Social Icons

अनुकरण गर्दा कसो होला ?

संस्मरण
  • -देबेन्द्र कार्की
नेपालबाहिर भारतको वीरपुरसम्ममात्र पुगेको थिएँ । भारतको अन्य थप शहर घुम्ने चाहना लामो समयदेखिको हो । नभन्दै गत डिसेम्बर पहिलो साता भारतको राजधानी नयाँ दिल्ली घुम्ने मौका मिल्यो । जोगमनीबाट ४८ घण्टाको पट्यारलाग्दो रेल यात्रापछि दिल्लीको ठूलो रेलवे स्टेशन आनन्द विहारमा अवतरण गरियो । साथमा पत्रकार शालीग्राम पाण्डे, अर्जुन उप्रेती, सरोज कार्की, देविप्रसाद खड्कालगायत्को टोली भारतीय दलित साहित्य अकादमीको कार्यक्रममा भाग लिन दिल्ली गएका थियौं।
मनोक्रान्ति बाल विकास केन्द्रका संयोजक सरोज कार्कीसहित सातजना नेपालीहरुलाई सम्मान गर्ने कार्यक्रम थियो । त्यही कार्यक्रमको अवसरमा हामीले दिल्ली दर्शनको अवसर पाएका हौं । ७ दिनसम्मको यात्रामा दिल्ली शहरको छेउकुना नियालियो । दिल्लीवासीको तौरतरिकापूर्ण दैनिकी, त्यहाँको रहनसहन धीत मरुञ्जेल नियाल्ने मौका पाइयो । दिल्लीका सडकमा जीवन खोज्दै भौंतारिने केही नेपालीहरुसँग पनि भेट भयो ।


  • व्यापारमा समर्पण
व्यापार–व्यवसायमा दिल्लीका उद्योगी–व्यापारीको समपर्ण र ग्राहकलाई कन्भिन्स गर्ने स्टाइलले हामीलाई निकै प्रभावित पा¥यो । त्यहाँका यी राम्रा पक्षको मात्रै सिको गर्ने हो भने नेपालमा निकै विकास हुने रहेछ । सोँच, पौरख र विकास त्यहाँका नमूना लागे । बिहान ११ बजे सुरु हँुदो रहेछ त्यहाँको व्यापारिक गतिविधि । राति १० बजेसम्म निर्धक्क व्यापार चल्दो रहेछ । सबै मानिस आ–आप्mनो कामधन्दामा व्यस्त देखिन्थे । पार्टी, नेता र सरकारलाई गाली गरेको कतै सुनिएन । फुर्सद् पनि नहुँदो रहेछ
उनीहरुलाई । शहरका सडकमा परम्परागत उत्सव, महोत्सव वा झाँकीहरुको तामझामले मनै लोभ्याउँदो रहेछ ।
धेरै भीडभाड तर अत्यन्त व्यवस्थित । सडकमा पसल थाप्नेहरुको संख्या कमै देखियो । काठमाडौंको रत्नपार्कजस्तो अव्यवस्थित भीड त्यहाँ पटक्कै थिएन । बिजुली जाने चिन्ता रहेनछ । व्यापार–व्यवसाय निर्धक्क चलेको । औद्योेगिक Ôेत्रको व्यवस्थापन उस्तै राम्रो । व्यवस्थित शहरका आवासीय Ôेत्रबाट केही टाढा खाली जमिनहरुमा उद्योगधन्दा खोलिएका रहेछन् । उद्योगधन्दा फस्टाएको सङ्केत त्यहाँको जीवनशैलीबाटै बुझिन्थ्यो । नेपालमा भने यस्ता खाली ठाउँहरुमा भोटका लागि सुकुम्बासीका नाममा नेताहरुले बस्ती बसाउने काम गर्छन् । नेपालमा खाली जग्गा अतिक्रमण गर्ने होडबाजीमात्र चल्छ । दलहरुका आ–आप्mनै सुकुम्बासी छन् । ७ दिनको भारत भ्रमणको अनुभवले के देखायो भने हामीले अहिलेसम्म छिमेकीहरुबाट उनीहरुले त्याग्न चाहेको कुरामात्र सिक्दा रहेछौं । उनीहरुले अँगाल्न चाहेको कुरा सिक्न सकेका रहेनछौं । हामी अर्काको देखासिकी त गर्छांै तर बढी अनावश्यक मात्र गर्दा रहेछौं ।
यो त भयो भारतीय राजधानीको जीवनशैली र व्यवस्थापन । त्यहाँको ट्राफिक व्यवस्था झनै राम्रो रहेछ । नेपालका चौक–चौकमा प्रहरी सिट्ठी फुकेर बस्दा पनि सवारी नियम पालना गर्दैनन् तर त्यहाँ चौकमा ट्राफिक बस्नु पर्दैन । सबै सवारी नियमअनुसार हिँड्छन् । नियम नमान्नेलाई कानुन पनि कडा रहेछ । त्यसैले नियम उल्लंघन गर्ने आँट कसैले गर्दा रहेनछन् । क्षमताभन्दा बढी यात्रु कुनै बसले नबोक्ने । एकजनाले ‘म उभिएरै जान्छु’ भन्दा पनि चालकले नमान्ने । यस्ता कुरा त नेपालले पनि सिक्दा राम्रो हुुने हो ।
