धरान /असुरक्षित वैदेशिक रोजगारमा जान सरकारले रोक लगाएको छ तर प्रभावकारी ऐनको कार्यान्वयनको अभावले एजेन्टमार्पmत् खाडी मुलुकमा महिलाहरु जाने कार्य रोकिएको छैन । लाखांै महिलाहरु तेस्रो मुलुक हुँदै विदेसिने कार्य अभैm रोकिएको छैन । एउटा ठूलो समूह अभैm पनि गैरकानुनीरुपमा विदेस पलायन हुने क्रम बढ्दो छ । तर विदेस पुगेर दुःख पाएका तथा लामो समयसम्म विदेसमा आफ्नो भविष्य सुनिश्चित नभएको देखेका केही महिलाहरु भने नेपालमै आत्मनिर्भर हुने बाटो खोज्दैछन् । विदेसबाट फर्किएर आएका महिलाहरु स्वदेशमा नै उद्योगी र व्यापारी बन्न थालेका छन् । उनीहरुले भिœयाएको रेमिटयान्ससमेत उत्पादनमूलक क्षेत्रमा लगानी गरेका छन् ।
धरान–१५ डेरा गरी बस्ने ३५ वर्षीया गीता अधिकारीले सन् १९९६ सालमा भारतको बाटो हँुदै कुवेत पुगी ७ वर्षसम्म घरेलु कामदारको रुपमा काम गरिन् । २० वर्षको उमेरमा धन कमाउन विदेसिएकी अधिकारीले सात वर्षमा खासै कुनै प्रगति गर्न सकिनन् । सुनसरीको पाँचकन्यामा जन्मेकी अधिकारी सात वर्षको विदेस बसाई औचित्यहीन भएको बताउँछिन् । खाडीमा बगाएको श्रम र पसिनाको मूल्य नपाएका कारण उनी यतिबेला भने स्वदेशमै विदेसको अथाह अनुभवसँगै मैनबत्ति उद्योग खोलेर बसेकी छन् । विनालगानीको मैनबत्ति उत्पादन गरेर मासिक एक सय ५० केजी मैनबत्ति बजारमा बिक्री गर्दैआएकी छन् ।
लोडसेडिङको विकल्पको रुपमा प्रयोग गरिंदै आएको मैनबत्तिको बजार निकै राम्रो छ । मैन उत्पादन गरेर नजिकका किरान पसलेहरुलाई मैनबत्ति आपूर्ति गर्दैआएकी अधिकारीले घर राम्ररी चलाएकी छन् । उद्योगकै आम्दानीबाट पाँच वर्षीय छोरालाई बोर्डिङमा पढाउने र घर खर्च टार्दैआएको उनी बताउँछिन् । ‘विदेसी एकान्त मुलुकमा श्रम बेच्यो पैसा पनि नपाइने । अर्काको हप्कीदप्कीमा जीवन बिताउनुपर्ने तर आजभोलि आफ्नै भूमिमा परिवारसँग बसेर काम गर्न पाएको छु ।’ घरमै मैनबत्ति बनाउँदै भेटिएकी अधिकारीले भनिन् ।
सङ्खुवासभा घर भएका ४० वर्षीया लक्ष्मी र ३५ वर्षीया कमला राई अविवाहित दिदीबहिनी हुन् । घरको आर्थिक विपन्नता र मुलुकमा बढेको द्वन्द्वको घाउ बिर्सन २०६३ सालमा भारतकै बाटो हुदै ओमन पुगेर दुई वर्ष बिताए । तर ओमनको बसाइले उनीहरुको भविष्य सुनिश्चित हुन सकेन । त्यो पैसाले धरानस्थित बगरकोटमा एउटा सानो बास बस्ने घर बनाउन सके । सानैदेखि साहसी महिलाको रुपमा दरिएका लक्ष्मी र कमला गाउँकै दिदी विवहामाया राईको साथमा यतिबेला भने नेपालमै आफ्नो भविष्य खोज्दैछन् । उनीहरु तीनजना मिलेर एउटा सानो किराना पसल खोलेका छन् । त्योसँगै तीनवटा सिलाई मेसिन पनि राखिएको छ । उनीहरुले सिलाइ मेसिन खिटी..टी...टी चलाएर छिमेकीका लुगा सिलाएर राम्रो आम्दानी गर्दैआएका छन् । ‘राम्रै चलेको छ । विदेसको जस्तो दुःख गर्न परेको छैन् ।’ उनकै पसलमा भेटिएकी लक्ष्मीले मुख खोलिन्, ‘एक वर्षअघि पाँच हजारमा किराना सुरु गरेका अहिले एक लाखको पसल भएको छ ।’
