टेवलभरी गोष्ठि सेमिनार भेलाका आमन्त्रण पत्रहरु हुन्छन् । फोनका कलहरु रिसिभ गर्न भ्याई नभ्याई हुन्छ । गाउलेहरुको निम्तो मान्न जान उनलाई कम फुर्शद मिल्ने गरेको छ । एउटा सामान्य महिला भएर समाज सेवामा लाग्नेहरु मध्येकी एकमा मिना कोईराला पनि पर्छिन् । गैरसरकारी संस्थाहरु कागजी प्रतिवेदन वनाई सहयोग माग्न व्यस्त भईरहेको वेला उनी भने कुम्लो कुटुरो च्यापेर सप्तरी, उदयपुर र सिराहाका गाँउतिर लाग्छिन् । उनी महिलाहरुको समुह वनाउछिन्, वन उपभोक्ता समुह गठन गर्न लगाई वनको अवधारणा सिकाउछिन्, अनी आफै वातावरण सम्बन्धि संस्था पनि चलाउछिन् । यसरी नै वढदो छ उनको महिला सशक्तिकरणको काम ।
उनी सप्तरी जिल्ला फत्तेपुर– ३ की एक सामान्य परिवारकी महिला हुन् । खोटाङ्गको बिकट गाउमा उनि जन्मिएकीले दुर्गमता र विकटता बुझेकी ३६ बसन्त पारगरेकी मीनाले साँवा अक्षर चिन्न पनि विवाह पछाडी मात्रै पाईन् । मान्छे सामान्य भए पनि उनको लगनसिलता र सामाजिकतापन गहकिलो छ । उनी अहिले एक दर्जन संघ संस्थामा काम गर्छिन् उनलाई खान समेत फुर्सद हुदैन घरमा उनलाई कमै भेटिन्छ । उनको वितेको पारिवारीक जीवन पनि बढो रमाईलो नै छ । २०३१ सालमा १५ वर्षको उमेरमा भोजपुरमै गुणराज कोईराला(प्रावि शिक्षक)सँग विवाह गरि श्रीमान्कै प्रेरणाले २०४३ साल देखि छोरा छोरी थान्को लगाएर राति राति श्रीमानसँग क ख पढ्न थालिन् । मान्छेहरुले कुरा काट्ने ठूलो भयका विच साँवा अक्षर छिचालिन । लुकिछिपी सावा अक्षर चिनेर यतिका समाजिक सेव ागर्न सक्नु भनेको चुनौतिको कुरा हो । उनी भन्छीन –‘मान्छेले पढ्ेर भन्दा परेर मात्र धेरै कुरा जान्न बुझर्न सक्छ ।’
अहिले उनी वचत समूहलाई परिचालित गरी लालीगँुरास वातावरण स्वास्थ्य सुधार संस्था चलाउँछिन् । उता वन अधिकार लहानबाट सहजकर्ता तालिम लिएर तीन जिल्लाका सामुदयिक वन उपभोक्ता समुहलाई वन अधिकारवारेका परामर्श दिन्छिन् । वन सम्बन्धी सहजकर्ताको भूमिका निर्वाह गरेपछि र सहकारीता गाँउ गाँउमा फैलाए पछि करीब १२ हजार महिलालाई आवद्ध गराई आत्म निर्भरको पाठ सिकाएकी छिन् ।
‘अहिले पूरुषहरु मेलामा जान्छन, महिलाहरु भेलामा जान्छन्, परीस्थिति उल्टीएको छ । महिलाहरु आर्थिक उपार्जन गर्नेकार्यमा तल्लीन भएपछि पूरुषहरु पनि सहयोग गर्न थालेका छन् ।’ — आफुले गरेको कामबाट सन्तुष्टि हुँदै मिना भन्छिन् — ‘आफ्ना लागि आफै निर्भर हुनु पर्छ कसैले श्रीमानको मुख ताक्नुहुदैन बरु आर्थिक उपार्जनमा सहयोग गरि श्रीमानलाई सहयोग गर्नु पर्छ ।’ मिना जे बनिनआफ्नै मेहनत र परिश्रमले बनिन माईतीले नपढाएकोमा गुनासो त गर्छिन् तर सहयोगी जीवन साथीको प्रेरणा र पेशा छान्न स्वतन्त्र छोडिदिएकोमा खुसी छिन् । उनका पाँच छोरा र एक छोरी छन् र छोरा छोरी सवैलाई साक्षर वनाएकी छिन् ।
