Social Icons

धरानमा याैनधन्दा फस्टाउदै

धमाधम पक्राउ पदै यौनधन्दा संचालक र यौनकर्मीहरु 
  • देबेन्द्र कार्की

धरान /  पूर्वको पर्यटकीय गन्तव्य धरान मुलुकमा धेरै शहरहरु मध्यको सुगम र सुन्दर शहरको रुपमा दरिएको छ । पर्यटकीय
हवको रुपमा विकसित हुदै आएको धरान पछिल्लो समय केही व्यवसायीहरुको विकृत धन्दाले बद्नाम बनेको छ । प्रहरी अनुसन्धान अनुसार धरानमा केही होटल व्यवसायीहरुले युवतीहरु राखेर यौनधन्दा संचालन गरेको पाईएको छ । कन्टाक्टमा युवतीहरु राखेर धरान आउनेहरुलाई युवतीहरुसँग रात विताउने ग्राहकहरुलाई मिलाई दिने काम गर्ने गिरोह सकृय भएको पाइएको छ । इलाका प्रहरी कार्यालय धरानको डिएसपी ढकेन्द्र खतिवडाले गत भदौ ४ देखि संचालन गरेको अपरेसनबाट हालसम्म यौनव्यवसाय गर्ने होटल संचालक र यौनधन्दामा संलग्न युवतीहरु गरि ३० जनालाई नियन्त्रमा लिएर कानुनी कारवाही प्रक्रिया अघि बढाएको छ । 

विगतमा इटहरी क्षेत्रमा यौन व्यवसाय फस्टाएको थियो । तत्कालिन डिएसपी विनोद शर्माको सकृयतामा यौन कार्यमा युवतीहरुलाई बाध्यकारी बनाउने होटल संचालकयौनधन्दामा संलग्न युवतीहरुलाई मुद्धा चलाए पछि इटहरीमा यस्तो कार्य बन्द भएको थियो । तर इटहरीमा बन्द भएको यौनधन्दा धरानतिर फस्टाएको पाईएको छ । होटलमा युवतीहरुलाई सीमित पैसा दिएर धरान तथा भेडेटारका लजहरुमा ग्राहकहरुसँग युवतीहरुलाई पठाउने गरेको पाईएको छ । घर नै भाडामा लिएर समेत यौन धन्दा संचालन गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।



