Social Icons

फुट श्रृख्ला : क्षेत्रीय राजनीतिक असफलताको संकेत

धरान / एक समय २०४० सालमा गजेन्द्रनारायण िसंहले स्थापना गरेको नेपाल सदभावना परिषद ०४७ साल पछि पार्टीको रुपमा स्थापना मधेसी पार्टीको 'ब्राण्ड नेम' थियो । पछि मधेसी जनअधिकार फोरम अस्थित्वमा आए पछि ुफोरमु ब्राण्ड नेम बन्न पुग्यो । यद्यपी केन्द्रिय राजनीतिमा चौथो शक्तिको रुपमा स्थापित भई सकेको फोरम पनि अहंकार मनोगत प्रकृती र मधेशका विविधतालाई चिन्न नसक्दा टुक्रन पुग्यो । संसदमा ५३ सिटका ेसानदार उपस्थिति यतिबेला १२ मा झरेको छ । यो उसको छैठौं पटक फुटे मान्निछ । तराई मधेशलाई भजाएर अस्थित्वमा आएका र मधेसका नाममा राजनीति गर्ने क्षेत्रीय पार्टीहरुको सख्या झण्डै दुई दर्जन पुगेका छन् ।

२०५४ सालमा गठन भएको मधेशी जनअधिकार फोरम २०६४ सालमा पार्टीको रुपमा दर्ता भएको थियो । वितेको ४ बर्षमा छैटौं पटक विभाजित भएको छ । २०६४ सालमानै दल दर्ता भएको तराई मधेश लोकतान्त्रिक पार्टी ३ पटक विभाजित भएको छ ।
बामपन्थिधारका मानिएका उपेन्द्र यादवले नेतृत्व गरेको फोरम भित्र कार्यकताहरु विच खटपट भए पछि गत हप्ता फोरमका सहअध्यक्ष जयप्रकास गुप्ताले फोरमगणतान्त्रिक पार्टी गठन गरेका छन् । लामो समयदेखि फुटको हल्ला चलेको मधेशी जनअधिकार फोरम नेपाल संविधान सभाको म्याद दुई तिहाई बहुमत जुटाएर थप्ने तयारी हुदा हुदै फुटेर सरकारलाइ ्रअसफल बनाएको छ । समयानुकल राजनीतिक दिमाख लगाउने चतुर राजनीतिज्ञ मानिदै आएका गुप्ताले १३ सभासद् सहित पार्टी खोलेका छन्
२०६४ सालमा फोरम पार्टीको रुपमा दर्ता भएपछि सोही बर्ष फोरमको केन्द्रिय सदस्य भाग्यनाथ गुप्ता र किशोर विश्वासले पहिलो पल्ट पार्टी विभाजित गरेका थिए । पार्टी गठनको अर्को बर्ष २०६५ साल जेठमा फोरमका कोषाध्यक्ष अमर यादबले मधेश तराई फोरम गठन गर्दै दोस्रो पटक पार्टी विभाजन गरे । यि विभाजन कुनै नयाँ थालनीका रुपमा नभई सर्वशक्तिमान पदमा आफू पुग्न नपाउदा भएको देखिन्छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालको सरकार पछि माधव नेपालको सरकार गठन हुन लाग्दा विजयकुमार गच्छदारले २०६६ जेठमा तेस्रो पटक २८ सभासद्सहित मधेशी जनअधिकार फोरम लोकतान्त्रिक गठन गरेका थिए । त्यस बेला नेपाल सरकारमा जानेबारे पार्टीमा विवाद देखिएको थियो । प्रजातान्त्रिकधारका गच्छादार र बामपन्थिधारका यादवविचका ेटकरावले अनन्त पार्टी फुटेको थियो । पुन लोकतान्त्रिक फोरम सरकारमै रहेका बेला लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य सभासद् एवं भौतिक योजना तथा निर्माण राज्यमन्त्री साजय साहले चौथौ पटक विजय गच्छेदारको फोरमबाट अलग भएर मधेश क्रान्ति फोरम गठन गरेका थिए ।
मधेशी जनअधिकार फोरम लोकतान्त्रिक सरकारबाट बाहिरिए लगत्तै पाचौं पटक फेरी फोरमका केन्द्रिय सदस्य उपेन्द्र झा समेत पार्टीबाट अलग भई छुट्टै पार्टी गठन गर्ने घोषणा गरेका छन् । उनले नयाँ पार्टी गठन गर्ने तयारी गरिसकेपनि जेठ १४ पछि मात्र आफ्नो धारणा सार्वजनिक गर्ने बताएका छन् । उनले निकट भविष्यमा नै नयाँ पार्टीको औपचारिक घोषणा गर्ने जनाई सकेका छन् ।
