाडलाई चौतारामा वसेर निहाल्दा निहाल्दै वालसखीहरु सँग धिन्ताङको नागीमा लुकामारी खेल्न थाले । गाईवस्तु चराउने तरुनी तन्नेरी सँग भेडी गाठो खेल्ने व्यस्त भए । वालापनमा डुवेको बेला पहाड जत्रो भारीले थिचिएका एक वाल भरिया म नजिक डाकार टेकन लगाई समय सोधिदिएर मलाई व्युझाई दिए उनीसँग चिन जान गरे म र मेरा यात्रामा साथदिने मेरो भतिज दिपक चौदण्डी डाडावाट कोशी नदि भेट्न ओरालिउति लाग्यौ । खोटाङ्ग घर वताउने दुवै दलित वाउ छोराको पिडा र वाध्यता सुन्दै अघि वढयौ । विचरा साउँको भारी पुर् याएर आएको पैसाले १२ परिवारको दशै मनाउने कुराले मलाई झएकोमा घरी घरी मेरा मन उरी वतासले उडाएर वचपनको रमाईलो दिनहरुसँग खेलीरहेको हुन्थयो । दिपकले मलाई बेलाबेलमा सचेत गराउथ्ये दशैको बेला तराईबाट पहाड वोकेर लानेहरुले वेला वेलामा कति समय वित्यो हजुर भनेर घरी घरी सोध्नुभयो । चौदण्डीको विकट ओराली काटेर छुईलाको फेदिमा एक खड्का वाजेकामा त्येा रात विताईयो । वसाइका क्रममा गाउँघरका गन्थन गरियो । माओवादीको खुव कुरा भए । अगाडी बद्ने वाटो चिसापानी मा माओवादी चेक जाचँ गर्न वसेका छन् होसियार जानु होला भनेर खड्का दाइकी छोरी सुशीलाले सम्झाइन ।

भोली पल्ट झिसमिसेमा घरवेटीसँग विदाईका हात हल्लाउदै आफनो गन्र्तव्यतिर लाग्यौ वाटो भरी उकाली ओरालीमा छरपष्ट रहेका घरहरु नियाले । सम्पन्न व्यक्तिहरुले घर घर मा सोलर राखेछन । विपन्न गरिवीले थिचिएका भने उक्सन सकेका रहेनछन । बाटो भरी लाल झण्डा र माओबादीले बनाएको स्वागत गेटको सिङगारले संसार रै अर्कै होकी भान हुन्थ्यो । म बाल्यकालका आला यादहरुलाई सगाल्दै यात्रामा निरन्तर लागिरहे । सन्ध्याकालिन रविको किरणलाई निस्तेज पादै पश्चिमका डाँडाले रविलाई क्षितिज पारी धकेल्दै थियो । म भने जन्मभूमीमा पुगि मात्रृत्व अंकमाल गर्न आतुरहुदै पैताला अगाडी बढाईरहे । केहि घन्टा हिडेपछि चिसापानी पुगे । मेरो माध्यमिक शिक्षालयलाई निहाले र खम्मुवान मुक्ति मोर्चाले विना कसुर मारिएका स्व। धनहर्क राईलाई सम्झीए जसले राम्रो अग्रेजी शिक्षा मलाई दिएका थिए । तिनै आर्शिवातले कनिकुथि अङग्रेजी बोल्छु । पुराना साथीभाईलाई भेटदै विगत मन भरी सगाल्दै उकालो लागे । बल्ल माओबादीका कार्यकर्तासँग भेट भयो । जहा गएनी अरुलाई प्रश्न सोध्न बानी परेको उल्टै मलाईनै प्रशनहरु तेसा्रइए चिनजान गरियो पाटीका गाउ स्तरका नेता रहेछन पाटी गतिविधीको बखान गरे । उनले राज्य नै माओवादी हो भन्ने मलाई पनि प्रभावमा पार्न कोशिस गरे । केहि बेरको हिडाई पछि म भाज्याङखर्क निस्कीए । म बचपनको यादले भावनामा डुव्नपुगे । म एकान्तमा एक्लै एकोरिए । मैला लुगा लगाएर खाली खुटटा गाईको पुच्छर समाउदै नागी घेमेको बनमाराघारीमा लुकामारी खेलेको । आफ्नो जिवनबाट भयभित हुदै आफैलाई प्रश्न गरिरहेको थिए ।