यसरी खुल्यो धरानमा भएको यौनधन्दा 

२०७३ असार २५ गते द्यच् ४३ ए ४२२२२ नं.को भारतीय स्कारपियो धरान२२ स्थित भेडेटार भन्दा ७ सय मिटिर तल दुर्घटनामा प¥यो । प्रहरीले दुई भारतीय नागरिक र भापाका दुई युवतीहरुलाई उद्धार गरेर विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि भर्ना ग¥यो । ती भारतीय नागरिकहरुले धरानको एक होटलवालाको सम्पर्कबाट ती युवतीहरु लिएर भेडेटारमा रात विताई फर्कदै गर्दा दुघर्टना भएको प्रहरी अनुसन्धानबाट खुल्यो । ती युवकको बयान अनुसार नेपालको सीमा क्षेत्र विहार मध्यपुरालगायत स्थानबाट नियमित भारतीय आउने र धरानका होटलहरुबाट केटी मिलाएर भेडेटार जाने गरेको रहस्य खुल्यो । भाफा घर बताउने ती युवतीहरुको बयानबाट पनि धरानका केही होटल र व्यक्तिहरुको सम्र्पकबाट युवतीहरु सप्लाई हुने गरेको रहस्य खुले पछि इलाका प्रहरी कार्यालय धरानले अपरेसन शुरु गरेको थियो । प्रहरीहरुकै मिलेमतोमा राती अवेर सम्म होटल संचालन गर्न दिनेयौनधन्दा संचालन गर्दा पनि प्रहरी प्रशासन रमिते बन्नेघुमुवा प्रहरीहरुले होटलहरुबाट मोटो रकम असुल गरि होटलहरुलाई छाडा छाड्ने गरेको व्यापक गुनासो आए पछि इलाका प्रहरी कार्यालय धरानले घुमुवा प्रहरी फिर्ता बोलाएको छ । पूर्व योजना बनाएर जादा प्रहरीहरुबाटै लिक हुने हुनाले तत्काल योजना बनाउने र प्रहरी परिचालन गरिने गरेको इप्रका धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताए । कतै लिक नहोस् र हाम्रो अभियान असफल हुन नदिन तत्काल योजना बनाएर प्रहरी परिचालन गर्छु ।’– डिएसपी खतिवडाले भने । घुमुवाहले सूचना ल्याउने भन्दा पनि अपराधीलाई सूचना दिएर भगाउने सम्भावना बढि देखियोत्यही भएर घुमुवालाई फिर्ता बोलाएको हु । सबै सूचना इप्रका धरानको हट लाईन ९८५२०९०७५५ आउने गरेको छ । होटल स्रचालकहरु पक्राउ पर्न थाले पछि अरु सूचना आउने क्रम जारी छ ।
यसरी समातीए यौनकर्मीहरु
भदौ ५ गते धरान१३ स्थित जीरो पोइन्टमा रहेको होटल द वेष्ट की संचालिका रेस्मा राई पक्राउ परिन । उनको विरुद्धमा एक महिना अघि यौनधन्दामा जव्वजस्ती लगाएको भन्दै पीडितहरुले उजुरी गरेका थिए । उनका विरुद्ध मुद्धा नै दर्ता भएको छ । भदौ अघि नै धरान७ स्थित बुढासुब्वा होटलकी संचालिका शान्ता भनिने सानिका राईले होलट नजिकै लज लिएर यौनधन्दा गदै आएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । उनले केही युवतीहरु राखेर ग्राहकलाई आवश्यकता अनुसार युवती उपलब्द गराउदै आएको प्रहरी अनुसन्धानबाट खुलेको डिएपी खतिवडाले बताए । उनी धरौटीमा छुटे पनि पुनः प्रहरीले कुटपीटको मुद्धामा उनी थुनामा रहेकीछन् ।
धरानको मङ्गलबारे क्षेत्रकी एक महिलाले जिरोपोइन्टमा यौन व्यापारमा संलग्न युवतीको साथमा आप्mनो पतिलाई रङ्गेहात फेला पारेकी थिइन् । ती महिलाका आफन्त र साथीहरुको समूहले राति ११ बजेतिर युवतीहरु बसेको प्mलाटबाट उनीहरुलाई कब्जामा लिए । करीब २ दर्जनको सङ्ख्यामा रहेको युवती र महिलाको समूहले प्mलाटमा रहेका तीन युवतीमध्ये दुईलाई कब्जामा लिएर मङ्गलबारेतर्पलैजाँदै गर्दा इलाका प्रहरी कार्यालयको गस्ती टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका तीनै युवतीको बयान र स्थानीय वासिन्दाको सूचनापछि प्रहरीले जिरोपोईन्ट क्षेत्रका होटेल तथा रेष्टुरामाथि निगरानी बढाएको डिएसपी ढकेन्द्र खतिवडाले बताएका छन् । उनले सादा पोशाकमा प्रहरीलाई ग्राहक बनाएर पठाउने क्रममा होटल सञ्चालकसहित यौन गतिविधिमा संलग्नहरुलाई पक्राउ गरिएको जानकारी दिए । 
अप्रेशन नंं २
भदौ ८ गते प्रहरीले दुई केटी सहित ६ जनालाई पक्राउ ग¥यो । जिरो पोईन्ट माथिको जिके रेस्टुरेन्टधरान५ को मान्द्रोधरान७ को शुभकामना सेकुवा कर्नरमा प्रहरीले छापा मारेको थियो । मान्द्रोका संचालक जोन राईशुभकामनाका भलराज तामाङसहित दुई युवती र ४ जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही प्रकृया अगाडी बढाएको छ । जिके रेस्टुरेन्टका संचालक भने फरार रहेको प्रहरीले जनाएको छ । उक्त रेस्टुरेन्टमा काम गर्ने ४ जना युवतीहरुलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । 
