
-देवेन्द्र कार्की
फत्तेपुर /ऐतिहासिक धरोहर पूखाको चिनो नयाँ पूस्ताका लागि एउटा खुल्ला किताब मानिन्छ । इतिहासको कालखण्ड बुझर्ने र इतिहासलाई मनन गर्न पूर्खाको चिनो संरक्षण गर्नु्र नयाँ पुस्ताको परम कत्र्तव्य हो तर सप्तरीको फत्तेपुरमा एउटा जिउदो ईतिहास छ पुर्खाको धरोहर छ ता पनि दुनियाको नजरबाटै उपेक्षित बनेको छ ।प्रसस्त पर्यटकिय सम्भावना रहेको जर्मनी शैलीका चन्द्र शमसेरले निर्माण गरेका करिव एक दर्जन भवनहरु छन । वषैा देखि प्रयोगविहन भएर जिर्ण हुदा पनि कुनै निकायले जिर्णोद्धारा गर्ने र उपयोग गर्न साचो नदेखाउदा ऐतिहासिक पृष्ठभुमि झल्काउने भवनहररु खण्डहरमा परिणत भएकाछन । केहि त लडि सके भने केहि ठडिएका छन तर ती उपेक्षित महल कुनै बेला भग्नाबशेष बन्न सक्ने अबस्थामा पुगेको छ ।
नमुना गाविस घोषित फत्तेपुर पार्यटन वतावरण्का लागि आकर्षक भनिन्छ । मुलुककै सवै भन्दा जेठो चन्द्रनहर त्रियुगा नदि काठमाण्डौको केशरममहलको आकारमा निमार्ण गरिएका राणाकालिन भवनहरु पूर्णााचलकै प्रसिद्ध मत्स्य विकास केन्द्र र वरपरका रमणिय पहरिया वन जंगलको उचित संरक्षण र जीर्णोद्धार नहुदा भवन र वर परका आकर्षण हरु विस्तारै लोप हुदे जादे फत्तपुरको नाम इतिहास वाटै मोटिने लागेको स्थानिय वुद्धिजिवी गुनासो गर्छन ।
राणकालिन शैली र विशेषताका जर्मनी इन्जिनियर एथेन्सले वि। स। १९८२ सालमा ति भवनहरु निमार्ण गरेका थिए । चन्द्रनहर निमार्ण पछि कामदार वस्न अतिथीहरुलाई वस्न तथा काजी भारदारहरु चारकोशे झाडीमा शिकार खल्न आएका वेला वस्न वनाएका भवनहरु १०÷१२ वटाको हाराहारीमा छन। केहि वर्ष अगाडी स्थानिय प्रसासनले प्रयोगमा ल्याए पनि हाल प्रयोग नहुदा ती भवनहरुको छतपूर्ण रुपले भत्किसकेका छन । कलात्मक वुट्टा मूर्ति कुदिएका झयाल ढोका तथा रेलिङ्ग भत्किएर गएका छन। घरेलु इटाबाट निर्मित जिर्ण भवनहरु चत्कीन थाले पछि त्यहाका मुल्यवान इटाहरु गाउले प्रति गोटा १० रुपैया सम्म लुकी चोरी विकि्र गर्न थालेकाछन ।
केहि वर्ष अघि सम्म राणा कालिन भवन हेर्न तथा रमणिय स्थलमा वनभोज खान धरान विराटनगर इनरुवा लहान धनुषा आदि ठाँउ वाट आन्तरिक पर्यटनहरु आउने गथ्र्ये । प्रत्येक शनिवार हेडवाधमा पिक्नीक खानेहरुको भीड
हुन्थ्यो । तर आज भोली आकर्षणका केन्द्रविन्दु नै जिर्ण हुदा पिक्नीक खाने तथा घुम्न आउनेको सख्या शुन्य भएको छ ।
पर्यटकिय ग्राम वनाउन लायक ठाँउमा भएका पुरातत्वीक ऐतिहासिक धरोहरलाई जिर्णोद्धार तथा संरक्षण गर्न जिविस सिचाई विभाग तथा स्थानिय प्रसासनवाट कुनै पहल नभएको स्थानियवासी वताउछन । जनस्तरमा पनि सामान्ती संस्कारको विकास राम्रो कदम थाल्नेको मनोवल गिराउने तत्व खुट्टातान्ने प्रवृती एंव चुरेवन मास्न सकृय काठ तस्करको वाहुल्याताले फत्तेपुरले मुहार फिर्न नसकेको स्थानिय समाज सेवी मानवहादुर थापा वताउनु हुन्छ । २०१६ साल मा स्याल कराउने जंगल र काम नलाग्ने सर्दुको बगरको रुपमा धरान देखेका फत्तेपुर -३ का थापा भन्छन ुराणाहरुको अवशेस संरुक्षण गर्न धेरै पहल गर् यौ तर कतैवाट कुनै सुनवाई भएन । फेरी विकास विरोधी तत्वहरले फत्तेपुरलाई सुदि्रन नदिएको केहि व्यक्तिहरुको धाराण छ ।
ऐतिहासीक धरोहरलाई संरक्षणको लागि आवश्यक पर्ने नागरिक चेतना र सकि्रयता यहाँ पटकै नभएको त्रियुगा सहकारी संस्थाका व्यवस्थापक कृपानन्द रोक्का वताउनु हुन्छ । वातवरण संरक्षण र ती भवन जिठार्ाेद्धारा गर्न स्थानिय स्तरमा एउटा संस्था खडा गरेता पनि गाँउकै केही व्यक्तिले संस्थालाई अगाडी वढ्न नदिएको रोक्काले गुनासो गर्न भयो ।
सो गाँउको विकास विस्तार गर्न सामान्तीवारी संस्कारमा हुर्केका केहि व्यक्तिलाई चेतना र विकासको पाठ पठाई स्थानिय स्तरवाट विकास निमार्ण जिर्णोद्धारका लागि सरकारलाई दबाब सृर्जना गर्नु पर्ने देखिन्छ । सप्तरी जिल्लाको सदरमुकाम राजविराज देखि करिब ४२ किमी सुदुरपुर्ण उत्तरमा अवस्थित फत्तेपुर पुरानो चौदण्डी राज्यको राजधानीको फेदी हो र नेपालको ईतिहासमा नाम चलेको फत्तेपुर सामारिक दृष्टिकोणले महत्वपूर्ण र पूर्वााचलको सुन्दर नगरी धरान भन्दा पुरानो वजार हो र तर धरान जुन गतिमा विकास - विस्तार कार्यमा अगाडी वढ्यो त्यसको तुलनामा चौगुना पछाडी परेको छ। debendrak@gmail.com