Social Icons

भैसी गोठालादेखि उपकुलपतिसम्मको प्राडा. दासको यात्रा

  • देबेन्द्र कार्की 
Add caption
धरान, ४ पुसः  २०२४ सालमा कक्षा ३ मा बढ्दै गर्दा  सप्तरी धमरपुर–६ का बलभद्रप्रसाद दास(विपी दास) गाँउमा भैसी गोठालो गथ्र्थे । भैसीमाथि चढेर भैसी गोठालो गथ्थ्ये । गोठमा भएका भैसीको निगरानी गर्ने उनको जिम्मेवारी थियो । खेती किसानी गर्ने सामान्य परिवारमा जन्मेका ती दास भैसी माथि चढेर गोठालो गर्दा उनको साथमा एउटा किताव भने छुट्दैन थियो । पढाईमा परिवारिक वातवरण नभए पनि सानैमा डाक्टर बन्ने अठोत भने लिएका थिए । त्यो बेलाका भैसी गोठाला प्राध्यापक डाक्टरको पहिचान बनाएर देश विदेशमा सुवास फैलाउन सफल भएका छन् ।
त्यो बेलाका भैसी गोठाला अहिले त्यहाँ पाईदैन । उनको पहिचान फेरिएको छ ।  त्यो बेला गोठका भैसी सम्हाल्ने दास यतिबेला विपी कोईलारा स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति छन् ।  २५२ जना चिकित्सकहरुसहित १५ सय कर्मचारीहरुको नेतृत्व समाल्दै प्रतिष्ठानलाई मुलुककै उत्कृष्ठ शिक्षालय तथा उपचार केन्द्रको उच्च पदमा पुगेका छन् ।
सामान्य कृषक नरीलाल दासको कान्छो छोरा यस्तो उच्च पदमा पुग्छ होला भनेर सायदै सोचेको थिएन ।’–स्थानिय काजी पोखरेलले भने–‘अध्ययनमा निकै रुचि राख्ने दास आज नागरिकको उपचार गर्ने ठूलो अस्पतालको उपकुलपति भएका छन् । धरमपुरवासीका लागि मात्र होईन सिङ्गो जिल्लाका लागि खुसीको कुरा हो ।’  उनको परिवार अहिले पनि गाउमै छन् । उनका दाजु देवनारायण दास गाउमै संघर्ष गरिरहेका छन् । ‘भैसी चराएर, बेलुका भैस दोहेर वाँकी बचेको समयमा पढे ।’–केही दिन अघि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपतिक कार्यालय भवको चेम्वरमा भेटिएका प्राडा दास भन्छन्–‘मेरो परिवारमा अरु कसैले पढ्न पाएनन । आफुले दुःख गरेर पढी आफ्नो देशको सेवा गर्न पाएकोमा गर्व लागेको छ ।’