फुटको शिकार फोरममात्र होईन अरु मधेशका नाममा राजनीति गर्ने बैधानिक तथा अबैधानिक पार्टीहरुको फुट श्रृखला लामो छ । मधेशकमा सशस्त्र विद्रोह गर्ने समुहहरु पनि फेटने क्रम रोकिएको छैन । यता मधेशी अधिकार सुनिश्चित गने भनि स्थापना गरेको ्र नेपाल सदभावना परिषदहाल सद्भावना पार्टी दुई दशकमा ११ पटक विभाजित भइसकेको छन्् । अव १२ औं पटक पार्टी विभाजिन हुने संकेत देखिसकेका ेछ । राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीका महासचिव अनिल झा अर्को पार्टी दर्ता गर्न लागेको चर्चा सुरु भई सकेको छ । उनलाई सद्भावना पाटीले कारवाही गरेको थियो । तर कारवाहीमा परेका अनिलकुमार झाले कारवाही सम्बन्धमा आफूले विशेष जानकारी नपाएको बताएको बताउदै आएका छन् ।
२०५८ साल माघ १० गते पार्टीका अध्यक्ष गजेन्द्र नारायण िसंहको मृत्यु पश्चात सुरु भएको फुटको शिलशिला रोकिएको छैन् । पछिल्लो पटक २०६५ सालमा लहानमा भएको महाधिवेशनबाट सरिता गिरीलाई पार्टी अध्यक्षबाट पदच्यूत गरि विकास कुमार तिवारीको अध्यक्षतामा नयाँ कार्यासमिति गठन गरेको छ ।
तराई मधेश लोकतान्त्रिक पार्टी अहिले तेश्रो बर्षमा हिड्दै छ । तर वितेका ३ बर्षमा तीन पटक विभाजित भईसकेको छ । पहिलो पल्ट महेन्द्रप्रसाद यादवले २०६७ पुषमा पार्टीका नौं जना सभासद् लिएर अलग भएका थिए । त्यसको केही दिन पछि तमलोपाका केन्द्रिय प्रचार प्रसार विभागका सचिव प्रवीण चौधरीले यूवा लोकतान्त्रिक पार्टी गठन भए पछि तेश्रो विभाजनमा पुग्यो । पछि तमलोपा तेसं्रो पल्ट विभाजित भएका थिए ।
दुई पल्ट पार्टी फुटिसेका तमलोपामा पुनः विवाद शुरु भएको चर्चा बजारमा आन थालि सकेको छ । अध्यक्ष ठाकुरले पार्टीमा मोर्चाको निणर्य लादद्ै गरको अन्य नेता कार्यकताहरुले आरोप लगाउदै आएका छन् । तमोलोपा पुनः नफुट्ला भन्ने आवस्था छैन् ।
पार्टीमा पाच नेताको रुपमा परिचित सवर्नेद्रनाथ शकुलाले भनेको कुरालाई मात्र ठाकुरे बढी मान्दै गरेको कारण ह्रदयश त्रिपाठीलगायतका नतेाहरु असन्तषुट हदँुै गएका छन् । त्यही असन्तुष्टिका कारण त्रिपाठी मधेशी मोर्चाद्वारा आयोजना गरेको आमसभामा सहभागि नभएका ेबताइएका ेछ ।
पार्टी विभाजनको मुख्यकारण महाधिवेशन पार्टीको विधान पार्टीमा समावेशी लगायतका विषयमा मतभेद रहेका कारण नेता कार्यकताहरु असन्तुष्ट हुने गरेको र पार्टी फटसम्म पुग्ने गरेको पाईएको छ ।
मधेशलाई मिसन बनाएर उमि्रएका पार्टीहरु अहिले फुटको राजनीतिमा लागेका छन् । मधेश मुद्धालाई भन्दा पैसा र सत्ताका लागि मधेशवादी दलहरुले राजनीति गरेको राजनीतिक विष्लेषकहरुको भनाई छ । मधेशबारे गहिरो अध्ययन गरेका विष्लेशक एवं पत्रकार चन्द्रकिशोर तराई केन्द्रित दलहरुमा मसिया प्रवृती मधेशका मुद्धाप्रति आँखा चिम्लिेने प्रवृतीले फुट मौलाएको बताउछन् । अमिवावादी नियति भोग्दै आएका दलहरुका ेपछिल्लो फुटले क्षेत्रीय राजनीति असफलता तीर गएको प्रतित हुन्छ ।

