Social Icons

पूर्वको पर्यटनग्राम भेडेटार


  • देवेन्द्र कार्की
debendrak@gmail.com
सेताम्मे हिउ फूल्ने काचनजंघा र मकालु हिमालको काखमा लमतन्न परेको धनकुटा बजार र दक्षिणमा चारकोशे झाडी मास्दै फैलिएको सुन्दर नगर धरानको वीचमा अवस्थित पर्यटनग्राम भेडेटार पूर्वको पर्यटकिय गन्तव्य हो । आकार्षणको केन्द्रविन्दु मानिएको पर्यटन ग्ा्राम भेडेटारमा बाह्रैमास आन्तरिक तथा बाह्य पर्यटकहरुको भिड हुने गरेको छ । मनमोहक र आकर्षणको केन्द्रविन्दु भएका कारण पुष-माघको चिसो ठण्डीमा पनि खुव तातेको हुन्छ । पहाडी श्रृूखला मकालु मनास्लु ल्होत्से र कुम्भकर्ण हिमालको दृश्यलोकन धनकुटा बजारको आकर्षण एवं सेउती र सर्दुको वीचमा रहेको धरानको मनमोहक दृष्य अवलोकन गर्न भेडेटार चढ्नेहरुको संंख्या पनि दिन दिनै बढदॊ छ । कामको व्यस्थता र थकान विस्रन प्रत्येक शनिबार भेडेटार पुगेर मनोराजन गर्ने पिकनिक खेल्नेहरुको भीड उत्तिक्कै हुने गरेको छ । सेताम्मे हिमालको दृष्यदेखि लिएर तराईका सुन्दर फाँट पूर्व पश्चिम फैलिएको चारकोशे झाडी तथा सान्ध्यामा गोधुली साँझको दृष्य हेर्ने स्थल आजभोली भेडेटार उपयुक्त बनेको छ । नेपालको पूर्वी क्षेत्र भ्रमणमा आउनेहरु भेडेटार नपुगी फिरे भने उनीहरुको यात्रा अधुरो मानिन्छ । त्यसैले पनि पूर्व घुम्न आउनेहरु भेडेटार नपुगी फर्कदैनन ।
भेडेटारको विशेषता
समुन्द्र सतहदेखि एक हजार ४ सय ३० मिटरको उचाईमा अवस्थित भेडेटार धरानदेखि १६ किमी उत्तर धनकुटादेखि ३२ किमी दक्षिणको सुनसरी र धनकुटाको संगमस्थलको रुपमा रहेको छ । एकैछिनमा चर्को घाम लाग्नु र एकैछिनमा कुहिरोले ढाक्नु भेडेटारको विशेषता हो । छिनछिनको मौसम परिवर्तन पनि पर्यटकका लागि आकर्षक थप्ने अर्को विषय भएको स्थानीय होटल व्यवसायी जितेन्द्र रुम्दालीको भनाई छ ।
तराईको सम्मो भूमाग देखि १६ किमी मात्र माथि छ तर उच्च हिमाली भेगको जस्तो हावापानी भेडेटारमा पाइन्छ । यस्तै अनौठो हावा पानी भएको सुनेर नेपाल भ्रमणमा आएका बेलायतका राजकुमार चाल्स्र वि।सं। २०४० सालमा भेडेटार आएका थिए । उनले भेडेटारको अग्लो चुचुरोमा चढेर सगरमाथा चढनुको आनन्द लिएको भनाई रहेकोछ । पहिलो पटक विदेशी पर्यटन आएर चुचुरामा प्रवेश गरेका कारण उक्त चुचुराको नाम नै ुचाल्स्र प्वाइन्टु राखिएको छ । यो भेडेटार बजार देखि पश्चिम तर्फ रहेको छ । हाल चाल्स्र चढेको चुचुरामा ३० फिट अग्लो टावर बनाइएको छ । यही टावर पर्यटकहरुको आकर्षणको केन्द्र विन्दु बनेको छ । जहाँ हजारौ पर्यटकहरु चढ्न तछाडमछाड गर्ने गर्छन् । उक्त टावरबाट धरान धनकुटा सप्तकोशीको फाँट चारकोसे झाडी एंव तराईका मनमोहक फाट धित मरुन्जेल अवलोकन गर्न सकिन्छ । टावरबाट आकास खुलेको बेला पूर्वका १६ बटा जिल्ला राम्ररी दृष्यावालोकन गर्न सकिने स्थानियवासीले बताएका छन् ।
