
-देबेन्द्र कार्की
लामो समयदेखि साहित्य र पत्रकारितालाई निरन्तरता िदंदै आए पनि सार्वजनिक साहित्यिक समारोहहरुमा कमै देखिएका कवि राजकुमार कार्की धरान-१७ स्थित सप्तरङ्गी पार्कमा शुक्रबार एउटा स्रष्टा र साहित्यिक कार्यक्रममा देखिए । धरानका साहित्यकार कवि पत्रकार तथा साहित्यानुरागीहरुको बाक्लो उपस्थितिमा कार्यक्रमै ुराजकुमार कार्कीको एकल कविता वाचन तथा विश्लेषणु कार्यक्रम थियो । उनले थोरै तर भाषिक राजनीति सामाजिक एवम् मिथक प्रतिविम्बसहितका चोटिला कविता सुनाएर उपस्थित कविमनहरुलाई मन्त्रमुग्ध बनाए । कार्कीका कालजयी कविता सुन्ने र सुनाउने अवसर भने सुनौलो पुस्तकालय धरान-१७ र किरात राई पत्रकार संघ सुनसरीले जुराएको थियो ।
२०२८ सालमा कक्षा-८ मा पढ्दै गर्दा मातृभूमि नामक पत्रिकामा 'मातृभूमि' शीर्षककै कविता छापिएपछि लेखन कार्यमा हौसिएका कार्कीले जेल जीवन बिताउँदा लेखिएका तीनवटा कविता सुनाएका थिए । उनले 'चिताएपछि जङ्घार तर्नैपर्छ' 'खण्डमृत्यु र 'शब्द कवच' कविता सुनाएका थिए ।
मेरो निरवछिन्न आक्रमणको
सुख्द कल्पनामा डुबेर
तिमी मलाई यदि गुप्त मन्त्रणा गदैंछौ भने
आउ ए सन्ध्या किन्नरी †
मलाई धुजा धुजा पारेर च्यात
सङ्कोचको कुनै बर्जनाहरु छैनन् अब ।
- खण्डमृत्यु कविताबाट
प्रगतिशील धारका कविता लेख्ने कवि कार्कीले सुनाएका तीनवटै कवितामा क्राान्तिकारिता वर्गसंघर्ष प्रगतिवादी जनपक्षको पक्षपोषण गरिएको छ । उनले सुनाएको ुखण्डमृत्यु कवितामा रती प्रीति र क्रान्तिकारिता भावलाई बडो मार्मिकरुपमा उजागार गरिएकॊ छ । उनले कसैको चिर निन्द्रालाई कल्पना गरेर कवितामा रती र प्रीतिका कुरासमेत जोडेर आफ्नो रचनालाई सिङ्गारेका छन् ।
स्थापना कालदेखि ब्लाष्ट टाईम्स दैनिकको प्रधान सम्पादक भएर कार्यसम्पादन गदै आएका कार्की जनपक्षको वकालत र निरंकुश राज्य व्यवस्थाप्रति खरो प्रहार गर्न नहिच्किचाउने स्वभावकै कारण पटक-पटक जेलसमेत परेका थिए । ती तीनवटै कविता जेल जीवन बिताउँदा रचना गरिएको कार्कीले बताए । धेरै साहित्य रचना गरेका तर बजारमा नआएका कार्कीका सृजनामा सत्य सदाचार माक्स्रवाद वर्ग संघर्ष जनपक्षको वकालत गरिएको पाइन्छ ।
म यति बेला
शब्दको जङ्गलभित्र
शब्दकै दुर्गमा छु
र शब्दकै रक्षाकवच ओढेर
म शब्दकै अग्न्यास्त्र चलाउँदैछु
र भक्षकहरुको उछितो काढ्न
म अनवरत् शब्दिसंहनाद गर्दैछु ।
- शब्द कवचबाट
शब्द कवचमा सबैभन्दा ठूलो अस्त्र शब्द हो भन्ने कुरालाई उजागर गरिएको छ । अँध्यारो कालरात्रि निमिट्यान्न पार्न शब्दको प्रयोग नै महान् हुने कुरालाई प्रस्टाउँदै कविले शब्दहरुको बैभवताबाहेक कुनै सम्पत्ति आफूलाई स्वीकार्य नहुने प्रणसमेत गरेका छन् ।
अर्को ुचिताएपछि जङ्घार तर्नैपर्छु भन्ने कविताले तात्कालिन पाचायती व्यवस्थाप्रति तिखो प्रहार गर्दै आन्दोलनकारीहरुलाई जेलबाटै निराश र हतोत्साहित नहुन र आन्दोलनलाई सफल तुल्याउन आह्वान गरेको छ । आन्दोलनलाई उत्कर्षमा पुर् याउनका लागि बाधा-अवरोधहरुलाई पन्छाएर दह्रो अठोट गर्न प्रतिकात्मकरुपमा कवितामा सुझाइएको छ । कार्कीका एक हजारभन्दा बढी कविताका थाक र प्रकाशोन्मुख यात्रा संस्मरण 'नतासा बेगम' लगायत विभिन्न साहित्यिक विधाका दर्जनौं रचनाहरु प्रकाशकको अभावमा कोठामा थन्किएका छन् ।
पुस्तकालयका अध्यक्ष लक्ष्मण अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार डा। बदि्रविशाल पोखरेलले वाचित कविताको विश्लेषण गरेका थिए । कवि गोपाल देवान देवान किराती युवराज विष्ट शंकर देवानलगायतले पनि आ-आफ्नो कविता वाचन गरेका थिए । सोही अवसरमा राम अधिकारीद्वारा लिखित ुबेलगाम घोडाहरु नामक कविता संग्रहको भाषाविद् डा। टङ्क न्यौपानेले विमोचन गरेका थिए ।
कार्यक्रममा डा। टङ्क न्यौपानेले धरानमा साहित्यिक गतिविधि कम हुन थालेको बताउँदै सबै सर्जकहरु सकृय हुन सुझाएका थिए । एकताका साहित्य सर्जक र साहित्य सृजनाको उर्वर भूमि मानिएको धरानमा पछिल्लो समय खडेरी नै लागेको थियो । यही कुरालाई मनन् गर्दै सुनौलो पुस्तकालय र किरात राई पत्रकार संघले स्रष्टा उजागर अभियानअन्तर्गत यो कार्यक्रम आयोजना गरिएको हो । पुस्तकालयका सल्लाहकार कूलचन्द्र न्यौपानेले स्वागत गरेको कार्यक्रम पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष जनकऋषि राईले साचालन गरेका थिए ।