फुङलिङ बजारमा
माया फुङलिङ बजारमा
फेरि नै आउँला है फुङलिङ बजारमा
हाङ्देवाको पहिरोजस्तो नहोस् हाम्रो साइनो
काबेलीभैंm बगिरहोस् माया तिम्रो हाम्रो ।
२०५८ सालमा ताप्लेजुङ पुगेका जनगायक किशोर थुलुङ र सञ्चारकर्मी जसकुमार राईले रचेको यो गीत ताप्लेजुङ पुग्दा जोकोहीलाई सम्झना आउँछ । तल काबेली नदी सुसाइरहेको छ । माथि डाँडामा पाथिभरादेवी । चारैतिर हरियाली । अलैंची र अम्लिसोले अझ सुन्दरता थपेको छ । बीचमा ताप्लेजुङको फुङलिङ बजार लमतन्न । ऐतिहासिक स्थल नेपालकै सबैभन्दा बढी तालतलैया र हिमताल रहेको जिल्ला ताप्लेजुङ । आकास खुलेको बेला कञ्चनजङ्घा हिमशृङ्खला र क्षितिजमा देखिने ओलाङचुङगोलाले धेरै पर्यटक तानेको छ ताप्लेजुङले । केही समयअघि त्यहाँ पुग्ने अवसर मिल्यो, पूर्वको पर्यटन प्रवद्र्धनमा सक्रिय युवा कृष्ण शाहको साथमा । वनपाखा, उकाली–ओराली मिलाएर बनाइएका बान्की परेको साँघुरो घुम्ती सडक छिचोल्दै लिम्बूहरुको थातथलो ताप्लेजुङ पुग्यौं हामी । इलाम र पाँचथरबीचको रवि बजारवरपरको बाक्लो भुइँकुहिरोले पनि हामीलाई छेक्न सकेन ।
चर्को घामले तराईमा मान्छेहरु सेकुवा बनेपछि शीतलताका लागि पहाड चढ्छन् । ताप्लेजुङमा पनि मनसुनको बेला विछट्टै शीतलता पाइने रहेछ । घरीघरी आकासै छोपुँलाभैंm गरेर आउने भुइँकुहिरोले ढपक्कै ढाक्दा फुङलिङ बजार झनै सुन्दर देखिन्छ ।
धरानबाट बिर्तामोडसम्म ८० किमी र त्यहाँबाट इलाम, पाँचथर हुँदै २३७ किमी लामो पट्यारलाग्दो यात्रापछि ताप्लेजुङको फुङलिङ बजार पुगिन्छ । मनसुनका बेला पहिरोको त्रास अनि बाह्रै मास भुइँकुहिरोले बीचबीचमा सडक जाम गराउँदा यात्रा निकै कष्टकर हुन्छ, ताप्लेजुङ पुग्न तर पुगिसकेपछि आनन्द बेग्लै छ ।

अकबरे खोर्सानीको अचारसँग काबेलीको माछा चोभ्दै खाँदा जिब्रो रसाउँछ ।
ताप्लेजुङको इतिहास हेदा ‘ताप्ले’ नाम गरेका राजा र ‘जोङ’ (किल्ला) बाट
‘ताप्लेजुङ’ नाम रहन गएको किंवदन्ती पाइन्छ । समुन्द्री सतहबाट ७७७
मिटरदेखि ८५८६ मिटर कञ्चनजङ्घा हिमालसम्मको उँचाइमा यो जिल्ला अवस्थित छ ।
विश्वको तेस्रोे र नेपालको दोस्रो अग्लो हिमशिखर कञ्चनजङ्घा (८५८६ मिटर) र ७००० मिटरभन्दा अग्ला अन्य धेरै हिमालहरु रहेको जिल्ला, विश्वको सबैभन्दा लामो र ठूलो ग्लेसियर भएको जिल्ला पनि हो । नेपालको सबैभन्दा धेरै हिमताल (लगभग ३००) भएको जिल्ला पनि ताप्लेजुङ । नेपालमा सर्वप्रथम सूर्योदय हुने, जैविक विविधता, प्राकृतिक सुन्दरता, धार्मिक, ऐतिहासिक, जलस्रोतको धनी, बहुजातीय, बहुभाÈिक, बहुसांस्कृतिक आदिको संगम स्थलको रुपमा ताप्लेजुङलाई लिने गरिन्छ ।