फुट श्रृख्ला

मधेशी जनअधिकार फोरम नेपाल २०५४
१.उपेन्द्र यादब
२.भाग्यनाथ गुप्ता÷किशार विश्वास - मधेशी जनअधिकार फोरम मधेश २०६४ भाद्र
३.अमर यादब मधेश तराई फोरम २०६५ मजफो नेपालबाट
४.विजय गच्छेदार मधेशी जनअधिकार फोरम लोकतान्त्रि २०६६ साल जेठमजफो नेपालबाट
५.संजय साह मधेश क्रान्ति फोरम२०६७ पुष फोरम लोकतान्त्रिक बाट फुटेको
६.उपेन्द्र झा नयाँः पार्टी दर्ता गर्ने प्रकि्रया फोरम लोकतान्त्रिक बाट फुटेको
७.जयप्रकाश गुप्ताजेपी मधेशी जनअधिकार फोरम गणतान्त्रिक २०६८ जेठ ९मजफो नेपालबाट

नेपाल सदभावना पार्टी २०४०नेपाल सदभावना पार्टी २०४७
१.गजेन्द्र नारायण िसंह
२.रामजनम तिवारी -ःनेपाल सदभावना पार्टी रामजनम२०४७ गजेन्द्र नारायण िसंहबाट
३.रामेश्वर राय यादब- ः समाजवादी जनता दल गजेन्द्र नारायण िसंहबाट
४.बद्रीप्रसदा मण्डल -ःनेपाल सदभावना २०५८ साल २८ माघ गजेन्द्र नारायण िसंहबाट
५.आनन्दी देवी -नेपाल सदभावना पार्टीआनन्दी देवी२०५९ साल २९चैत बद्रीप्रसदा मण्डल ःनेपाल सदभावनाबाट
६.विकाश तिवारी -नेपाल सदभावना पार्टी बद्रीप्रसदा मण्डलबाट
७.लक्ष्मणलाल कर्ण -नेपाल सदभावना पार्टी्र बद्रीप्रसदा मण्डलबाट
८.सरिता गिरी -नेपाल सदभावना पार्टीआनन्दी देवी ःनेपाल सदभावना पार्टीआनन्दी देवीबाट
९.खुशीलाल मण्डलः-नेपाल सदभावना पार्टीआनन्दी देवी ःनेपाल सदभावना पार्टीआनन्दी देवीबाट
१०.श्याम सुन्दर गुप्ता ःनेपाल सदभावना पार्टीआनन्दी देवी ःनेपाल सदभावना पार्टीआनन्दी देवीबाट
११.राजेन्द्र महतोःः सदभावना पाटी ःनेपाल सदभावना पार्टीआनन्दी देवीबाट
१२.अनिल झाःः …पार्टी गठन तयारी पुरा ।

तराई मधेश लाकतान्त्रिक पार्टी२०६४
१.महन्त ठाकुर - तराई मधेश लाकतान्त्रिक पार्टी
२.रामेश्वर राय यादबः तराई मधेश लाकतान्त्रिक पार्टी नेपाल
३.प्रवीण चौधरी ः यूवा लोकतान्त्रि पार्टी २०६७ ३ पुषमा गठन
४.जितेन्द्र सोनलहृदयश त्रिपाठी ः तमलोपाफुटाउँने तयारी

(with Bhola Paswan ktm.)