Social Icons

सामाजिक सुरक्षा भत्तामा नागरिकको पहुच

  • देबेन्द्र कार्की
धरान/सरकारले जेष्ठ नागरिक, विधुवा तथा अपाङ्गता भएका नागरिकको सम्मानका लागि वितरण गदे आएको सामाजिक सुरक्षा कोषको भत्ता नागरिकले अझै सहज रुपमा पाउन सकेका छैनन् । विगतमा सामाजिक सुरक्षा भत्ता दुरपयोग भएको समाचारहरुले संचारमा निके प्राथामिकता पाएको थियो । कतिपय सचिवहरुको कारवाहीमा समेत परे । दुरुपयोग भएको गुनासो आए पछि सरकारले कार्यविधी परिर्वतन गरेर व्यवस्थित बनाउे प्रयास गर्‍यो ।  अझै पनि सामाजिक सुरक्षा कोषको भत्ता लक्षित वर्गसम्म नपुगेको गुनासो आउने गरेको छ । नियमित अनुगमनको सयन्त्र नहुदा मृत्यु भईसकेका, बसाई सरेर गएका व्यक्तिहरुको नाममा राज्य कोषको दुरुपयोग भने भईरहेको गुनासाहरु आउने गरेका छन् ।

सामाजिक सुरक्षा कोषको रकम धरान नगरपालिका १७ न.ं वडाबासीले पाईरहेका छन् । तर असक्त, वृद्धहरुका लागि सरकारको सेवा भन्दा पनि बढि कष्ठ झेल्नु परेको उनीहरुको गुनासो छ । सरकारले बाणिज्य बैकबाट वितरण गर्ने व्यवस्था मिलाए पछि १७ नंं वडाबाट बेकसम्म आउन एक घण्टा पैदल हिड्नु पर्छ । फेरि दिनभरी लाईन पनि बस्नु पर्छ । लाईनबस्दा असक्त, वृद्धिहरु फेन्ट भएर लडेका घट्ना पनि भएका छन् ।
–सामाजिक सुरक्षा भत्ताको नाममा असक्तहरुलाई सास्ती हुन थालेको जनगुनासो आए पछि सरकारले इच्छाएको व्यक्तिले भत्ता थापेर ल्याउन पाउने प्रावधान बनायो । सो व्यवस्था पछि वृद्ध अशक्तले राहत त पाए तर छोरा नाती, बुहारीहरुले थापेको पैसा उनीहरुसम्म पुग्दा घटेर पुगेको गुनासो आउन थाल्यो । ४ महिनाको रकम ५ सय/ १ हजार मात्र ल्याएदिने अरु आकै छैन भन्ने गरेको पाईयो ।
‘सामाजिक सुरक्षा भत्ता विवरणमा केही समस्या भएको छ । पहिले लिन जान समस्या भयो भनेर वडा कार्यालयमा आउथ्ये ।’–वडा नंं १७ का सचिव प्रेम उप्रेतीले भने–‘अहिले पैसा सबै पाईएन के गनुृ दिलाई दिनु पर्‍यो भनेर वडामा गुनासो गर्न आउनेहरुको संख्या बढेको छ ।’
बैकले अस्थायी शिविर खडा गरेर सम्बन्धित वडामा वितरण गर्ने व्यवस्था मिलाए मात्र वृद्ध अशक्तहरुलाई राहत मिल्लने उप्रेती बताउछन् । भत्ता थाप्ने समयमा गुनासो लिएर आउने धेरै भएका ेउनको भनाई छ । अन्य वडाहरुमा पनि समस्या यही रहेको स्थानिय बताउछन् ।
धरान–११ की सामाजिक परिचालक तथा वडा नागरिक मञ्चकी सचिव सबेरा श्रेष्ठ सरकारले जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई सम्मानका लागि भत्ता दिने व्यवस्था गरे पनि लिनकालागि झन्झट ल्याईदिएर अपमान गरेको बताउछिन् । समाजिक सुरक्षा भत्ता वितरणलाई प्रभावकारी बनाउन उनीहरुको नाममा बैक खाता खोलीदिएर खातामा जम्मा गर्ने प्रवधान लागु गरे उनीहरुले सहजरुपमा पाउने उनको भनाई छ ।
धरान नगरपालिकामा सुसासनबारे अध्ययन गदे आएको सामुदायिक सारथीका नगर संयोजक गिरीराज घिमिरेले सरकारको सम्मान राम्रो भए पनि वितरण प्रक्रिया प्रभावकारी नहुदा व्यापक अनियमितता हुने गरेको बताउछन् । भत्ता बुझ्ने मान्छे जिउदो छ वा मृत्यु भएको अनुगमन गर्ने सयन्त्र नहुदा ब्यक्ति मरिसकेको नाममा पनि रकम दुरुपयोग हुने गरेको उनले बताए । ‘कसैलाई मृत्यु दर्ता प्रमाण पत्र नचाहिए ेसम्म मरिसके पछि पनि नियमित भत्ता लिईराखेको पाईन्छ ।’–घिमिरेले भने–‘मृत्यु दर्ता गरिसके पछि पनि कतिपय स्थानमा सचिवले मिलाएर भत्ता खाने गरेका छन् । यसको अनुगमन गर्ने संयन्त्र बन्नु जरुरी छ ।
