फत्तेपुर/ झण्डै एक महिना अगाडी सद्भावना पार्टीका कार्यवहाक अध्यक्ष सहितले राजविराज–भारदह सडक मर्मतको माग गदैं सडक आन्दोलन ग¥यो । १० जना नेता कार्यकता पनि पक्राउ पेर । लामो आन्दोलन पछि सडक डिभिजन कार्यालयबाट बाटो मर्मत गर्ने प्रतिबद्धता आए पछि मात्र आन्दोलन टुङ्गिएको थियो । यो एउटा नौलो आन्दोलन थियो । राजनीतिक पार्टीले विकास निमार्णका लागि गरेको सडक आवाज थियो । प्रहरीबाट छुटे लगत्तै तिवारीले नेताहरुलाई विकासमुलक राजनीति गर्न सुझावसहितको पत्रकार सम्मेलन पनि गरेका थिए । सडक डिभिजनले गरेको प्रतिबद्धता कतिको कार्यन्वयन गर्छ त्यो त समयले बताउछ । तर दवाव विना कुनै विकास निमार्ण नहुने रहेछ भन्ने नजिर भने त्यो आन्दोलनले दिएको छ ।
यस्तै लगभग ३५ बर्ष अघि निमार्ण भएको फत्तेपुर–कञ्चनपुर सडक खण्ड जिर्ण भएको बर्षौ भयो तर न नेताले देखे नत सरकारले नै देख्यो । सडक भत्किए खेत र बाटो छुट्टयाउन नसकिने भएको छ । सवारी चालकहरु बाटो छामछुम गरेर सवारी चलाउदै आएका छन् । सवारी चालक, यात्रुको समस्या कसैले सुनेनन् । अन्ततः सो क्षेत्रका ८ गाविसका स्थानियहरु एक सातादेखि सडक मर्मतको माग गदैं सडकमा ओर्लिए ।
स्थानिय कृष्ण केशीको संयोजकत्वमा सडक पुनः निमार्ण संघर्ष समिति तयार गरेर सडक जाम गरेर सो क्षेत्रको यातायता नै ठप्प पार । यो आन्दोलन सुरु भएको एक साता विति सकेको छ । आन्दोलनले स्थानियवासीहरु नै समस्यामा त परेका छन् तर सडकको गति सम्झेर समस्या एकातिर पन्छाएर सरकारलाई दवाव दिन बालक, वृद्ध, युवा, महिला सबै सडकमा उत्रिए । बरु काम काज ठप्प होस तर सडक भने बन्नै पर्ने पर्ने उनीहरुको अडान रहेको थियो । मलेट, फत्तेपुर केन्द्रित आन्दोलन विहीबारदेखि कञ्चनपुरस्थित पूर्व–पश्चिम राजमार्गमा केन्द्रित गरे सुक्रबारदेखि आनदोलन नै स्थगन गरेका छन् ।
निर्णयाक आन्दोनको कार्यक्रम लिएर स्थानीयहरु सडकमा जाम गरेर बसी यातायात ठप्प पार्द पनि प्रसासनले कुनै सुनुवाई गरेन । सडक जामले जनतालाई नै समस्या परेको कुरालाई ध्यानमा राखेर उनीहरुले राज्यका जिम्मेवार निकायलाई दवाव दिने कार्यक्रम तय गरेर सडक आन्दोलनलाई स्थगन गरिएको संघर्ष समितिका संयोजक कृष्ण केशीले बताए । सडक आन्दोलनको एक्यबद्धता भने उदयपुर, खोटाङ्ग, भोजपुरसम्मका बासिन्दाहरुले जनाएका छन् । आन्दोलनले उग्र मोड लिई रहेका बेला सडक डिभिजन कार्यालय लहानले भने स्थानिय बजेटले सो सडक बनाउन नसकिने बताएको छ । फत्तेपुर–कञ्चनपुर सडक पुनः निमार्णका लागि केन्द्रियस्तरमा नै पहल गर्नु पर्ने उनीहरुका ेभनाई छ । एक कर्मचारीले टेलिफोनमा भने–‘माथिबाट नै बजेट आए मात्र बनाउन सकिन्छ । अहिलेसम्म सो सडक निमार्णका लागि कुनै बजेट आएको छैन् ।’
सडक स्तरोन्नतीका लागि विभिन्न कोणबाट आवाज उठाउदै आएको जनता टाइम्स् साप्ताहिकलाई क्षेत्र नं. १ का सभासद् एंव मधेसी जनअधिकार फोरम लोकतान्त्रिका केन्द्रिय सदस्य हेमराज तातेडले सडक निमार्णका लागि एडिविसँग सम्झौता भई सकेको बताएका थिए । तर राजनीतिक खिचातानिका कारण काम सुरु हुन सकेको छैन् । कञ्चनपुर–फत्तेपुर– रामपुर हुदै चतरा इटहरी सडक जोडर सोही बाटोलाई मुख्य हाईवे बनाउने सरकारको योजना रहेको तातेडले बताए पनि सोका लागि कुनै कार्य थालनि भने भएको छैन ।
सभासदहरुको चासो
जनता आफू सडक बनाउन माग गदैं यातायात ठप्प पारे पछि सो क्षेत्रका सभासद्हरुले आन्दोलनप्रति भने केही चासो देखाएका छन् । सप्तरी क्षेत्र नं. १ का सभासद् हेमराज तातेड, उदयपुरका नेपाली काग्रेसका केन्द्रिय सदस्य डा. नारायण खड्का, एमाले उपाध्यक्ष अशोक राईलगायतले दवावमुलक कार्यक्रम लिएर काठमाण्डौ आउन निम्ता गरेका छन् । सो सडक पुनः निमार्णका लागि आवश्य बजेट निकासाका लागि पहल गर्ने उनीहरुले प्रतिबद्धता पनि जाहेर गरेकाले एक सातासम्मलाई सडक आन्दोलन स्थगन गरि भौतिक तथा योजना मन्त्रालयमा नै दवाव दिन राजधानी जाने तयारी गरेको संघर्ष समितिले जनाएको छ । काठमाण्डौ जान चाढै एउटा टोली निमार्ण गरिने उनीहरुले बताएका छन् । काठमाण्डौमा गएर बजेटका लागि धर्ना बस्ने र नेताहरुले सुनुवाई नगरे यता सडक आन्दोलन पनि पुनः सुरु गरिने जनाइएको छ ।