Social Icons

भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस

धुनिक परिवेशका युवायुवती प्रेममा नयाँ र मिठा अनुभव बटुल्न मन पराउँछन् । अंग्रेजी महिनाको नव वर्ष 'jan- 1st' मनाएपछिमाया साटासाटः हङकङ पिक टावरमा सजाइएको भ्यालेन्टाइन प्रतीकअगाडि दुई आगन्तुकहरु ओंठ जोडेर माया साटासाट गर्दै । तस्वीरः प्रदीप मेन्याङ्बो/हङकङ " class="caption" style="float: left;" align="right"> संसारभरकै युवायुवती फ्रबु्अरी-१४ को पर्खाइमा नयाँ सपनाहरु सजाएर बसेका हुन्छन् । सप्ताहकै रुपमा फ्रेबुअरी -१४ लाई संसारभरका युवायुवतीले मनाउने गरेका छन् । प्रेमी-प्रेमिका तथा नयाँ बन्नेहरुको बहाना तर उद्धेश्य चाहि उही हो । भेटघाट वार्तालाप रोमान्स । भ्यालेन्टाइन डेु नयाँका लागि प्रस्ताव राख्ने अवसर पनि बनेको छ । वषौंदेखि आफूले मन पराएको व्यक्तिलाई प्रस्ताव राख्ने हिम्मत यसैदिन प्रायजसो युवायुवतीले गरेका हुन्छन् ।

पे्रमालाप साट्न र सपनाहरु एकअर्कामा बाँडन फेबु्रअरी-१४अर्थात् भ्यालेन्टाइनडेु एउटा ठूलो बहाना बनेको छ । त्यसैले अहिले यसको चर्चा विस्तारै विश्वमा नै बढ्दै गइरहेको छ । हरेक वर्ष 'भ्यालेन्टाइनडे' को पर्खाइमा थुप्रै युवायुवती धैर्य गरिरहेका हुन्छन् । यो दिन केही फरक केही विशेष अनि सबैको दृष्टि ऊतिरै होस् भन्ने कुरा युवायुवतीको चाहना हुन्छ । कसरी आफूप्रति आकर्षित गर्ने भन्नेबारे युवायुवतीहरु एक सातादेखि नै तयारीमा जुटेका हुन्छ । यो दिन प्रेमी-प्रेमिकाको महान् दिन हो । यसको छुट्टै विशेषता छ । नेपालको सन्दर्भमा यसलाई मनाउने क्रम त्यति पुरानो र प्रचलित नभइसकेकाले कतिपय युवायुवतीले यस दिनको महत्व्ा र कहानी नबुझेर विकृति फैलाउनसमेत उद्दत हुन्छन् । यसको इतिहास थाहा नपाएर कतिपले दुरुपयोग गरिरहेका हुन्छन् ।
ुभ्यालेन्टाइनडेु को इतिहास खोज्दै जाँदा एउटा दुखान्त कथा बोके इ।स।२६९ मा रोमनबाट सुरु भई यूरोपको कुना-कुनामा फैलिएको पाइन्छ । पछि यूरोप हुँदै एशियामा आएको पाइन्छ । अहिलेका युवािपंढीले पे्रमको जसरी उपयोग गरेका छन्। त्योभन्दा भिन्न दुखान्त दर्दनाक अनि त्यागको युगान्तकारी कथा छ । रोमन साम्राज्यका प्रसिद्ध भ्यालेन्टाइन नामक एकजना पादरीले प्रेम पक्षमा वकालत गरेका थिए । त्यसको बदलामा उनलाई त्यहाको शासकले दुखदायी मृत्युदण्डको घोषणा गर् यो । ती पादरीले त्यहींको एकजना निम्नस्तरकी जेलरकी दुवै आँखा गुमाएकी अन्धी केटीसँग पे्रम गरेका थिए । सो थाहा पाएर उनलाई मृत्युदण्डको सजाय सुनाइयो । उनले वास्तविक प्रेमको नमूनास्वरुप मृत्युअगाडि आÏनी पि्रयसीलाई आँखा दान दिएर मृत्युदण्ड स्वीकारेका थिए ।
उनले यति मात्र नभएर प्रेमको मामिलामा कठोर रोमन सम्राटको इच्छाविरुद्ध धेरै सैनिकहरुको प्रेमविवाहमा सहयोग गरेका कारण पनि उनलाई मृत्युदण्ड दिइएको इतिहासमा उल्लेख पाइन्छ । उनलाई फेब्रुअरी-१४ का दिन मारिएको हुनाले सो दिनलाई उनकै सम्झनामा ुभ्यालेन्टाइनडेु अर्थात् प्रणय दिवसको रुपमा विश्वभरि मनाउने गरिन्छ । किशोर-किशारीहरुको लागि यो एउटा ठूलो चाड त हो तर यसको महत्व र सार्थकता नबुझेर विशुद्ध प्रेम पर्वलाई दुरुपयोग गरिन्छ । कतिपय युवायुवतीहरु क्षणिक र स्वार्थपूर्ति गर्नका लागि सस्तो भावुकता देखाई ुभ्यालेन्टाइन डेुलाई अपवित्र बनाउने गर्दछन् । यस दिनको अवसर पारेर युवायुवतीहरुले कतिपय व्यक्तिहरुलाई अनावश्यक दुःख र झन्झट दिने गर्दछन् । यसरी पवित्र ुभ्यालेन्टाइन डेु को बहाना गरी आकर्षण र भावनालाई मात्र शिरोधार्य गर् यौं भने भ्यालेन्टाइन पादरीको अपमान हुनेछ ।
विश्वका हरेक दर्शनशास्त्रीले भनेका छन् मान्छेमा भौतिक कुराले जति सम्पन्न भएप नि उसलाई प्रेम गर्ने मान्छे नभएमा उसको जिन्दगी निराश र रुखो हुन्छ । प्रेमका बारेमा विद्धानहरुका गीत कविता पुस्तक अनेक कुरा छापिएका छन् । दर्शनशास्त्रीहरुले घतलाग्दा र मार्मिक कथाहरु प्रस्तुत गरेका छन् । प्रसिद्ध रङ्गभेदविरोधी नेता मार्टिन किङ लुथरले प्रेमको बारे यसरी टिप्पणी गरेका छन् ुबैरीलाई मित्र बनाउन सक्ने त्यस्तो एउटै शक्ति प्रेम हो ।ु अर्का विद्धान बट्रान्ड रस्सेलले असल जीवन प्रेमबाट अनुप्राणित हुन्छ र ज्ञानबाट निर्देशित हुने बताएका छन् । यी विद्धानले भने झैं मान्छेलाई प्रेमले बाँच्न प्रेरित गर्छ । त्यसैले प्रेम के हो र प्रेम दिवस कतिको सार्थक छ कतै फेसन त भएको छैन सोच्नुपर्ने भएको छ । प्रेम भावनात्मक हुनुपर्छ बाहिरी आकर्षण होइन । प्रेम भावनात्मक रुपले भित्री आत्माबाट निस्कनुपर्छ जुन चीरस्थायीरुपले अविरल अटुट बग्ने झरनाझैं काचन हुनुपर्छ । यसलाई सस्तो बनाउनुहुँदैन । प्रेमका लागि दुःखदायी मृत्युवरण गरेका भ्यालेन्टाइनको त्याग सबैले अनुसरण गर्नुपर्छ । सबै युवायुवतीहरुको लागि यो दिन चीर प्रेममयी होस् यो रमाइलो झमेला दीर्घजीवी र आन्ान्दमय होस् । शुभकामना ।