अप्रेशन नंं ३
प्रहरीले संगठित रुपमा धरानमा भईरहेको यौन व्यवसाय विरुद्दको अप्रेशनलाई निरन्तरता दिने क्रममा भदौ १३ गते धरानका विभिन्न ठाउँमा संचालित होटलवाट होटल संचालक सहित ८ जनालाई पक्राउ गरेको थियो । 
धरानको भानुचौक स्थित पर्पल होटेलमा छापामारी संचालक कुमार वस्नेत सहित ३ युवतीलाई पक्राउ ग¥यो । त्यसैगरी जिरो प्वाईन्ट स्थित होटेलवाट संचालक सुरेन राई सहित ३ युवतीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी गराएका छन् ।
उनले पक्राउ परेकाहरुसँग वयान लिने काम भईरहेको जनाउँदै युवतीको वयानका आधारमा मुद्दा चलाईने वताए । विगत एक साता अघिवाट प्रहरीले संगठित रुपमा भईरहेको यौनधन्दा विरुद्द थालेको अप्रेशनका क्रममा करिव तीन दर्जन वढिलाई पक्राउ गरि कारवाहि अघि वढाईएको छ ।
मालिकलाई १०/१५ हजारयुवतीलाई १०००/१५ सय
यसअघि नै पक्राउ परेकामध्ये केहिले युवतीहरुलाई महँगो कमाउने आश्वासन दिएर यौन व्यापारमा लगाउने गरेको सार्वजनिक भईसकेको छ । पक्राउ परेका मध्ये जोन भलराज रेश्मा र सुरेनलगायतले भने एक दिनको १० देखि १५ हजारसम्म लिएर युवतीहरुलाई यौन कार्यमा लगाउने र युवतीलाई भने १ हजार देखि १५ सयसम्म मात्र दिने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । 
पैसा विना पनि यौन बेच्नु पर्ने बाध्यता 
भदौ १३ गते पक्राउ परेका युवती मध्ये एकले त आफुलाई विना पैसा जवरजस्ती यौन कार्यमा लगाएर पैसा असुल्ने गरेको वताएकी छन् । उनले आफुलाई आफ्नो ईच्छा विपरीत यौन कार्यमा संलग्न गराएको प्रतिकारको प्रयास गर्दा उल्टो धम्कि दिने गरेको सुनाईन । उनले भनिन ‘ भारतीयहरुसँग जवरजस्ती यौन कार्य गर्न लगाएर पैसा लिन्छन तर हामीलाई तलव वाहेक केहि पनि दिदैनन् ।
पक्राउ परेका युवतीहरु मध्ये अधिकाँसले धरानमा त्यसरी युवतीलाई अनेक लोभ लालच देखाएर यौन कार्यमा लगाउने काममा नेपाली र भारतीहरुको गिरोह नै सक्रिय रहेको वताएका छन् । युवतिहरुले त्यसरी यौन व्यापारमा संलग्न दलाल भनेर वताएको व्यक्तिको सुचिमा नाम चलेका केहि होटल संचालकसमेत रहेको प्रहरी स्रोतले जानकारी दिएको छ । 
ग्राहक हेरेर मूल्य तोकिन्छ 
दलालहरुले युवतीहरुलाई ग्राहक हेरि हेरि मुल्य राखेर यौन कार्यका लागि पठाउने गरेको पाईएको अनुशन्धानमा सँलग्न प्रहरीले वताएका छन् । पक्राउ परेका युवतीले अधवैंशे र पाका उमेरका नेपाली र भारतीय यौन कार्यका लागि होटलहरुमा आउने गरेको वताएका छन् । धरानका नाम चलेका व्यापारीव्यवसायीहरुलाई समेत यौनधन्दा संचालकहरुले युवती उपलब्द गराउने र त्यो बापत मोटो रकम असुल गर्ने गरेको अनुसन्धानबाट खुलेको डिएसपी ढकाल बताउछन् । होटलमा कतिपयले युवती होटलमै राखेर ग्राहकलाई उपलब्द गराउदै आएको पाइयो भने कति पयले आफ्नो धन्दा थाहा नहोस भनेर युवतीहरुलाई सम्पर्कमा राख्ने र चाहिएको बेला फोनबाट बोलाएर ग्राहकलाई जिम्मा जगाउने गरेको पाइएको डिएसपी खतिवडाले जानकारी दिए । उनका अनुसार धरान१३ अमरहाटदेखि केही माथि एक जना दलालले घर भाडामा लिएर यौनधन्दा गरेको पाईयो । संचालकका छोराएक युवक र दुई युवतीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
डिएसपी खतिवडाले यौन व्यापारमा संलग्न विचौलिया र दलालहरुको सुचि नै तयार पारेर अप्रेशन थालिएको जनाएका छन् । 
टिनएज केटीहरुको संलग्नता
यौन कार्यमा संलग्न युवतीहरु टिनएजका भएको पाईएको छ । १५ बर्षदेखि २०/२२ बर्ष उमेरका युवतीहरु यस्तो कार्यमा संलग्न भएको पाइएको छ । धरानमा होटलहरुको सम्पर्कमा बस्ने युवतीहरु प्रायः धरान बाहिरका रहेको प्रहरीले जनाएको छ । कोठा भाडामा लिएर बस्ने युवतीहरुलाई होटलवालाहरुले ग्राहकसँग पठाउने गरेका छन् ।

