-देवेन्द्र कार्की
असुरक्षित वैदेशिक रोजगारीमा जान सरकारले रोक लगाएको छ, तर
एजेन्टमार्फत खाडी मुलुकमा महिला जाने कार्य रोकिएको छैन। नेपाली महिलाको
एउटा ठूलो समूह तेस्रो मुलुक हुँदै विदेशिने क्रम अझै रोकिएको छैन। तर,
विदेश पुगेर दुःख पाएका तथा लामो समयसम्म विदेशमा आफ्नो भविष्य सुनिश्चित
नदेखेका केही महिलाले भने नेपालमै आत्मनिर्भर हुने बाटो खोज्न थालेका छन्।
विदेशबाट फर्किएर आएका महिला स्वदेशमै उद्योगी, व्यापारी बनेर उदाहरण
प्रस्तुत गर्ने क्रममा छन्। उनीहरूले भित्र्याएको रेमिट्यान्ससमेत
उत्पादनमूलक क्षेत्रमा लगानी गरेर समाजलाई गतिलो पाठ सिकाएका छन्।
धरान– १५ सुवेदीटोलकी ३५ वर्षीया गंगा निरौला माओवादी द्वन्द्वकालमा दुई वर्ष कुवेतमा बसेर फर्केकी महिला हुन्। उनी ०५८ सालमा छिमेकीसँग सयकडा पाँचको दरले ब्याजमा ऋण काढेर विदेश गएकी थिइन्। दुई वर्षको बसाइमा खासै उपलब्धि नभएपछि उनी नेपाल फर्किएर आत्मनिर्भरको बाटो खोजिरहेकी थिइन्। सानो लगानीमा धेरै आम्दानी हुने व्यवसाय कुखुरापालन पनि एक भएको देखेपछि उनी यतिबेला घरमै कुखुरापालन व्यवसाय गर्दै आएकी छिन्। कुखुरापालन व्यवसायबारे तीनदिने तालिम लिएर उनले व्यवसाय सुरु गरेकी हुन्। कुखुरा व्यवसायबाट आएको आम्दानीबाट नवचेतना आमा समूहमा उनले मासिक एक सय रुपैयाँ बचत पनि गर्दै आएकी छिन्। आफ्नै देशमा मिहिनेत र पसिना बगाएर केही गर्न व्यवसाय थालेको उनको भनाइ छ। माओवादी द्वन्द्वका कारण धरान– १५ की शारदा मास्के विश्वकर्मा पनि ०६० सालमा विदेशिएकी थिइन्। एजेन्टमार्फत भारत हँुदै कुवेत पुगेकी शारदाले डेढ वर्षको अवधि कष्टपूर्ण जीवन बिताएको सुनाइन्। ‘बिहान ५ बजेदेखि राति २ बजेसम्म बच्चा हेर्ने तथा घरेलु कामकाज गर्नुपरेको उनले बताइन्। ‘डेढ वर्षको समय साह्रै कष्टपूर्ण बिताइयो,’ उनले भनिन्। भाषा ज्ञानको अभावले महिलाले बढी दुःख पाउने गरेको उनको बुझाइ छ। विदेशमा सोचेजस्तो नभएपछि उनी नेपाल फर्केर त्यसै भौँतारिइरहेकी थिइन्। त्यसैबीच ०६३ सालमा विदेश गएर फर्किएका महिलाको बृहत् भेला काठमाडौंमा गरिएको थियो। त्यही भेलापछि धरानमा पौरखी नेपाल धरान शाखा स्थापना गरियो। हाल उनी त्यही संस्थाको सचिव पदमा रहेर विदेश जाने महिलालाई जनचेतना जगाउने अभियानमा लागेकी छिन्। आफूले विदेशमा दुःख पाए पनि अब जाने महिलाले आफ्नोजस्तो कष्ट भोग्नु नपरोस् भन्ने उनको चाहना छ।

लोडसेडिङको विकल्पको रूपमा प्रयोग गरिँदै आएको मैनबत्तीको बजार निकै राम्रो छ। मैनबत्ती उत्पादन गरेर नजिकका किराना पसलेहरूलाई मैनबत्ती आपूर्ति गर्दै आएकी अधिकारीले घर राम्ररी चलाएकी छिन्। उद्योगकै आम्दानीबाट ६ वर्षीय छोराको पढाइ र घरखर्च टार्दै आएको उनी बताउँछिन्। ‘विदेशी मुलुकमा श्रम बेच्यो पैसा पनि नपाइने, अर्काको हप्कीदप्कीमा जीवन बिताउनुपर्ने, तर आजभोलि आफ्नै भूमिमा परिवारसँग बसेर काम गर्न पाएकी छु,’ उनले भनिन्।
सङ्खुवासभा घर भएकी ४० वर्षीया लक्ष्मी र ३५ वर्षीया कमला राई दिदीबहिनी हुन्। ०६३ सालमा भारतकै बाटो हुँदै ओमनमा पुगेर उनीहरूले दुई वर्ष सङ्घर्ष गरे। तर, ओमनको बसाइले उनीहरूको भविष्य सुनिश्चित हुन सकेन। त्यो पैसाले धरानस्थित बगरकोटमा एउटा सानो बास बस्ने घर बनाउन सके। सानैदेखि साहसी महिलाको रूपमा दरिएका लक्ष्मी र कमला गाउँकै दिदी विवहामाया राईको साथमा यतिबेला नेपालमै आफ्नो भविष्य खोज्दै छन्। उनीहरू तीनजना मिलेर एउटा सानो किराना पसल खोलेका छन्। त्योसँगै तीनवटा सिलाइमेसिन पनि राखिएको छ। ‘राम्रै