Social Icons

डर लाग्दो प्राकृतिक प्रकोप–चट्याङ

  • देबेन्द्र कार्की
विश्वमै भूकम्प, भूक्षय, बाढी वा दुर्घटनालाई प्राकृतिक विपत्तिको रुपमा निकै महत्वको साथ हेरिने गरिन्छ । तर मानिस, जनावर मात्र हैन घर, भवन र भौतिक पूर्वाधार लगायत अन्य क्षति पु¥याएर हानी नोक्सानी गर्ने डरलाग्दो प्राकृतिक प्रकोप चट्याङलाई भने विश्वको सरकार र सर्वसाधारणको चासो कमै परेको पाईन्छ । यसबाट हुने धनजनको क्षति न्यूनिकरण गर्न साझा ढंगले यति बेलासम्म कसैले सोचेका छैनन् ।
सन २०११ को जुन महिनामा चट्याङ लागेर युगाण्डामा १८ शिक्षक र विद्यार्थीको घटनास्थलमै मुत्यु भएको थियो । जुलाईमा बंगलादेशमा ४० र अगष्टमा सुडानको डाफरमा २३ जनाले चट्याङकै कारण ज्यान गुमाए ।
नेपालमा पनि प्राकृतिक प्रकोपको रूपमा महत्व नदिइएको चट्याङबाट ज्यान गुमाउनेको सङ्ख्या वर्षेनी बढ्दै गएको छ । सन् २०११ मा मात्रै ६१ जनाले ज्यान गुमाईसकेका छन् । सन् २००८ देखि १० सम्ममा क्रमशः ५०,५३ र ५९ ले ज्यान गुमाए । करोडौको सम्पतिको नोक्सानी भएको छ । अनायसै मृत्यु बोकेर आउने यो प्राकृतिक विपत्तीबाट बच्न विश्वव्यापीरूपमै अत्याधुनिक एवम् ठोस खालका प्रयासहरू अझै भएको पाईदैन् ।
नेपालमा पहिलो पटक काभ्रेको बनेपामा गत असारमा चट्याङ सुरक्षासम्बन्धी तीनदिने अन्तर्राष्टिूय कार्यशाल भयो । मलेसियाको पुत्रा विश्वविद्यालयअन्र्तगत इन्जिनियरिङ विभागका डा. चण्डिमा गोयम्सले युगाण्डा, सुडानर बंगलादेशमा चट्टयाङबाट भएको जनधनको क्षेतिबारे प्रस्टाउदा कार्यशालामा सहभागी १८ देशका ८० वैज्ञानिक तथा प्राविधिकहरूमा तरङ्ग पैदा ग¥यो । धेरै बैज्ञानिकहरुको मनमा जाग्यो सालन्ने मर्नेको संख्या बढीरहेको अवस्थामा यस्तो विपत्तिबारे विश्व किन बेखवर छ ?

चट्याङबाट हुने जोखिम न्यून गर्न सुरक्षित उपायहरूको अनुसन्धान गरी निर्देशका र नीति बनाएर सरकार एवम् सरोकारवालालाई दवाव अनवश्यक भएको धेरैले महसुस गरेका थिए । प्राकृतिक प्रकोपबाट सुरक्षित हुन पाउनु विश्वभरिका मानिसहरूको साझा सवाल भएकाले साझा प्रयत्न आवश्यक भएको सहभागीहरुले निष्कर्ष निकाले । निष्कर्ष त निस्कियो तर एक बर्षको अवधीमा चट्टयाङ्गबारे कसैको खोजी नीति सार्वजनिक भएको पाईदैन । बेहिसाव मानिसहरुले अकालमा ज्यान गुमाई रहेका छन् ।

