Social Icons

उद्योगी बन्दै गाउँका महिलाहरु

  • देबेन्द्र कार्की
कोशी हरैंचा–७ की व्यवसायी आशा चौधरी आफ्नो कुखुरा फर्ममा ।  तस्विर देबेन्द्र कार्की
कोशी हरैंचा(ब्लाष्ट) उद्योग व्यवसायका मालिक पुरुष मात्र हुन्, महिलाहरु चुलो चौकामा मात्र सीमित रहनु पर्छ भन्ने पुरानो मान्यता अब तोडिन थालेको छ । सिलाइ/कटाइ, ब्युटीपार्लर लगायतका नरम कामबाट घर बाहिरको श्रममा हात हालेका महिला अब उद्योगी–व्यवसायी बन्न अग्रसर हुन थालेका छन् ।
कोशीहरौचा नगरपालिका–४ की राधा प्रधानले घरमै कुखुरा व्यवसाय शुरु गरेकी छन् । चैत्र महिनामा ५ सय लेयर कुखुरा हालेकी राधाले मासिक २५ हजारा खुद नाफा कमाउाछिन् । ‘महिनामा ६० हजारको अण्डा बिक्री हुन्छ । कामदारलाई मासिक ५ हजार दिएको कटाएर २०/२५ हजार कमाइ हुन्छ ।’ आफूले गरेको पौरखको हिसाब देखाउादै राधाले भनिन्, ‘श्रीमानले कमाएको पैसा माग्न परेको छैन । घर खर्च नानीलाई स्कुल फि टरेको छ ।’  रिसर्चका लागि गाउ आएका बलराम रानाभाट र रत्नकाजी श्रेष्ठ र हेलभेटासका दुर्गा राईले समेत उनको पौरख हेरेका छन् । ‘सानैदेखि आपैंm केही व्यवसाय गर्छु भन्ने सोच थियो, तालिमलिए पछि कुखुरा पालन व्यवसायमा रमाउन पाइयो ।’ राधाले भनिन् ।

