Social Icons

पत्रकारिताका चुनौति र अबको दायित्व

-देवेन्द्र कार्की
अहिले विश्वमा द्रुत गतिमा विकास भइरहेको सूचना प्रविधिको विकाससँग आम संचार तथा पत्रकारिता क्षेत्रामा पनि निकै प्रगति भएको छ । १५ औं शताब्दीमा जर्मन ागरिक जोहानेस गुटेन वर्गले अंगुर निचोर्ने यन्त्रलाई छाप्ने यन्त्रमा परिवर्तन गरेर प्रेसको रुप दिएको पाइन्छ । त्यो बेलाको गुटेन वर्गको प्रेस र अहिलेका डिजिटेल अफसेट प्रेससम्मको विकासलाई हेर्ने हो भने आश्चर्यलाग्दो परिवर्तन नमानी धर छैन । प्रेसको शुरुवातसँगै मौलाएको पत्रकारिताको विकासलाई पनि चमत्कारै मान्न सकिन्छ । विविध चुनौतीसँग पत्रकारीतामा प्रबेस गर्नेहरुको पनि भिड लाग्ने गरेको छ ।
आम संचार तथा पत्रकारिताको द्रुत विकाससँगै एक्काइसौं शताब्दीको संघारमा आइपुग्दा पत्रकारितामा चुनौतीका पहाडहरु पनि थपिदै गएका छन् । विश्वले राज्यको चौथो अङगको रुपमा स्वीकारेको छ । तर आगामी दिनमा पत्रकारहरुले सम्वेदनशिलतासँगै निःश्वार्थ भावमा इमान्दारीतापूर्वक पत्रकारिता नगर्ने हो भने राज्यको चौथो अंगको उपाधी उखानमा सिमित हुने सम्भावना बढेर गएको छ । यसप्रति लामो समयदेखि पत्रकारितामा सर्मपित तथा नयाँ प्रवशीहरुले गम्भीरतापूर्वक लिनु पर्दछ । विश्व परिवर्तनशिल छ । गुटेन वर्गको समयको पत्रकारिता होस् वा जंगबहादुरले नेपालमा गिद्दे प्रेस भित्राएपछि भएको पत्रकारिता र अहिलेको पत्रकारितामा आकासपत्तालको फरक छ । समायानुकूल पत्रकारिताको मूल्य मान्यता पनि फेरिदै गएको पाइन्छ । हिजोको पत्रकारिता र आजको पत्रकारितामा नै निकै भिन्नता पाइन्छ । नयाँनयाँ प्रविधि र मूल्यमान्यता फेरिए पनि पत्रकारितामा परम्परावादी सोच र चिन्तन त्यति फेरिएको पाइदैन । अर्थात समयानुकूल जुन पद्धतीमा भूमिका निर्वाह गर्नु पर्ने हो त्यो भएको भने पाइदैन । पत्रकारितालाई समयानुकुल परिवर्तित र परिस्कृत गर्न पनि चुनौतीको विषय बनेको छ ।
यसको प्रमुख कारण भनेको विना ज्ञान र सिप पत्रकारितामा लाग्नु हो । पत्रकारिताको आधारभूत सिद्धान्त मूल्यमान्यताको ज्ञान विना पत्रकारिता गर्नु नै यस क्षेत्रमा देखापरेको मुख्य चुनौती हो । प्रेसजगतमा अपेक्षाकृत परिस्कृत हुन सकेको छैन । छाडापन र राजनीतिक पक्षधरताको वकालत जस्ता विसंगतिले पेशा नै चुनौतिपूर्ण बन्दै गएको छ । न्यूयोक टाइम्ससँग आवद्ध पत्रकार ए।एम रोजेन्वले राजनीतिक आस्थाबारे भनेका छन्ुपत्रकारहरुले मतदान गर्नु बाहेक अन्य कुनै किसिमको राजनीतिक कि्रयाकलापमा लाग्नु हुदैन । यो पत्रकार भए वापत हामीले तिर्नु पर्ने मूल्य हो ।ु उनका यि वाणी अहिलेको पत्रकारितामा ५ प्रतिशत पनि कार्यन्वयन हुन सकेको छैन । राजनीतिक संलग्नता र पक्षधरताको विसंगतीले नेपाली पत्रकारिता झन गम्भीर मोडमा पुगेको छ । यि समस्या सुल्झाउने पत्रकार स्वयंले आफ्नो आचारणमा सुधार ल्याउनु जरुरी भएको छ ।
चुनौित
नेपाली पत्रकारिताको चुनौतिका रुपमा यि कुराहरुलाई लिन सकिन्छः
- राजनीतिक आस्ता र पक्षधरताको पक्षपोषण
- सहि सत्य तथ्य सूचना प्रवाहमा वेवास्ता
- विभिन्न समूह गुठसँगको साँठगाँठ
- राष्टू र समाजप्रति उत्तरदायित्व बोध नहुनु
- पत्रकारितालाई स्वच्छ र निष्पक्ष बनाउन नसक्नु
- नयाँ प्रवेशीहरुमा योग्यता सीप दक्षता र खुवी नहुनु
- छाडापन स्वार्थगत मिसन र पर्चा कारिता पाटी कारिताले स्थान पाउनु
- संचारकर्मीहरुको सीप अभिवृद्धिका लागि संचार गृहले ध्यान नदिनु
- संचारगृहका सेवा सुविधाले जिविकोपार्जन नहुनु
