Social Icons

एउटा डरलाग्दो समस्या


-देबेन्द्र कार्की 

४/५ वर्षअघिको कुरा हो, १४ वर्षीय बालकसाग मेरो भेट भयो । उनी मेरै छिमेकी थिए । उनको परिवारबारे पनि मैले राम्रो बुझेको थिएा । उनी मानसिक पीडामा छट्पटिएका थिए । पारिवारीक समस्याले उनमा डिप्रेसन भएको थियो । सडक पेटी, बजारमा, दुई–चारजनाको भीड देख्नेबित्तिकै उनको मन ढक्क फुल्थ्यो । त्यो भीडले मेरै बाबालाई निहालिरहेको छ कि भन्ने उनलाई सधैं लागिरहन्थ्यो । उनका बाबा अरुलाई रमित हुनुपर्ने एउटेै कारण के थियो भने उनी शरीरले थेग्नेभन्दा बढी उनी रक्सी पिउाथे । हो, यही कारण उनी सानै उमेरदेखि निराशाको जीवन जीउन बाध्य थिए । उनी बाबुको रक्सी खाने बानीले वर्षौंदेखि मानसिक पीडामा थिए । यसले १४ वर्षे बालकमात्र होइन, सिङ्गो परिवार, छिमेकी र आफन्तसमेत पीडित थिए । मानसिक पीडा र आर्थिक दुरावस्थाबाट गुज्रादै जाने क्रम उनको परिवारमा बढेको थियो । रक्सी खाने, काम केही नगर्ने, भएको सम्पत्ति भट्टीमा रक्सीसाग साट्नेबाहेक उनको अरु काम हुादैनथ्यो । त्यो परिवारमा खुशीको दिन कहिल्यै आएको थिएन । यो कुनै काल्पनिक कथा होइन, हाम्रो समाजमा विद्यमान् यथार्थ घटना हो । सधैं रक्सी खाने र परिवारमा भैंmझगडा गर्ने प्रवृतिले घरका बालबालिकामा नराम्ररी प्रभाव पारिरहेको छ । यो त एउटा उदाहरणमात्र हो । तपाईंकै टो–छिमेकमा नियाल्नुहो्स त, दिनभरि पसिना बगाएर एउटा मजदुरले कमाउाछ अनि सूर्यले पश्चिम डााडाभित्र मुन्टो लुकाएपछि उसको कमाइ भट्टीमा संकलन हुन्छ । घरमा पुग्दा ऊसाग रक्सीको नशाबाहेक केही हुादैन । हाम्रो नेपाली समाज यसैबाट गुज्रेको छ । यस्तो सास्कार बढ्नाले हाम्रा बालबालिकाहरु प्रत्यक्ष प्रताडित छन् । यि भित्री समस्याको प्रभाव विकराल छ, चासो भने कमैलाई छ । 

