-देबेन्द्र कार्की
यति बेला तराई/मधेश शीतलहरले आक्रान्त बनेको छ । गाउाघरतिर आम मानिस घुर तापेर चिसो छल्न बाध्य छन् । हुने खानेहरुलाई त शीतलहरले खासै प्रभाव नपार्ला तर हुादा खाने वर्ग शीतलहरबाट बढी प्रभावित छ । अहिले पनि ग्रामीण भेगका असहाय र दीनदु:खीहरु परालको ओछ्यानमा पराल ओढेर रात बिताउाछन् । गर्मी मौसममा धर्ती ओछ्याएर आकाश ओढ्नेहरु यति बेला जमीनमा पराल ओछ्याएर सुत्छन्, परालकै सिरकमाथि सुकुल ओढ्छन् । यो नै उनीहरुको असली र आरामदायी ओछ्यान बन्ने गर्छ । रात छिपिपदै जाादा जाडो पनि छिपिपदै जान्छ । पर्याप्त ओढ्ने–ओछ्याउनेको अभावमा कतिपयको मृत्यु भएको समाचार अखबारमा आइरहेका छन् । शीतलहर चल्नाले जाडोमा कठ्याङ्ग्रिएर प्राय: कमजोर वर्गका मानिसहरु नै मर्ने गरेका छन् । तराई क्षेत्रमा पछिल्ला वर्षहरुमा यो नियतिजस्तै हुन थालेको छ । शीतलहरुको शिकार असहाय, विपन्न, दलित र सडक बालकालिकाहरु नै हुन्छन् । बढी बालबालिका, असक्त र वृद्धवृद्धाहरु प्रभावित भएको पाइन्छ । उनीहरु न्यानो कपडा किन्ने वा जाडोबाट सुरक्षित हुने पहुाचभन्दा बाहिर छन् । त्यसैले पनि असहाय, बालबालिका तथा वृद्धहरु प्रभावित हुने गरेका हुन् यद्यपि प्राकृतिक प्रकोपले सबै तहका मानिसलाई आफ्नो चपेटामा लिने गरेजस्तै शीतलहरले पनि तराईका सबै क्षेत्र र वर्गमा असर भने पारेको हुन्छ । शीतलहरलाई राज्यले प्राकृतिक प्रकोपको रुपमा लिइरहेको छैन । यसबाट बाच्न कुनै सावधानी तथा जोखिमबारे जनचेतना फैलाउन सकेको छैन । यस कारण पनि कमजोर र विपन्न मानिसहरु शीतलहरका शिकार हुने गरेका छन् । तराई नेपालको सर्वाधिक जनघनत्व बोकेको स्थान हो । यहाा प्रतिव्यक्ति कम आय भएका व्यक्तिहरुको बढी बसोबास छ । उनीहरुका लागि शीतलहर त्रासदी बोकेर आउाछ । उनीहरुसाग जाडोलाई प्रतिरोध गर्नै हैसियत हुादैन । गाउामा रहेका बूढाबूढी र असहाय, अपाङ्ग, बालबालिकाहरुको देखरेखको समस्या छ । उनीहरु अन्य मानिससरह घुर तापेर वा सिरकमा ओत लागेर न्यानो भइराख्न सक्दैनन् । पुस–माघमा आउने शीतलहर उनीहरुको लागि अत्यन्त पीडादायी हुने गर्छ । उनीहरुको पीडामा मलमपट्टी लगाउनेहरुको कमी छ । शीतलहरको प्रभाव नियन्त्रणमा नभए पनि बचाउ र राहतका लागि भने केही गर्न सकिन्छ । आजभोलि समाजसेवी बन्नेहरुको भीड बढेको छ । यस्ता असहाय, अपाङ्गता भएका बालबालिका र वयोवृद्धहरुका लागि समाजसेवीहरुले सहयोग गरेर उनीहरुलाई उद्धार गर्न सके सच्चा समाजसेवा कहलिन्छ ।
निम्न आय हुने व्यक्तिहरुले प्राय: कमाइ रक्सी खाएर सिध्याउने गर्छन् । रक्सी खाने पैसाबाट दैनिक ३० रुपैयाामात्र बाचायो भने आफ्ना लालाबालाहरुलाई २/४ साल जाडो छल्ने लत्ताकपडा जोड्न सकिन्छ । यसप्रति पनि अभिभावक सचेत हुनुपर्छ । आफ्ना बालबालिकालाई कसरी सुरक्षित र सम्पन्न बनाउने भन्नेबारे अभिभावकले बेलैमा सोच्नुपर्छ । असहाय र विपन्न बालबालिकाहरुको पनि बााच्न पाउने समान अधिकार हुन्छ । उनीहरुलाई चाहिने न्यूनतम् गाास, बास र कपासको व्यवस्था गर्नुपर्छ । छ्यापछ्याप्ती रहेका एनजीओ आईएनजीओहरुले उनीहरुको सुरक्षित बसोबासका लागि दीर्घकालीन व्यवस्था गरे राम्रो हो । असहायहरुलाई एक वर्ष जाडो छल्ने कपडा बााडेरभन्दा उनीहरुलाई दीर्घकालीन रुपमा आत्मनिर्भर बनाएर घाम, पानी र जाडोको सामना गर्ने हैसियत बनाउन सक्नु उत्तम उपाय हो ।
चिसोमा ख्याल नगर्दा मुटु, रक्तसञ्चार, निमोनिया, दम, श्वास–प्रश्वासको समस्यालगायतका रोगले च्याप्ने गरेको पाइन्छ । चिसोका कारण हुने स्वास्थ्यसम्बन्धी यी समस्याबाट बाच्न न्यानो लुगा लगाउने र तातो तथा तागत दिने खानेकुरा खानुपर्छ तर गरिब परिवारले यसको बन्दोबस्त गर्न सक्दैनन् । फलस्वरुप रोगले च्याप्छ र उनीहरुको मृत्युसमेत हुने गर्छ । विपन्नलाई मृत्युमा धकेल्ने अर्को कारण धेरै दलित र विपन्न परिवारमा जाडो धपाउन रक्सी खाने चलन छ । होटलमा खाएर घर फर्किंदा जााडरक्सीको तालमा कतिपय बाटोमै ढल्छन् । घरबाहिर रात काट्दा उसलाई चिसोले झन् बढी सताउाछ र मृत्यु पनि हुन्छ । शीतलहरले आममानिसको जीवनमा असर पार्ने भएकोले आमचासोको विषय बनाइनुपर्छ । विपन्न परिवारलाई नै बढी असर गर्ने भएकोले सरकारले उनीहरुका लागि दाउरा र कम्बलको प्रबन्ध गर्नुपर्छ । चिसोबाट बढी पीडित तराईका २० जिल्लालाई लक्षित गरी सरकारले एक करोडको राहत कार्यक्रम घोषणा गरेको छ तर यो समस्याको निकास भने हुन सक्दैन । राज्यले शीतलहर आउनुअघि नै यस्तो व्यवस्था गर्नुपर्छ ता कि विपन्नहरुले जाडोकै कारण अकालमा ज्यान गुमाउनु नपरोस् ।