Social Icons

बुटवल यात्रा र चौतारीको नयाँ नेतृत्व



माघ महिनाको एउटा दिन अर्थात २०६६ माघ २१ विहान सधैको भन्दा मेरो दैनिकी फरक थियो । कारण दिनहु राम्रो समाचारको छनौट र समाचारलाई पठनिय बनाउने ध्याउन्न भन्दा नितान्त फरक दैनिकी बनेको थियो । हामी सुनसरीका ९ जना पत्रकार प्रेस चौतारीको छैठौ राष्ट्रिय महाधिबेशनमा भाग लिन बुटवल यात्राका लागि विहानै तयार भयौ । विहान सूर्योदयसगै धरानबाट भीम राई रत्न आचार्य सुमित्रा बराल वीना तामाङ र म एउटा सानदार गाडीमा यात्रा शुरु गर् यो । इटहरीबाट सोमनाथ बास्तोला विनोद ढकाल लीलाराज भटटराई र इनरुवाबाट शुखदेव चौधरी थपिए ।
हामी पुर्वपश्चिम राजमार्गको सागुरो बाटोलाई ठपक्कै ढाकेर दगुर्ने बस ट्रकलगायत अन्य सवारीहरुको अघिपछि हुँदै बुटवलको यात्रामा अगाडि बड्यौं । यो एउटा गहन जिम्मेवारी र अति रमाइलो यात्रा थियो । सड्क जति साँघुरो भए पनि त्यहाँ वरपर देखिने दृश्य भने फराकिलो भएकोले मनभरि तनभरि र क्यामराभरि सुन्दर दृश्यहरु कैद गर्दै हामीले यात्रालाई जारी राख्यौं । बीच बाटोमा बस र यात्रीहरुको भीड वरपर तराईको सुन्दरफाँट मासिदै गएको चुरेले यात्रा भरी हामीलाई लोभ्याएको थियो । गाडी भित्रको बसाई सागुरो भए पनि हाम्रो एक अर्काको मन भने फराकिलो थियो । यात्र भरी विनोद भाई र रत्नजीले गरेको हासी मजाकले हाम्रो यात्रा झनै रमाईलो बनाएको थियो । बाहिर देखिने दृष्यलाई त गिज्याउन कोही पछि परिएन घास दाउरा मेलापात र यात्रामा निस्कीएका धेरै युवतीहरु हाम्रो हासोको पात्र बने ।
बाटो भरी विनोदको क्यारीकेचर सोमनाथको मायापि्रतीका र भीमजीको क्रान्तिकारी गित रत्नजीको ुजाईनेु थेगोले राम्रै चर्चा पायो । गाडी भित्र हासोको फोहोरा चलेको बेला तन्नेरी गुरुजी आशाराम चौधरीलाई बाटो काटेको पत्यै भएनछ । १४० माईलेजमा गाडीको रफ्तार पुग्दा पनि गूरुजी गाडी भित्रको हासोमा लै लै मिलाउदै स्टेरिङ घुमाउदै थिए । हाम्रो यो यात्रा किन पनि अविस्मरणिय भयो भने हामी प्राय एउटै उमेरका यूवाहरुको जमात थियो । खाना बस्न तथा कुनै पनि विषयको निर्णयमा मत्यक्यता हुने गथ्यो यो उउटा सकरात्मक पाटो थियो । खास हाम्रो यात्रा भने कुनै रमाईलो गर्न र बुटवल घुम्न भने थिएन । सुनसरीका चौतारीमा आस्था राख्ने पत्रकारुको सामुहिक भावनाको प्रनिनिधि गदै पे्रस चौतरीको केन्द्रीय नेतृत्व छनौट गर्ने महत्वपूण जिम्मेवारी हामीमा थियो ।
झण्डै ५ सय किमीको यात्रा तया गरे पछि बुटबल पुगियो । नेपालमा मौलाएको हड्ताल र चक्का जामको समस्याले सार्वजनिक सवाारी चडेर यात्रा गर्न मान्छेहरु त्यति रुचाउदैनन । हामीलाई पनि यात्रामा कहाँ कति दिन जाममा परिने हो भन्ने चिन्तामा परेका भने पक्कै थियौ तर हामीले सोचेको भन्दा परिस्थिति भिन्न पायौ । ५ सय किमिको यात्रामा कैसको अवरोधमा एक सेकेण्ड पनि गाडी रोक्नु परेन । यसले के देखाउछ भने अव सार्वजनिक बसको यात्रा सहज भएको छ । राजमार्गमा निर्वाद रुपले सवारी चल्न सक्ने वातावरण बनि सक्ेको छ ।