सम्पत्तिको विषयमा रातोदिन श्रीमान्–श्रीमती झगडा होला भनेर विवाह नगरेको उनीहरुको भनाइ छ । अहिलेको आम्दानी घर खर्च कटाएर पसल बढाउनतिर लागेको उनीहरु बताउँछन् ।
यस्तै धरान–१५ सुवेदी टोलकी ३५ वर्षीय गंगा निरौला पनि माओवादी द्वन्द्वकालमा दुई वर्ष कुवेतमा बसेर फर्केकी महिला हुन् । उनी २०५८ सालमा छिमेकीसँग सयकडा ५ ब्याजको दरले ऋण काढेर विदेस गएकी हुन् । दुई वर्षको बसाईमा खासै भविष्य नदेखेपछि उनी नेपाल फर्किएर आत्मनिर्भरको बाटो खोजिरहेकी थिइन् । एक वर्षअघि सानो लगानीमा धेरै आम्दानी हुने व्यवसायी कुखुरा पालन भएको देखेपछि उनी यतिबेला घरमै कुखुरा पालन व्यवसाय गर्दैआएकी छन् । तीनदिने कुखुरा पालन व्यवसायबारे तालिम लिएर उनले व्यवसाय सुरु गरेकी हुन् । उनको खोरमा यतिबेला एक सय चल्ला छन् । ४० हजार खर्चिएर उनले चल्ला किनेकी हुन् । चल्लाले लगानी राम्रै उकास्ने उनले बताइन् । कुखुरा व्यवसायबाट आएको आम्दानीबाट नवचेतना आमा समूहमा उनी मासिक एक सय रुपैयाँ बचत पनि गर्दैआएकी छन् । आफ्नै देशमा मेहनत र पसिना बगाएर केही गर्न व्यवसाय थालेको उनको भनाइ छ । एक लट कुखुरा बिक्री गरिसकेको उनको भनाइ छ ।
माओवादी द्वन्द्वका कारण धरान–१५ की शारदा मास्के विश्वकर्मा पनि २०६० सालमा डेढ वर्षसम्म कुवेतमा काम गरेर फर्किन् । एजेन्टमार्पmत् भारत हँुदै कुबेत पुगेकी शारदाले डेढ वर्षको अवधी कष्टपूर्ण बिताएको सुनाइन् । ‘बिहान ५ बजेदेखि राति २ बजेसम्म नानी हेर्ने, तथा घरेलु कामकाज गर्नुपर्ने उनले सुनाइन् । डेढ वर्ष साह्रै कष्टपूर्ण बिताइयो’ उनले भनिन् ।
विदेसमा विशेष भाषाको ज्ञानको अभावले पनि बढी महिलाहरु दुःख पाउने गरेको उनको बुझाइ छ । विदेसमा कुनै प्रगति, उन्नति नभएपछि उनी नेपाल फर्केर त्यसै भौंतारिरहेकी थिइन् । २०६३ साल जेष्ठ २२ गते विदेस गएर फर्किएका महिलाहरुको बृहत् भेला काठमाडौंमा आयोजना गरिएको थियो । त्यही भेलापछि धरानमा पौरखी नेपाल धरान शाखा स्थापना गरियो । हाल उनी त्यही संस्थाको सचिव पदमा रहेर विदेस जाने महिलाहरुलाई जनचेतना जगाउने अभियानमा लागेकी छन् । आपूmले विदेसमा दुःख पाए पनि अब जाने महिलाहरुले आफ्नोजस्तो कष्ट भोग्नु नपरोस् भनेर उनी विदेस जान चाहने महिलाहरुलाई जानका लागि आवश्यक सल्लाह परामर्शसँगै जनचेतना जगाउँदै आएकी छिन् ।