भ्यूटावरबाट विहानीपख देखिने दृष्य कैद गर्न प्रकृती प्रेमीहरुको तछाडमछाड हुने गरेको छ । सिजनको बेला टावरबाट दृष्य अवलोकन गर्न दैनिक सयौ पर्यटकहरु आउने गरेको टावर संचालकले बताएकाछन । जिल्ला विकास समितिको माताहतमा थानेश्वर लिम्वुले सो टावरको ठेक्का लिएका छन् । सो टावरमा प्रवेश गर्न प्रतिव्यक्ति ५ रुपैया र क्यामेरा सहित प्रबेस गर्दा १० रुपैया शुल्क लिने गरिएको छ । भने भारतबाट आउनेलाई २० रुपैया र अन्य मुलुकबाट आउनेलाई ५० रुपैया शुल्क निर्धारण गरिएको छ । हाल सो टावर चढ्नेहरुको संख्या बढेको छ । दैनिक ३ हजार भन्दा बढि शुल्क संकलन भईरहेको ठेकेदार लिम्वुले बताएका छन् ।
कामको व्यस्तता विस्रन कर्मचारी व्यापारीदेखि लिएर नवप्रेमी प्रेमिकाहरु आफ्नो प्रेमलाई रोमााचक बनाउन धरानदेखि मोटरसाइकलमा भेडेटार घुम्ने युवायुवतीको जोडी जताततै देख्न पाइन्छ । पुष माघको ठन्डीको पनि प्रवाहा नगरि युवा यूवतीहरु भेडेटारको भ्यूटावरमा चढ्न दैनिक भिड हुने गरेको छ ।
कार्तिकदेखि बैशाखसम्म पिकनिक खान पूर्व काकडिभ¤ा पश्चिम जनकपुरसम्मका आगन्तुकहरु भेडेटार चढ्ने गरेकोपाईन्छ । प्रायः बढी युवायुवतीहरुको युगल जोडी रोमािाचत बन्न पुग्ने भएकाले भेडेटारलाई ुरियल लभर स्टेशनु समेत नामकरण गरिएको स्थानियबासी बताउछन । माया पि्रती साट्न र विवाहीता जोडी हनीमुनी मनाउन काठमाण्डौ देखि समेत भेडेटार आउने गर्छन । भारतका विभिन्न ठाउँबाट समेत पर्यटकहरु भेडेटार आउने गरेको स्थानियवासीले बताएका छन् ।
भेडेटार रमाइल्ााे र आनन्द लिन मात्र पर्यटकहरु जाँदैनन् । नजिकै रहेको पाथीभरादेवी मन्दिर पुगेर आध्यात्मीक चिन्तन गर्न समेत पुग्ने गर्दछन् । भेडेटार देखि पश्चिममा रहेको सागुरी गढी २ किमी तल रहेको नमस्ते झर्ना राजारानी नाम्चे बजार एसियामै सव भन्दा ठूलो बरको रुख लगायत भेडेटार आसपासमा अवस्थीत छन । यी ऐतिहासीक धार्मिक महत्वका बस्तुले पर्यटकहरुलाई आकृषित पारेकाछन । विशेष गर्मी मौसममा शितलता भर्न र चैत्र बैशाखमा गुराँस फुलेको दृष्यावलोकन गर्न पर्यटकहरु झुम्मिने गर्छन् । स्वदेशी तथा विदेशी पर्यटकहरुको चाप वर्षैपिच्छे बढ्न थालेपछि पूर्वको आकर्षक पर्यटन स्थल भएको प्रमाणित समेत भएको छ । सरकारले समेत यो स्थललाई राष्ट्रिय पर्यटन क्षेत्र भनेर घोषाणा गरेको छ ।
भेडेटार कसरी पुग्ने
चाल्स्र पोइन्टमा चढ्न एवं वरपरको रमाइलो दृष्य अवलोकन गर्न भेडेटार पुग्न काठमाण्डौंदेखि हवाईजहाजबाट बिराटनगर ओर्लिए पछि ट्याक्सीमा करिव ५५ किमी दुरी यात्रा गरे पछि पुग्न सकिन्छ । दिवा वा रात्री सेवाबाट काडमाण्डौबाट सिधै धरानमा उत्रिएर भानुचौकबाट रिजर्वका ट्याक्सीमा चढेर भेडेटार पुग्न सकिन्छ । भेडेटार जानका लागि धरानमा प्रशस्त रिजर्व ट्याक्सीहरु पनि पाइन्छन् । ट्याक्सी रिर्जव गर्न समस्या भए धरानको भानुचौक पूर्वपटि धरानबाट राजारानी तेह्रथुम भोजपुर खाद्वारी बसन्तपुर पाखि्रवास लगायत ठाउँमा जाने प्रसस्त सार्वजनिक बसहरु पाईन्छन । तीबसमा प्रतिव्यक्ति ३० रुपैया तिरे पछि भेडेटार सम्मको यात्रा गर्न सकिन्छ ।
कस्तो सुविधा छ