ताप्लेजुङको कुरा गर्दा यतिले मात्र पुग्दैन । ३७९४ मिटर उच्च स्थानमा रहेको पाथिभरादेवी मन्दिर (फुङलिङबाट १९.४ किमी पूर्व), जिल्लाकैे अस्तित्व बोकेको ओलाङचुङगोला गाविसमा रहेको ४०० वर्Èभन्दा पुरानो दिकि छयोलिङ गुम्बा, चण्डेश्वरी धाम (सिद्धिडाँडा), सिदिङमा देवी (साप्लाखु), फक्ताङलुङ (कुम्भकर्ण) आदि ।

यीबाहेक ताप्लेजुङलाई चिनाउने अन्य पर्यटकीय तथा धार्मिक स्थलहरु पनि छन्,
जो ओझेलमा परेका छन् । ताप्लेजुङको सदरमुकामनजिकै हाङ्देवामा रहेको
नागेश्वर धाम जहाँ भगवान शिव र बुद्धको पूजाआजा एउटै पुजारीबाट गरिन्छ ।
करीब ५ किमी पूर्वमा रहेको नागेश्वर धामलाई भारतको दार्जीलिङबाट आएका
धर्मगुरु गोपीमान गुरुङले संरक्षण गरेका छन् । नागपोखरीमाथि उनले शिव,
पार्वती, सरस्वती तथा पाथिभरादेवीको मन्दिर स्थापना गरेका छन् । सँगै
भगवान् गौतम बुद्धको पनि मूर्ति राखिएको छ । भिन्न धर्मको एकै स्थानमा
मठमन्दिर भएको स्थान त नेपालमा धेरै छन् तर एउटै गुरुबाट दुई धर्मका
देवताको पूजापाठ गरेको भने विरलै भेटिन्छ ।
१९७१ मा पूर्वी पाकिस्तानमा भारत रक्षाका लागि युद्ध मैदानमा खटिएका
गोपीमान गुरुङ सेवा निवृत्त जीवन भने आध्यात्मिक जीवन बिताइरहेका छन् ।
उनी भगवान् शिवलाई इष्ट देवता मान्छन् । उनले नै २०५८ सालमा चण्डेश्वर महादेवको स्थापना गरे तर उनी कट्टर बुद्धिष्ट हुन् । भगवान् बुद्धको चेला । बुद्धले आर्जन गर्न नसकेको ज्ञान प्राप्तिका लागि गत जेठ महिनादेखि अन्तध्र्यानमा मग्न छन् । उनी भन्छन्, ‘धर्म जे माने पनि ईश्वर एउटै हुन् । हिन्दू र बौद्ध धर्म मान्नेहरुका लागि मन्दिर र गुम्बा निर्माण गरिएको छ । अन्य धर्मको पनि म पूजा गर्छु । सम्मान गर्छु ।’
धर्मको विषयमा उनले कवितात्मक शैलीमा यसो भने–
धर्म हाम्रो बेग्लाबेग्लै, ईश्वर हाम्रो एउटै
जाति हामी अलग–अलग, आत्मा हाम्रो एउटै ।
उनी पाथिभरादेवीको पूजा गर्न वर्षमा दुईपटक जान्थे । पछि सपनामा पाथिभराको ठूलो शक्ति यहीँ भएको ज्ञान मिलेपछि यहीँ मन्दिर स्थापना गरी पूजा गरिरहेको उनले बताए । उनी बुद्धको ज्ञान प्राप्तिमा लागेका छन् । स्थानीय अर्जुन गुरुङ अहिले यहाँका मुख्य पुजारी रहेछन् । मन्दिर र गुम्बामा उनी नै पूजा गर्छन् । १५ वर्षको उमेरदेखि अध्यात्ममा लागेका अर्जुन नुन खाँदैनन् । भात खाँदैनन् । गुरुङले पनि २७ वर्षदेखि नुन खाएका छैनन् । फलपूmल खाएर जीवन बिताइरहेका छन् ।
गुरुङका अनुसार यहाँ शक्तिशाली भगवान् छन् । यहाँ दर्शन गर्न आउनेहरुको भीड