विदेसमा बसेर चेतना र सीपसमेत आर्जन गरेका केही महिलाहरु स्वदेशमा पनि केही गर्न सकिन्छ भन्ने उदाहरणका प्रतिनिधि पात्र हुन् । गीता, कमला, लक्ष्मी, गंगा, शारदा मात्र होइन, विदेसमा बसेर नेपाल फर्किएका सुनसरीका दुई सय दुई महिलाहरु आत्मनिर्भरका लागि उद्योग, व्यापार, व्यवसाय चलाएर बसेका छन् ।
विदेसमा बसेर फर्किएका महिलाहरुलाई फेरि विदेशिन नपरोस् भनेर आप्रवासी महिला कामदारहरुका लागि आर्थिक सुरक्षा परियोजना तथा पौरखी नेपालले १५ महिनाअघि ८ दिने उद्यमशीलता विकास तालिम प्रदान गरेको थियो । सुनसरीका महेन्द्रनगर, भरौल, पाँचकन्या, बराहक्षेत्र, डुम्राहा तथा धरान क्षेत्रका ३ सय ३५ जना महिलालाई तालिम प्रदान गरिएको थियो । उक्त तालिमपछि व्यवसाय रोज्न लगाइयो । व्यवसायमा दक्षताको लागि पुनः दुर्ई दिने व्यवसायी विकास तालिम लिएर उनीहरु काममा लागेका थिए ।
विदेसबाट फर्किएका दुई सय दुई महिलाहरुले हाल ढाका कपडा उत्पादन, मैनबत्ति, सिलाइ–कटाइ, बेसार प्याकेजिङ, कुखुरा पालन, होटल व्यवसाय, साइबर, तरकारी पसल, किराना पसल, चटपटे पसल, विद्यालय सञ्चालनलगायतका व्यापार–व्यवसाय सञ्चालन गरेर आत्मनिर्भर हँुदैआएका छन् । एक वर्षको अवधीमा उनीहरुले निकै प्रगति गरेको आर्थिक सुरक्षा परियोजना (निड्स) का सुनसरी संयोजक यज्ञराज खनालले बताए । उनका अनुुसार प्रायः विदेस गएर फर्किएकाहरु सुुविधाका सामान मोटरसाइकल, कार, सुविधासम्पन्न घर किनेर खर्चन्छन् । यस्तो कार्य रोक्न उनीहरुले कमाएर ल्याएको पूँजी उत्पादनशील क्षेत्रमा खर्चन व्यापार– व्यवसाय गर्न प्रेरित गरेको उनले बताए । कतिपय महिलाहरु ज्ञानको अभावले विनाजानकारी विदेस गएर दुःख पाएका छन् । पौरखी नेपालले विगत पाँच वर्षदेखि विदेस जान चाहनेहरुलाई पनि जाँदा अपनाउनुपर्ने सावधानीलगायत् सुरक्षित वैदेशिक रोजगारबारे सहजीकरण तथा वैदेशिक रोजगारको स्वदेशमै विकल्पबारे परामर्श दिँदै आएको पौरखी नेपालकी निर्देशक विजय राई श्रेष्ठले बताइन् । ‘हामी सकभर स्वदेशमै केही गरेर आत्मनिर्भर हुन सल्लाह दिन्छौं । जानै परे सबै प्रक्रिया मिलाएर सुरक्षित वैदेशिक रोजगारमा जान सल्लाह र परामर्श दिने गरेका छौं ।’ १० महिनासम्म कुवेतमा कष्टपूर्ण जीवन व्यतीत गरेर फर्किएकी पौरखी नेपाल सुनसरी संयोजक दीलु गजमेर बताउँछिन् ।