अध्ययन
सर्वोदय मावि कञ्चनपुर(सप्तरी)बाट २०३३ सालमा एसएलसी गरेका प्राडा दासले महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगरबाट आइएसी २०३६ सालमा गरे ।  सोही क्याम्पसमा पढ्दै गर्दा कोलम्बो प्लान पाएर भारतको पटनामा एमविविएस अध्ययन गर्ने मौका पाए । १९९३ मा मेडिकल अफिसरको रुपमा विपी प्रतिष्ठान सेवा शुरु गरेका प्राडा दासले प्रतिष्ठानले नै नयाँ दिल्लीस्थित एम्स् कलेजमा फरमाकेलोजीमा एमडी गर्न पठाएको थियो । १९९६ मा एडी कोर्ष पुरा गरे पछि १९९६ देखि १९९९ सम्म सहायक प्राधापक भए । २००४ मा अस्पतालको उपनिर्देशक भए । २००७ मा अस्पतालन निर्देशक हुदै २०१२ देखि हालसम्म उपकुलपतिको जिम्मेवारी समाल्दे आएका छन् ।  यही डिसेम्बर अन्मितमा उनको ५ बर्ष पदावधी सकिदैछ । अस्पतालमा अन्य उपकुलपति भन्दा अढि सुधार तथा सरकारबाट बजेट ल्याउन सफल भएका कारण सरकारले कामको मुल्याङ्कन गरि फेरी उपकुलपतिको जिम्मेवारी दिए पुरा गर्न तयार भएको उनी बताउछन् ।
‘२२ करोड राज्यले दिदै आएको थियो । यहाँको व्यवस्थापनमा सुधार गदै खर्च कटौती गर्दै सुधार आए पछि सरकारले हाल ४९ करोड अनुदान दिदै आएको छ ।’– उपकुलपति दासले भने–‘अझै केही गर्ने बाँकी छ । देशविदेशका सम्पूर्ण विमारीलाई अझ गुणस्तर सेवा प्रवाह गर्ने मेरो योजना पुरा हुन बाँकी छ । सरकारले मौका दिए राजधानीमा बसोवास गर्ने विमारी सेवा लिन धरान आउनले विपी प्रतिष्ठानलाई बनाउछु ।’
श्रीमतिको हौसला
१९९६ मा एडी कोर्ष पुरा गरेर भारतबाट नेपाल आए पछि उनी फार्माकोलोजी विभागको विभागीय प्रमुख भएर काम गरे । ४ बर्ष पछि उनलाई विवहाको अफर आयो । सप्तरीस्थित धरमपुरको आफन्त मार्फत भारत विहारको बेगु सराई भन्ने ठाउँबाट अफर आयो । बोटानिटीमा एमएसी गरेकी पुनम दाससँग उनको १९९० मा मागी विवहा भयो ।  उनकी श्रीमति प्रतिष्ठान हातभित्रै रहेको एनआईसी एसिया बैकको शाखा प्रमुख रहेर काम गरिरहेकीछन् । छोरा तरुण दास भारतको केएलई विश्वविद्यालयबाट एमविविएस दोश्रो बर्षमा अध्ययन गदैछन् । छोरी तान्या दास भरखरै एमविविएस सकेर पिजी कोर्ष  गर्ने तयारीमा छन् । उनको बुवाको पुस्ता खेतीमा थियो । हाल उनको पुस्ता तथा छोराछोरीहरुको पुस्ता अर्कै पेसामा पुगेको छ । श्रीमति पुनमको साथ र सहयोगले नै यो पोष्ठमा आफु पुगेको प्राडा दास बताउछन् ।
 उपकुलपति हुदा के के गरे
उनी उपकुलपतिको कार्यकाल समाले पछि एमडी  एमएच अध्ययनको व्यवस्था भएको छ । अतिविशिष्ठ सेवा संचालन भएको छ ।  पूर्वका ९ स्थानका जिल्ला तथा अञ्चल अस्पतालहरुका प्रतिष्ठानका विशेषज्ञ चिकित्सकहरुलाई पठाइएको छ ।  स्न २०१४ देखि दुर्गमका विमारीका लागि जेनेभा युनिभरसिटी हस्पटिल स्वीजरल्याण्डको सहकार्यमा टेलिमेडिसिनको सेवा थालनी भएको छ ।
इ–लाईबेरी सेवा संचालन भएको छ । प्रतिष्ठान भित्र हुने अनुसन्धान कार्यलाई गुणत्मक बनाउने काम भएको छ । संख्याको दृष्टिले प्रतिषठनमा सबै भन्दा बढि अनुसंधान कृति प्रकाशन हुदै आएका छन् । स्वास्थ्य क्षेत्रका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संघस्थाहरुसँग अध्ययन अनुसन्धान तथा उपचार सेवामा पारस्परिक सहयोग सम्बन्धि सम्झौता गरिएको छ । जापानको टोटोरी  युनिभरसिटी, अस्टे«लियाको गाइैनोकोलोजिकल क्यान्सर सेन्टर र रोयल हस्पीटल फर युमन तथा भारतको मनिपल र केएलइ युनिभरसिटीसँग समेत सझौता गरि गुणस्तरिय सेवाका लागि प्राडा दासले पहल गरेको  प्रतिष्ठानका सूचना अधिकृत सुजेन्द्र गोलेले जानकारी दिए ।
 छुट्टै ब्लग बैक, सर्जिकल आईसियु,  मुटु रोग विशिष्ठ सेवा,  ४ सय बेडको चाइल्ड हेल्थ सेन्टर स्थापना,  २ सय बेडको  कारडीयोलोजी सेन्टरको निर्माण, क्याथ ल्याव न्युरो सर्जरीलगायतका सेवा विस्तार भएका छन् ।  प्रतिष्ठानमा आउने विज्ञ, तथा विशिष्ठ अतिथिका लागि ३० वटा रुम भएको अतिथि गृहसमेत निर्माण गरिएको छ ।
 भावी योजनाहरु
उनको कार्यकाल सकिन लगभग १२÷१५ दिन बाँकी रहेको छ । गर्न बाँकी केही काम रहेको उनी बताउछन् ।  धरानको छाता चौकमा प्रतिष्ठानको नाममा रहेको जग्

गमा ५ सय बेडको अस्पताल निर्माण गर्ने योजना रहेको उनले बताए ।  अस्पतालन परिसरमा प्रतिषठनको आफ्नै  औषधालय निर्माण शुरु गरिएको छ । काठमाण्डौस्थित बासवारीमा रहेको प्रतिष्ठानको जग्गा उपयोगका लागी पनि योजना बनाईरहेको उनको भनाई छ । प्रतिष्ठानलाई युनिभरसिटीबाट फुल मेडिकल युनिभरसिटी बनाउने तयारी भईरहेको छ । ‘मेरो उपकुलपतिको कार्यकाल सकिए पनि म यहाँको प्राध्यापक भएकाले आफ यस अस्पतालनमा रहेसम्म व्यक्तिगत तवरबाट पनि यि सेवा विस्तारका लागि मेरा योगदान हुने छ ।’–उनले भने–‘प्रतिष्ठानलाई फुल युनिभरसिटी बनाएर देशविदेशका विमारी यहाँ आउने वतावरण बनाउन सके मात्र मेरा सपना पुरा हुने छ ।’