Social Icons

सस्कृति र सस्कारका धनी नेपाली

  • देबेन्द्र कार्की
नेपालमा तीनपुस्ते परिवारमा बाच्नेहरुको जमात् भेट्दा एकजना अमेरिकी शिक्षाविद्  निकै खुशी देखिए । यस्तो परिवारमा सास्कार हस्तान्तरणको वातावरण सहज र सरल हुने बुझेका डा. रोबर्ट एस किट्टेल नेपालीहरुको संयुक्त परिवार तथा यहाको सभ्यता र सास्कृतिबाट निकै प्रभावित भएका रहेछन् । नेपाली सास्कृतिबाट प्रभावित उनले आफ्ना दुईवटा छोरीलाई समेत नेपालमै ल्याएर उच्च शिक्षा हासिल गराए । हामी भने अध्ययनका लागि लाखौं खर्च गरेर अमेरिकालगायत युरोपेली मुलुक जान्छौं । डा. किट्टेलले भने आफ्ना छोरीहरुलाई शैक्षिक सास्कार सिकाउन नेपाल ल्याए ।
विश्व शान्तिका अभियन्ता डा. सन् म्योङ मुनले स्थापना गरेको युनिभर्सल पिस फेडरेसन नामक संस्थामार्फत् नेपालमा लामो समयदेखि प्रशिक्षणमा सहभागी भएका डा. किट्टेलले नेपालको एक शिक्षालयमा भएको प्रशिक्षणमा विद्यार्थीलाई सोधेका थिए रे, ‘तपाईंहरुमध्ये को–को हजुरआमा, हजुरबुबासागै बस्नुहुन्छ ? हात उठाउनुस् त ?’ ५० प्रतिशतभन्दा बढीले हात उठाए । ‘अनि बुबाआमासाग कतिजना बस्नुभएको छ ?’ उनको अर्को प्रश्नमा बाकी लगभग सबै हात उठे । यो जवाफले उनी निकै प्रशन्न भए । उनको अनुहारमा चमक आयो । त्यही बेला आफ्नो देशका विद्यालय, त्यहााका परिवार र बालबालिकालाई सम्झिए । यस्तो जवाफ अमेरिकामा आशा गर्न सकिन्न रे । अमेरिकालगायत पश्चिमा राष्ट्रमा यस्तो प्रश्न सोध्नै हुादैन रे । सोधिहाले पनि हजुरआमा–हजुरबासाग बस्ने विद्यार्थी एउटै भेटिदैन । आमाबुबासाग बस्नेहरु पनि थोरै भेटिन्छन् । संयुक्त परिवार पश्चिमा मुलुकमा देख्न पाइदैन ।