निड्सले १५ महिनासम्म महिलाहरुको आत्मनिर्भरताका लागि कार्यक्रम सञ्चालन गरेको थियो । हाल निड्सको कार्यक्रम सकिएकाले उद्योग व्यवसायहरुबारे पौरखीले अनुगमन र उनीहरुको समस्याबारे पहल गर्ने जिम्मा पाएको छ । वैदेशिक रोजगारबाट आएको रुपैयाँ उत्पादनमूलक काममा लगाउन तथा विदेसबाट आएको रेमिट्यान्स सदुपयोग होस् भनेर यस्तो कार्यक्रम ल्याइएको आर्थिक सुरक्षा परियोजना (निड्स) का नेपालका लागि कार्यक्रम संयोजक सरु जोशीले बताइन् । यस्तो कार्यक्रम ११ देशमा सञ्चालन गरिएको छ । नेपालमा पनि काठमाडौं, कास्की र सुनसरीमा सञ्चालन गरिएको उनले बताइन् । आठदिने उद्यमशीलता तालिमबाट तीन जिल्लाका ६ सय ११ महिला कामदारहरु स्वदेशमै आत्मनिर्भर भएको जोशीले जनाइन् । ‘विदेसी भूमिको दुःख बुझेका र केही सीप सिकेका श्रमजीवी महिलाहरु यतिबेला उद्योगी बन्ने धुनमा छन्’ जोशीले भनिन्, ‘हामी नेपालभरिका आप्रवासी महिला कामदारहरुको तथ्याङ्क संकलन गरी उनीहरुलाई नेपालमै आत्मनिर्भरताका लागि पहलकदमी जारी राख्नेछौं ।’ ‘विदेसबाट फर्किएका महिलाहरु बढी परिपक्क र व्यावहारिक हुन्छन् । श्रमको मूल्य बुझेका हुन्छन् ।’ जोशीले भनिन्, ‘अन्य महिलालाई उद्यमशीलता तालिम दिनुभन्दा उनीहरुलाई दिनु प्रभावकारी हुने भएकाले तथा उनीहरुलाई स्वदेशमै रोजगारी दिन यस्तो कार्यक्रम ल्याइएको हो ।’
स्थानीय निकाय गाविस, जिविसलगायतमा पनि यस्ता महिलाहरुलाई विदेशिनबाट रोक्न उद्यमशीलता कार्यक्रमका लागि बजेट विनियोजन गरे अझ प्रभावकारी हुने जोशीले बताइन् । विदेस गएर आएकामध्ये ९५ प्रतिशत महिला फेरि विदेस जान इच्छुक हुन्थे । तर उद्यमशीलता तालिम पाएपछि विदेस जाने सोच परिवर्तन भएको पौरखी नेपाल सुनसरीकी संयोजक दीलु गजमेरले बताउँछिन् । सरकार तथा सरोकारवाला संस्थाहरुले वातावरण बनाइदिने हो भने विदेसको कमाई र अनुभव प्रयोग गरेर स्वदेशमा आयआर्जनका थुप्रै काम गर्न सक्छन् भन्ने उदाहरण पनि यी महिलाहरु हुन सक्छन् । रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धानेको कुरा कतै छिपाउन सकिँदैन । तर यहाँ भित्रने रेमिट्यान्सको सही सदुपयोग कसरी गर्ने भन्नेबारे सरकारको पनि स्पष्ट नीति छैन । धेरै पैसा गैरउत्पादनमूलक क्षेत्रमा खर्च भइरहेको अर्थ विज्ञहरुको भनाइ छ । विदेसबाट आएको पैसालाई उत्पादनमूलक क्षेत्रमा खर्च गर्ने आदत बसाउन यस्तो कार्यक्रम ल्याइएको संस्थाले जनाएको छ । यी महिलाहरुबाट विदेशिने दाजुभाइहरुले पनि पाठ सिकी विदेसको कमाइ अनावश्यक मोटससाइकल, कारलगायत विलासिताको बस्तुमा खर्च नगरी विदेसी भूमिमा श्रम र पसिना खर्चेवापत्को कमाइ उत्पादनमूलक काममा लगाउन जरुरी भएको छ । वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार वार्षिक दुई लाख युवायुवती विदेशिने गरेका छन् । विभिन्न मुलुकमा तीन लाखभन्दा बढी महिला कामदार विदेसमा छन् ।