- देबेन्द्र कार्की
धरान /यहिबेला पूर्वका शहरहरु पहेलपुर छन् । शहरका हरेक चौक र गल्लीमा देख्दै जिब्रो रसाउने धनकुटाका सुन्तला देख्न पाईन्छ । धरान, इटहरी, विराटनगर, धनकुटालगायत शहरका हरेक चौकमा धनकुटा जिल्लाका गाउँबाट झारिएका रसिला सुन्तला जता ततै राखिएका छन् । खोकु छिन्ताङको सुन्तलोको व्यापरीहरुले पनि खुवै प्रचार गर्ने गरेका छन् । ‘सुन्तला, सुन्तला खोकू छिन्ताङका रसिला सुन्ताला सस्तोमा लानुहोस् ।’ धरानको भानु चौकमा डोकोमा डुलाउदै गरेका एक युवकले भने (‘सस्तोमा गुलिया सुन्तला छानिछानी लानुहोस् ।’ उनको प्रचार काईदाले धेरे बटुवाहरु तनिदै थिए ।
धनकुटाका सुन्तला भन्दा सबैले रुचाउने भएकाले धरानका सुन्तला व्यापारीहरु जहाँका भएपनि धनकुटाकै भन्ने गर्छन् । ‘धनकुटाका सुन्तला भन्दा बढी बिक्री हुन्छ । सबैले किन्छन् ।’ (सिजनका बेला बषौंदेखि धरानमा सुन्तला बेच्दै आएका मनकुमारीले भनिन । भोजपुर, सख्खुवासभा, इलाम, खोटाङ्गलगायत जिल्लामा पनि सुन्तला फल्ने भए पनि बजारमा भने धनकुटाले नाम कमाएको छ ।
धनकुटाका सुन्तला भन्दा सबैले रुचाउने भएकाले धरानका सुन्तला व्यापारीहरु जहाँका भएपनि धनकुटाकै भन्ने गर्छन् । ‘धनकुटाका सुन्तला भन्दा बढी बिक्री हुन्छ । सबैले किन्छन् ।’ (सिजनका बेला बषौंदेखि धरानमा सुन्तला बेच्दै आएका मनकुमारीले भनिन । भोजपुर, सख्खुवासभा, इलाम, खोटाङ्गलगायत जिल्लामा पनि सुन्तला फल्ने भए पनि बजारमा भने धनकुटाले नाम कमाएको छ ।
जिल्ला कृषी कार्यालय धनकुटाका योजना अधिकृत नन्दकिसोर अधिकारीका अनुसार खोकू छिन्ताङ्ग आाखीसल्ला, मौनाबुधुक, धनकुटा, तेलिया, खुवाखोक, चङमाङलगायत क्षेत्र सुन्तलाका ेपटक क्षेत्र हुन । यी गाउँबाट सदरमुकाम धनकुटा हुँदै धरान, इटहरी, विराटनगरका चौक, गल्लीमा सुन्तला पुगेका छन् । सुन्तलाको स्वाद थाहा पाउने ग्राहक धनकुटाकै सुन्तला खोज्ने गरेको व्यापारीहरु बताउछन् । खोकुमा सुन्तला नेपालकै उत्कृष्ट मिठो मान्छि । तर अधिकृत अधिकारीका अनुसार पछिल्लो समय संखुवासभाको मान्तेवामा सबै भन्दा मिठा सुन्तोला पाईने गरेको छ । उत्तर मोहडा, गेगर परेको पारिलो र मलिलो माटोमा सुन्तला खेति बढी फस्टाउाने कृषी प्राविधिकहरु बताउछन । समुन्द्री सतहदेखि करिब एक हजारदेखि १६ सय मिटरसम्मको उचाईमा सुन्तला उत्पादन हुने विज्ञहरुको धारण छ । सो वातावरण धनकुटामा मात्र मिलेको कृषि कार्यालय धनकुटा बागवानी शाखाले जनाएको छ ।
