Social Icons

घुमफिर वर्ष र पूर्वमा पदमार्ग पहिचान

-देबेन्द्र कार्की
दश लाख विदेशी भित्र्याउने अठोटका साथ नेपालले पर्यटन वर्ष २०११ मनाइरहेको छ तर यसको प्रचार-प्रसार भने व्यापक बनाउन सकेको छैन । पर्यटन महोत्सवको रुपमा कतै-कतै भव्य शुभारम्भ कार्यक्रमबाहेक अन्य गतिविधि सरकार पर्यटन बोर्ड तथा व्यवसायीले गर्न सकेका छैनन् । हामीसँग सुविधायुक्त पर्यटन पूर्वाधार पनि छैन । विदेशबाट घुम्न आउने पर्यटकहरुलाई उनीहरुको इच्छाअनुसारको सेवा-सुविधा दिन सकिरहेका छैनौं । अझ नेपालको पूर्वी क्षेत्रमा त विदेशी पर्यटकहरुको आगमन न्यून नै छ । हाम्रो देशमा घुम्ने भीरपाखा कुना-कन्दरा तराई हिमाल र पहाड धेरै छन् तर पूर्वाधारको अभावले अपेक्षिता विदेशी भित्र्याउन सकिरहेका छैनौं ।
विदेशी पर्यटकहरु सोंचे जति भित्र्याउन नसके पनि हामीले निराश भइहाल्ने अवस्था भने छैन । सरकारले सन् २०११ लाई पर्यटन वर्षको रुपमा घोषणा गरिसकेकोले यो वर्ष आपुनै कुना-कन्दराहरु घुमफिर गरेर पर्यटन वर्षलाई सफल बनाउन सकिन्छ । पश्चिममा अन्नपूर्ण आधार शिविरअन्तर्गत घान्द्रुक घोडेपानी धम्पुसलगायत् अन्य पदमार्गहरु सगरमाथा लाङ्टाङ लोमान्थाङ मनास्लु डोल्पो रारा क्षेत्रमा घुमफिर गर्ने कार्यक्रम युवाले बनाउन थालिसकेका छन् । तर विडम्बना † यी क्षेत्रभन्दा रमणीय र घुम्नलायक पूर्वका पदमार्गहरुमा भने घुमफिर गर्ने योजना बन्न सकेको छैन । धनकुटा तेह्रथुम ताप्लेजुङ खोटाङ भोजपुर इलाम सोलुलगायत्का जिल्लामा पर्यटकीय स्थलहरु अनगन्ती छन् । हाम्रा लागि नजिकका तीर्थ हेला भएका छन् । विदेशीहरु लाखौं खर्च गरेर हाम्रा भीरपाखा घुमेर जान्छन् । हामीले भने आपुनो माटोलाई चिन्न सकेका छैनौं ।

सरकारले पनि पर्यटन वर्षमा स्वदेशीलाई आपुनो देश घुमफिर गर्न प्रेरित गर्ने भनेको त हो तर सरोकारवालाहरुले सकारात्मक कुनै प्याकेज कार्यक्रम लागू गर्न सकेनन् । हामी आपुना भीरपाखा कुना-कन्दरा सजिलादेखि साहसिक पदमार्गमा आजैदेखि निस्कन सक्छौं ।
त्रत्रत्र
प्रथम त कवि लेखक पत्रकारले मातृभूमि चिन्न सक्नुपर्छ । जनताका गीत कविता र समाचार लेख्नलाई आफ्नो मातृभूमि चिन्न जरुरी नै हुन्छ । हामीकहाँ घुमफिर गर्ने परम्परा कम छ । अब यो परम्परा पन्छाएर घुमफिर गर्ने सँस्कार सुरु गर्नुपर्छ । पूर्वका उद्योगी-व्यवसायी कवि लेखक पत्रकार तथा नागरिक अगुवा पनि पूर्वी पदमार्ग पहिचानमा चिन्तित देखिनुपर्छ । विदेशीलाई आपुनो ठाउँ घुमाउन पहिले आफैंले घुमफिर गर्नुपर्छ अनि मात्र आपुनो परम्परा भाषा-सँस्कृति सभ्यता विविधताबारे खुलेर बखान गर्न सक्छौं ।
त्रत्रत्र