तर जीवन सर्घष गर्नु थियो देशको माटोको लागि मैले केही दिनु थियो । हो मैले गाउँ नछाडी बसेको भए मेरो आमा बाबु नावालक भाई बैनीसँग रमाएर बस्थ्ये होला तर गाउँ समाज र राष्ट्रियको निम्ति कलम चलाउने कलमवीर पक्कै हुने थिईन । र बचपनको यादमा रोए आमाको यादमाा रोए । समय पनि कति निष्ठुरी हुदोरहेछ मैले मेरो प्यारो गाउँ मेरी आमा छोडेर हिडेको ११ वर्ष भएछ । जिन्दगीका २६ औ बसन्त लामो इतिहास म अनुमुतिको मोड भीडमा अल्मलिदै भावनामा बगिरहेको थिए । म गाउँको सिरानी सेती ढुंगाबाट गाउँलाई निहादै लामो सुसेली हाले । पुराना कुराको यादले मलाई रमाईलो नरमाईलो दुवै भईरहेको थियो । करिब १२ बजे तिर घर पुगे । भैसीलाई खोले दिन जान लाग्नु भएको रहेछ आमा । लामो समय सम्म नर्फिकिएको छोरो एक्कासी देख्दा खुसी हुनु भायो । मैले पनि प्रणाम गरी पिडिमा बसे केहीवेर गन्थन भयो आमाले बुहारी चाहियो भन्नु भयो । म झसंग भए । केही बेर पछि आमाको कुरा अन्त्य मोडेर म बचपनका साथी भाई भेट्न गाउँतिर हिडे ।

दुरभाग्य मेरा बाल्यकालका साथीहरु गाउँमा रहेनछन् देशको बदलिदो परिस्थिती र जिविको पार्जन गर्न सबै विदेशिएछन । तर सानो छदा अर्ति उपदेश दिने डम्बर दाई भने गाउँमै भेट्ने मौका पाए । गाउँ घरका तिता मिठा कुराहरु भयो । गाउँको परिस्थिती र अवस्था दाई ले खुलेर बताउनु भायो । माओवादीको गतिविधि साकारको उपस्थितको शुन्यताको बारेमा बेली विस्तार लगाउनु भायो । म पत्रकार भएको कारण हो वा लामो अन्र्तराल पछि भेटीएको भाईलाई समस्या दर्शाउन हो गाउँको खवर सबै पाए ।

मलाई सहि मार्ग दर्शन गर्ने गुरुहरु भेटाए प्रतिष्ठित पत्रकार भएकामा शिक्षकहरु खुशि हुदै बधाई र आर्शिवाद दिनु भायो । मलाई चिन्न चाहनेहरु सँग पनि भेट भयो । गाउँका केही साथिभाई जो हामी बचपनमाा भलिबल टुनामेन्ट खेल्न जिल्ला क्षेत्र धाउथ्यौ केहि साथीहरु माओवादी पाटिमा लागेका रहेछन् । माओबादीको चर्चा गाउँभारी हुदो रहेछ । म पनि भलिवल खेलाडी भएका कारण ती साथीहरु म नजिकनै भएपनि पाटीको बारे भने मलाई बताएनन् ।

राजकुमार राईले माओवादी पाटीको गातिविधि गाउँ मा विकास निर्माणको अवस्थाको बारे बृतान्त सुनाउनु भयो गाविसका भवन माओवादीले कब्जा गरेका रहेछन् । गाउँमा सरकारले विकास पुर् याउन छाडेको रहेछ । बाटो निर्माण मर्मत गाउँले आफै मिलेर गर्दा रहेछ मेरो गाउँमा धेरै परिवर्तन भने भएछ । विद्यालय उमेरका भाइबहिनी कलम कापी छाडेर केही माओवादी सेनामा भर्ति भएछन् । माओवादीबाट टाढिनेहरु विदेशिएका रहेछन गाउँमा त बृदा महिला पुरुषमात्र बाकी रहेछन ।

सुचना प्रवाहा गर्ने ब्यक्ति भएका कारण गाउँको गतिविधि बुझ्न यस पटक घर आएको भन्दा एक जना माओवादी साथीले तिम्रो आयु छोटिने धम्की दिए । मलाई गाउँमा परिवर्तनका रेखाहरु कोरीदै गएपनि गाउँलेलाई माओवादीमा लाग्न बाध्य बनाउने संगठनमा जब्बर जस्ती राख्ने सुरुङ्ग खनाउने एक ठाउँ बाट अर्को ठाउँ जादा माओवादी जनसरकार प्रमुखको अनुमति आदेश लिनु पर्ने भनी गाउँलेले सुनाउदा मेरो समेत मन खिन्न भयो ।