चट्याङ के हो ?
आकासमा काला बादल मडारिएका बेला चट्टयाङ्ग पर्ने गर्छ । धनात्मक र ऋणात्मक अवस्थामा रहेका बेला बादलका टुक्राहरू आपसमा घर्षण हुँदा उत्पन्न हुने विद्युत विसर्जनको क्रिया नै चट््याङ भनिन्छ । यो बादलमै हराएर गएमा त्यसले कुनै क्षति गर्दैन । तर पृथ्वीसम्म आयो भने यसले जनधनको क्षति गर्दछ । बढी क्षतिको सम्भावित सूचिमा मानिस, ठूला भवन, विद्युतीय सामान तथा प्रणाली, दुरसञ्चार, रेडियो, टिभीका टावरहरू पर्दछन् । बढि रेडियो र टिभीको टावरमा क्षेति हुने गरेको छ ।
बढ्दो सहरीकरण, औद्योगिकरण तथा निर्माण संरचनामा जोखिमबाट बच्ने प्राविधिक सतर्कता र जनचेतना अभावले चट्याङबाट बढि क्षति हुने गरेको चट्याङलाई जनिकबाट निहाल्दै आएका भारतका प्राध्यापक अरूण कुलश्रेष्ठाको भनाई छ । सेन्टर फर साइन्स एण्ड टेक्नोलोजी अफ द नन एलाइन्ड एण्ड अदर डेभलपिङ कन्ट्रिज नयाँदिल्ली का कार्यकारी निर्देशक श्रेष्ठले दक्षिण पूर्वी एसिया, अफ्रिका र दक्षिण अमेरिकामा चट्याङले बढी नोक्सान गर्ने गरेको बताउछन् ।