पछिल्लोपटक कवि लेखक तथा पत्रकारहरुको टोली धनकुटाको डाँडाबजारस्थित पर्यटकीय स्थल ध्वजेडाँडाको भम्रणमा निस्किए । यसलाई पूर्वमा पदयात्राको सुरुवातको रुपमा लिनुपर्छ । शहरको कोलाहलपूर्ण वातावरण कङ्कि्रटको भीडबाट फुत्त निस्किएर प्रकृतिसँग दुई दिनसम्म आनन्दले रमाउँदाको क्षण बेग्लै भएको यात्रामा सहभागीले बताए । करिब ६० जनाको समूहलाई खान-बस्नको लागि स्थानीयले घरबास होम स्टे को व्यवस्था गरेका थिए । टोलीमा डा। टङ्क न्यौपाने डा। गोपाल भण्डारी स्तम्भकार विमल निभा कथाकार राजेश विद्रोहीलगायत् कवि-पत्रकारर कलरवका कलाकारहरुको सहभागिताले ध्वजेडाँडा नै पवित्र बनेको थियो । २०६७ सालको अन्तिम दिनको सूर्यास्त र २०६८ सालको पहिलो सूर्योदय उनीहरुले त्यहाँबाट अवलोकन गरेका थिए । प्राकृतिक दृश्य सूर्यउदय र अस्ताएको हेर्ने एउटा उत्तम गन्तव्य ध्वजेडाँडालाई मानिँदै आएको छ । भेडेटारबाट करिब १६ किमी उत्तर-पूर्वमा रहेको ध्वजेडाँडा दार्जिलिङको टाइगर हिलको विकल्पमा सूर्यास्त र उदय हेर्न सकिने मनोरम ठाउँ हो । यो समुद्री सतहबाट करिब २३ सय मिटर उँचाइमा छ ।
त्रत्रत्र
पूर्वमा घुमफिर गर्ने धेरै स्थलहरु छन् । सबै ठाउँमा पुग्न सके राम्रो । अहिले गुराँस फुलेको मौसम छ । यो बेला भने गुराँसको राजधानी तेह्रथुमको गन्तव्य रमाइलो होला । नेपालका ३३ प्रजातिमध्ये २८ प्रजातिका गुराँस पाइने तीनजुरे मिल्के र जलजले टीएमजे क्षेत्र यति बेला गुराँस फुलेर राताम्मे छ । यहाँ पुग्ने जो कोहीको मन लोभिन्छ गुराँसे स्वागतले । पैदल मार्गको अर्को गन्तव्य गुफापोखरी पनि हो । यहाँ घुम्नका लागि भने करिब एक साताको समय छुट्याउनुपर्छ ।
बैशाख १ देखि ७ गतेसम्म पर्यटन विकास तथा प्रबद्र्धन समिति तेह्रथुमले बसन्तपुर लसुने जिरिखिम्ती र म्याङ्लुङ बजारमा भव्य तेह्रथुम महोत्सवसमेत सम्पन्न गरेको छ । महोत्सवको अवसरमा केही पदयात्रीले पाँचपोखरी गुफापोखरी र टीएमजे क्षेत्रको भ्रमण गरेका छन् । यसलाई पूर्वी क्षेत्रमा पनि पदयात्राको सुरुवात भएको सङ्केत मान्न सकिन्छ । ध्वजेडाँडा पाँचपोखरी म्याङ्लुङसम्मको सातदिने यात्रा गरेर फर्किएका नागरिक दैनिकका सम्वाददाता रोहित राई भन्दै थिए ुसात दिन घुमेर पर्यटन वर्ष तथा नयाँ वर्ष मनाइयो ।ु घुमफिरले शरीरमा ऊर्जा प्रदान गर्छ मन-मस्तिष्कमा ताजापन ल्याउँछ । सिर्जनशीलताको समेत विकास हुने धेरैले अनुभव गरेका छन् । सोही यात्रामा सहभागी राजेश विद्रोहीका अनुसार घुमफिर पनि एउटा सिक्ने जान्ने र अध्ययन गर्ने विधि हो । पुस्तक पढेरभन्दा घुमेर आपुनै आँखाले नियालेको ज्ञान बढी प्रभावकारी हुन्छ । विशेष गरी पूर्वी क्षेत्रमा तेह्रथुम जिल्लामा पर्यटकीय मार्गहरु प्रसस्त खुलेका छन् । तेह्रथुमको प्रवेशद्वार बसन्तपुरबाट उकालो लागेपछि काचनजङ्घा मकालु र कुम्भकर्ण हिमालको आधार शिविरतर्पु जाने पदमार्ग भेटिन्छ । टीएमजे क्षेत्र चौकी बजार गुफापोखरी पाँचपोखरी क्षेत्रमा वर्षको ३÷४ महिना आन्तरिक तथा बाह्य पर्यटकहरुको घुइँचो हुने गरेको छ । सो क्षेत्रमा विशेष गरी फागुनदेखि जेठसम्म र असोजदेखि मङ्सिरसम्म पदयात्रीहरुको भीड लाग्ने गरेको पर्यटन विकास तथा प्रवद्र्धन समितिका महासचिव लक्ष्मण तिवारीले बताए ।
