Social Icons

ब्यवस्थित बसोवासको उदाउँदो शहर धरान



  •  देवेन्द्र कार्की 


पूर्वको पर्यटकीय शहर धरानको इतिहास खोज्दै जाँदा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शम्शेर राणासम्म पुग्छ । सन् १९५८ सालमा चन्द्रपुर बजार (हालको पुरानो बजार) बसालेर धरान सहरको बस्ती बसाएको इतिहास छ । इस्ट इन्डिया कम्पनीलाई काठ आपूर्ति गर्न धरान हालेर चारकोसे जंगल फँडानी गरिएकाले यस ठाउँको नाम धरान रहेको हो । १९९० सालको भूकम्पपछि अर्का राणा प्रधानमन्त्री जुद्ध शम्शेरले हालको नयाँ बजार भनिने जुद्धनगर बसाए ।  २०१० सालमा ब्रिटिस सरकारले ब्रिटिस गोर्खा सैनिक कार्यालय स्थापना गरेपछि पूर्वी पहाडी जिल्लाको व्यापारिक केन्द्रका रूपमा धरानको विकास भएको हो । गोर्खा शैनिकका ेकार्यलय स्थापनाले धरानलाई पूर्वी पहाडी जिल्लाको नाकाको रुपमा विकसित गरेको पाईन्छ ।
१६ औ सताब्दीमा किरात प्रदेशको राजधानी
धरानको इतिहास सौह्रौँ शताब्दीतिरको विजयपुरसँग पनि जोडिन्छ । यति बेलाको वियपुर धार्मिक आस्थाको केन्द्रको रुपमा विकसित भएको छ । स्थानिय बुढापाकाका अनुसार पाल्पाका सेनवंशी राजाले विजयपुर गढीलाई सामरिक हिसाबले महत्वपूर्ण किल्ला बनाएका थिए । गोर्खाका राजा पृथ्वीनारायण शाहले १८३१ सालमा सम्झौता गरेर नेपालमा गाभ्नुअघि विजयपुर किरात प्रदेशको राजधानी थियो। त्यही विजयपुरगढी धरानको शिरका रुपमा रहेको छ । 

 धरानको इतिहास 

हालको आधुनिक धरान सहर रहेको स्थानमा सुरुमा घना जङ्गल रहेको र सो जङ्गल फँडानीका क्रममा काठ चिर्ने आरावालाहरुले तयार गर्ने गरेको धरान (धराप) बाट नै आजको धरान सहरको नामकरण भएको भन्ने भनाई छ ।
वि.स. १९५० तिर घना जङ्गल फँडानी गरेर सानो बस्तीबाट सुरुवात भएको धरान, वि.स. १९५९ मा तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरले चन्द्रनगर (हाल पुरानो बजार) र वि.स. १९९० तिर श्री ३ जुद्ध शमशेरले जुद्ध नगर (हालको नयाँबजार) बसालेको इतिहासमा पाइन्छ ।
वि.स. २०१० सालमा पूर्वाञ्चलको लागि ब्रिटिस गोर्खा भर्ती केन्द्र धरानमा स्थापना भए पछि मुख्य रुपमा धरानमा बसोबास तथा चहलपहल बढेको हो । ततकालिन महेन्द्रको पालामा २०१७ सालमा धरानलाई नगरपालिका घोषणा गरिएको थियो । २०१८ सालमा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गर्दा कोशी अञ्चलको सदरमुकाम समेत धरानलाई बनाइएको थियो । पछि धरानमा भएका सरकारी कार्यालयहरु क्रमशः धनकुटा, विराटनगर सारे पछि धरान केही समय ओझेलमा प¥यो । पछि नीजी क्षेत्रको प्रयासमा धरान सम्बृद्ध बन्न पुगेको हो ।
सुरुमा ११ वडाहरू मात्र रहेको धरानलाई २०३५ सालमा पूर्वतर्फ रहेको बाँझगरा गाउँ पञ्चायत र पश्चिम तर्फ रहेको घोपा गाउँ पञ्चायतलाई गाभेर क्षेत्र विस्तार गरी १९ वडामा विभाजन गरिएको थियो । २०७१ वैशाख २५ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार पाँचकन्या गविसलाई पनि धरान नगरपालिकामा गाभी २३ वडा कायम गरियो । पुनः २०७१ मंसिर १६ गते नेपाल सरकार (मन्त्रीपरिषद्) को निर्णय अनुसार विष्णुपादुका गाविसलाई धरान नगरपालिकामा गाभेर २७ वडा कायम गरि उप–महानगरपालिका घोषण गरिएको हो । गत फागुन २७ गते पुन त्यही क्षेत्र कायम गरि २० वडा कायम गरिएको छ ।  