दक्षिण पूर्वी एसियामा मात्र प्रति वर्ष पाँचसय बढी मानिसको चट्याङकै कारण ज्यान जाने गरेको बताइएको छ । तर यसको आधिकारिक तथ्याङ्क भने कतै छैन । सन् २००५ मा बंगलादेशका ७३ घटनामा १३३ को मृत्यु र १३७ घाइते भएका थिए । सन् २००३ मा श्रीलङ्कामा ३५ घटनामा ४९ को मृत्यु र १८ घाइते भएका थिए । विश्वभरिमा यो सङ्ख्या हजार बढी नाघ्ने चट्याङ विषयमा विद्यावारिधी गरेका डा. श्रीराम शर्माको अनुमान छ । अहिलेका घट्नाको अनुपातमा यो संख्या निकै बढेको अनुमान गर्न सकिन्छ ।
गएको चैत्र २३ गते राती चट्याङ लागेर सप्तरीमा दुई महिलाको मृत्यु भयो । प्रसबनी –१ का सहवीर रजकको घरमा राति एक्कासि चट्याङ पर्दा उनकी २० वर्षीया श्रीमती बुचीदेवीको मृत्यु भएको थियो । उनी घरको ढोकाबाट पानी परेको हेरिरहेकी बुचीलाई आँगनमा खसेको चट्याङले घाँटीमा लाग्दा तत्कालै अचेत भएकी थिइन् । चट्याङले उनको मृत्यु भए पछि छ महिनाको एकमात्र छोराको विचल्नी भएको छ ।
शम्भुनाथ –६ का मिराहु सरदारकी ५० वर्षीया श्रीमती कुसुमीदेवीको पनि त्यही रात चट्याङ लागेर मृत्यु भयो । सोही दिन उदयपुरको सुन्दरपुर–६ ठेलाचौरका तीनजना बेहोस भए । नजिकैको सिमलको रुखमा परेको चट्याङले स्थानीय शिवनारायण चौधरीको ग्वालीमा बसिरहेका ४५ वर्षीया लङ्कु चौधरी, १७ वर्षीया मनकुमारी चौधरी र १७ वर्षीया अर्चना चौधरी बेहोस भएका थिए ।
हावा, हुरी र पानी परेपछि ग्वालीमा आश्रय लिन पुगेका १० मध्ये बेहोस भएका तीनैजनालाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइएको थियो । त्यही रात झापामा चट््याङका कारण आगलागी हुँदा लाखौँको क्षति भयो । लखनपुर बस्ने नारायण भण्डारीको तीनतले जस्ताको छाना भएको घरमा चट्याङ पर्दा १० लाख बराबरको क्षति भएको दमक प्रहरीको तत्याङ्कमा उल्लेख छ ।
यि गत चैत २३ गते राती भएको पूर्वका प्रतिनीधि घट्नाका उदाहरण मात्र हुन । सोही रात देशभर १५ जनाको चट्याङले मृत्यु भएको समाचार सार्वजनिक भएका थिए । चट्याङले एकै दिन करोडौको क्षति पु¥याएको छ । तर कुनै निकायसँग आधिकारीक तथ्याङ्क भने छैन ।
तर यसबारेमा बच्न जनचेतनाको विकास, ठूला भवन एवम् पूर्वाधारको प्राविधिक आचार संहिता, नीति निर्माण तथा यस सम्बन्धी विषयलाई पाठ्यक्रममा समावेश गरिनु आवश्यक देखिएको छ ।
यो प्रायः आँधिबेहरी वा वर्Èाका समयमा बढी हुने भनिए पनि कहिलेकाही ज्वालामुखी विस्फोटबाट निस्किएको धूलोका कणका कारण पनि हुने गर्छ । यसरी बिजुली चम्कदा त्यसको मुख्य मुस्लो ६० हजार मिटर प्रतिसेकेन्डका दरले दौडन सक्छ र यसको तापक्रम ३० हजार डिग्रि सेन्टिगेरडसम्म पुग्ने विज्ञहरु बताउछन् ।
चट्याङबाट घर तथा अग्ला संरचनालाई जोगाउन त्यस्ता संरचनाको माथिल्लो भागमा तामा वा फलामजस्ता सुचालक वस्तु राखी त्यसमा तामाको तार जोडेर त्यसलाई जमिनको भित्र भागमा रहेको चिसो भागसम्म पुग्ने गरी गाडिन्छ । यसबाट कुनै बखत ती घर वा अग्ला संरचना माथि कुनै त्यस्तो विद्युतीय Ôेत्र बग्न पुगेमा सो तामाको वस्तुबाट तार हुदै ती ऋणात्मक विद्युतीय कणहरु पृथ्वीको सतहको धनात्मक विधुतीय Ôेत्रलाई छिचोल्दै तारका माध्यमबाट सतहभित्रको चिसो ऋणात्मक विद्युुतीय Ôेत्रमा सजिलै पुग्छ र यसले घर तथा ती संरचनालाई कुनै नोक्सान गर्दैन ।
खासगरी दुरसञ्चार, रेडियो, टिभी वा अन्य टावरहरूमा पनि चट्याङ प्रतिरोधात्मक प्रविधि अपनाइन्छ । चट्याङ वा मेघ गर्जन हुँदा अग्लो ठाउँमा पर्ने भएकोले त्यस्तो बेलामा खुल्ला ठाउँमा बस्न हुँदैन । निहुरिने वा सुत्ने र घर वा ओडारमा लुक्नु उतम हुने बैज्ञानिकहरु सुझाव दिने गरेका छन् । गड्याङ्गगुडुङ्गको आवाजसँग विजुली चम्कदा चट्याङ पर्छ । भित्र भाग भन्ने भनाई प्रचलित छ । खुल्ला स्थानमा बढि जोखिम हुने विज्ञहरु बताउछन् ।
दुई वर्ष अघि श्रीलङ्कामा भएको वैज्ञानिक एवम् प्राविधिकहरूको सम्मेलनले खासगरी घर, भवन, टावर निर्माण तथा नागरिक उड्डयन जस्ता विषयमा आचार संहिता बनाउनुपर्ने घोषणा पारित गरेको थियो । घटना भैसकेपछि मात्र प्रतिक्रिया जनाउने हाम्रो नीति रहेको भन्दै यसबाट बच्नका लागि सचेतना, शिक्षा, नीति एवम् नवीनतम प्रविधिहरू अपनाउनुपर्ने विज्ञान तथा प्रविधि मन्त्रालयको सुझाव छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका उपकुलपति प्रा. डा. सुरेन्द्रराज काफ्ले चट्याङबारेमा थोरै काम मात्र भएकोले मानव एवम् भौतिक संरचनालाई सुरक्षित राख्न चट्याङ भौतिक विज्ञानबाट प्राप्त नयाँ प्रविधिको उपयोग गर्न सुझाउछन् ।
भूकम्पलगायतका प्राकृतिक प्रकोप सरह मानेर यसलाई राष्ट्रिय प्राकृतिक प्रकोप न्यूनीकरणका कार्यक्रममा समावेश गरी हरेक देशले कार्यक्रम बनाउनै पर्ने र सतर्कता एवम् निर्माणसम्बन्धी आचार संहिता पालना गर्नुपर्ने विज्ञहरूको सुझाव छ । चट्याङ विशेषत मनसुनको अघि र पछि बढी पर्ने गर्छ । तर जापानमा भने हिउँदमा पनि पर्छ । साईबेरियाबाट बहने चिसो र भूमध्यरेखाबाट आउने तातो हावाका कारण युरोपका देशहरूमा चट्याङ पर्ने गर्छ ।
हाल त्रिभुवन विश्वविद्यालयबाट विज्ञान विषयमा स्नातकोत्तर सरेन्द्र भट्टले नेपालमा चट्याङ पर्ने प्रवृत्ति र राजु घिमिरेले जलवायु परिवर्तनको सन्दर्भमा तापक्रमले चट्याङ पर्ने प्रभावका विषयमा अध्ययन गरिरहेको बताइनछ । नेपालको हिमाल, पहाडको दाँजोमा क्रमशः तराईमा बढी चट्याङ पर्छ । त्यसमा पनि भारतीय सीमानाको झापामा बढी पर्छ । भदौ, असोज, कात्तिकमा बढी पर्छ र सबभन्दा कम मंसीर र पुसमा पर्छ, दिउँसो भन्दा राती बढी पछ । चैत बैशाखको सुख्खा सिजनमा पानी पर्दा पनि चट्टयाङ्ग बढि पर्ने गर्छ ।
विश्वयापीरूपमा तापक्रम बढ्दा बादल पनि बढेको र त्यसले चट्याङ पनि बढने गरेका ेपाईन्छ । तापक्रम एक डिग्री बढ्दा दसदेखि शतप्रतिशतसम्म पनि चट्याङ बढ्न सक्छ, चट्याङ बढ्दा तापक्रम पनि बढ्ने बताईन्छ । २०१० को डिसेम्बरको एकै दिनमा नेपालमा ६३० वटासम्म (सबैभन्दा बढी) चट्याङ परेको रेकर्ड भएको छ ।
चट्याङका कारण मुलुकमा सालन्ने जनधनको क्षति बेहोरी रहनु परेको छ । यस्तो प्राकृतिक प्रकोपलाई अन्य प्रकोप, बाढि पहिरो,भूकम्प, भूक्षय जस्तै उच्च प्राथामिकतामा राखेर चट्टयाङबाट बच्न र न्यनिकरण गर्न व्यापक जन चेतना अपनाउनु जरुरी भएको छ । डरलाग्दो प्राकृतिक विपत्ति चट्टयाङबारे राज्य तथा सरोकारवालाहरुले अझै पनि नसोच्ने हो भने सालन्ने सयौ व्यपक्तहरुले ज्यान गुमाउने छन् भने करोडौको सम्पत्तिको नष्ठ हुने छ ।