पश्चिमा मुलुकका चालचलन, रीतिरिवाज नक्कल गर्न खप्पीस नेपालीहरुलाई  उनको कुराले निकै प्रभावित बनाएको छ । युनिभर्सल पिस फेडेरेसनले गत मङ्गलबार इटहरीमा गरेको ‘राष्ट्र निर्माणमा परिवारको भूमिका’ विषयक सेमिनारमा संयुक्त परिवारमा बसाइका आयाम र फाइदाबारे शिक्षा विषयमा विद्यावारिधि गरेका किट्टेलको प्रवचन सुन्न निकै भीड लागेको थियो । ‘नेपाल सास्कार–सास्कृतिले सम्पन्न देश हो तर पश्चिमी सास्कृतिले प्रभाव पार्दै गएको छ’, उनी भन्दै थिए, ‘सुसास्कार नभत्कियोस् भनेर विश्व शान्तिका अभियन्ता डा. सन् म्योङ मुनको सच्चा परिवारले सच्चा मानिस बनाउाछ ।’ भन्ने सूत्रलाई शिरोपर गर्दै अभियानमा जुटेको हुा ।’ उनी नेपाली बस्तीहरुमा इतिहासदेखि कायम रहेको सुसास्कार र पारिवारीक सद्भाव नबिगार्न आह्वान गरिरहेका छन् ।
 पश्चिमी राष्ट्रमा परिवारमा भएको विखण्डनले राष्ट्रहरु खतरामा परेका छन् । पारिवारीक रुपमा उनीहरु  कमजोर बनेका छन् । यस्तो विखण्डनको खतरा नेपालमा पनि भित्रिएको जनाउादै उनले चिन्ता पनि व्यक्त गरे । अमेरिकी मुलुकको सास्कृति उतै फिर्ता पठाएर आफ्नो पवित्र सास्कृति कायम राख्नुपर्ने उनको भनाइ छ । सुन्दर सास्कार र सास्कृति जोगाउनु सबै नेपालीको दायित्व सम्झेका छन् ।
अमेरिकी नागरिक भएर पनि आफ्नो देशको सास्कृतिमा गर्व गर्न नसकेका डा. रोबर्ट एस भन्दैछन्, ‘नेपालीहरु हो, आयातित पश्चिमा सास्कृति अनुसरण नगरौं । तिम्रो जे सास्कृति  छ, त्यो नै कायम राख । सामाजिक विचलन टार्न सधैं ‘थुतुनो र मुतुनो’ जोगाऊ ।’ टुक्रिादो पारिवारीक संरचनाले अमेरिकालगायत पश्चिमा  मुलुकमा नरसंहार निम्तिएको उदाहरण पनि उनले दिए । साना बालबालिका त्यसका शिकार भएका छन् । ठूला–ठूला हिंसाका घटना त्यतैबाट आएका हुन् । पश्चिमा सास्कृतिकै कारण विश्वशान्ति बिग्रिएको उनी बताउाछन् ।
आजभोलि स्वतन्त्रता भन्ने कुरा स्वार्थका लागि प्रयोग भइरहेको उनले बताए । पश्चिमा देशमा स्वतन्त्रताको नाममा गलत प्रयोग बढी मात्रामा भइरहेको डा. किट्टेलको भनाइ थियो । त्यही सिको गरेर नेपालमा पनि स्वतन्त्रता स्वार्थमा प्रयोग भएको अनुभव गरेको उनले बताए । स्वतन्त्रताको आवरणमा ‘हामी र हाम्रोलागि’ भन्ने  भावना टुक्रिएको छ । ‘म’ र मेरोलागि’ भन्ने प्रवृत्ति झाङ्गिएको छ । यो खराब प्रवृत्तिले परिवार समाज र राष्ट्र नै बर्बादी भएको छ । सिंहदरबारमा भएको किचलो पनि स्वार्थी राजनीतिकै कारणले हो । स्वतन्त्रताको गलत उपयोगले मुलुकमा अराजकता, विकृति र विसंगति मौलाएको छ । उनको आशय स्वतन्त्रता हुनु हुादैन भन्ने चाहिा होइन । स्वतन्त्रता सही काममा प्रयोग गर्नुपर्छ भन्ने हो ।
अमेरिकामा स्वतन्त्र वातावरण छ, चिल्ला सडकहरु छन्, आलिशान महलहरु छन् तर बाहिरी आवरणमा देखिएको भव्यता र सभ्यताभित्र आत्मीयता र पारिवारीक सास्कार नभएको अमेरिकी नागरिक डा. किट्टेल बताउाछन् । यस अर्थमा नेपालीहरुको सपनाको शहर अमेरिका तिनै अमेरिकी नागरिकका लागि पनि  सम्मान गर्नलायक रहेन छ । ‘नेपालीहरु अभावमा बााचेका होलान्, भौतिक सुख–सुविधा कम होला, लोडसेडिङले अन्धकारमा बााचेका होलान् तर उनीहरु सास्कृति, भावना, माया–ममताबाट ओतप्रोत छन् । असल सभ्यता र सास्कृतिका धनी नेपालीहरु नै हुन् तर संरक्षणमा निरन्तरता भने जरुरी छ ।’ आफ्नो अभियानका क्रममा उनले यसरी अनुभव सुनाए ।
नेपालको असल सास्कार, गुरुहरुप्रतिको निष्ठा, पारिवारीक वातावरण सिकाउन डा. किट्टेले आफ्ना दुई छोरीहरुलाई उच्चशिक्षा नेपालबाटै दिए । ‘कक्षाकोठामा यहाा गुरुलाई जसरी आदर र सम्मान गरिन्छ, अमेरिकामा त्यस्तो पाइादैन ।’ उनले भने । आदर–सम्मानको सास्कृति सिकाउन उनले छोरीहरुलाई नेपालमा पढाएका रहेछन् । हामी नेपाली लाखौं खर्चिएर बिग्रिएको सास्कृति अनुसरण गर्न अमेरिकालगायत पश्चिमा मुलुकमा छोराछोरी पठाइरहेका छौं । अमेरिकाका विद्यावारिधीप्राप्त शिक्षाविद् भने छोरी पढाउन नेपाल ल्याइरहेका छन् । यसबाट पनि हामीले केही शिक्षा लिनु आवश्यक छ ।
आजकल हाम्रा क्याम्पसहरुमा भने सास्कृति बिग्रिदै गइरहेको छ । अमेरिकी छोरीहरुले नेपाली सभ्यता र सास्कृति सिकेको उदाहरण क्याम्पसहरुमा पुर्‍याउने बेला आएको छ । परिवार, समाज, सास्कृति, सभ्यताका बारे प्रवचन दिने यी अमेरिकी शिक्षाविद् क्याम्पसमा पनि पुग्नुपर्ने हो कि । ‘नेपालको शैक्षिक सास्कृति राम्रो छ, यसलाई भत्काउनु हुदैन’, उनी भन्छन्, ‘अझ समृद्ध बनाउदै जानुपर्छ । नेपालीहरुले सास्कृतिलाई समृद्ध बनाउादै लगे भने अन्य अमेरिकी छोरीहरु पनि नेपाल आउनेछन् ।’
वास्तवमा हामीले भन्दै आएको ‘सभ्य देश, सभ्य नागरिक’ भएको मुलुकबाट शुरु भएको विकृति, गलत सास्कारले नेपाललाई पनि छोइसकेको छ । उनले भनेजस्तै हाम्रो सास्कार, सभ्यता र परम्परालाई जोगाइराख्नुपर्छ । हाम्रोजस्तो छाडा सास्कृतिबाटै बचौं भन्ने सन्देश लिएर नेपाल आएका ती अमेरिकी नागरिकको अभियानमा हामीले पनि साथ दिनुपर्छ । हामी राजनीतिक, सामाजिक, आर्थिक, भौतिक अधिकारबाट वञ्चित छौं । अभाव, भोक, पीडा, राजनीतिक सङ्कटको बीचमा भए पनि हामी गर्व गरौं, सास्कृति र सास्कारका धनी छौं भनेर ।
(Published in Blast Times Daily on feb. 2, 2013)