शैक्षिक हव्स
बहुजाति, बहुधार्मिक तथा बहुसांस्कृतिक सहरको रुपमा धरानलाई चिनिदै आएको छ । यो तराई र पहाडको संगमस्थल पनि हो ।
गारेरर्खा शैनिकको कार्यालय उठेर पोखरा गए पछि उक्त स्थानमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान निर्माण भएको छ । देशकै विशेषज्ञ स्वास्थ्य सेवा तथा स्वास्थ्य शिक्षालयको रुपमा प्रतिष्ठान विकसित भएको छ । धरान शैक्षिक हव्स पनि हो । कृषि इन्जिनियरिङ पढाइ हुने एक मात्र सरकारी क्याम्पस यहीँ छ । केन्द्रीय खाद्य प्रविधि क्याम्पस र संस्कृत क्याम्पसले धरानलाई पूर्वकै शैक्षिक केन्द्र बनाएको छ । यहाँ पौराणिक महत्व बोकेका पीण्डेश्वर, दन्तकाली, बूढासुब्बा, पञ्चकन्या, विष्णुपादुकाजस्ता धार्मिकस्थल छन् ।
लाहुरेको शहर धरान
व्यवस्थित, सफा र सुन्दर शहर धरानको नामसँग भ्रपू लाहुरेहरुको नाम जोडिएर आउछ । अवकाशप्राप्त ब्रिटिस गोर्खा सैनिकले धरानलाई आवासीय सहर बनाएका हुन । उनीहरुले धरानलाई आधुनिकरण गर्न समेत ठूलो सहयोग गरेका छन् । ०४६ को परिवर्तनपछि नगरपालिकाले विकास निर्माणमा जनसहभागिताको नीति लिँदा लाहुरेले साथ दिए । जनताको ६० प्रतिशत र नगरपालिकाको ४० प्रतिशतमा पनि आफ्नो घरछेउको सडक बनाउने धरानेहरु तयार भए । व्यापक जनसहभागिताका कारण नै धरानले छोटो समयमा विकासमा फड्को मार्न सफल भएको धरान उपमहानगरपालिकाका सूचना अधिकृत शक्तिराज शर्मा बताउछन् । 
चिटिक्क परेका घर । घरसँगै सुन्दर बगैँचा, व्यवस्थित ढलसँगै सफा र चौडा पक्की सडक धरानको पहिचान हो । धरानलाई व्यस्थित गर्न यहाँका जनताले कुनै कन्जुसाई नगरेको धरान नगरपालिकाका बरिष्ठ पैशासकिय अधिकृत गणेश खतिवडा बताउछन् ।  नगरको कुना–कुनामा पक्की सडक बनेका छन् । हङकङ र बेलायको डिजाईनमा घर तथा भौतिक संरचनाहरु निर्माण भएका छन् । 
०३६ सालपछि  धरानमा बसोबासको चाप बढेको पाईन्छ । ०४६ सालको राजनीतिक परिवर्तनपछि लाहुरेको बसोबस धरानमा बढेको हो । ब्रिटिस सेनाबाट अवकाश पाएपछि पूर्वका विभिन्न जिल्लाका बासिन्दाको रोजाई धरान बन्यो । लाहुरेहरुको धरानमा बाहुल्यता भएकै समयमा नगरपालिकाले जनसहभागीताको कार्यक्रम ल्यायो र सफल पनि भयो । 
धरानको विकाससँगै व्यापार–व्यवसाय फस्टाउनुमा पनि लाहुरहरुकै नाम आउछ । गोर्खा भर्ती केन्द्र स्थापना भएपछि धरान पूर्वकै आर्थिक, व्यापारिक केन्द्र बनेको बन्यो । यहाँ उद्योग, कलकारखाना स्थापना भने हुन सकेनन् । भूपू लाहुरेको पेन्सन (रेमिट्यान्स) को भरमा यहाँको अर्थतन्त्र सवल भएको सुनसरी उद्योग बाणिज्य संघका उपाध्यक्ष गिरीधारी साप्कोटा बताउछन् । 
धरान फेसनेवल सहरका रूपमा पनि परिचित छ । काठमाडौंभन्दा पहिल्यै नयाँ फेसन धरानमा आईसकेको हुन्छ । लाहुरे परिवारको सम्बन्ध हङकङ, बेलायत, ब्रनाईलगायत मलुकमा भएकाले विदेशी फेसन सुरुमा धरान भित्रिने गर्दछ । 
 आवासिय भिसाले धरानलाई घाटा 