कलम बोक्ने सुकोमन हातमा बन्दुक देखे शोषक सामान्तहरु घर छाडेर विदेशिएछन गाउँमा ठुलो परिवर्तनका आधि चलेको रहेछ । तर खै किन हो आज भोली मेरो गाउँमा कोहिलिले मिठो गित गाउन छाडेछ न्याउली पनि नरुएको धेरै भयो रे भन्ज्याङ्ग खर्क शुक्रवारे बजार राके बजार चिसापानि हाटमा जाड रक्सी खाएर काटाकाट गर्नेहरु हराएछन । अचेल जुवाडेहरुले कैडी फालेछन तासेहरुले तास च्यातेछन शोषकहरुले फर्जी तमसुक च्यातेछन । जाँड रक्सी भट्टी खोल्ने कान्छी माईलीहरु प्नि रक्सीको भाडो फुटाएर अर्को पेशामा लागेछन् । गाउँ रमाईलो भएछ तर डर त्रास र भयले भने राज्य जमाएकै रहेछ ।

धिन्ताङ्गको फेदिबाट जीवनको यर्थाथता खोज्दै फेदिको फाटसम्म पुगेर एउटा वेढंगको उराड लाग्दो मान्छे मलाई आफ्नो गाउँ फर्किदा रमाईलो आभाष भईरहेको थियो । बचपनका रमाइलाले मन खिचेको थियो । गाउँका खुल्ला नागीमा साथिसंग भेडी गोठ खेलेको ढण्डीवियो खुट्टा ताकी साथीलाई हिर्काएको विद्यालयमा भाले जुधाई खेल्दा सबै लाई जित्दा केटी साथिले प्रशम्सा गरेको खेतका गरामा हिलो छ्यापी हलि बाउसे गरेको याद आलै थियो । जताततै पोखिएका बाल्यकालका अनुभुतिहरु म माथि सम्मालिन सक्नु थिएनन् । काल्पनिक आनन्द खुशी भेट घाट चिन जान श्रद्धा भाव आदन प्रदान गदै एक हप्ता लामो समय गाउँमानै विताए । हप्तापछि पुनः गाउँको मायाबाट पर्देसिए ।

तर यो बसाई मेरानिरन्तर हुने सम्भावना थिएन । त्यसैले छाति भरी गाउँघर परिवार इष्टमित्र को माया साचेर भन्ज्याङ्ग खर्क निस्कीए ।

मुटु भरी गाउँको माया बोकेर चिसापानी हुदै जहाँ माध्यमिक शिक्षा पाएको थिए त्यसलाई उराठलाग्दो मनले नचाहदा नचाहादै विदाईका हात हल्लाउदै निगालबासको ओरालो लागे । दिनभरी बेलटारसम्म पैदल यात्रा थियो । मन भरी गाउँको याद गर्दै निरन्तर हिडिरहे आफ्नो गन्तब्य सप्तरी पुग्नलाई ।

सगरमाथाको छातीमा पग्लिएर छताछुल्ल पोखिएको जुनेली रात बनपाखामा माया पि्रतीका गित सँगै बासुरीको धुन गुन्जिएको सुन्न आतुर उकाली ओराली भाज्इाङ्ग चौतारी सायद आफै मलाई नै खोजीरहेका होलान । तर म केवल शब्द रुपी सम्झना र आँखाभरी भाया शिवाय केही खन्याउन सकिन । हु त म गाउँको यादमा घायल त पक्कै भएको छु । गाउँसंग मेरो चिनारी भए देखि खिएर रहेका कलिला पैतलाहरु हुर्कीएर आज सिधा उभिन सकेको छु । आज मलाई जीवनको छलाङमा बेमौसमी फूल सम्झे हुन्छ । गणितिय हिसाबमा कयौ महिना बेखवर विते होलान तर कुनै पनि दिन गाउँलाई भुलेर दिन वित्न पाएका छैनन् । यहाँ गाउँलाई माया दसा्रउने शब्दनै प्रयाप्त छैनन । माया सायद शब्दमा व्यक्त गर्न सकिदैन । कतै जीवन भोग्ने तर्क पुर्ण बनाउन बस्तीबाट भागेर अन्त्यै कतै हराए भने यसको विवशता भनेर आफैलाई सम्झाए हुन्छ । हाम्रो भेट हुदा मेरा मरुभुमिझै सुख्खा आँखाहरु रसाए पनि गल्तीको प्रायश्चित गर्दै मेरो गाउँ जीवन्त बाचोस मेरो अनुपस्थिती भएपनि मैले विवशताले बाटो विराए पनि तर आँखाभरी मायासंगै अजिवनसम्म नटुटने विश्वास दिलाउछु किन कि म समयबाट अनभिज्ञ मान्छे अन्यास त्यही गाउँमा कुनै दिन झुल्किन पनि सक्छु । वस मेरो प्यारो गाउँ वासिङ्ग थर्पूलाई यति शब्दले रगित आँखाभरी माया ।

२०६२-०६-२३ को एक हप्ते यात्रा