Social Icons

फूललाई भेट्न काँडाको बाटो


  • देबेन्द्र कार्की
‘यो भविष्यवाणी गर्दछु, एकदिन झमक भेट्न विश्वसाहित्य नेपाल आउनेछ ।’ –प्राडा गोविन्दराज भट्टराई
झमक घिमिरे जीवन पढिने ‘जीवन काँडा की फूल’ पुस्तकलाई वरिष्ठ समालोचक प्राडा गोविन्दराज भट्टराईले निकै समय खर्चेर पढेरे । पढि सके पछिको उनको निश्कर्ष यो निश्कियो । त्यो उनलको पुस्कको भूमिकामा प्राडा भट्राईले उल्लेख गरेका छन् । अन्तर्रािष्ट्रय भाÈा, साहित्यका ज्ञाता प्राडा भट्टराईले भने झै जीवन काडा की फूल’ ले धेरैलाई झमकको बासस्थान र उनको चेहेरा निहाल्न तानि सकेको छ । प्राडा भट्टराईले भने झै विश्व साहित्य मात्र होईन नेपालमा रहेका केही गरौ भन्ने सोच भएकाहरु व्यक्तिहरु, उनी जस्तै अपाङ्गता भएका व्यक्तिहरु उनको महान कार्यको प्रसंसा गर्न चुकेका छैनन् । उनीहरुको गर्वले ढक्क छाती फुलेको छ ।
खुट्टाले लेखेर मदन पुरस्कार पाउनु चानचुने कुरा होईन । शारिरिक रुपमा अपाङ्ग झमकले विश्व साहित्यलाई चकित बनाएकि छन् । पछिल्लो पटक प्रकासित उनको आत्मवृतान्त ‘जीवन काडा की फूल’ कृतिले मदन पुरस्कार पाए पछि झन उनको चर्चा र उनलाई भेट्ने बढेका छन् । ८ औ संस्करणसम्म प्रकासित भएको छ । अपाङ्ग भएर पनि यस्तो कृति लेख्न सक्ने व्यक्तिलाई टिभीमा देखेका पश्चिम कैलालीका यम वराइली उनलाई बधाई दिन उनको घरमै पुगे ।
वैशाख पहिलो साता पूर्वका अपाङ्गता सम्बन्धि संस्थाहरुका पदाधिकारी सहित पुगेर उनलाई बधाई दिदै अपाङ्गता भएका व्यक्तिको विषयमा कमल चलाउन अझ प्रोत्साहन गरे ।
‘झमक घिमिरेले मदन पुरस्कार दिएको टिभीमा देखे । मेरा हर्षले आँशु झरे ।’–एउटा खुट्टा मात्र भएका ३१ बर्षिय वराईलीले एउटा भेटमा भने–‘त्यही दिनदेखि मैले झमक को घरमा पुगेर भेट्ने मनस्थिति बनाएको, बल्ल पुरा भयो ।’ एउटा मात्र खुट्टा भएर पनि साईकिलिङमा राम्रो दख्ल राख्ने वराईली आफूजस्तै अपाङ्गता भएका साथीहरुको सहयोगमा झमकको घरमा पुगेका थिए । झमकलाई भेटेर उनको खुशीको सिमा थिएन । उनीसँग बसेर फोटो खिचाए । झमकलाई अङगालो हालेर भने दिदी तपाईको पुस्तक मैले अझै पढ्न त पाएको छैन् तर पुस्तकको बारेमा पत्रपत्रिकामा पढेर रुने एक्लो पुरुष मै हुन सक्छु ।’ वराईलीको कुरा सुनेर झमक मुस्क्राईन र लेखिन–‘पुरुषले रुन सुहाउदैन । जीवन यस्तै हो ।’
वराईलीले झमकलाई भेटेको खवर उनकी आमालाई फोन गरेर सुनाए । नपत्याउने डरले उनले झमककी आमालाई समेत गफ गर्न दिए । जीवनका सबै भन्दा रमाईलो र खुशीको क्षण झमकलाई भेट्दा लागेको उनले सुनाए । उनी एउटामात्र खुट्टाको सहाराले साईकलबाट नेपाल भ्रमणसमेत गरि सकेका छन् ।