पछिल्लो समय सन् २००९ मा बेलायतले भूपूहरुलाई आवासीय भिसा दिने निर्णय गरेपछि धरानमा बसोवास गर्ने भूपस्हरु बेलायत पलायन भए पछि धरानको अर्थतन्त्रमा असर पारेको छ । धरानमा करिव  १० हजार घरघुरीको संख्यामा भूपू लाहुरेहरु रहेका थिए । तर हाल भने २५ प्रतिशत मात्र रहेका छन् । असक्त र कुनै व्यवसाय गरिरहेका भूपूहरु मात्र धरानमा रहेको छन् । 
जनसहभागिताको नमुना
लाहुरेहरुले नै धरानलाई जनसहभागिताका ेनमुना शहरको रुपमा विकसित गरेका हुन् । ०४८ सालको स्थानीय निर्वाचनमा एमालेबाट निर्वाचित मेयर ध्यानबहादुर राई र उपमेयर मनोजकुमार मेन्याङ्बोको पालादेखि नै धरानको विकासमा जनतालाई प्रत्यक्ष सहभागी गराउने नीति निर्माण गरियो । ०५४ सालमा मेयरमा मेन्ज्याङबो निर्वाचित भए पछि  ६० प्रतिशत नगरपालिकाको र ४० प्रतिशत जनताको लगानीमा विकास निर्माणका काम हुन थाले  ।  जनताले पक्की सडक, ढल निर्माण गर्न गर्न ४० प्रतिशत पैसासँगै बाटो फराकिलो गर्न आफनो जग्गा दिन तयार भए । फराकिलो बाटो बनाउदा भत्किएको घर, आँगज, कम्पिाउण्डको क्षेतिपूर्तिका लागि कुनै दावी गरिएन । नगरपालिकाले ल्याएको ६० र ४० प्रतिशत अहिले उल्टीर  जनता ६० प्रतिशत र नगरपालिका ४० प्रतिशत लगानी गरेर समेत जनताले आफ्नो घर छेउको सडक र ढल निर्माण गदै आएका छन् । धरानले जनाताको साथ र सहयोगले नगरपालिकाले सहज रुपमा काम गर्न पाएको सुचना अधिकृत शर्मा बताउछन् । धरानको विकासमा जनताको लगानी मुलुकभर नमुना छ । यस्तो उत्साहजनक लगानी अन्य कही कतै नभएको  पूर्व मेयर मनोज कुमार मेन्याङ्बो बताउछन् । हालसम्म धरानमा जनसहभागितामा १७० किमी कलोपत्रे पक्की सडक बनिसकेको योजना शाखा प्रमुख इन्जिनियर सुरज श्रेष्ठले जानकारी दिए । लागतको हिसाबले एक किलोमिटर सडकको लागत सरदर एक करोड  हुन्छ । व्यवस्थित धरान बनाउन धरानले जनताले अर्वौ लगानी गरेका छन् ।
धरानको मुख्य चोक भानुचोक पूर्वकेका घन्टाघर यहाँको अर्को आकर्षण हो । यो पनि जनसहभागिताको नमुना हो । एक करोड बढी लगानीमा निर्माण सम्पन्न भएको घन्टाघरमा नगरपालिकाको २२ लाखबाहेक सबै स्थानीय एवं हङकङ, मकाउ र जापान बस्दै आएका धरानेको श्रम र पसिनाले ठडिएको हो । यहाँ भित्र घन्टाघर, भूकम्प स्मारक, सुन्दर बगैँचा(पार्क) छ ।
 भवन निर्माण आचारसहिंता पालन गर्ने पहिलो नगरपालिका 
 जनसहभागितामा धरान नेपालकै नमुना सहर कहलियो। भूकम्प प्रतिरोधी घर तथा भवन निर्माणसंहिता लागू गर्ने उपत्यकाबाहिरको पहिलो नगरपालिका पनि धरान हो । सरकारले २०६० सालमा भनव निर्माण आचार सहिंता लागु गर्यो । धरानले २०६४ सालदेखि पूर्ण रुपमा आचारसहिंता लागु गरेको धरान उपमहानगरपालिकाका योजना प्रमुख इन्जीनियर सुरज श्रेष्ठले बताए । ८० प्रतिशत भूकम्प प्रतिरोधी घरहरु निर्माण भएका छन् । निमार्ण व्यवसायीहरुलाई भूकम्प प्रतिरोधी घर निर्माणका लागि तालिम दिएको छ । ८ सय ५० जनाले तालिम लिएर नगरपालिकाबाट प्रमाण पत्र लिएका छन् । उनीहरले बनाएका घरहरुलाई मात्र नगरपालिकाले मान्य दिने गरेको छ । २०६६ सालदेखि नै नगरालिकाले तालिम दिएर निर्माणकर्मी खटाएको हो । यसरी निर्माणकर्मीलाई तालिम दिएर घर निर्माण गर्ने पनि धरान पहिलो नगरपालिका हो । २०७२ सालको भूकम्प पछि भने सरकाले सबै नगरपालिकाहरुलई अनिर्वाय तालिम दिएर तालिम प्राप्तलाई मात्र घर निर्माणको मान्यता दिन निर्देश गरेको छ ।
