Social Icons

हिलाम्मे सडकमा यात्रीलाई सास्ती

  • देबेन्द्र कार्की 

चैनपुरबाट मोरङको विराटचोक हिाडेकी मनमाया तामाङलाई गन्तव्यमा  पुग्न दुई दिन लाग्यो । बिहान ६ बजे खाादबारीबाट विराटनगर जाने गाडीमा चडेकी तामाङले ६ घण्टाको बाटोमा दुई दिन यात्रा गर्नु पर्‍यो । राति १० बजे बसन्तपुरमा बास भयो । खाादबारीबाट बुधबार बिहान विराटनगनर हिाडेको एक दम्पत्ति धरान–चैनपुर सडकखण्डको जौबारीस्थित सडकमा गाडी फास्दा अलपत्र पर्‍यो । उनीहरु दिनभरि भोकै गाडीमा बसे । दिनभरि यात्रुले डोरी लगाएर गाडी ताने तर पार लागेन । धरानबाट आएको धरान सुपरमा ‘मेल’ दियो । खाली पेटमा जङ्गलमा बसेर राति ६ बजे मुढे त जसोतसो निस्किए तर खानेकुरा केही पाएनन् ।

तामाङ तथा ती दम्पत्तिजस्ता सयौं यात्रुले आजभोलि त्यस क्षेत्रमा सास्ती खेपिरहेका छन् । गन्तव्यमा नपुग्ने पिरलोमात्र होइन, बाटो खराब भएका कारण ज्यान नै जाने खतराले यात्रु पिरोल्लिने गरेका छन् । टुटे देउरालीदेखि पिलुवा खोलासम्म करीब २० किमि सडक  हिलाम्मे छ । बाउसेले धान रोप्न तयार पारेको खेतजस्तो लाग्ने सडकमा ठूला भारवहन क्षमता भएका सवारी गुडाउादा सडक  झन् बिग्रिएको छ । विगतमा गरिएको कालोपत्रेभन्दा सडक करीब ३ फिट गहिरो बनेको छ । लगातारको वर्षाले सडक हिलाम्य भएपछि काम विशेषले पहाड–तराई ओहोरदोहोर गर्ने हजारौं यात्रुको बिजोग भएको छ । कोशी लोकमार्गअन्तर्गत चैनपुर–बसन्तपुर सडकमा गरिएको कालोपत्रे ३ वर्ष नबित्दै भत्केपछि यात्रुमात्र होइन, सवारी चालकसमेत हैरान छन् ।
बाटो धान रोप्ने खेतजस्तो भएपछि सडकमै रोकिएका सवारी साधनभित्रै रात काट्न यात्रु बाध्य भएका छन् । सङ्खुवासभा सदरमुकाम खाँदबारीबाट बिहान ५ बजे इटहरी हिाडेका दीपकिरण वाग्ले राति १० बजे बसन्तपुर पुगे । उनले भने, ‘हिलाम्य बाटोमा फासेका गाडी तान्दा तान्दै हैरान भएका छौं । पक्की सडक खहरेमा परिणत भएपछि यात्रु भात न पानी भएका छन् ।’ सडक, बिजुलीलगायतका नारा लगाएर नेताहरुले चुनाव जिते पनि आफूहरुको पीडा नबुझेको गाडीमा यात्रारत् अवस्थामा भेटिएका सङ्खुवासभाको सिद्धपोखरीका प्रवीण राईले भने । ‘यो बाटोमा हिाडाउन त प्रधानमन्त्रीलाई ल्याउनुपर्ने ।’ उनले थपे ।
उनीहरुजस्तै सङ्खुवासभा आउने र जाने सयौं यात्रुको हालत उस्तै छ । सडक विभागले मर्मतका नाममा लाखौं खर्च पनि गरिरहेको छ तर ठेकेदारले झारा टार्ने काममात्र गर्दा सडकको अवस्था सुध्रिएको छैन । धनकुटास्थित पूर्वाञ्चल सडक डिभिजन कार्यालयले सडक मर्मतका लागि लाखौं खर्च गर्छ । यो वर्षको बजेट पनि धमाधम खर्च भइरहेको छ तर सडकको दुर्दशा भने कहालीलाग्दो छ ।