वराईली झमकलाई भेट्नै पूर्व आएका थिए । उनीसँगै पूर्वाञ्चल अपाङ्ग तथा असहाय वृद्धा सेवा केन्द्र तराहराकी अध्यक्ष तृत्ता मगर, नेपाल चेलीवेटी महिला समाजकी अध्यक्ष दीपकला राई, मनोक्रान्ति अपाङ्ग तथा असहाय बाल विकास केन्द्रका अध्यक्ष सरोज कार्की, अपङगताबारे नमस्ते एफएममा कार्यक्रम प्रस्तुता रमेश पोखरेललगायतको टोली झमकको घरमा पुगेको थियो ।राई, मगर, पोखरेल तीनै जना अपाङ्गता भएका व्यक्ति हुन । अपाङ्ग भएर पनि अमाङग सरह नेपाली सहित्यमा योगदान दिने झमकलाई अझ प्रोत्सहान र हौसाला दिन उनीहरु धनकुटाको कुरुले(झमक निवास) मा पुगेका थिए । सबैले झमकलाई ल्याएको उपहार प्रदान गरे । एक घण्टासम्म धित मरुञ्जेल झमकसँग वार्तालाभ गरे ।
‘झमक एक्ली छैनन्, साथमा हामी छौ, पाठक छन्, राष्ट्र छ ।’– झमकलाई उपहार प्रदान गदै मनोक्रान्तिका सरोज कार्कीले भने–‘पूरुषलाई पनि रुवाउने पुस्तक लेख्नु भयो अव सबैलाई हसाउने पुस्कत बढेन पाइयोस ।’ विश्व सामु आङ्खनो पहिचान बनाउन अप्ठ्यारा खुड्किलाहरुमा हामीजस्ता लाखौ साहित्य प्रेमीको सहयोगका ेप्रतिबद्धता पनि उनीहरुले झमकलाइ ृछाडे । अपांग भएर पनि संघर्È गर्दै शब्दहरुको बैशाखीको सहाराले जीवन बाचिरहन उनीहरुले प्रार्थना गरे । कापीमा लेखेर आफ्ना विचार पोख्ने झमकले अपाङ्गता भएका व्यक्ति प्रकृति, राज्य, परिवार र समाजबाटै उपेक्षित भएकोमा गुनासो गरिन । उनले भनिन–‘अपाङ्गता भएका व्यक्ति प्रकृति, समाजको सोच र राज्यबाट पीडित छन् । यो पीडाबाट छुट्कारा पाउने अव अर्को विद्रोहको विकल्प छैन ।’ खरो स्वाभावकी झमक अपाङ्गता भएका व्यक्तिहरुलाई राज्य र समाजले उपेक्षा गरेकाले मुक्तिका लागि सबै एक जुट भएर विद्रोहमा आउनु पर्ने बताईन ।
झमकले नेपाली साहित्यमा दिएको योगदानको खातिर सुदुरपश्चिमबाट एउटा खुट्टाको भरमा यम वराईली आए । अपाङ्गता भएको व्यक्तिबाट भएको यस्तो कार्य सबै अपाङगता व्यक्तिहरुका लागि गर्वको कुरा पनि हो । त्यही भएर उनीहरु भीरमा रहेको झमकको घर पुग्न बारीका काल्ला समाउदै उक्लिए । झमकको घरमा पुगेर उनले भनेको बचन र उनको पुस्तकबाट धेरै अपाङ्गता भएका व्यक्तिहरुलाई प्रेरणा मिलेको छ । यम, तृप्ता, दीपा, रमेशहरुले अर्थपूर्ण जीवन जीउने प्रेरणा पाएका छन् ।
अन्त्यमा झमककाबारेमा वरिष्ठ भाÈाविज्ञ डा. बालकृष्ण पोखरेलले व्यक्ति गरेका यि शव्दहरु् —
झमक छैन तयार अपाङगको ।
लिन यहा“पदको उपहार ता ।।
गरिबवाद विरुद्ध विचार यो ।
कति अहो उनको छ महानता ।।
झमक सान मनुष्य समाजकी ।
मक गायन रे मुटुभाझकी ।।
झमक वीर अदम्य विचारकी ।
झमकको गर आदरआरती ।।