रात विताउन भेडेटार पठाइन्छ

धरानका होटलबाट युवती मिलाए पछि ग्राहकहरुले पूूर्वको पर्यटकीय गन्तव्य भेडेटार लिएर जाने गरेका छन् । भर रात विताउनका लागि भेडेटार उनीहरु सुरक्षित मान्छन् । यौनधन्दा संचालन गदै आएकाहरु ग्राहकहरुलाई भर रातका लागि भने भेडेटार नै लान सल्लाह दिन्छन् । चेकिङ तथा सुरक्षाका लागि होटलवालाहरुले स्कुटरबाट जीरो पोइन्टसम्म पु¥याएर ग्राहकलाई जिम्मा लगाउने गरेको डिएसपी खतिवडाले बताए ।
कारवाही के हुन्छ ?
होटल संचालक तथा भाडामा लिएर यौनधन्दा चलाउनेहरुलाई मानव बेचविखन तथा ओसार पसारनियन्त्रण ऐन २०६४ अन्र्तगतको कारवाही हुने छ । यौनधन्दामा संलग्न युवतीहरुलाई भने केही सार्वजनिक अपराज सजाय ऐन २०२६ अन्तर्गत कारवाही हुने डिएपी खतिवडाले बताए ।

धरानमा भएको संगठित यौनधन्दा निर्मूल गर्छु



                     ढकेन्द्र खतिवडा

प्रहरी नायव उपरिक्षक

इलाका प्रहरी कार्यालय धरान
जव भेडेटार मुनी भारतीय गाडी दुर्घटनामा प¥यो । दूई युवक र दूई युवती त्यहा सवार रहेको पाईयो । उनीहरुलाई सोधखोज गर्दा होटलहरुको सम्र्पकमा युवतीहरु लिएर भेडेटार गएको रहस्य खुले पछि हामीले धरानका होटल र त्यस्ता अबैधधन्दा गर्नेहरु माथि निगरानी बढाऔ । धरानमा कन्ट्रक्टमा युवती मिलाउने र यौनधन्दा चलाउने काम संगठित रुपमा भएको पाईयो । खोजी गदौ जादा यसको जालो पत्ता लग्यो । एक जना भारतीय धरान१२ स्थित चतरा लाईनमा बसेर युवतीहरु ओसार पसरा गर्ने गरेको खुलेको छ । फरार रहेकाले उनको नाम सार्वजनिक गरिएको छैन् ।
केही युवतीहरु सजिलै पैसा कमाउन सकिने देखेर लागेका पाईयो भने केही युवतीहरु गरिवीले यौनधन्दा गरेको पछि छाड्न खोज्दा होटल संचालकहरुले निरन्तर गर्नबाध्य पारेको बयानमा युवतीहरुले बताएका छन् । यौनकार्यमा संलग्न नहुने भन्दा पनि उनीहरुको कमजोरीलाई टेकेर जब्वरजस्ती संलग्न गराउने गरेको अनुसन्धानबाट खुलेको छ । यस्ता गैरकानुनी काम गर्ने व्यक्तिलाई कडा कारवाही गरेर धरानमा देखिएको विकृती हटाउने अभियानमा लागेको छु । स्थानियहरुले पनि साथ र सहयोग निरन्तर गरिरहनु भएको छ । धरानलाई बद्नाम गराउने खालको यस्तो यौनधन्दा नियन्त्रण गर्ने छ । लागुऔषधको धरानको पुरानो मुद्धा पनि जारी राखेको छ । यि दुर्व विकृतबाट धरानलाई मुक्त गराउन इलाका प्रहरी कार्यालय धरानको कतव्र्य ठानेको छु ।