मृत्यु भएको खवर नगर्ने वा मृत्युको दर्ता गराई सके पछि पनि सचिवले कागजपत्र मिलाएर भत्ता लिन भनेको राज्य कोषको दुरुपयोग हो । राज्यले अशक्त, आपाङगलगायतलाई सेवा नै गर्ने हो भने यो भत्ता घरघरमा पुर्‍याउनु पर्छ । यसो गर्दा सरोकारवाला व्यक्ति छन /छेन भन्ने निगरानी पनि हुने १३ नं वडाकी सामाजिक परिचालक आईतिमाया तामाङ बताउछिन् ।
सरकारले आफ्ना नागरिकहरुको सामाजिक सुरक्षा का लागि सरकारले २०६२ सालदेखि राहात कार्यक्रमको घोषणा गरेको हो ।  तत्कालिन सरकारले घोषणा गरेको कार्यक्रमलाई पछिल्लो सरकारले निरन्तरता दिदै आएका छन् ।
सामाजिक सुरक्षा कार्यक्रमा अन्र्तगत जेष्ठ नागरिक, विधुवा तथा अपाङ्गता भएकाहरुलाई राहत  रकम उपलब्द गराउदै आएको छ । ८ बर्षको अन्र्तरालमा उनीहरुले पाउने सुविधामा भने वृद्धि भएको छैन् । जुन दलले सरकार बनाए पनि बन्द गर्दा भोट विग्रिने भयले बाध्यतामा राहत रकम उपलब्द भने गराउदै आएको छ ।
–धरान नगरपालिकाले नगर क्षेत्रमा बसोवार गर्ने ६ हजार ८ सय ४५ जनालाई सामाजिक सुरक्षा भत्ता प्रदान गदै आएको छ । आर्थिक बर्ष २०७०/७१ को चौमासिक किस्ता लिनेको संख्या ६ हजार ८ सय ४५ जना रहेका छन् । गत कार्तिकसम्मका १ करोड २४ लाख ४ड हजार रकम निकासा भई वितरण भईरहेको छ ।
गत आर्थिक बर्षमा  ६ हजार १ सय ११ जनाले सुविधा लिएका थिए । २०६८/२०६९ सालमा ४ हजार ४ सय ३२ जनाले सुविधा लिएको सामाजिक विकास शाखाका ेतथ्याङ्कमा जनाइएको छ । तथ्याङ्कले यस्तो सेवा लिनेहरुको संख्या बढ्दै गएको देखाएको छ ।
धरानमा यस्तो सुविधा लिनेहरुमा जेष्ठ नागरिकको संख्या दुई हजार ४ सय २५ जना रहेका छन् ।  तीन हजार ९ एकल महिलाहरु, ७ सय ५ जना दलित बालबालकाहरु, ५ सय २२ जना दलित  जेष्ठ नागरिक र लोपोन्मुख हायु जातीकी एक महिलाले सुविधा लिदै आएका छन् । 
जेष्ठ नागरिक, जेष्ठ दलित नागरिक, एकल महिला, पूर्ण अपाङ्ग, ५ बर्ष मुनिका दलित बालबालिका र ६० बर्ष मूनिका एकल(विधुवा) महिलाहरुलाई सामाजिक सुरक्षा कार्यविधी २०६२ ले निर्देशित गरे अनुसार नगरपालिकाले रकम उपलब्द गराउदै आएको छ ।
–शुरुमा ७५ वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई मात्र सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइन्थ्यो भने पछि जेष्ठ नागरिक, एकल महिला भनी २ क्षेत्रमा विभाजन गरि उपलब्द गराउदै आएको छ । २०६५ देखि पुन: नीति परिवर्तन गरी निर्देशिकामा भत्ता पाउन योग्य उमेर जेष्ठ नागरिक(अन्य) ७० वर्ष, जेष्ठ दलित . ६० वर्ष र एकल महिला ६० वर्ष निर्धारण गरिएको छ ।
 आ.व. २०६७ सालदेखि ६० वर्ष मुनिका एकल (विधवा) महिलाहरुलाई र शारीरिक रुपमा पुर्ण अशक्त अपाङग व्यक्तिहरुलाई सामाजिक सुरक्षा कार्यक्रममा समावेश गरी भत्ताको व्यवस्था गरि हाल उपलब्ध गराइरहेको धरान नगरपालिकाका सामाजिक विकास अधिकृत सुनिल नेपालले जानकारी दिए ।