पनि लाग्छ । यहाँ दान र दर्शन गर्नेहरुले चिताएको पुगेको उदाहरण पनि छन्
तर दुनियाँको नजरमा यो तीर्थस्थल ओझेलमा रहेको चण्डेश्वर शिवालय संरक्षण
समितिका अध्यक्ष छत्र गुरुङ बताउँछन् । ‘पाथिभराको शक्तिशाली देवी यहाँ
हुनुहुन्छ । माथि पुगेर आउने भक्तजनहरुलाई फर्कदा यहाँको नागबाबा र
चण्डेश्वर, गुम्बाको दर्शन गराउने वातावरण बनाउने हो भने आम्दानी बढाउन
सकिन्छ ।’ गुरुङले भने । यस विषयमा स्थानीय नेताहरुले सोंचेका छैनन् ।
यहाँको विकास विस्तार गर्न सभासद् सन्चपाल किरातीको सक्रियतामा जिविसबाट एक
लाख रुपैयाँ निकासा भएबाहेक सरकारले हेरेको छैन । यहाँ आउने दाताहरुको
सहयोगबाट संरक्षण गरिरहेको धर्मगुरु गोपीमान गुरुङ बताउँछन् ।
देशकै नमूना तीर्थस्थल हो यो । सबै धर्मलाई सम्मान गर्ने धर्मगुरु पनि
विरलै पाइन्छ । ‘डिसेम्बर २५ मा जिसस क्राइष्टको पूजा गर्छु । मुस्लिमको
अल्ला पनि यहीँ छन् । सबै धर्मका लागि यो पवित्र स्थल हो ।’ उनले भने ।
वास्तवमा नमूना तीर्थस्थल ताप्लेजुङमा रहेछ । मुलुकमा धर्मको नाममा विवाद गरिरहेका बेला ताप्लेजुङमा भएको यो सद्भाव सबैले सिक्नुपर्ने रहेछ । धर्मको नाममा यो भगवान्, त्यो भगवान् भनेर विवाद गर्नेले एकपटक ताप्लेजुङ पुगेर शिक्षा लिने हो कि ।
माया फुङलिङ बजारमा
फेरि नै आउँला है फुङलिङ बजारमा
हाङ्देवाको पहिरोजस्तो नहोस् हाम्रो साइनो
काबेलीभैंm बगिरहोस् माया तिम्रो हाम्रो ।
२०५८ सालमा ताप्लेजुङ पुगेका जनगायक किशोर थुलुङ र सञ्चारकर्मी जसकुमार राईले रचेको यो गीत ताप्लेजुङ पुग्दा जोकोहीलाई सम्झना आउँछ । तल काबेली नदी सुसाइरहेको छ । माथि डाँडामा पाथिभरादेवी । चारैतिर हरियाली । अलैंची र अम्लिसोले अझ सुन्दरता थपेको छ । बीचमा ताप्लेजुङको फुङलिङ बजार लमतन्न । ऐतिहासिक स्थल नेपालकै सबैभन्दा बढी तालतलैया र हिमताल रहेको जिल्ला ताप्लेजुङ । आकास खुलेको बेला कञ्चनजङ्घा हिमशृङ्खला र क्षितिजमा देखिने ओलाङचुङगोलाले धेरै पर्यटक तानेको छ ताप्लेजुङले । केही समयअघि त्यहाँ पुग्ने अवसर मिल्यो, पूर्वको पर्यटन प्रवद्र्धनमा सक्रिय युवा कृष्ण शाहको साथमा । वनपाखा, उकाली–ओराली मिलाएर बनाइएका बान्की परेको साँघुरो घुम्ती सडक छिचोल्दै लिम्बूहरुको थातथलो ताप्लेजुङ पुग्यौं हामी । इलाम र पाँचथरबीचको रवि बजारवरपरको बाक्लो भुइँकुहिरोले पनि हामीलाई छेक्न सकेन ।
चर्को घामले तराईमा मान्छेहरु सेकुवा बनेपछि शीतलताका लागि पहाड चढ्छन् । ताप्लेजुङमा पनि मनसुनको बेला विछट्टै शीतलता पाइने रहेछ । घरीघरी आकासै छोपुँलाभैंm गरेर आउने भुइँकुहिरोले ढपक्कै ढाक्दा फुङलिङ बजार झनै सुन्दर देखिन्छ ।