यसरी अति रमाईलोसँग बुटवल पुगेर अधिबेशसमा भाग लिन सफल भईयो । अधिबेशनमा निर्वाचित नेतृत्वकर्ताहरु पनि नयाँ पुस्ताको छान्न सफल भईयो । अधिबेशसनमा जति कुरा उठ्नु पर्ने त्यति नउठे पनि यो नेतृत्वले पत्रकारहरुमा भएको समस्या र उनीहरुको क्षमता विकास लगायत कार्यमा बफादार भएर काम गर्छ भन्ने सबै प्रतिनिधिहरुले आशा गरेका छन् ।
नयाँ नेतृत्व आगामी कार्यभार
छैटौं अधिवेशनले गगन विष्टसहित नयाँ पुस्ताको नेतृत्व चयन गरेको छ । कीर्तिपुरमा भएको पाँचौ महाधिवेशनका नराम्रा चित्र यसपटक वुटवलमा नदेखिएको केही सहभमगीहरुले मुल्याङकन गरेका छन् । नयाँ पुस्तालाई सहज ढंगले नेतृत्व हस्तान्तरण गर्न वातावरण अहिले शम्भु श्रेष्ठले मिलाउनुभयो । एमालेका प्रचार विभागका इाचार्ज ईश्वर पोखरेलको यसपटक देखिएको सफल अभिभावकत्व पनि महत्वपूर्ण देखियो ।
सबैको साझा प्रयत्नले चुनावमा हार्नेले पनि जितेको जस्तै देखिए । चुनावको परिणामपछि जित्ने र हार्नेसँगै बसेर रमाइलो गर्नुले पनि यसपटकको चौतारीको अधिबेशन सन्तोषजनक भएको महसुस गर्न सकिन्छ ।
साँच्चै भन्ने भने चौतारीमा नयाँ पुस्ता नयाँ संस्कारसहित आएको सबैले महसुस गरेका छन् । स्वस्थ प्रतिस्पर्धा गर्दै परिणामलाई सहज स्वीकारोक्ति गरेकोमा सबै प्रतिनिधिहरु सन्तोष देखिए । निर्वाचनको परिणाम राम्रो देखिए पनि आगामी नेतृत्वको कार्यभार र गर्नै पर्ने अत्यावश्य कमुद्धाहरु भने अधिबेशनले समाबेस गर्न नसकेको धेरै प्रतिनिधिहरुले गुनासो गरे । पत्रकारमाथिको आक्रमण दिनदिनै बढेको छ । यसप्रति चौतारीको भूमिका महत्वपूर्ण हुनु पर्ने आम प्रतिनिधिहरुको माग छ । केही शाखाहरुमा पार्टी र चौतारी नेतृत्ववीच समन्वय नभएको गुनासो आएका थिए । केन्द्रीय समितिले यस समस्यामा मध्यास्तता गर्नु पर्छ । शाखाहरुको समस्याप्रति केन्द्रीय समिति जिम्मेवार बन्नु पर्छ ।
अबको पत्रकारिता आन्दोलनलाई यही नयाँ पुस्ताले नेतृत्व गर्न सक्छ भन्ने सबैलाई बोध भएको छ । यो संक्रमणकालमा नयाँ नेतृत्वका सामु चुनौतीका अजङ्ग पहाडहरु पनि छन् । यसलाई छिचोल्ने प्रत्यन्त पर्नु पर्छ । समग्र पत्रकारहरुको हितमा लाग्न चौतारीले क्रान्तिकारी पत्रकार संघ प्रेस युनियन लगायतसँग सहकार्य पनि जरुरी छ ।
विगतमा पाटीपङ्ती र चौतारीका केही व्यक्तिका कारण पत्रकारहरुको साझा संगठन महासंघमा चौतारीनिकटको नेतृत्व पठाउन असफल भएको थियो । यसबाट राम्रो पाठ सिकेर आगामी दिनमा यस्तो फोहोरी कार्यलाई दोर् याउन हुदैन् । महासंघमा तलदेखि माथिसम्म वामपत्रकारहरुले अगुवाई गर्ने वातावरण बनाउनु पर्ने छ ।
सुरुदेखि नै सामुहिकतामा चल्ने संस्कार यो नेतृत्वले देखाउन जरुरी छ । सामुहिकतामा चल्दा नै संगठन बलियो बनाउन सकिन्छ । अर्को कुरा संगठनमा पसेर आफ्नो स्वार्थपूर्ति गर्ने संगठनको भने अहितमा लागेका भडुवाहरुलाई निरुत्साही गर्नु पर्छ । संगठनलाई दुरुपयोग गर्ने प्रवृत्तिलाई यो नयाँ नेतृत्वले जरैदेखि निर्मुल गर्न सक्नु पर्छ ।