धरान / कोशी अाचल यातायात व्यवस्था कार्यालयबाट एउटै नम्वरको २ वटा लाईसेन्स फरक व्यक्तिलाई वितरण गरेको पाइएको छ । यातायात कार्यलयका कर्मचारीहरुको मिलोमतोमा मोटो रकम लिई ०२५११३७४ नम्बरका एक जनालाई 'AB’ बर्ग र अर्कालाई 'E’ बर्गको साईसेन्स फरक मितिमा वितरण गरेको पाइएको छ । कार्यालयको रेकर्ड अनुसार धरान-१ स्थायी ठेगाना भएका विनोद श्रेष्ठको नाममा रहेको ०२५११३७४ नम्वरको एवि लाईसेन्स २०५२ मिसंर ७ गते वितरण गरिएको छ । सो लाईसेन्स श्रेष्ठले २०६६ फागुन २४ गते नविकरण समेत गरेको पाईएको छ ।
यता सोही नम्बरको भ् बर्गको लाईसेन्स २०६६ फागुन २४ गते बेणुराज पराजुलीको नाममा जारी भएको छ । तर कार्यालयको रेकडमा भने बेणुराजको नाम पाईदैन । श्रेस्थामा विनोदको मात्र रेकड रहेको छ । गत वैशाख ८ गते हिलेमा भएको ट्याकटर दुर्घट्नामा इटहरी निवासी सुजन अधिकारीको ज्यान गएको थियो । सो ट्याक्टरका चालक पराजुली रहेका थिए । उनी सोही समय पक्राउ परेका थिए । पक्राउ पछि प्रहरीको प्रारमभिक वयानमा पराजुलीले आफुसँग सवारी चालक अनुमति पत्र नभएको वताएको मृतक सुजनका दाजु संगम अधिकारीले बताए । पछि धनकुटा जिल्ला अदालतले सवारी चालक अनुमति पत्र बुझाए सजाए कम हुने बताए पछि पराजूलीका आफन्तले यातायातका कर्मचारीहरुको मिलेमतोमा रातारात लाईसेन्स लिएको पाईएको छ । उनी ४ दिन अघि लाईसेन्स भएको प्रमाण बुझाएर थुना मुक्त भएको अधिकारीले जानकारी दिए ।
लाईसेन्समा ०६६ सालमा जारी गरेको लेखिए पनि सो लाईसेन्स हालै निकालिएको बुझिएको छ । श्रेस्थामा पराजुलीको रेकड नभए पनि जिल्ला अदालत धनकुटाले लाईसेन्स प्रमाणित गर्न पत्रचार गरे पछि यातायता कार्यलयले २०६८ असार १८ गते एक पत्र पठाई पराजुलीको साईसेन्सको प्रमाणित गरेको छ । सो पत्र पठाएको रेकड भने यातायात कार्यालयमा छ । पत्रमा शाखा अधिकृत वासुदेव तिवारीको हस्ताक्षर छ । श्रेस्थामा पराजुलीको रेर्कड नहुनु तर लाईसेन्स सक्कली हो भनेर अदालतमा पठाएको पत्रको प्रतिलिपी चाहि हुनुले यहाँबाट कसरी अबैध धन्दा हुदो रहेछ भन्न कुराको पोल खोलेको छ । अदालतलाई पठाएको पत्रमा हस्ताक्षर भएका तिवारीसँग बुझ्दा खोज्दा बुधबार कार्यालयमा अनुपस्थित पाईयो । टेलिफोन सम्पर्कमा भने प्रमाणित गर्न पर्दा आफू श्रेस्तामा हेरेर मात्र हस्ताक्षर गर्ने गरेको बताए । मेरो हस्ताक्षर गरेर दलालले गर्न सक्छन् ।'-उनले भने-'विदामा छु सुक्रबार कार्यालय पुगेर मात्र हस्ताक्षरबारॆ भन्न सक्छु ।'
सो नम्वरको लाईसेन्स कस्को भनी धनकुटा अदालतले दिएको पत्र यातायात कार्यलयमा जेष्ठ १७ गते दर्ता भएको देखिन्छ । १८ गते धनकुटा जिल्ला अदालतमा लाईसेन्स प्रमाणित गरि पठाएको पत्र पनि यातायात कार्यालयको रेकर्डमा छ । तथापी कार्यलयका कार्यलय प्रमुख पुष्पराज ढुङगानाले भने उक्त कार्यमा यातायात कार्यालयको संलग्नता नभएको दावी गरेका छन् । उनले कर्मचारी वासुदेव तिवारीको नक्कली हस्ताक्षरमा भएको भन्दै धनकुटा जिल्लालाई पठाएको पत्र पनि कार्यलयले नपठाएको जिकिरगरेका छन् । तर अदालतमा पठाएको पत्रको प्रतिलिपी भने कार्यालयमा नै पाईको छ ।
श्रोतका अनुसार यातायात कार्यालयमा ह्यवी गाडीको लाईसेन्स आवश्यक परे ३ हजार लिएर गयो भने यातायात कार्यालय परिसरमा सहयोगका लागि बसेका केही दलालहरुले बनाईदिने गरेका छन् । स्थानिय एक व्यक्तिले ब्लाष्टलाई भने -ुविदेश जानका लागि लाईसेन्स चाहियो बनाई दिनु पर् यो भनेर गयोृ भने तुरुन्तै बन्छ तर पैसा चाहि खर्च गर्नु पर्छ ।' सबै कागज पत्र तयार गरि लाईसेन्स बनाएर छापा लगाउन भने कार्यालय भित्रै जाने गरेको पाईएको छ । ती व्यक्तिले बताए अनुसार कार्यालयको ४ नम्बर कोठाबाट नक्कली साईसेन्समा कार्यालयको छाप लगाउने कान हुने गरेको छ । नक्कली लाईसेन्समा छापा लगाए बापत सो विभागमा बस्ने कर्मचारीले प्रति छाप एक सय पाउने गरेका छन् । उनले बताए अनुसार चोरीका गाडीहरुलाई समेत कार्यालयका कर्मचारीहरुले नक्कली ब्लु बुक बनाई दिने गरेको पाइएको छ ।