
- देबेन्द्र कार्की
मुलुकमा लोकतन्त्र बहालीपछि केही वर्षयता साचारकर्मीहरुमाथिको आक्रमण शृंख्लाबद्धरुपमा दोहोरिन थालेका छन् । सामाजिक विषयमा खोजीनीति गर्ने र समाजका कुतत्वहरुविरुद्ध कलम चलाउनेहरु आजभोलि असुरक्षित बन्न थालेका छन् । पत्रकार हत्याको शृंखला बढेपछि साचारगृहमा आक्रमण गर्ने साचारकर्मीलाई धम्की दिने र सामान्य कुटपिट गर्ने घटना अब समाचार बन्न छाडेका छन् ।जनकपुरमा ुरेडियो टुडेु मा कार्यरत् पत्रकार उमा िसंहको हत्या भएको ठीक एक वर्षपछि त्यसका अध्यक्ष एवं ुजनकपुर टुडेु दैनिकका प्रकाशक अरुण िसंहानियाको गत सोमबार दिनदहाडै हत्या भयो । त्यसको केही समयअघि राजधानीको अति सुरक्षित क्षेत्र मानिएको लाजिम्पाटमा स्पेस टाइम नेटवर्कका साचालक जमिम शाहको हत्या भयो । आम जनताको अपेक्षाविपरित िहंसाको पछिल्लो शिकार िसंहानिया बने । यो अवस्थासम्म आइपुग्दा िसंगो मुलुकले एउटा भयावह र त्रासदीपूर्ण अवस्थाको सामना गर्नु परेको छ ।यी माथिका घटनाले के देखाउँछ भने ुजो कोही जहाँसुकै सुरक्षित छैनन् ।ु अपराध गर्ने र जिम्मेवारी लिन तँछाड-मछाड गर्ने समूहहरु मौलाएकाले मुलुक राज्यविहीन अवस्थामा रहेको आभाÈ हुन्छ । उनीहरुले घटनालाई अन्यत्र मोड्न र सस्तो प्रचारबाजीको लागि त्यसो गरेका भए पनि सरकारलाई भने यो ठूलो चुनौती हो । विगतमा अँध्यारो आवरणमा वा लुकेर प्रशासनको आँखा छलेर आक्रमण गरी भाग्ने गरेकाहरु अहिले हाकाहाकी निरीह प्रहरी-प्रशासनकै आँखाअगाडि आक्रमण गरेर सीमापार पुग्ने गरेका छन् । साचार उद्यमी िसंहानियाको हत्या भएको भोलिपल्ट नै आक्रमणको जिम्मा लिन तँछाड-मछाड गरेको समाचार प्रकाशमा आएका छन् । आक्रमणको जिम्मा िलंदै अन्य साचारकर्मीलाई पनि िसंहानियाजस्तै ुसफायाु गर्ने खुलेआम धम्की दिनुले अबको पत्रकारिता कसरी अघि बढ्ला भन्ने जटिलता उब्जिएको छ । जनकपुर टुडेका सम्पादक बृजकुमार यादव जनकपुरबाट विस्थापित भइसकेका छन् । जमिम हत्याबारे समाचार लेख्दै आएका नयाँ पत्रिका दैनिकका मनोज घर्ती मगरलाई पनि अपरिचित व्यक्तिले धम्की दिँदै आएका छन् । कान्तिपुर पब्लिकेशनका साचालक र सम्पादकहरुलाई पनि धम्की आइसकेको छ ।पत्रकार वीरेन्द्र साह जेपी जोसी उमा िसंहलगायत् जमिम शाह र िसंहानियाका वास्तविक हत्यारालाई प्रहरीले अझै कार्वाहीको दायरामा ल्याउन सकेको छैन । कति त पहिचान भएर पनि राजनीतिक संरक्षणमा छाती फुलाएर हिँडिरहेका छन् । अन्य घटनामा संलग्न एक÷दुई सामान्य अरिाधीलाई कानुनी दायरामा ल्याए पनि साचारकर्मीमाथि आक्रमण गर्ने अपराधीलाई प्रहरीले केही गर्न सकेको छैन । सत्ता टिकाउनमात्र ध्यान दिने सरकारको कार्यशैलीको फाइदा उठाउँदै यति बेला अपराध मनोवृत्तिले मुलुकमा हैकम जमाउँदै आएको छ । दण्डहीनता नबढाएको भए आपराधिक मनोवृत्तिले पक्कै पनि प्रश्रय पाउँदैन थियो । अपराधीलाई संरक्षण गर्ने