  • अनुकरणीय समाजसेवा
दिल्ली शहरबाट नेपालीहरुले सिक्नैपर्ने अर्को कुरा पञ्जाबीहरुको समाजसेवा रहेछ । म्ी ड ख्व्ीज्ञढज्ञद्ध  नम्बरको महङ्गो कारमा एक दाह्रीवाल पञ्जाबी पुरानो दिल्ली चाँदनी चौकस्थित गुरुद्वारामा छिरे । बुभ्mदा उनी दिल्ली शहरमा निकै धनाढ्य परिवारका सदस्य रहेछन् । गुरुद्वारामा छिरेर उनी आगन्तुकहरुको जुत्तामा पालिस लगाउन बसे । (तस्विरमा हे.) पञ्जाबीहरुका गुरु टेकबहादुर सायपलगायत् १० जनालाई सन् १७६४, ११ नोभेम्बरमा भाला रोपेर दुस्मनहरुले मारेका रहेछन् । उनीहरुकै सम्झनामा दिल्लीका १० स्थानमा गरिब, दीनदुःखीको सेवाका लागि गुरुद्वारा निर्माण गरिएका रहेछन् । त्यहाँ खानपिन र आराम गर्न आउने दैनिक करिब २ हजार व्यक्तिहरुको सेवा त्यहाँका धनाढ्यहरुले गर्दा रहेछन् । निःस्वार्थ सेवाभावले दीनदुःखीहरुले खाएका भाँडा माभ्mने, सफा गर्ने, जुत्तामा पालिस लगाउने काममा व्यस्त थिए । गुरुद्वाराका क्लर्क रणद्विप सिंहका अनुसार दैनिक २ हजारलाई निःशुल्क भोजन गराइन्छ । ५० प्रतिशत काम गुरुद्वाराबाट हुुन्छ र बाँकी समाजसेवा गर्न चाहनेहरुले निःशुल्क श्रम खर्च गर्छन् ।
हाम्रो देशमा त समाजसेवाको नाममा आश्रम खोलेर विनापैसा अरुलाई श्रम गर्न लगाएर समाजसेवी बन्ने परिपाटी छ । समाजसेवाको नाममा डलर भजाउनेमात्र काम हुन्छ । समाजसेवा भनेको कस्तो हुन्छ भन्ने कुरा त्यहाँका पञ्जाबीबाट हामीले सिक्नैपर्ने हुन्छ ।
  • दिल्लीका सडकमा नेपाल चिन्ता
यात्राको क्रममा एर्का एकजना नेपाली भेटिए । भारतीय नागरिकको भीडमा अचानक मध्य नयाँ दिल्लीको तानसेन मार्गमा नेपाली लवज बोल्ने एक अधवैंशे भेटिए । नेपाली लवजको हिन्दी स्वरले हाम्रा पाइला रोकिए । नेपालीपन भएको व्यक्तिसँग हाम्रो जम्काभेट भएपछि बाटोमै उभिएर निकै बेर भलाकुसारी ग¥यौं ।
उनी रहेछन्, पश्मिम अछामका डिकबहादुर विक । जनयुद्धताका माओवादीमा लागेका विक पार्टीले पाल्न नसकेपछि दिल्ली हान्निएका रहेछन् । पार्टीकै काम गर्दा ऋण लागेछ । त्यही ऋणको बोझले दिल्ली पुगेका रहेछन् । बाटोमा उभिएर निकै बेर भलाकुसारी ग¥यौं । राजनीति बुझेका रहेछन् उनले । जनयुद्धका गफ सुनाए । भारतले रुचाएका मााओवादी नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएकोमा उनी निकै गर्व गर्दा रहेछन् । ‘भट्टराई प्रधानमन्त्री भए, अब मुलुकमा केही हुन्छ ।’ विकले भने । उमेर त्यस्तै ४५ हुँदो हो । एक वर्षदेखि दिल्लीको एउटा कम्पनीमा सुरक्षागार्डका रुपमा काम गर्दा रहेछन् । रातभरि काम गरेर बिहान कोठातिर जाँदै गर्दा हाम्रो भेट भएको हो । नेपालमा हुँदा २०५९ सालदेखि माओवादीमा सक्रिय भएर काम गरेका रहेछन् । उनले हामीसँग भेट हुनेबित्तिकै क्रान्तिकारी गफ सुरु गरे । उनी पार्टीको डीसीएमसम्म भइसकेका रहेछन् ।
