Social Icons

गाउँ घरमा दशै

  •  -देवेन्द्र कार्की
भीडभाड कोलाहल चहलपहलले भरिएको शहरहरु दशैको फूलपाति अघिनै रित्तो भयो । शहरबाट एकाएक हराएका मानिसहरुको भीड फूलपातप् देखिनै गाउामा देखियो । शहरलाई शुन्य  बनाएर सबै मानिसहरु गाउामा शाखा सन्तानको उपस्थितिले घरहरु निकै उज्याला र भरीभराउ भए ।
छरछिमेक इष्टमित्र आफन्त घरपरिवारसाग भेटघाट गर्ने बहाना बनेको दशैको रौनकता गाउा कम्ता छैन । नजिकको दुर्गा भगवती मन्दिर, गाउालेहरुले निर्माण गरेको दुर्गा पूजा स्थलमा नेपाली, हिन्दी गाना तथा भजनले गुञ्जायमान छन् । बिहान ४ बजे नै हार्मिनको भैरवी रााग सहितको भजन किर्तनको ध्वनीले सबै गाउाले झिसमिसमा जर्‍याकजुरुक उठेका छन् । यहााका एकसे एक गायक बादकहरुले झुमीझुमी भक्तिरसका भाखा ओकल्दा माहौल नै अर्कै बन्ने गरेको छ । नौरथ भरी भजन किर्तन र मेलाले गाउा रोमाञ्चक बन्यो । यो रोमान्चक दुानिया निहाल्दा जोकोहीलाई गाउा छाड्न मनल ेमान्दैन ।

जता गयो उतै रमाइलो । चोक चोकमा हालिएका पिङमा शहरिया केटाकेटी खुम रमाएका छन् । ओल्लो घर पल्लो घर आउ जाउ टिका, आर्शिवाद ग्रहण गर्ने क्रम जारी छ । हार्दिकता पूर्वक आतिथ्यताले गाउा सुशोभित छ । आहा १स्वर्ग टुक्रा यति कतै खसेको छ की ।

उता जुवा तास खेल्नेहरुको जमात पनि आफ्नै धुनमा छन् । घाासे मैदानमा फुटवलको रौनक उस्तै छ । जित्नेलाई रातो भाले, घोर्ले खसी उपहार छ । दशैमा भाले कप र खसी कप जारी छन् । यसले पनि गाउामा रौनक थप्ने गरेको छ । गाउाको दशैलाई यसले निकै उत्साह थपेको छ ।
दशैका विषयमा ओलोचना, टिकाटिप्पणी जे भइरहे पनि गाउँमा सबै समुदायका मानिसहरुले भेटघाट, आर्शिवाद साटासाट गर्ने एउटा अवसरको रुपमा मनाउादै आएकाछन् । दशैको बारे शहरमा निकै राजनीतिक बहस हुने गरेको छ । तर त्यो गन्ध गाउाघरमा पाइएन । सााझा पर्वको रुपमा गाउामा सदभावपूर्ण मनाउदै आएका छन् ।
क्षेत्री, बाहुन, बहुसंख्यक तराईबासी, जनजाति समुदायहरुमा मित्रता, आस्था र प्रेमको प्रतिकको रुपमा दशै मनाएका छन् । सबै समुदायमा दशैको रौनकता छाएको छ ।
यही कारण पनि मेलमिलापको संस्कृति गाउाबाट थालनी भएको मान्न सकिन्छ । आपसी रिस रााग विर्सिएर मित्रजन, छरछिमेक बीच भेटघाट, शुभकामना साटासाट गरेर दशै मनाउने परम्परा गाउाबाटै शुरु भएको हो । यो क्रम जारी रहेको छ । दशैले राष्ट्रिय एकता, अखण्डताको सन्देश प्रवाह समेत गरेको छ । अन्य चाडपर्वहरु ल्होसार, उभौली, तिहार, छठ, इद लगायतले पनि बृहत रुप लिएका छन् । यद्यपी दशैलाई भने महामिलापको पर्वको रुपमा लिइदै आएको छ ।