उनी महगो स्कूल वा क्याम्पसमा पढिनन् वरु श्रीमानसँग लुकिछिपी साँवा अक्षर सिकेर एकाईसौं सताब्दीमा अगुवा महिला बन्न सफल बनिन । भेला, सेमिनार र गोष्ठी मा उनको प्रबचन महिला सहयात्रीहरुले कान थापेर सुन्ने गर्छन । ‘पढ्न पनि लुकि चोरी गर्नु प¥थ्यो नत्र समाजले घृणा ग¥थ्यो ।’ —आफुले भोगेको पीडा व्यक्त गर्दै भनिन् । उनी म पढेको छु भन्नेहरुलाई काम गरेर चुनौती दिन्छिन् । उनी आफ्नो पढाईलाई सम्झदै जाँदा १२ वजे राती क ख घोकेको कहिल्यै विर्सन्नन् त्यसमा पनि पढदा पढ्दै निदाएको र छिमेकीले खिसी गरेको अनुभव ताजै छ ।
‘त्यो वेला छोरी पढाउनु भनेको अभिभावकको टाउकोमा बन्चरो हान्नु सरहनै थियो । छोरी पढे भने भैंसी रुखमा चढ्छन् भन्थे ।’ —आफुले भोगेको समस्याहरु सम्झदै उनी भन्छिन् । उनले समाजका लागि धेरै काम गरिसकेकी छिन् तथापी मन भने उनको अझै थामिएको छैन । उनको महिला सशक्तिकरणको लागिपर्ने चाहना अझै यथावत छ । उनी भन्छिन् —‘अवसर पाए पुरुषले गर्नेकाम जसरीनै फत्ते गरिन्छ ।’
२०४८ सालमा रेयूकाई नेपालमा प्रवेश गरे पछि शिक्षा प्राप्तीको वोध भई सामाजिक कार्यमा समर्पित भईन् मीना । २०५५ सालमा प्राथमिक स्वास्थ्य सेवा श्रोत केन्द्र फत्तेपुरबाट महिला स्वास्थ्य कार्यकर्ता तालिम लिएर ६० जना मध्ये उत्कृष्ट भई सप्तरी जिल्लाबाट बङ्गलादेशमा भएको विश्वस्वास्थ्य भेलामा जाने मौका पाईन् । बगलादेशको ढाकामा भएको विश्व स्वास्थ्य भेलाबाट सिकेका कुरा गाउ छिमेकमा बाढीन । उनी समाज सेवामा हात नहालेको क्षेत्रनै छैन् । करीब एक दर्जन त विभिन्न संस्थाबाट तालिम मात्र लिएकी छिन् । २०५३ साल देखि हाल सम्म ग्रामिण भेगका २ हजार ३ सय अशिक्षित गर्भवती महिलाहरुलाई सफल सुत्केरी गराएको बताउँछिन् । परामर्श सल्लाह नपाउने महिला त उनको गाँउमा कमै भएको गाँउलेहरु बताउँछन् । गाउमा सुत्केरी गराउने देखि लिएर न्यायनिसाव, बन सम्वधि ज्ञान लिन महिाहरु उनीकोमा आउने गर्छन ।
छोरी घरबाट बाहिर निस्कनु हुँदैन भन्ने समाज विचमा संघर्ष गर्दैै उनी महिलाहरु लगभग पूर्ण स्वतन्त्र भैसकेको समाजमा आईपुगेकी छिन् । काम गर्दै जाँदा गाँउ गाँउमा असमानता, अशिक्षा भेट्छिन्, महिलामाथी भएको शोषण, अन्याय अत्याचार महसुस गर्छिन् । त्यस पछि कुसंस्कार कुरीती विरुद्ध सभा भेला सेमीनार तथा गोष्ठिमा माइक समाएर महिला अधिकार र सशक्तिकरणको लागि घण्टौ भाषण गर्छिन् । तालिम अध्ययन भ्रमणको शिलसिलामा नेपालका विभिन्न जिल्ला लगायत बङ्गलादेश, भारत सम्म पुगेकी छिन् । ‘अब महिला अधिकारका कुरा गरेर मात्र हुन्न, अधिकारसँगै विकासलाई जोडेर लान सके मात्र परिवर्तन आउँछ’ –उनको सल्लाह छ । छोरा छोरी सवै सहयोगी भावनाका भएकाले सन्तुष्टी छिन् । उता सरकारी तथा गैरसरकार संघ संस्थासँग भने असन्तुष्टिछिन् । उनलाई कागजी प्रतिवेदन मात्र विकास भएको मन पर्दैन् । तर आज भोली द्धन्दका कारण कार्यक्षेत्रमा जान असहज भएको बताउछिन । तराईका गाउमा जानलाई असहज भएको उनको गुनासो छ । ‘तराई कै महिलाहरु पछाडी परेकाछन त्यही पग्न सकिन छोडेको छ– उनी भन्छीन । तराई समस्यालाई सुल्झाए र बतावरण सहज बनाउन उनले सरकारलाई सल्लाहा पनि दिएकीछिन । महिलाहरले साक्षरता नपाए र उनीहरु आत्म निर्भर नभए महिला मुक्ति असम्भव भएको उनको दावी छ ।
२०६१ सालमा रेडियो नेपालका लागि तयार पारिएको रिपोर्ट