उनको तीनतले घर छ ।  श्रीमान विदेशमा छन् । छोराछोरी बोर्डिङमा पढ्छन् । उनलाई नपुग्दो चाहिा केही छैन । तर अबको जमानामा बिनाउद्यम बस्नु राम्रो होइन भनेर उनले कुखुरा पालन व्यवसाय शुरु गरेकी हुन् । रोजगार कोषको सचिवालय र स्वीस इन्टर को–अपरेशन (हेल्भेटास) को सहयोगमा पाथिभरा हिमालयन पोलिटेक्निक इन्स्टीच्युट इटहरीले गत मंसिरमा ३ महिने तालिम दिएपछि उनी कुखुरा पालन व्यवसायीमा सकृय भएकी हुन् ।
कोशीहरौचा–१४ की टीकाकुमारी खड्काले गत चैतयता २ लट कुखुरा उत्पादन गरी बेचिसकिन । अर्को लट ३७ दिनका भए । उनी पनि तालिमपछि व्यावसायिक कुखुरा पालन गरिरहेकी छन् । १२ वर्षअघि २०६० साल फागुनमा कमाउन उनका श्रीमान् मलेसिया गएका थिए । बैशाखसम्म त आफू काम गर्ने ठाउमा पुगो भनेर खबर आयो, तर पछि उनका श्रीमान्को त्यसपछि भने हालसम्म केही खबर आएको छैन । श्रीमान बेपत्ता हुनुको पीडासागै उनको साथमा एउटा ११ वर्षको छोरा छ । करेसा बारीमा दुईवटा खोर निर्माण गरी कुखुरा पालेकी छन् । त्यही कुखुराबाट आएको आम्दानीले उनी छोरालाई बोर्डिङ पढाउादै आएकी छन् । हाल उनको खोरमा ५ सय कुखुरा छन् । एकजना जानुका दाहाल भन्ने महिलालाई उनले रोजगारी समेत दिएकी छन् ।
इन्द्रपुर हाल कोशीहरौचा–४ की सुनिता पौडेल पनि कुखुरा व्यवसायबाट मनग्य आम्दानी गदै आएकी छन् । तीन लट कुखुरा पाल्दा उनले तीन लाख आम्दानी भित्राइन् । उनको खोरमा हाल १५ दिनका ५ सय चल्ला छन् । २ लाख ५० हजार सहकारीबाट ऋण लिएर व्यवसाय शुरु गरेकी पौडेल यही व्यवसायबाट जीवन सञ्चालन गर्ने सोच बनाएको बताउाछिन् । ‘पााच वर्षीय छोरी र १ वर्षका छोरा यही आम्दानीले बोर्डिङ पढ्दै आएका छन् । स्थानीय दीपक रायलाई गत बैशाखदेखि रोजगारी पनि दिादै आएकी छन् । ‘श्रीमान विदेशमा हुनु हुनुहुन्थ्यो अहिले फर्केर आउनु भएको छ । उनले पनि व्यवसायमा सघाउादै आउनु भएको छ ।’–सुनिताले भनिन्, ‘सागै मिलेर अब एक हजार चल्ला हालेर व्यवसायको स्तर वृद्धि गर्ने सोच रहेको छ ।’
हरौचा–७ की आशा चौधरी गाउाकै नमूना कृषकको रुपमा दरिएकी छन् । तीन महिनाको तालिम लिएपछि उनी  उत्कृष्ट व्यवसायी भएकी छन् । चैत्र महिनायता हालसम्म उनले ५ लाख कुखुरा बेचेर आम्दानी भित्राइसकेकी छन् । धान खेतमा काम गर्दैआएकी चौधरी आजभोलि उनको मुख्य व्यवसाय भने कुखुरा पालन भएको छ ।
सुन्दरपुर, हरौचा, इन्द्रपुर, विराटचौक, बेलबारी कामकाजी महिलाहरु आजभोलि व्यवसायी बनेका छन् । आपैंm स्वरोजगार बनेर अरुलाई पनि रोजगार दिन थालेका छन् । घरमा श्रीमानको कमाइमा निर्भरतालाई ओझेलमा पादै उत्कृष्ट व्यवसायीहरुमा दरिएको तालिम प्रदायक संस्था पाथिभरा हिमालयन पोलिटेक्निक इन्स्टीच्युटका प्रबन्ध निर्देशक कृष्ण साहले बताए । छोटो अवधीका सीपमूलक तालिम सञ्चालन गर्दै आएको संस्थाले महिलालाई बढी जिम्मेवार र व्यवसायी बनाउन महिला सहभागीहरुलाई बढी प्राथमिकता दिादै आएको छ । गत नोभेम्बरदेखि २०१४ फेब्रुअरीसम्म मोरङको इन्द्रपुरमा सञ्चालन भएको तालिममा ६० प्रतिशत महिलाको सहभागीता रहेको संस्थाले जनाएको छ । तालिमपछि सबै महिलाहरुले कुखुरा पालन व्यवसाय सञ्चालन गर्दैआएका छन् । सो क्षेत्रका करीब ३६ जनाले कुखुरा व्यवसाय सञ्चालन गरिसकेको संस्थाले जानकारी दिएको छ ।
सन् २०१४ का तालिममा सहभागीहरुलाई व्यवसाय सञ्चालन गर्न आधारभूत औजार समेत वितरण गरिसकेको छ । साहका अनुसार २४० जना सहभागीहरुलाई करीब १९ लाख २० हजार बराबरको आधारभूत औजार वितरण गरिएको छ । व्यवसाय गर्न थप मद्दत पुगोस् भनेर औजार सहयोग गदै आएको रोजगार कोषको सचिवालयले जनाएको छ ।
व्यवसायिक रुपमा कुखुरा पालन गर्दै आएका महिलाहरुलाई डिलरले समयमा चल्ला उपलब्ध नगराउदा व्यवसाय संचालनमा निराशा बनाएको गुनासो समेत गरेका छन् । चल्ला बेच्ने डिलरले कम गुणस्तरका चल्ला दिादा बढी मरेर व्यवसायले चौपट्ट हुने गरेको व्यवसायी सुनिता पौडेल बताउाछिन् । ‘समयमा चल्ला पाइादैन । पाएका पनि कम गुणस्तरका हुादा समस्या भएको छ’, उनले भनिन् । कुखुराको मासुको बजार राम्रो भए पनि व्यवसायीहरुको कुखुराको चल्लाको मागलाई डिलरहरुले  पर्याप्त आपूर्ति गर्न नसकेको व्यवसायीहरु बताउाछन् ।
Published in Blast Times Daily on shrawan_8(July 24, 2014)