Social Icons

फेसबुक: सहयोग जुटाउने माध्यम

  •  देबेन्द्र कार्की
 धरान / यही May महिनादेखि २८ बर्षमा हिड्दै गरेका अमेरीकी नागरिक मार्क जुकवर्गले िश्वभरको मानिसका लागि एउटा चौतारा निर्माण गरि दिए । विश्व भरका दशौ लाख मानिसहरु चौतारामा रमाई रहेका छन् । ‘फेसबुक’ नामको चौतारा ज्ञान, सूचना आदनप्रदानसँगै मनोरञ्जनको साधनमात्र होईन, परोपकार र सहयोग जुटाउने माध्यम पनि बनेको छ । पछिल्लो पटक युवा पुस्ताहरुले गरेको दुरुपयोगको पाटोलाई विर्सिने हो भने फेसबुक असहाय विपन्नहरुको लागि सहयोग जुटाउने चौतारा पनि हो । यसले मान्छेलाई आपत विपतमा परेकालाई गतिलो चौतारा भएको छ । 
धरानकी होमकुमारी लिम्बुले धरान–१७ विपि मार्ग बस्ने एक पक्षघात पिडित दौतेरी साथी लाई ठूलो रासीको रकम यही चौताराबाट जुटाएकिछन् । धरानको डिपो उच्च माविमा २०४५ सालको व्याचसंगै एसएलसी दिएका पुराना साथीहरुले ४० बर्षीया निर्मला तामाङ्का लागि आर्थिक अवस्था र पक्षघातले कम्वरदेखि उधो नचल्ने शरिरको उपचार गर्न नगद २ लाख ७५ हजार उपलब्द गराएका छन ।
होमकुमारीको पहलमा उनकी बहिनी विष्णुसहित विदेशमा रहेका १८ साथीहरुले व्यक्तिगतरुपमा रकम संकलन गरेर पीडामा परेकी निर्मलालाई सहयोग गरेका छन् । शारिरिक अपाङ्तासंगै माइतीमा बसेर आमा वावुको भरोसामा रहेकी निर्मलालाई २० बर्षको अन्तरालमा साथी होमकुमारीले तीन महिना अघि भेटेकी हुन । स्कुले जीवनमा हासी खुशी रमाईलो गरेर दिन विताउने साथी हवील चियरमा देखे पछि उनको मन कुडियो । विगत सम्झिन । ‘गाँस छाड्नु तर साथ नछाडेनु’ भन्ने उखान पनि सम्झिन । त्यही भेटमा उनले साथीको लागि केही गर्छु भन्ने सङ्कल्प लिएर बाहिरिईन ।
घरमा पुगेर उनले सन् १९८९ सालमा डिपोटबाट एसएलसी दिने विद्यलार्थीहरुको फेसबुक depot 1989 studesnt  समुहमा उनको दहनिय अवस्था झल्काउने शव्द सहित पीडामा परेकी निर्मलाको तस्वीर अफलोड गरिन । त्यो तस्विर र उनको विषयमा लेखेका शव्दको प्रभावले विदेशमा रहेका उनका व्याचका साथीहरुले सहयोग गर्न इच्छाए । निर्मलाको अपाङ्गता देखेर अस्ट्रेलियामा रहेका मोहन तामाङ र निमा तामाङ्गले सहयोग गर्न इच्छाए । एका दुईसँगको कुरा सर्वत्र फैलियो । ३ महिनाको अवधीमा १८ जना दानवीरहरु जम्मा भए । होमकुमारीले सहयोगिहरुसँग निरन्तर सम्र्पकमा रहिरहिन । नभन्दै १८ जनाबाट २ लाख ७५ हजार संकलन गर्न उनी सफल भईन । यो महान कार्यमा उनकी बहिनी विष्णु लिम्बुले पनि खुव सहयोग गरिन ।
एघार बर्ष अघि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रिया गरेर छोरा जन्माएको करिव एक महिना पछि पक्षघात पिडित भएकी थिइन् । पक्षघात पिडित बनेपछि उनी अपाङ्ग जीवन विताउदै छिन् । उनको श्रीमान हाल आसाम तिर छन् । छोरालाई पनि उतै पढाउदै आएका छन् ।
‘एउटै कक्षामा अध्ययन गरेका साथीहरु मध्ये तामाङ पक्षघात पिडित भएको देखे पछि मनमा नरमाईलो लाग्यो ।’–विष्णुले भनिन–‘केही सहयोग गरौ भनेर फेसबुकबाट अभियान चलाएको हो ।’
सिंगापुर, बेलायत, हङकङ,र अष्ट्रेलिया पुगेका पुराना छुटेका विर्सिएका साथीहरुबाट सकारात्मक विचारसंगै सहयोग राशी जुटेको पहलकर्ता होमकुमारी लिम्बुले बताइन् । उनले भनिन्, ‘निर्मलासंग ०४५ साल पछि भेट हुन सकेको थिएन । एक दिन कुनै साथीबाट उनी विरामी भएको र पक्षघात पिडित भएको सुने । अनि हेर्न आउदा संगै बसेर मोवाइलमा खिचेको फोटो फेसवुकमा लगाएं । त्यो फोटो अष्ट्रेलिया पुगेका हाम्रै व्याचका साथीहरु निमा र मोहन तामाङ दाजुभाइले हेरेपछि उनीहरुको अवधारण अनुसार आर्थिक संकलन सुरु भएको हो ।’