बाबुआमाको खराब प्रवृत्तिले बालबालिकामा पढाइमा ध्यान केन्द्रीत नहुने र साथीहरुले जिस्काउने समस्या हुन्छ । कतिपय बालबालिका घर छाडेर सडकमा जीवन बिताउन बाध्य छन् । सडक बालबालिकाहरुको संख्या न्यूनीकरण नहुनुको प्रमुख कारण यो पनि हो । रक्सी खाएर घरपरिवार बिग्रिएको हाम्रो समाजमा थुप्रै छन् । बाबुको रक्स्याहा प्रवृत्ति सहन नसकेर कति बालबालिकाले विद्यालय छाडेका छन् । कति त बालश्रम गर्न बाध्य छन् । कतै त आत्महत्याका घटनासमेत हुने गरेका छन् । यस्तो परिवारका बालबालिका मानसिक चिन्तामा परेका कतिपय घटनाहरु सञ्चारको अभावले ओझेलमा परेका छन् । धेरै परिवार पीडा लुकाएर बााच्न विवश छन् । यो समस्या झट्ट हेर्दा समान्यजस्तो लागे पनि यसले भित्रभित्रै निकै डरलाग्दो रुप लिएको छ । यो डरलाग्दो समस्याले स्वयंको त विभिन्न रोगले अल्पायुमै मृत्यु हुने छादै छ, परिवारसमेत मानसिक रोगी हुने गरेका छन् । यो स्वास्थ्य सचेतना र आफूले आपैंmलाई नबुझ्दा आउने समस्या हो । समाज र परिवारका लागि मेरो पनि केही दायित्व छ भन्ने नसोंच्ने कमजोर मानसिकता भएकाहरुलाई नै रक्सीले खाने गर्छ । आफ्नो दायित्वलाई आत्मसात् गर्दै सरल, स्वस्थ्य र सकारात्मक सोचाइका साथ जीवन जीउने प्रयत्न गर्ने हो भने रक्सीले कुनै व्यक्तिलाई खान सक्दैन र घरपरिवार पनि सम्पन्नतातिर अग्रसर हुन्छ भन्ने सबैलाई चेतना हुनुपर्छ । 
मानिसले विवेक र धैर्य गुमाएपछि जााडरक्सीलाई साथी बनाउाछ । कतिपयमा भने ‘पुरुषार्थ’ देखाउन पिउादा पिउादै बानी बसेको पाइन्छ । रक्सी नखाने मान्छे त यस पङ्क्तिकारले पनि कमै भेटेको छ । रक्सीसागै जीवन र परिवार खानेहरुले भने परिवार र समाजको छवि बिगारेका छन् । अबोध बालबालिकाको भविष्य अन्धकार बनाएका छन् । रक्सीको कारण महिला हिंसा, बलात्कारजस्ता जघन्य अपराधहरु समाजमा दोहोरिरहेका छन् । रक्सीसाग जीवन बेच्ने र भट्टी सञ्चालन गरेर जीवन गुजारा गर्नेहरुले अन्य वैकल्पिक उपाय अपनाउन पनि सकिन्छ । गाउामा हुने बजारलाई ‘बाङ्गे बजार’ भनिन्छ । यस्ता बाङ्गे बजारहरु गाउामा निकै भेटिन्छन् । सााझ परेपछि प्राय: मान्छेहरु बाङ्गा भेटिने गरेकाले बजारको नामै ‘बाङ्गे’ राखिएको धेरैको टिप्पणी छ । 
समाज तहसनहस पार्ने जााडरक्सीलाई निषेध गर्नुपर्ने माग महिला र केही सामाजिक संघसंस्थाले उठाउादै आएका छन् । केही गाउामा महिलाहरुको अगुवाईमा जााडरक्सी निषेधित क्षेत्र घोषणा पनि गरिएको छ तर नेतृत्व गर्ने महिलाहरुकै श्रीमान्ले रक्सी खाएका छन् । पुरुषप्रधान प्रवृत्तिले कार्यान्वयनमा चुनौती थपिएको छ । पुरुषहरुको असहयोगले कार्यक्रमले निरन्तरता पाउन सकिरहेको छैन । झन् मधेशका दलित समुदायमा पुरुषहरुले त दिनभरिको कमाइ सााझमा रक्सी खाएर सिध्याउने गरेको पाइन्छ । त्यही वर्ग र समुदायका बालबालिका पढाइबाट वञ्चित भएका छन् । रक्सीकै कारण बिग्रिएको समाज सुधार गर्न सबै संघसंस्था नलाग्ने हो भने स्थिति अझै भयावह नहोला भन्न सकिादैन । हरेक साना–ठूला घटना पनि रक्सीको नशाले आवेगमा हुने गरेका छन् । यो समस्याप्रति सरोकारवाला सबै सजग हुनु जरुरी छ । 
बालबालिकाको पहिलो पाठशाला उसको घरपरिवार हो । बालबालिकाको सफल भविष्य उसका आमाबावु र घरपरिवारसाग गाासिएको हुन्छ । परिवारको उचित लालनपालन, शिक्षा, पारिवारीक सहजताले बालबालिकाको भविष्य निर्धारण गर्नमा अहम् भूमिका खेलेका हुन्छन् । धनी परिवारका बालबालिका असल र गरिब परिवारका बालबालिका खराब भन्ने हुादैन । विवेक, इज्जत, अनुशासनजस्ता कुरालाई धनी र गरिबको कसीमा राखेर हेर्न पनि सकिादैन । पारिवारीक वातावरण नै सबैभन्दा महत्वपूर्ण हो । घरायसी वातावरण ठीक नभएका बालबालिकाको ध्यान पढाइमा केन्द्रित नभएको पाइएको शिक्षकहरु बताउाछन् । यस्ता बालबालिकामा बिर्सने, तर्सने, आत्मविश्वासको कमी, पछाडी बस्नेजस्ता समस्या देखिने गरेको पाइन्छ । घरको वतावरण राम्रो भएन भने बालबालिको मनस्थिति कहिल्यै सुध्रिन सक्दैन । उनीहरुले जीवनमा केही गर्न सक्दैनन् । छोराछोरीलाई सभ्य बनाउने सोंच बाबुमा छ भने रक्सी खाने, धुमपान सेवन गर्ने बानी हटाउादा नै राम्रो हुन्छ । यसले बालबालिका सुध्रिने होइन, आफ्नो आयुसमेत लम्बिन्छ । कतै तपाईं पनि झिनामसिना गल्ती गरेर आफ्ना बालबालिकाको भविष्य पो अन्धकारमा पार्दै त हुनुहुन्न ? तपाईंको व्यवहार र बानीका कारण घरपरिवार र समाजलाई असर गर्दैछ भने आजैदेखि सोंच्नुहोस् ।