दिल्लीमा बसेर नेपाली राजनीतिबारेको चिन्ता उनमा धेरै देखियो । उनले भने, ‘नेपालका शोषित–पीडित सर्वहारा वर्गले अभैm न्याय पाएका छैनन् । उनीहरुको हितमा काम गर्ने नेता नेपालमा जन्मिएनन् । भट्टराईले केही गर्लान् कि ।’ उनले आशावादी गफ सुनाए । उत्सुक हुँदै उनले एउटा प्रश्न तेस्र्याए, ‘नेपालमा अहिले त शान्ति छ नि ।’ माओदावीको यत्रो भक्त अनि आप्mनो देशप्रति यति चिन्तनशील व्यक्ति दिल्ली भास्सिनुको कथा भने बेग्लै रहेछ । ०६० सालदेखिका माओवादी पूर्णकालीन कार्यकता विकले घर–परिवार चलाउन ग्रामीण लघुवित्त कोषबाट २० हजार ऋण लिएका रहेछन् । भाखा नाघे पनि ऋण तिर्न जोहो गर्न नसक्दा दिल्लीलाई नै उनले अन्तिम विकल्प ठाने । गाउँमा दलित उत्पीडित सर्वहारा वर्गको पक्षमा वकालत गर्ने नेताको अभाव होला तर पार्टीका काम गर्दा, परिवार पाल्दा लागेको ऋणको बोझ बिसाउन उनी दिल्लीका सडक नापेर हिँडिरहेका रहेछन् । ‘अब बैशाखसम्ममा त्यो ऋणको भारी बिसाउन पाउँछु । त्यसपछि त गाउँमै गएर दलित अधिकारका लागि लडाइँ लड्छु ।’ उनले सुनाए ।
नेपालको राजनीति दिल्लीको इसारामा चलेको पनि उनले हामीलाई सुनाए । दिल्लीले नेपाललाई नीच दृष्टिले हैर्छ । त्यसको उदाहरण यहाँ रहेका नेपालीलाई गरिने भेदभावको दृश्य निहाल्दा पर्याप्त बुझिन्छ । यहाँ नेपालका सबै नेता आशीर्वाद थाप्न आउँछन् । आशीर्वाद थापेर दिल्लीअनुकूल काम गर्छन् । त्यसैले नेपाली सर्वहाराहरु पिल्सिएका पिल्सिएकै भएका हुन् ।
दिल्लीमा पश्चिम नेपालको एउटा ठूलै हूल पसेको रहेछ । अभाव, गरिबी र बेरोजगारी समस्या टार्न विभिन्न क्षेत्रमा मजदुरी गर्दा रहेछन् । काम गरेर बँचेको समय डबलीमा बसेर ‘नेपाल–चिन्तन’ गर्दा रहेछन् । नेपालका राजनीतिक, सामाजिक, आर्थिक विकासकाबारे चिन्तन हँुदो रहेछ । बढी त उनीहरु राजनीतिक चिन्तनमा पिरोलिँदा रहेछन् । अब नेपालमा के हुने  हो ? महङ्गीको भारले थिचिएका नेपालीले कसरी जीवन चलाउलान् भन्ने उनीहरुको चिन्ताको विषय बन्दो रहेछ । ‘हामी विदेशमा गुलामी गरिरहेका छौं तर हाम्रो मन नेपालमा छ । चिन्ता हामीजस्तै गरिब नेपाली जो नेपालमा बसिरहेका छन्, तिनीहरुको छ’, विकले भने, ‘हामी बिग्रिएका नेता र विपन्न मजदुरहरुको विषयमा चिन्तन गर्छांै ।’
बाटौमै उभिएर आधा घण्टा गफियौं । तस्विर खिचायौं । यस्तो भेटमा त्यत्तिकै छुट्न हँुदैन भनेर नेपाली पाहुनाको संज्ञा दिएर खाजा खुवाए । खाँदै गर्दा उनले भने, ‘तपाईंहरु राज्यको चौथो अङ्ग हुनु हँुदो रहेछ । नेपाल बिग्रनबाट खबरदारी जारी राख्नुहोस् ।’ एक समय सर्वहाराका लागि काँधमा बन्दुक बोकेर जङ्गल पसेका विकले श्रमजीवी नेपालीहरुबीच खाएको कसम पूरा गर्न नसक्दा निकै निराशावादी कुरा पनि सुनाए । सत्तामा पुगेर सम्पत्ति कुम्ल्याउने खेतीमा लागेका माओवादी नेताहरुको निकै बेर आलोचना गरे ।
यात्राको क्रममा देखेका भोगेका केही उदाहरणमात्र हुन् । दिल्लीबाट राजनीतिमात्र होइन, यस्ता कुरा पनि सिके नेपाललाई फाइदा छ । हाम्रा नेताहरु प्रायः दिल्लीबाट सत्ता प्राप्त गर्ने, सरकार ढाल्ने कुटनीतिमात्र सिक्छन् । फोहोरी खेल थाँती राखेर दिल्लीको औद्योगिक तथा कृषि क्रान्ति, त्यहाँको सफल जीवनशैली, रहनसहन र समाजसेवाको पाटोप्रति पनि ध्यान दिए कसो होला ?
                                                                                                                  -debendrak@gmail.com
(Published in Blast Times Daily)