आर्थिक सहयोग पाएकी निर्मलाले भनिन्, ‘मैले कल्पना सम्म नगरेको तर अचानक पुराना साथीहरुले आर्थिक सहयोग गरेर आफ्नो उपचार गर्ने सपना पुरा गरिदिए ।’ होमकुमारी लिम्बुले नगद १० हजार सहयोग गरिन् । साथीलाई सहयोग गर्न १० हजार दिएकी निसुङ हेयर एण्ड व्यूटी पार्लर संचालिका विष्णुले भनिन्, ‘सुखमा मात्र होइन दुखमा पनि साथीलाई साथ दिन पर्छ भनेर उनको उपचारका लागि फेसवुक मार्फत आर्थिक संकलन गरेका हौं ।’
निर्मलाको उपचार र आर्थिक स्तर उकास्नको लागि अष्ट्रेलिया बस्दै आएका निमाले ४० हजार, उनका दाई मोहनले २० हजार, बेलायत बसेका साथीहरु उमा गुरुङ, लालबहादुर कार्की, सुवास्ना लिम्बु, रिता लिम्बु, मनिकुमार राईले जनही १२ हजार रुपैया, , विमजता राई, साक्षी लिम्बू, तारावहादुर गुरुङ, अम्बिका राई, पंचकला राईले जनही १३ हजार रुपैया, सिंगापुर बस्ने मिना राईले २० हजार रुपैया, हङकङ बस्ने बिमला राईले २० हजार, कोरिया बस्ने डम्बर लिम्बुले २५ हजार रुपैया नगद सहयोग गरेका छन् ।
निर्मलाको कम्मरदेखिमुनिको भाग चल्दैन । उनी ह्वील चियरका ेसाहारामा घर विाहिर भित्र मात्र गर्न सक्छिन । ‘सँगै पढ्ने साथीहरुले यस्तो उपकार गर्लान भन्ने सोचेकी थिईन ।’–उनले नयाँ पत्रिकासँग भनिन–‘होमकुमारीको अभियानले मेरो ठूलो उद्धार भएको छ ।’
लामो समयदेखि बोन म्यारो रोगबाट पीडित धरान–८ का ८ बर्षीय बालक दिपेस भूजेलको पनि फेसबुकबाट सहयोग जुटेको छ । डिल्ली भूजेलको छोरालाई उपचार गर्न आर्थिक संकट परे पछि धरानले एक युवाले आफुले चलाउदै गरेको फेसबुक पेज ‘वी धराने’ समुहमा उनको बारेमा तस्विर सहित वालमा राखि दिए । सुनिल राईले अपलोड गरेको त्यो तस्विर धरानबाट दुवईमा गएर कार्यरत धरानेहरुले हेरे । धरान दुवई हेल्पीङ हेण्डस्सँग आवद्ध धरानेहरुले बालकलाई सहयोग गर्ने योजना बनाए । नियमित हप्ताको ५ रियल जम्मा गरेर गत महिना एक लाख ५८ हजार ४ सय ३४ रुपैयाको चेक पीडितका बाबु डिल्ली भूजेललाई चेक हस्तान्तरण गरे । भरतपुर क्यान्सर अस्पतालमा उनका ेउपचार भर्य रहेको छ ।
‘भविष्यमा धरान बनाउने एउटा बालक मृत्यु पर्खिरहेको खवरले हामीलाई आहत बनायो । –‘संस्थाका सल्लाहाकार गुणराज आचार्यले भने –‘धराने भएको नाताले केही किन सहयोग नगर्ने भनेर हामी साथीहरुसँग सल्लाहा गरेर सहयोग जुटायौ ।’

निर्मला र दिपेसले फेसबुकको चौतारीबाट आसथृक सहयोग पाए । उनीह रुले नयाँ जीवन पनि पाएका छन् । यो फेसबुक प्रयोगको सकरात्मक पक्ष हो । ‘जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको विड’ भन्ने उखान यसमा पनि लागु हुन्छ । सकरात्मक सोच हुनेहरुले चौतारालाई खुर्पाको विड बनाएका छन् । जसले छोटो बुद्धिले फेसबुकलाई मिसयुज गरिरहेका छन उनीहरुका लागि यो चौतारा खुर्पाको विड हो । असहाय, विपन्नका लागि अभियान संचालन गर्ने चौतारा निर्माता अनि समस्यामा परेका निर्मला र दिपेसहरुलाई सहयोग गर्ने सहयोगी, दानवीहरु धन्यवातका पात्र हुन । सबैले फेसबुकलाई होमकुमारी र ‘वी धरान’ ले जस्तै सकरात्मक कामका लागि प्रयोग गर्ने की ?