उत्पादनका आधारमा धनकुटा सुन्तला खेतीमा अग्रस्थामा रहेको छ । नेपालको सबैभन्दा बढी सुन्तला उत्पादन हुने गोर्खा जिल्ला मानिए पनि धनकुटाले विश्व मै नाम कमाएको छ । संसारकै दााजोमा धनकुटाका सुन्तला उच्चकोटीका मानिन्छन् । सुन्तला गुलियो र अमिलोपन मापन ब्रिक्स प्रणालीमा नापिन्छ । विश्वमै १३ देखि १४ ब्रिक्समा सुन्तलाको मापन भएको पाइन्छ । धनकुटाका सुन्तलामा पनि ११ देखि १३ ब्रिक्ससम्मको पाइने प्राविधिकहरुले बताएका छन् । ‘सुन्तलाको गुणस्तरको आधारमा विश्वमै धनकुटाको सुन्तला प्रख्यात छ ।’( अभिकारीले भने ।
छिन्ताङ(५ का देवान राई, खोकूका मित्र राई, नरेन्द्र राई, नेत्रबहादुर राईलगायतले आधुनिक व्यवसायी सुन्तला खेती शुरु गरेका छन् । धनकुटाका सुन्तालाले विश्वमै नाम कमाउन थालेपछि मकै, धान उत्पादन हुने खेतबारी मासेर सुन्तला खेती गर्न कृषकहरु आकर्षित हुन थालेको कृषि कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार कुल खेतीयोग्य जमिन ४० हजार २ सय २३ करिव हेक्टरमध्ये ६ सय ९८ हेक्टरमा यो वर्ष सुन्तला खेती गरिएको छ । गत बर्ष ६ सय ९५ हेक्टर जमीनमा खेती गरिएको थियो । ४ सय ८५ हेक्टर जमिन भने सुन्तला उत्पादनशिल क्षेत्र मानिएको छ । अघिल्लो बर्ष ३ हजार २ सय ६४ म्याट्रिक टन सुन्तला उत्पादन भएको अधिकृत अधिकारीले जनाए । यो बर्षको उत्पादन रिपोर्ट आईनसकेको तर ३० देखि ४० प्रतिशत उत्पादन बढेको अधिकारीले जानकारी दिए । सुन्तलाबाट गत बर्ष बार्षिक १६ करोड भन्दा बढि आम्दानी भएको कार्यालयले जनाएको छ । यस बर्षको आम्दानी विवरण आईनसकेकको अधिकारीले जनाए । सुन्तोलाबाट मनग्ये आम्दानी हुन थालेपछि गाउँमा खेती गर्ने कृषकहरुको संख्या बढेको कृषकहरुले बताएका छन् । उत्पादन पनि वर्षैपिच्छे बढ्ने गरेको कृषि कार्यालयले जनाएको छ ।
नेपालमा उत्पादन र गुणस्तर दुवैमा धनकुटा अग्र स्थानमा रहेको छ । विश्वमा तुलना गर्ने हो भने ब्राजिलमा सबै भन्दा बढि सुन्तला उत्पादन हुने गरेको छ । विश्व खाद्य संगठनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०१० मा ब्राजिलमा १८.१ ीमलियन म्याट्रिम टन उत्पादन भएको थियो । अमेरिकामा ७.५ मिलियन म्याट्रीक टन, भारतमा ६.० मिलियन म्याट्रिक टन उत्पादन भएको थियो । यस्तै इजरायल, इटाली,स्पेन लगायत मुलुक पनि सुन्तला खेतिमा नाम कहलिएकाछन । ‘द वल्र्ड बुक अफ इन्र्साक्लोपेडिया’ मा उल्लेख भए अनुसार विश्वमा बार्षिक ३ करोड ८० म्याट्रिक टन सुन्तला उत्पादन हुने गरेको छ ।