–अपाङगता भएका व्यक्तिहरुलाई  पूर्ण अपाङग र आंशिक अपाङगतामा विभाजन गरिएको छ । धरान नगरपालिकाले भने पूूर्ण अपाङग भएका व्यक्तिहरुलाई मात्र जिल्ला विकास समिति सुनसरी मार्फत राष्ट्रिय वाणिज्य बैक धरानबाट भत्ता उपलब्ध गराउँदै आइरहेको छ ।
नपाका अनुसार एकल महिलालाई विवाहित श्रीमान् को मृत्यु भएको, विवाह नगरी ६० वर्ष उमेर पुगेका महिला र सम्बन्ध विच्छेद गरी ६० वर्ष उमेर पुगेका महिलाहरुमा विभाजन गरि भत्ता उपलब्द गराउदै आएको छ ।
ज्येष्ठ, दलित नागरिक, एकल महिलालाई ५ सय र लोपोन्मुख जाती र पूर्ण अपाङग (रातो कार्ड मात्र)लाई एक हजार उपलब्द गराउदै आएको छ ।  यो रकम स्थानिय विकास मन्त्रालय मार्फत आउने गरेको छ ।
सामाजिक सुरक्षा भत्ता रकम चार महिनामा एक पटक (चौमासिक रुपमा) वर्षमा तीन पटक वितरण हुदै आएको छ । पहिलो किस्ता कर्तिक महिनामा, दोश्रो किस्ता, फागुनको र किस्ता असार महिनाको २० गते सम्म वितरण हुने गरेको सामाजिक शाखाकी सहजकर्ता हेमा थलङले जानकारी दिईन । असार २० गते भित्र तेश्रो किस्ता वितरण गर्दासम्म रकम नलिनेहरुको भने मन्त्रालयमा फिर्ता जाने प्रावधान रहेको नपाले जनाएको छ ।
हाल बैक मार्फत सामाजिक सुरक्षा कार्यक्रमको भत्ता वितरण गर्ने सरकारको नीति अनुरुप हाल वडा नम्बर २ रत्त रोडमा रहेको राष्ट्रिय बाणिज्य वैक मार्फत वितरण हुन्दे आएको छ ।
–सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०६९ अनुसार भत्ता पाउनका लागि भत्ता उपलब्ध गराउने आवको असार मसान्त सम्ममा माथि उल्लेख गरिएको उमेर पुगेको हुनुपर्ने छ । उक्त व्यक्तिहरुले मङसिरको दोश्रो  हप्ता सम्ममा नागरिकताको फोटोकपी संलग्न राखी वडा समितिमा निवेदन पेस गर्नु पर्ने छ । यदि बाहिरी जिल्लाको नागरिकता भए बसाइ सराइ समेत पेस गर्नु पर्नेछ । एकल महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्र र नाता प्रमाणित, पुर्ण अपाङगले जिल्लाबाट प्राप्त रातो कार्डको फोटोकपी पेस गर्नु पर्नेछ । दलित बालबालिकाको लागि जन्म दर्ता र अभिभावकको नागरिकताको फोटोकपी पेस गर्नुपर्ने हुन्छ । सम्पूर्ण वडा बाट प्राप्त भएको रेकर्ड नगरपालिका सिफारिस समितिबाट प्रमाणित गरी जिविसमा पौष मसान्त सम्ममा पठाइन्छ र त्यसरी पठाइएको लाभग्राहीहरुको लागि भत्ता पछिल्लो आवको श्रावणबाट मात्र कायम गरिएको हुन्छ ।
भत्ताका लागि प्रत्येक वडा कार्यालयमा नाम दर्ता गर्न मंसिर १ देखि १५सम्म नपाले तोकेको छ । तर प्रचारप्रचारको अभावले न्युन व्यक्तिहरु नाम दर्ता गर्न आएको वडा समिति कार्यालयहरुले जनाएका छन् ।
सूचनाको अभावले नयाा नाम दर्ता गर्ने आउनेको संख्यासमेत कमि छ । ‘१७ नं. वडामा हालसम्म २२ जनाले मात्र नाम दर्ता गराएको वडा कार्यालयले जनाएको छ । ‘भनेजती व्यक्ति नाम दर्ता गर्न आएनन । उनीहरुले खवर नै पाएनन ।’–वडा सचिव प्रेम उप्रेतीले भने । १५ गतेसम्म मात्र समय तोकिए पनि दताृ गर्न आउनेलाई अझै गरिरहेको वडा कार्यालयहरुले जनाएका छन् । तर नगरपालिाकाले भने सूचानाका लागि प्रत्येक वडामा माईकिङ गरिएको बताउदै आएको छ ।