कोशी अञ्चलको सदरमुकाम थियो
 पञ्चायतकालमा कोसी अञ्चलको  सदरमुकाम धरान रहेको थियो । तर ०३५ सालदेखि सरकारी कार्यालयहरु अन्यत्र सारियो ।  ०४० साल क्षेत्रीय शिक्षा निर्देशनालयलाई धनकुटा सारियो । ०४९ सालमा अञ्चल अदालत विराटनगर सारियो ।  ०५० सालमा राष्ट्रिय वाणिज्य बैंकको क्षेत्रीय कार्यालय विराटनगर लगियो । यस्तै, ०५० सालमा धरानको पूर्वाञ्चल क्षेत्रीय अस्पताललाई कोसी अञ्चल अस्पतालमा गाभियो । ०५५ सालमा पूर्वाञ्चल खाद्य प्रयोगशाला विराटनगर लगियो । यही समय  बेलायती सेनाले धरानमा रहेको ब्रिटिस गोर्खा भर्ती केन्द्रलाई पनि पोखरा सा¥र्यो । २०४५ सालको भूकम्पले धरान झन थिलथिलो भयो । भएका कार्यालयहरु अन्यत्र सारिए पछि धरान लगभग मृत शहर बन्न पुगेको थियो । 
०५० सालमा सरकारले पहिलो मेडिकल कलेजका रूपमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरेपछि धरानमा चहलपहल बढ्न थाल्यो । यो ल्याउन पनि धरानले जनाताले आन्दोलन नै गरेका थिए ।  प्रतिष्ठानमा मेडिकल शिक्षा र विशेषज्ञ स्वास्थ्य सुविधाले धरानको गरिमालाई उच्च बनाएको छ । प्रतिष्ठानमा हालसम्म करिव ३५ सय जनशक्ति उत्पादन भएको प्रतिष्ठानका उपकुलपति प्रडा  राजकुमार रौनियार बताउछन् । मुलुक तथा मुलुक बाहिर काम गर्ने प्रतिष्ठानका उत्पादनले राम्रो काम गरिरहेका छन् । 
 समृद्ध धरानको सम्भावना
नेपालले सन् १९९८ मा नेपाल भ्रमण बर्ष मनाईरहदा धरानका तत्कालिन मेयर मेन्याङ्बोले ’शिक्षा स्वास्थ्य र पर्यटकीय पूर्वाधारयुक्त सहर’ भन्ने नारा सहित २० वर्षे भिजन बनाए । शिक्षा, स्वास्थ्य र पर्यटनबाट धरान समृद्ध सहर बन्न सक्छ भन्ने त्यतिबेलैको सोच हो । तर दुभग्य २० बर्षदेखि नगरपालिकामा जनप्रतिनीधि नहुदा त्यस बेलाको भिजनलदे गति लिन सकेन ।  पछिल्लो समय नगरपालिकाले ’शिक्षा, स्वास्थ्य, पर्यटन, व्यापारिक पूर्वाधार, बहुसांस्कृतिक, आवासीय, समृद्ध सहर’ नाराले शहरलाई सम्वृद्ध बनाउन नयाँ भिजन तयार गरेको छ । 
पूर्वी पहाडको नाका
धनकुटा, तेह्रथुम, खंखुुवासभा भोजपुरलगायतका पूर्वका पहाडी जिल्ला प्रवेशद्धार धरान हो । पहाडका उत्पादन धरानमा रहेको कृषी उपज बजार केन्द्रमा संकलन गरि विश्व बजारसम्म धरानले पुर्याउदै आएको छ । पहाडी क्षेत्रको व्यापारीक केन्द्रको रुपमा धरान रहेको छ । नुनदेखि सुनसम्मको कारोवार गर्न धरान आउने गर्दछन् ।
 २१ महत्वकाक्षी योजना