धरानबाट बिर्तामोडसम्म ८० किमी र त्यहाँबाट इलाम, पाँचथर हुँदै २३७ किमी लामो पट्यारलाग्दो यात्रापछि ताप्लेजुङको फुङलिङ बजार पुगिन्छ । मनसुनका बेला पहिरोको त्रास अनि बाह्रै मास भुइँकुहिरोले बीचबीचमा सडक जाम गराउँदा यात्रा निकै कष्टकर हुन्छ, ताप्लेजुङ पुग्न तर पुगिसकेपछि आनन्द बेग्लै छ ।

अकबरे खोर्सानीको अचारसँग काबेलीको माछा चोभ्दै खाँदा जिब्रो रसाउँछ ।
ताप्लेजुङको इतिहास हेदा ‘ताप्ले’ नाम गरेका राजा र ‘जोङ’ (किल्ला) बाट
‘ताप्लेजुङ’ नाम रहन गएको किंवदन्ती पाइन्छ । समुन्द्री सतहबाट ७७७
मिटरदेखि ८५८६ मिटर कञ्चनजङ्घा हिमालसम्मको उँचाइमा यो जिल्ला अवस्थित छ ।विश्वको तेस्रोे र नेपालको दोस्रो अग्लो हिमशिखर कञ्चनजङ्घा (८५८६ मिटर) र ७००० मिटरभन्दा अग्ला अन्य धेरै हिमालहरु रहेको जिल्ला, विश्वको सबैभन्दा लामो र ठूलो ग्लेसियर भएको जिल्ला पनि हो । नेपालको सबैभन्दा धेरै हिमताल (लगभग ३००) भएको जिल्ला पनि ताप्लेजुङ । नेपालमा सर्वप्रथम सूर्योदय हुने, जैविक विविधता, प्राकृतिक सुन्दरता, धार्मिक, ऐतिहासिक, जलस्रोतको धनी, बहुजातीय, बहुभाÈिक, बहुसांस्कृतिक आदिको संगम स्थलको रुपमा ताप्लेजुङलाई लिने गरिन्छ ।
ताप्लेजुङको कुरा गर्दा यतिले मात्र पुग्दैन । ३७९४ मिटर उच्च स्थानमा रहेको पाथिभरादेवी मन्दिर (फुङलिङबाट १९.४ किमी पूर्व), जिल्लाकैे अस्तित्व बोकेको ओलाङचुङगोला गाविसमा रहेको ४०० वर्Èभन्दा पुरानो दिकि छयोलिङ गुम्बा, चण्डेश्वरी धाम (सिद्धिडाँडा), सिदिङमा देवी (साप्लाखु), फक्ताङलुङ (कुम्भकर्ण) आदि ।

यीबाहेक ताप्लेजुङलाई चिनाउने अन्य पर्यटकीय तथा धार्मिक स्थलहरु पनि छन्,
जो ओझेलमा परेका छन् । ताप्लेजुङको सदरमुकामनजिकै हाङ्देवामा रहेको
नागेश्वर धाम जहाँ भगवान शिव र बुद्धको पूजाआजा एउटै पुजारीबाट गरिन्छ ।
करीब ५ किमी पूर्वमा रहेको नागेश्वर धामलाई भारतको दार्जीलिङबाट आएका
धर्मगुरु गोपीमान गुरुङले संरक्षण गरेका छन् । नागपोखरीमाथि उनले शिव,
पार्वती, सरस्वती तथा पाथिभरादेवीको मन्दिर स्थापना गरेका छन् । सँगै
भगवान् गौतम बुद्धको पनि मूर्ति राखिएको छ । भिन्न धर्मको एकै स्थानमा
मठमन्दिर भएको स्थान त नेपालमा धेरै छन् तर एउटै गुरुबाट दुई धर्मका
देवताको पूजापाठ गरेको भने विरलै भेटिन्छ ।
१९७१ मा पूर्वी पाकिस्तानमा भारत रक्षाका लागि युद्ध मैदानमा खटिएका