भेडेटारमा धेरै दिन बसेर दृष्यावलोकन गर्न चाहाने पर्यटकहरुका लागि पनि सुविधायुक्त दर्जनौ होटल लजहरुको पनि व्यवस्था छ । जाडो मौसममा घुम्न जानेहरुका लागि तातोपानीमा भिजाएको कोदोको तूङमा खाना धेरै पर्यटकहरु रमाउने गर्छन् । प्रायः भेडेटार घुम्न जानेहरु कोदोको तूङमा र रागाको सुकुटी नचाखी फर्कदैनन् । नेपालीपन रुचाउनेहरुका लागि यहाँ गुन्द्रुक सिन्की लगायतका परिकार समेत पाइने व्यवसायीहरुले बताएका छन् । यहा विदेशी पर्यटकहरुका लागि इण्डीयन र चाईनिज डिस पनि तयार हुने गरेको छ । सुविधायूक्त होटलहरु प्रसस्त खुलेकाले पर्यटकहरुलाई खाना बस्न सहज बनाएको छ । यहाँ पहाडी क्षेत्रमा फलेका ताजा फलफूल तथा तरकारी पनि पाईन्छ ।
सुधारको आवश्यकता
भेडेटार घुमघाम गर्न महत्वपूर्ण गन्तव्य भए पनि यसको प्रचार प्रसार हुन सकेको छैन । राजधानीमा आउने विदेशी पर्यटकहरुलाई व्यवसायीहरुले पकि्रएर उतै पोखारा लगायत पचिम तिर लाने गरेकाछन । पर्यटन बोर्डले पनि पूर्व तिर पर्यटक ल्याउन व्यवस्था नगरेको स्थानियबासीले बताएकाछन । यस्तो सुन्दर भेडेटारको थप पर्यटन प्रवद्र्धन कसरी गर्ने भन्ने कुरा सबैमा चासोको विषय बन्नु पर्ने उनीहरुको भनाई छ । भेडेटारलाई अझ बढि साँच्चिकै पर्यटकीय स्थल हो भनेर नेपालभरि चिनाउन गत बर्ष मङ्सिर २० देखि २४ गतेसम्म महोत्सव समेत गरिएको थियो । यहाँको सांस्कृतिक धार्मिक र पर्यटकीय विशेषता उजागर गर्न महोत्सव गरिएको भेडेटार महोत्सव मूल आयोजक समितिका संयोजक कुलबहादुर राइले बताए । झण्डै पाँच लाख पर्यटकहरुले महोत्वमा भ्रमण गरेको आयोजकले बताएको थियो ।
पर्यटकको चाप अनुसार सुविधा यूक्त होटलहरु भने प्रयाप्त नभएकाले केही होटल लजहरु स्थापना गर्न आवश्यता रहेको स्थानियबासी बताउछन । हाल साना तथा ठूला होटलहरुले दैनिक ५०÷ ६० जना पर्यटकहरुलाई मात्र बस्नकालागि सेवा प्रदान गर्न सक्छन । पूर्वको सबै जिल्ला देखिने टावरमा दुरवीन पनि सरकारले व्यवस्था गर्नु पर्ने स्थानियबासीले माग गरेका छन ।
पर्यटनको सम्भावना
धरानबाट भेडेटार १६ किमी उत्तरमा रहेको छ । भेडेटार धनकुटा जिल्लामा पर्ने भए पनि हरेक क्षेत्रमा धरानसँग सम्वन्ध जोडिएको छ । राजधानी लगायत बाह्य मुलुकबाट आउने पर्यटकहरु धरानको एकदिनको बसाई पछि भेडेटार पुग्छन् । भेडेटार आउने पर्यटकहरुको पहिलो गन्तव्य धरान भएकाले धरानलाई पनि पर्यटकिय क्षेत्रको रुपमा व्यापक विस्तार गर्नु पर्ने आवश्यकता देखिएको छ । पुर्वको पर्यटकिय क्षेत्र धरान र भेडेटारलाई बनाउन धेरै सम्भावनाहरु रहेका छन् । धरानबाट भेडेटारसम्म केवलकार विस्तार गरिने हो भने पश्चिममा प्रसिद्धि कमाएको मनाकामना जस्तै भेडेटारको पाथिभरा मन्दिरले पनि प्रर्यटकहरुलाई आकर्षण गर्न सक्छ । यहाँको पर्यटकीय विकास गराए यहाँ अधिक मात्रामा पर्यटकहरु िभœयाउन सकिन्छ ।
यहाँ नजिक रहेको साँगुरीगढी पनि एउटा महत्वपूर्ण स्थल हो । निशानदेवी पाचकन्या बुढासुब्बा सेउतीमाई तमोरमाई लेउतीमाई लगायतका ९÷१० वटा देवीदेउताहरुका मन्दिरहरु रहेका छन् । यी पनि पर्यटनका गन्तव्यको रुपमा विस्तार गर्न सकिन्छ । यहाँबाट धरानसम्म ुपारासाइटुको पनि सम्भावना छ । लगानीकर्ताहरुले यसमा ध्यान दिने हो भने पर्यटकहरुको सङ्ख्यामा वृद्धि हुने देखिन्छ । यातायात विद्युत संचारलगायत जस्ता पूर्वाधार यूक्त बनाउन सक्ने हो भने भेडेटार सबैका लागि सधैको गन्तव्यस्थल बन्न सक्छ । यी क्षेत्रको प्रचार प्रसार हुन सके धरानको समेत आर्थिक समाजिक स्तरमा बृद्धि हुने देखिन्छ ।