पूर्वाञ्चल सडक डिभिजन कार्यालयले गत वर्ष मर्मतको नाममा ५० लाख रुपैयाँ खर्च गरेको कार्यालयले जनाएको छ । डिभिजन प्रमुख पुष्पाञ्जली खनालले यस वर्ष बसन्तपुर–चैनपुर ५१ किमि सडक मर्मतका लागि ३ करोड बजेट आएको बताइन् । हाल डेढ १ करोडमा ढुङ्गा छाप्ने, ग्राभेल गर्ने र सोलिङ गर्ने काम भइरहेको उनले जनाइन् । ‘काम गर्‍यो, भोलिपल्ट पानीले बगाइहाल्छ । गाडीले पनि भत्काइहाल्ने समस्याले काम गरेको देखिएको छैन’, प्रमुख खनालले भनिन्, ‘पुन: कालोपत्रे गर्नुको अब विकल्प छैन ।’ आफूहरुसाग मर्मतको मात्र बजेट हुने भएकोले पुन: कालोपत्रे गर्न विभागलाई जानकारी गराइसकिएको उनले बताइन् । सडक पूरै भत्किएकोले अब कालोपत्रे गर्न आन्तरिक स्रोतबाट मात्र सम्भव नहुने भएकोले समस्या भएको खनालले बताइन् । १२/१५ करोडको बजेट भएमात्र कालोपत्रे गर्न सकिने उनको भनाइ छ । ‘हामीले यहााको समस्या विभागमार्फत् सरकारलाई सुनाइसकेका छौं । बजेट विनियोजन भए आगामी हिउादमा कालोपत्रेको काम हुनेछ ।’ खनालले भनिन् ।
चालकहरु गाडीमा आपैंm फरुवा, खन्ती बोकर ल्याउने अनि फासेपछि यात्रुसाग मिलेर सडक सम्याएर गाडी निकाल्ने गर्छन् । यसो गर्दा पनि नभएपछि अन्तिम विकल्पको रुपमा डोरी लगाएर गाडी तान्ने गरिएको छ । गाडी निकाल्न सडक खन्दा गहिरिएर झन् काम नलाग्ने भएको छ । एक साता कुनै सवारी नचलाएर सडक मर्मत नगरेसम्म गाडी कुदाउन सहज नहुने कोशीपारि ट्राभल्सका सञ्चालक रमेश श्रेष्ठले बताए । ‘यो क्षेत्रमा गाडी घाटामा कुदाइरहनु परेको छ । हिलोले गाडीको टायर काम नलाग्ने हुन्छ । यात्रु पनि कम हुन्छन् । कमाएको पैसाले गाडी मर्मत गर्न पनि पुग्दैन ।’ उनले भने ।
यो समस्या नयाा होइन, विगतका वर्षमा पनि यस्तै थियो । आगामी वर्षमा पनि यो समस्या टर्ला भन्ने अनुमान गर्न सकिादैन । हिउादमा धुलाम्मे र वर्षायाममा हिलाम्मे यो क्षेत्रको सडकको नियति बनेको छ । सडक डिभिजन कार्यालयले सडक मर्मतका लागि वार्षिक बजेट छुट्याउने गरेको छ । ठेकेदारले ढुङ्गा र माटो हालेर बजेट सकाउने गरेको छ । बाटो कस्तो बनिरहेको छ भनेर सडक डिभिजनका इन्जिनियरले कहिल्यै अनुगमन गरेको पाइादैन ।
कोशी लोकमार्गअन्तर्गत तेह्रथुमको बसन्तपुरदेखि सङ्खुवासभाको चैनपुरसम्मको सडक ३ वर्ष अघिमात्र वाटासिल गरिएको हो । मर्मतबाट सडकको स्तरोन्नति नभएपछि गत शनिबार जिल्ला विकास समितिले चैनपुरमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सडक भत्किएपछि जिल्लाको विकासमा ठूलो क्षति भएको भन्दै स्थानीयले तत्काल सडक कालोपत्रे गर्न मागसमेत गरेका थिए । राज्यले सडक ग्राभेल गरेर पानी छेक्ने गरी कालोपत्रे लगाई वाटासिल गरेर नयाा प्रविधि प्रयोग गरेको थियो । तर धेरै पानी पर्ने क्षेत्र र ठूलो भारबोक्ने यातायातका साधनहरु गुड्ने भएकाले सडक उपयुक्त हुन नसकेको स्थानीय विकास अधिकारी कृष्णप्रसाद धितालले बताए । यसलाई मर्मतभन्दा पनि पुन: कालोपत्रे गर्नु उचित हुने भन्दै स्थानीयले कालोपत्रे गर्न सडक विभागसाग माग गरेका छन् ।
सो सडकअन्तर्गत सडक डिभिजनले वार्षिक लाखौं रकम मर्मतका नाममा खर्च गर्ने गरे पनि यो उपलब्धिविहीन बनेको काङग्रेसका कार्यवाहक जिल्ला सभापति कुमारबाबु अधिकारीले बताए । सडक मर्मत शीर्षकमा रकम छुट्याएर कर्मचारी र ठेकेदारले पैसा कमाउने माध्यम बनाएको बताए । अहिले बट्टासिल सडक भत्काएर पुन: सोलिङ शुरु गरिएको छ । सोलिङ गरिएको केही छिनमै गाडीहरुले नामनिसाना नराख्ने गरेका छन् ।