यद्यपी पत्रकारितामा चुनौति विसंगती विकृति फैलदै गएपनि सत्य तथ्य निष्पक्ष सन्तुल सामाजिक दायित्व तथा पत्रकारिताका न्यूनतम मापदण्ड एवं पेशागत आचार संहिता प्रतिबद्ध भएर पालन गर्दै अबको समयमा पत्रकारहरुले पैरवी पत्रकारितालाई ध्यान दिनु पर्छ । ुम एउटा समाजप्रतिपूर्ण दायित्व बोकेका व्यक्ति हु भन्ने हेक्का राखेर निष्पक्ष र स्वाभिमानी बनेर समाज परिवर्तनका लागि संवाहक बन्न जरुरी छ ।
पत्रकारहरुको दायित्व
संचार आवाजविहिनहरुको आवाज भएकाले अबको यात्रामा संचारकर्मीहरुले जिम्मेवारी जवाफदेहिताप्रति बफादार भएर निम्न कुराहरुमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सके मात्र पत्रकारको दायित्व पुरा हुन सक्छ ।
- राजनीतिक संलग्नता र पक्षधर विसर्िएर सधै सत्यको खोजी गर्नुपर्छ ।
- ुसमाज परिवर्तनमा मेरो दायित्व छु भन्ने कुरा सधै हेक्का राख्नुपर्छ । अर्थात् समाजप्रतिको दायित्व निर्वाह गर्नुपर्छ ।
- कुरा सबैको सुन्ने आफ्नो विवेकको सहि प्रयोग गर्नुपर्छ ।
- सामाजिक सवालमा निष्पक्ष भूमिका विर्वाह गरेर ठोस् निकासका लागि पहलकदमी गर्नुपर्छ ।
- पेशागत इमान्दारीता र आदर्श स्थापित गर्न सक्नुपर्छ ।
- विसंगती विकृतिप्रति खबरदारी गर्नुपर्छ ।
- स्पष्ट विचारसहित सहि अभिव्यक्तिको संचार गर्न सक्नुपर्छ ।
आवाजविहिनहरुको आवाज बुलन्द गर्न तलका विषयमा संचारकर्मीहरुले आगामी दिन खरोपुरुमा कलम नचलाई हुदैन ।
- नेपालको शान्ति प्रकि्रया कतै बाटोमा अलमलिएको छ । शान्ति स्थापनामा सहमत जनाएका जिम्मेवार दलहरु निष्कृय भएका छन् । उनीहरुको धारणा र गतिविधिलाई उजागर गर्दै दायित्वबोध गराउनु मिडियाको कर्तव्य हो ।
- जनताले संविधान बनाउन ६०१ सभासद् िसंहदवार पठाएका छन् । संविधान निर्माणमा पटक्कै उनीहरुले चासॊ देखाएका छैनन् । उनीहरुलाई आफ्नो दायित्व के हो भनेर खबरदारी गर्नु पनि मिडियाको धर्म हुन आउछ । उनीहरुलाई जिम्मेवार बन्न मिडियाले भूमिका निर्वाह गर्नुपर्छ । यो विषयलाई त संचारकर्मी र संचारगृहले अभियानकै रुपमा लान जरुरी छ ।
पार्टीका जिम्मेवार नेताहरु साझा एजेण्डालाई वेवास्ता गर्दै व्यक्तिगत स्वार्थमा राजनीति गरिरहेका छन् । १२ बुँदे दिल्ली सम्झौतादेखिको इतिहास खोतलेर आजसम्मको सहमति र सम्झौता किन पालन हुँदैनन् भनेर स्मरण गराउनु पर्ने काम पनि मिडियाकै काँधमा छ ।
- राष्टिूयहित सहमति सहकार्य सार्वभौमिकता जस्ता साझा सवालबारे सरोकारवालाको दायित्व बोध गराउनु पनि मिडियाको कतव्र्य हो ।
- विदेशी हस्तक्षेप सिमाअतिक्रमण वैदेशिक ठगी लगायत राष्टिूय सरोकारका विषयमा संचारकर्मीले खरो रुपमा अबका दिनमा कलम चलाउनु पर्छ ।
- दलहरु यति बेला सत्ता हत्याउन ध्यान केन्द्रीत गरी संविधान निर्माण शान्ति प्रकि्रयालाई ओझेलमा पारिरहेका छन् । उनीहरुलाई मुख्य काममा ध्यानाकर्षण गराउन मिडियाले खबरदारी गर्नु पर्छ ।
- दललाई राष्टू र जनताका साझा मुद्दाहरुप्रति जवाफदेही बनाउँदै अन्य मुलुकहरुको सवालमा एक खाले मत तथा सोचको विकास गराउन प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ ।
- दलहरुको स्वार्थ र हटका कारण २०६२÷०६३ को जनआन्दोलनको बलमा स्थापना भएको गणतन्त्र गम्भीर संकटमा पर्दैछ भन्ने कुरा समेत दलका नेताहरुलाई बुझाउन संचारकर्मीले अब ढिलो गर्नु हुँदैन ।
यि माथिका यावत कुराहरुलाई पुरा गर्न महत्वपूर्ण दायित्व निर्वाह गर्न सके मात्र पत्रकारले ुवाच डगु को भूमिका निर्वाह गरेको ठहर्ने छ । बढ्दो चुनौतिलाई सामाना गर्दै आगामी दिनमा सामाजिक आर्थिक राजनीतिक सवालमा लागि उत्तरदायी भूमिका निर्वाह गर्न सके मात्र सार्थक पत्रकारिता गरेको ठहर्ने छ ।
debendrak@gmail.com