गोपीमान गुरुङ सेवा निवृत्त जीवन भने आध्यात्मिक जीवन बिताइरहेका छन् ।उनी भगवान् शिवलाई इष्ट देवता मान्छन् । उनले नै २०५८ सालमा चण्डेश्वर महादेवको स्थापना गरे तर उनी कट्टर बुद्धिष्ट हुन् । भगवान् बुद्धको चेला । बुद्धले आर्जन गर्न नसकेको ज्ञान प्राप्तिका लागि गत जेठ महिनादेखि अन्तध्र्यानमा मग्न छन् । उनी भन्छन्, ‘धर्म जे माने पनि ईश्वर एउटै हुन् । हिन्दू र बौद्ध धर्म मान्नेहरुका लागि मन्दिर र गुम्बा निर्माण गरिएको छ । अन्य धर्मको पनि म पूजा गर्छु । सम्मान गर्छु ।’
धर्मको विषयमा उनले कवितात्मक शैलीमा यसो भने–
धर्म हाम्रो बेग्लाबेग्लै, ईश्वर हाम्रो एउटै
जाति हामी अलग–अलग, आत्मा हाम्रो एउटै ।
उनी पाथिभरादेवीको पूजा गर्न वर्षमा दुईपटक जान्थे । पछि सपनामा पाथिभराको ठूलो शक्ति यहीँ भएको ज्ञान मिलेपछि यहीँ मन्दिर स्थापना गरी पूजा गरिरहेको उनले बताए । उनी बुद्धको ज्ञान प्राप्तिमा लागेका छन् । स्थानीय अर्जुन गुरुङ अहिले यहाँका मुख्य पुजारी रहेछन् । मन्दिर र गुम्बामा उनी नै पूजा गर्छन् । १५ वर्षको उमेरदेखि अध्यात्ममा लागेका अर्जुन नुन खाँदैनन् । भात खाँदैनन् । गुरुङले पनि २७ वर्षदेखि नुन खाएका छैनन् । फलपूmल खाएर जीवन बिताइरहेका छन् ।
गुरुङका अनुसार यहाँ शक्तिशाली भगवान् छन् । यहाँ दर्शन गर्न आउनेहरुको भीड
पनि लाग्छ । यहाँ दान र दर्शन गर्नेहरुले चिताएको पुगेको उदाहरण पनि छन्
तर दुनियाँको नजरमा यो तीर्थस्थल ओझेलमा रहेको चण्डेश्वर शिवालय संरक्षण
समितिका अध्यक्ष छत्र गुरुङ बताउँछन् । ‘पाथिभराको शक्तिशाली देवी यहाँ
हुनुहुन्छ । माथि पुगेर आउने भक्तजनहरुलाई फर्कदा यहाँको नागबाबा र
चण्डेश्वर, गुम्बाको दर्शन गराउने वातावरण बनाउने हो भने आम्दानी बढाउन
सकिन्छ ।’ गुरुङले भने । यस विषयमा स्थानीय नेताहरुले सोंचेका छैनन् ।
यहाँको विकास विस्तार गर्न सभासद् सन्चपाल किरातीको सक्रियतामा जिविसबाट एक
लाख रुपैयाँ निकासा भएबाहेक सरकारले हेरेको छैन । यहाँ आउने दाताहरुको
सहयोगबाट संरक्षण गरिरहेको धर्मगुरु गोपीमान गुरुङ बताउँछन् ।
देशकै नमूना तीर्थस्थल हो यो । सबै धर्मलाई सम्मान गर्ने धर्मगुरु पनि
विरलै पाइन्छ । ‘डिसेम्बर २५ मा जिसस क्राइष्टको पूजा गर्छु । मुस्लिमको
अल्ला पनि यहीँ छन् । सबै धर्मका लागि यो पवित्र स्थल हो ।’ उनले भने ।वास्तवमा नमूना तीर्थस्थल ताप्लेजुङमा रहेछ । मुलुकमा धर्मको नाममा विवाद गरिरहेका बेला ताप्लेजुङमा भएको यो सद्भाव सबैले सिक्नुपर्ने रहेछ । धर्मको नाममा यो भगवान्, त्यो भगवान् भनेर विवाद गर्नेले एकपटक ताप्लेजुङ पुगेर शिक्षा लिने हो कि ।