चट्याङबाट बच्न सावधानी

थन्डरस्ट्रोम प्रक्रियाद्वारा बिजुली चम्किने, चट्याङ पर्ने, गर्जन हुने, वर्Èा, हुरी वा आँधीबेहेरी आउदा ठूलो प्रकोप वेहोर्नु पर्ने हुन्छ । सबै क्षेत्रबाट वेवास्ता गरिए पछि चट्याङ सबैभन्दा बढी भयानक प्रकोप हो । पछिल्ला क्षेतिले पनि यसको प्रमाणित गरेको छ । चट्याङ पर्दा पृथ्वीमा आउने ताप र विद्युत ऊर्जा निकै छोटो समयसम्म मात्र भए पनि ठूलो परिमाणको ऊर्जा हुने भएकाले यो प्रलयकारी हुने गर्छ । चट्याङबाट मानिस एवं जीवजन्तुको मृत्यु हुनुका साथै हरिया रुखहरु मर्छन । भौतिक संरचनाहरुमा चट्याङ परे आगलागी हुन्छ । विद्युुत्, टेलिफोन आदि पोल तथा स्टेसनसमेत चट्याङको बढी जोखिममा परेका छन् । चट्याङबाट बच्न निम्न सावधानी अपनाउनु उपयुक्त हुन्छ ।
१. गड्याङगुडुङसहित पानी परेको वा गजिर्एको बेला घरबाहिर निस्कनु हुदैन ।
२. ठूला रुख, बिजुलीका तार, पोल तथा ट्रान्समिटरको तल बस्नु हुदैन ।
३. बिजुलीको राम्रोसँग अर्थिङ गर्नु पर्छ ।
४. भवन तथा अरु अग्ला संरचनामा चट्याङ पर्न नदिन त्यस्ता संरचनाको सबैभन्दा माथिल्लो भागमा धातुजन्य एन्टेना राखी त्यसमा तार जोडेर जमिनमा लगेर गाड्नुपर्छ ।
५. चट्याङ पर्दा वा आकाश गर्जदा डराउने, आत्तिने काम नगरी केही विपत्ति आइहाले कसरी जोगिने भन्ने विÈयमा पूर्वतयारी गर्नुपर्छ ।
६. बिजुली चम्र्कदा वा आकाश गर्जदा कुनै पनि बेला चट्याङ पर्नसक्छ भनेर सचेतना अपनाउनु पर्छ ।
(नयाँ पत्रिका दैनिकमा प्रकासित लेख)