एउटा साँझ
मनमैलो अध्यारो
प्ारदर्शी पोाषखमा
एक नासले मुस्काईरहेकी छे
क्याविनकी एउटी सुन्दरी ।
साँझको पहिलो पाहुना
ठाटिएर एक अधबैशे झुल्कीएका छन्
परिचित झै लाग्छ त्यो अनुहार उसलाई
हरेक साँझ पहिलोदेखि
अन्तिम पाहुनालाई खुशी बनाउनु
उसको नियती हो
त्यही भएर
उ निष्फीकि्र हििमदिएकि छे कर्म यज्ञमा ।
अधबैसे पुरुषका असुन्दर ओठ
अजङगको आलिङगनमा उ भोगी रहन्छे
पहिलोदेखि अन्तिम पाउनाको सन्तुष्टी
यसको जीन्दगी उसको दैनिकी हो
थ्ााह छैन् उ आनन्दको उन्मादमा छे
व्ाा नियतिको गहिरो पीडामा ।
ती सुन्दरीलाई यो पनि थाहा छैन
एउटा कङ्कि्रटको अध्यारो जंगलमा
उसको यौवन खोसिएको
थ्ााहा छैन ती सुन्दरीलाई
एकनासको मुस्कानले
आफ्नो अस्मिता लुटिएको ।
शहरको एउटा अध्यारो कोठामा
ती सुन्दरी पहिलोदेखि अन्तिम पाहुनासँगै बाँिचरहेकी छन् ।
निशब्द निर्वाध र निद्वन्द्व
निरही भएर हर साँझ उनी
सपना साटिरहेकीछन् ।
सपना साटिरहेकीछन् ।
असार-१८ २०६८