धरान उपमहानगरपालिकामा विष्णु कोईराला नयाँ कार्यकारी भएर आए पछि धरानलाई व्यवस्थित बसोबासको शहर निर्माण गर्न २१ व्टा महत्वकाक्षी योजना अघि सारिएको छ । यहाँको मुख्य समस्या बस पार्क हो । सागुरो भानुचोक मा बस पार्क भएका कारण धरानको सुन्दरतामा नै आच पुगेको थियो । नगरपालिकाले धरान ८ मा सुन्दर बस्ती विकास आयोजना संचालन गरेर बस पार्क सार्ने तयारी थालेको छ । यस्तै धरान १७ मा एयरपोर्ट निर्माण, एडिवीको सहयोगमा खानेपानी आयोजना संचालन गरेको छ । विजयपुर वृहतर विकास योजना, सप्तरंगी पार्क निर्माण, एक सडक एकै कलरका घर निर्माण गर्ने अभियानसमेत नगरपालिकाले संचालन गरेको कार्यकारी कोईरालाले बताए । धरानको मुख्य समस्या सुकसम्वासी समस्या हो । यसको व्यवस्थापनका लागि पनि रहेको नगरपालिकाले बताएको छ ।
धरानमा अझै गर्न बाँकी काम 
 धरानलाई पर्यटकीय गन्तव्यको रुपमा विकसित गर्ने सम्भावना छ । पीण्डेश्वर, बूढासुब्बा, दन्तकाली, विष्णुपादुकाजस्ता धार्मिक महत्वका पर्यटनस्थलबाट आन्तरिक पर्यटहरु भित्राउन सकिन्छ । धरान आसपासका क्षेत्रमा ¥यालफ्िटङ, प्याराग्लाइडिङ, साइक्लिङको सम्भावना खोाजी भई प्याकेजमा कार्यक्रम पनि शुरु भएका छन् । यस्ता योजना अन्र्तराष्टिय स्तरमा पर्यटन बेच्न सकिन्छ । यस्तै  बराहक्षेत्र, रामधुनी र कोसीटप्पु वन्यजन्तु आरक्षजस्ता स्थानमा अपना ाउने पर्यटक पनि धरान ल्याउन सकिन्छ । भेडेटारको केही भाग धरानमै पर्छ । यि सबै देखाएर विश्वका पर्यटकलाई लोभ्याउन सकिन्छ  । वहस उठेको छ तर सकृय रुपमा काम हुन सकेको छैन् । धरानको सम्वृद्धिको सम्भावना पर्यटन, शिक्षा, स्वास्थ्य, खेल, संस्कृति विविध आयमहरु छन् । यि विषयमा सरोकारवालाहरुको ध्यान पुग्न सकेको छैन् । यहाँको धार्मिक पर्यटन, साहसिक खेल पर्यटन सम्भावना छ । पाँचकन्यालाई कृषिकेन्द्र बनाउन सकिन्छ, विष्णुपादुकामा अद्वार बेसार खेती हुन्छ । यतातिर पनि नपरपालिकाले ध्यान पु¥याउनु पर्दछ । सङखुवासभामा अरुण तेस्रो जलविद्युत आयोजना बन्दै छ । कोशी पहाडी छिर्ने नाका धरान नै भएकाले यहाँ सुक्खा बन्दरगाह बनाउन सकिन्छ । जहिल्यै लाहुरेहरुले गरेका थिए भने बसेर हुदैन । सम्वृद्ध शहर बनाउन नयाँ सम्भावनाहरु पनि खोजी गनर्स आजको आवश्यकता हो । 
व्यवस्थित शहरका आधार भनेकै धरानलाई स्वास्थ्य, शिक्षा, पर्यटन, कृषी, उद्योग प्रवद्धन हो । बहुजातीm बहुसूकुतिको केन्द्र धरान विश्वको मानशास्त्रीहरुको अध्ययनस्थल बनाउन सकिन्छ । यहाँ शैक्षिक पूर्वाधार छन् । धार्मिक तिर्थस्थल छन् । आवसिय शहरको रुपमा विकसित गर्ने सम्भावना छ । यहाँ प्रदेश नं. १ को राजधानी बनाउने पूर्वाधारहरु भएकाले केन्द्रमा राजनीतिक प्रभाव सिर्जना गर्नु पर्दछ । 
तथ्याङ्कमा धरान उपमहानगरपालिका 
जनसंख्याः                                                           १,३७७०५ 
घरधुरीः                                                               २७,७५०
पक्की घर                                                            १४,१११  ।  
परिवार संख्या                                                     ३२६९३
कुल भवन–                                                       २२ हजार ७ सय ११ 
श्रोतःजिल्ला पाश्र्वचित्र सुनसरी २०६२ 
सडक
सडक सञ्जाल                                                 ५५० किमी 
कालो पत्रे सडक                                            १७० किमी