यी क्षेत्रमा पुग्न काठमाडौंबाट जहाजमा ४० मिनेटको यात्रामा विराटनगर ओर्लिएपछि गाडीबाट धरान पुग्नुपर्छ । धरानबाट ८४ किमी यात्रा तय गरेपछि बसन्तपुर पुगिन्छ । धरानबाट बसन्तपुरु तीनजुरे डाँडा चौकी गुफा बजार हुँदै म्याङ्लुङसम्मको यात्रा तय गर्न सात दिन लाग्छ । प्रतिव्यक्ति ६ हजार रुपैयाँले भ्रमण गर्न सकिन्छ । धरानबाट बसन्तपुर गुफापोखरी ताप्लेजुङ दोभानबाट र् यापुटिङ गर्दै बराहक्षेत्रसम्मको यात्रा गर्न सकिन्छ । यो ६ दिनमा तय गर्न सकिन्छ भने खर्च ६ हजारले पुग्छ । धरानबाट बसन्तपुर हुँदै तीनजुरे डाँडा चौकी गुफा बजार मेन्छ्यायेम सातपत्रे ह्यात्रुङ झरना म्याङ्लुङसम्मको रुटमा यात्रा गर्दा ९ दिन लाग्छ । प्रतिव्यक्ति ७ हजारसम्म भए खर्च पुग्छ । तेह्रथुमका प्रसिद्ध स्थानहरु घुम्न स्थानीयले सातवटा रुट पहिचान गरेका छन् ।
तेह्रथुममा त पदयात्राका लागि केही रुटहरु पहिचान भइसके । अब इलाम ताप्लेजुङ धनकुटा सङ्खुवासभालगायत्का स्थानमा पनि पदयात्राका लागि नयाँ रुट पहिचान गरी घुमफिर गर्ने सँस्कार बसाउन जरुरी भएको छ ।
त्रत्रत्र
हाम्रो देश हामी आफैंले पहिले चिन्ने सँस्कार बसाउनुपर्छ । आपुूले पहिले देश दर्शन गरेपछि मात्र विदेशीलाई आपुनो ठाउँमा ल्याउन सकिन्छ । जे होस् पूर्वमा पनि पर्यटकीय गन्तव्यको खोजी गरी पदमार्ग सुरु भएको छ । सन् २०११ को अन्त्यसम्ममा पूर्वका हरेक जिल्लामा सुविधायुक्त पदमार्गको पहिचान र व्यवस्थापन भइसक्ने आशा गरौं । यति हुँदा-हुँदै पनि हाम्रो मुलुकमा पर्यटन वर्षको विषयमा व्यापक प्रचार-प्रसार एवं उचित व्यवस्थापन हुन सकेको छैन । आन्तरिक पर्यटक दिगो पर्यटनका आधार हुन् भन्ने कुरा सरोकारवालाहरुले अझै बुभुन सकेका छैनन् । स्वदेशमा घुमफिर गर्ने वातावरण बनाउन सरकार र पर्यटन व्यवसायीले सकारात्मक कदम चाल्नुपर्छ ।
त्रत्रत्र
विदेशतिर सरकारले नै सरकारी कर्मचारीका लागि भत्तासहित भ्रमण विदाको व्यवस्था गरेको हुन्छ तर नेपालमा यस्तो व्यवस्था छैन । मन हुने कर्मचारीलाई सरकारले भ्रमण विदासम्म मिलाइदियो भने कर्मचारी भ्रमणले चहलपहल बढ्छ । पदयात्रामा युवा पुस्तालाई प्रेरित गर्नु जरुरी छ । तन्नेरीको आकर्षण बढाउन राज्य ट्रेकिङ एजेन्सी ट्राभल्स एण्ड टुरलगायत् पर्यटन व्यवसायीले भूमिका निर्वाह गर्नुपर्छ । पूर्वका पदमार्गबारे जानकारी गराउन उत्सव गर्नुपर्छ । स्वदेशीलाई लोभ्याउन प्याकेज कार्यक्रम तय गर्नुपर्छ । यो जेठसम्मको मौसम पदयात्राका लागि उपयुक्त मानिन्छ ।