प्रवृत्ति हावी हुँदा मुलुकमा दण्डहीनता बढेको छ । राज्यका जिम्मेवार शक्ति नै असुरक्षित भएपछि सर्वसाधारण सुरक्षित होलान् भनेर कल्पना पनि गर्न सकिदैन । कलमसँग तसिर्ने तथा विवेकभन्दा बन्दुक र धम्कीमै विश्वास गरिरहनेहरु नै पत्रकार आक्रमणमा उद्दत भएका हुन्छन् । कसैले केही नगरी हात बाँधेर बस्दा मात्र सुरिÔत ठान्नुपर्ने परिस्थिति यतिबेला सिर्जना भएको छ । संवेदनाहीन राज्यले कुनै भूमिका निर्वाह नगर्दा पीडितलाई मुद्दामामिला नगर्न धम्कीसमेत आउने गरेका छन् । उमा हत्या प्रकरणमा केही पक्राउ परे पनि मुद्दा फिर्ता लिन उमाकी आमालाई दवाब आइरहेको छ । यस विषयमा प्रहरी-प्रशासनले कुनै चासो दिएको छैन । पछिल्लो समयमा राजनीतिको आडमा दण्डहीनता र अपराधले सीमा नाघ्न थालेको छ । सानातिना धम्की र िहंसालाई बेवास्ता गर्ने प्रशासनको मनोवृत्तिले साचारमाध्यमले िहंसाको सिकार बन्नु परेको छ ।नेपालगाजका एकजना व्यापारी कृष्णमुरारी रस्तोगीका छोरा अपहरणबारे विभिन्न दलका नेता प्रहरी-प्रशासनलगायत गुहार्दासमेत कुनै सुनुवाई नभएपछि अन्ततः देश छाडी भारत पलायन भएका छन् । छोराको रिहाइका लागि ७ लाख रुपैयाँ बुझाउँदासमेत न छोरा पाए न सुरक्षा नै । राज्यले कुनै पहल नगरेपछि आपुनो सुरक्षा आफैं गर्ने हो भने यहाँ बस्नु उपयुक्त नहुने ठानेर उनी कपडा पसल बेचेर भारत पलायन भएका छन् । यो घटनाले व्यापारीहरु पनि कति सुरक्षित छन् भन्ने उजागर गर्छ । असुरक्षाकै कारण देश नै छोड्दासमेत संवेदनहीन सरकारले कुनै वास्ता नगर्दा मुलुकबासीको गति के होला विषम् आर्थिक कठिनाइ झेल्दै साचारगृहमा कार्यरत् साचारकर्मी नै अब दिनदिनै असुरक्षित हुन थाल्दा पनि सरकार रमिते बनेर बसिरहेपछि लोकतन्त्रको भविष्य नै खतरामा नपर्ला भन्न सकिन्न । पत्रकारहरुमाथि बारम्बारको प्रहारले तराईमात्र होइन िसंगो देशको पत्रकारिताको विकासमाथि नै विभिन्न प्रश्न उठ्न थालेका छन् । नागरिकहरुको सूचनाको हक संरÔण गर्ने दायित्व नागरिक अगुवा र दलहरुको हो । पत्रकार पलायन हुँदा वा पॆसाबाट विमुख हुँदा नागरिकहरु सूचनाको हकबाट विाचत हुन्छन् । संक्रमणकालीन अवस्थामा अपराधीहरुको सकि्रयता नियन्त्रण गर्न नेता सामाजिक संघ-संस्था र नागरिक प्रतिनिधिहरुले ठूलो भूमिका निर्वाह गर्नु जरुरी छ ।पत्रकार सूचनाका संवाहक हुन् । उनीहरुको आवाज संरÔण गदै स्वार्थपूर्तिका लागि मनगढन्ते अभियोग लगाएर िहंसाको वकालत गर्न खोज्नेहरुलाई जवाफ दिनु सबैको दायित्व हो । उनीहरु जनताको सही सूचना पाउने हक खोस्न चाहेको कुरा प्रष्टै छ । त्योसँगै आफ्नो कुकृत्यबारे कतै नलेखियोस् र सधै रावणराज्य चलाउन पाइयोस् भन्ने मनोवृत्ति निस्तेज पार्न पहिले राज्य चनाखो बनोस् । साथै धम्की डर त्रास र हत्याको शृङ्खलाले कलम डग्दैन भन्ने सन्देश िदंदै आÏनो कर्मप्रति पत्रकारहरुले पनि हिम्मत हार्नुहँुदैन ।