Social Icons

मेरो बारेमा

म पेसाले पत्रकार हु । विगत 2058 BS देखि पत्रकारीता गदै आएको छु । त्यो बेला यस्ता ब्लग लेख्ने चलन नेपालमा भित्री सकेको थिएन । आफ्ना भावना र जनताको सरोकारका विषयमा उठाइएका आवजहरु स्थानिय पत्रपत्रिकामा छापिन्थ्ये । लामो समयदेखि आजकल कलमजीवी भएर जीवनको आरोह- अवरोह पार गदै आएको छु । समयको चक्रसँगै विगत 2062 BS देखि मोफसलको धरानमा रहेर पत्रकारीता गरिरहेको छु । पत्रकारीताका सुरुमा सप्तरीको एउटा सानो बजार फत्तेपुरमा बसेर नेपाल समाचार पत्रमा रिपोर्टिङ गरे । हाल भने नाम चलेको मिडियामा डेक्स हेर्ने जिम्मेवारी पाएको छु ।

यो जिम्मेवारीसँगै मैले यो ब्लगलाई पनि नियमित बनाउन मेरो सामु चुनौतीका पहाडहरु छन् । दैनिक अखवारका प्रकासनका लागि सामाग्री तयार पार्नु र www.blast.com.np र www.alopalo.com लाई पनि समय दिनु पर्ने भएकोले यो ब्लग नियमित नहुन सक्ला । तर ढिलै भए पनि विगत र हाल समयमा देखे भोगेका विषयमा समसामायिक लेख समाचार भने यो ब्लगमा समाबेस गदै जाने छु । यस भित्र समेटिएका सामाग्रीको बारेमा प्रतिकि्रया र सुझाव दिएर मेरो लेखन कार्यलाई अझ परिपक्क र स्तरीय बनाउन मद्दत गर्नु हुने छ भन्ने ठूलो आशा समेत गरेको छु ।