चलेको छ, विदेशको जस्तो दुःख गर्नुपरेको छैन,’ लक्ष्मीले भनिन्। एक वर्षअघि पाँच हजारमा सुरु गरेको पसल अहिले एक लाखको भएको छ। विदेशमा बसेर चेतना र सीपसमेत आर्जन गरेका केही महिला स्वदेशमा पनि केही गर्न सकिन्छ भन्ने उदाहरणका प्रतिनिधि पात्र हुन्। गीता, कमला, लक्ष्मी, गंगा, शारदा मात्र होइन, विदेशमा बसेर नेपाल फर्किएका सुनसरीका तीन सय महिला आत्मनिर्भरताका लागि उद्योग, व्यापार, व्यवसाय चलाएर बसेका छन्। विदेशमा बसेर फर्किएका महिलालाई फेरि विदेशिनु नपरोस् भनेर पौरखी संस्थाले आप्रवासी महिला कामदारका लागि आर्थिक सुरक्षा परियोजना र एकहप्ते उद्यमशीलता विकास तालिम प्रदान गरेको थियो। सुनसरीका महेन्द्रनगर, भरौल, पाँचकन्या, बराहक्षेत्र, डुम्राहा तथा धरान क्षेत्रका तीन सय ३५ जना महिलालाई प्रदान गरिएको उक्त तालिमपछि व्यवसाय रोज्न लगाइयो। व्यवसायमा दक्षताका लागि पुनः दुर्ईदिने व्यवसायी विकास तालिम लिएर उनीहरू काममा लागेका थिए। विदेशबाट फर्किएका तीन सय महिलाले हाल ढाका कपडा उत्पादन, मैनबत्ती, सिलाइ–कटाइ, बेसार प्याकेजिङ, कुखुरापालन, होटल व्यवसाय, साइबर, तरकारी पसल, किराना पसल, चटपटे पसल, विद्यालय सञ्चालनलगायतका व्यापार–व्यवसाय सञ्चालन गरेर आत्मनिर्भर हँुदै आएका छन्। एक वर्षको अवधिमा उनीहरूले निकै प्रगति गरेको आर्थिक सुरक्षा परियोजना (निड्स) का सुनसरी संयोजक यज्ञराज खनालले बताए। उनका अनुुसार प्रायः विदेश गएर फर्किएकाहरू सुुविधाका सामान मोटरसाइकल, कार, सुविधासम्पन्न घर किनेर खर्चन्छन्। यस्तो कार्य रोक्न उनीहरूले कमाएर ल्याएको पुँजी उत्पादनशील क्षेत्रमा खर्चन व्यापार–व्यवसाय गर्न प्रेरित गरेको उनले बताए। कतिपय महिला ज्ञानको अभावले बिनाजानकारी विदेश गएर दुःख पाएका छन्। पौरखी नेपालले विगत पाँच वर्षदेखि विदेश जान चाहनेहरूलाई अपनाउनुपर्ने सावधानीलगायत सुरक्षित वैदेशिक रोजगारबारे सहजीकरण तथा वैदेशिक रोजगारको स्वदेशमै विकल्पबारे परामर्श दिँदै आएको पौरखी नेपालकी निर्देशक विजय राई श्रेष्ठले बताइन्। ‘हामी सकभर स्वदेशमै केही गरेर आत्मनिर्भर हुन सल्लाह दिन्छौँ। जानै परे सबै प्रक्रिया मिलाएर सुरक्षित वैदेशिक रोजगारमा जान सल्लाह र परामर्श दिने गरेका छौँ,’ १० महिनासम्म कुवेतमा कष्टपूर्ण जीवन व्यतीत गरेर फर्किएकी पौरखी नेपाल सुनसरी संयोजक दिलु गजमेर बताउँछिन्।
वैदेशिक रोजगारबाट आएको रुपैयाँ उत्पादनमूलक काममा लगाउन तथा विदेशबाट आएको रेमिट्यान्स सदुपयोग होस् भनेर यस्तो कार्यक्रम ल्याइएको यूएन ओमेनकी कार्यक्रम विशेषज्ञ सरु जोशी श्रेष्ठले बताइन्। यस्तो कार्यक्रम ११ देशमा सञ्चालन गरिएको जानकारी दिँदै नेपालमा काठमाडौं, कास्की र सुनसरीमा सञ्चालन गरिएको उनले बताइन्। आठदिने उद्यमशीलता तालिमबाट तीन जिल्लाका ६ सय ११ महिला कामदार स्वदेशमै आत्मनिर्भर भएको जोशीले जनाइन्। ‘विदेशबाट फर्किएका महिला बढी परिपक्व र व्यावहारिक हुन्छन्। श्रमको मूल्य बुझेका हुन्छन्,’ जोशीले भनिन्, ‘अन्य महिलालाई उद्यमशीलता तालिम दिनुभन्दा उनीहरूलाई दिनु प्रभावकारी हुने भएकाले तथा उनीहरूलाई स्वदेशमै रोजगारी दिन यस्तो कार्यक्रम ल्याइएको हो।’ सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालमा प्रत्येक वर्ष चार लाख ५० हजार युवा श्रम बजारमा आउने गरेका छन्। वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार वार्षिक दुई लाख ९४ हजार ९४ जना युवायुवती विदेशिने गरेका छन्। यसमा महिलाको सङ्ख्या ११ देखि १५ प्रतिशत रहेको छ।