Social Icons

गाउँसँगै शहर जोड्दै


  • देवेन्द्र कार्की

सूर्यमाया राई अहिले १३ वर्षकी भइन् । उनी कक्षा ८ मा अध्ययनरत् छिन् । उनको घर धरानको छिमेकी गाविस पाचँकन्यास्थित देवी गाउँमा छ । उनले शहरमा बस्ने विद्यार्थीजस्तै पढाइलाई मात्र प्रमुख कर्म बनाएर बस्न पाएकी छैन्न । विद्यालय जानुअघि उनले दैनिक एउटा कर्म गर्नु अनिवार्य नै रहेछ । करेसाबारीमा उत्पादन भएका साग, तरकारी, फलपूmल धरानमा लगेर बिक्री गर्नु उनको दैनिकी हो । बिहान ५ झिसमिसेमा आँखा मिच्दै डोकोभरि साग–तरकारी बोकेर शहर लाग्छिन् । खल्तीमा पैसाको मुठा कसेर उनको रित्तो डोकोमा भने एउटा पत्रिका टुट्दैन । शुक्रबार त एउटा दैनिकसँगै साप्ताहिक पनि थपिँदो रहेछ । तरकारी बेचेर घर फर्केपछि उनी पत्रिका पढ्दो रहेछिन् । बँचेको समयमा गृहकार्य गरेर उनी विद्यालय जान्छिन । गत जेठ महिना हो । धरानमा फोटो पत्रकारिताको तालिम चल्दै थियो । तालिमको अन्त्यमा फोटो खिच्ने सीप कत्तिको विकास भयो भनेर परीक्षणका लागि नेपालका नाम चलेका फोटो पत्रकार जीतेन्द्र बज्राचार्य, नेपाल वातावरण पत्रकार समूहका सहजमान श्रेष्ठ, सञ्चारविज्ञ विधु कायस्थलगायत् सुनसरी र मोरङका फोटो पत्रकारहरुको टोली देवी गाउँ पुगेको थियो । त्यही बेला सूर्यमायासँग मेरो भेट भएको थियो । उनले कुराकुरैमा विधु कायस्थसँग आप्mनो पत्रिकामोह दर्शाइन् । विश्वास नहोला भनेर बिहान साग बेचेर खाली भएको डोकोबाट ब्लाष्ट दैनिक निकालेर देखाउँदै भनिन्, ‘घर फर्कंदा जहिले पनि ब्लाष्ट नपाए अन्य दैनिक पत्रिका लिएर फर्कन्छु । ब्लाष्टमा भएका स्वास्थ्यसम्बन्धी जानकारी तथा ज्ञानबद्र्धक कुराहरु पढ्ने गर्छु ।’
ब्लाष्टको अघिल्लो वार्षिक विशेषाङ्कमा खाँदबारी–१ की ६७ वर्षीया सुशीला गुरुङबारे लेखिएको फिचर ब्लाष्ट पढ्दै गरेको उनको तस्विरसहित छापिएको थियो । त्यो फिचर पत्रकार छेटु शेर्पाले लेखेका थिए । यस बेला त सडक बिग्रिएकोले पत्रिका जान सकेको छैन । हिउँदमा भने खाँदबारीमा पत्रिका जाने गरेको छ । बुढेसकालमा साक्षर बनेकी सुशीलालाई पत्रिका पढ्ने लतले छाडेको छैन । उनी अभैm पावरवाल चस्मा लगाएर ब्लाष्ट लगायत् जिल्लामा उपलब्ध हुने पत्रिका धित मरुञ्जेल पढ्ने गर्छिन् ।
हिजो मात्रै ब्लाष्टको १७ औँ वार्षिक विशेषाङ्कमा धनकुटा–७ हुलाक टोलका शारिरीकरुपमा असक्त पूर्णप्रसाद गुरागाईंले ब्लाष्टलाई सफलताको शुभकामना दिए । उनी पनि पत्रपत्रिका कम पाइने दुर्गम ठाउँमा बसेर नियमित पत्रिका पढ्ने व्यक्ति हुन् । ‘१० वर्षदेखि नियमित ब्लाष्ट पढ्दै आएको छु’, गुरागाईंले आप्mनो शुभकामना सन्देशमा भनेका छन्, ‘दरिलो व्यवस्थापनसँगै सत्य–तथ्य समाचार निर्धक्कसाथ सम्प्रेषण गर्नु नै ब्लाष्टको लोकप्रियता उकालो लाग्नु हो ।’
देवी गाउँकी सूर्यमाया, खाँदबारीकी सुशीला र हुलाक टोलका पूर्णप्रसाद गाउँका बासिन्दा हुन् । उनीहरुमा पत्रपत्रिका पढ्ने मोह हुनुले गाउँमा सञ्चार अत्यावश्यक भएको प्रष्ट्याउँछ । उनीहरुको निरन्तरताले ग्रामीण भेगमा पनि सञ्चारको पहुँच पुग्दै गरेको आभास हामीले गर्नैपर्ने हुन्छ । गाउँका निमुखा श्रमजीवी जनताको विषयमा पनि राजधानीबाट निस्किने ठूला भनिएका मिडियाहरुले पनि ‘मिसन गाउँ’ बनाउने हो भने हरेक गाउँका व्यक्तिहरुको रित्तो डोकोमा पत्रिका पर्नेछ तर यो कर्म गर्न राजधानीका ठूला मिडियाहरुलाई अभैm चुनौती छ । उनीहरुको सञ्चार वा पत्रपत्रिका मोह बुझ्न नसक्नु नै एउटा चुनौती हो ।
माथिका तीन प्रतिनिधि पात्र ब्लाष्टका नियमित पाठक हुन् । उनीहरुजस्तै गाउँका धेरै व्यक्तिहरुले ब्लाष्ट पढिदिएर ब्लाष्टको साख जीवन्त राखेका छन् । ब्लाष्टले १७ वर्षमा टेकेको अवसरमा कुनै कार्यक्रम गरे सलाम गर्न नसक्नु दुःखको कुरा हो तर जो दिनभरि काम गरेर बटुलेको पैसाले खाने मेसो मिलाउने अनि त्यसैबाट ३ रुपैयाँ उबारेर ब्लाष्ट पढ्नेहरुको जमात् निकै ठूलो छ । यस क्षेत्रको ग्रामीण भेगमा सञ्चारको पहुँच पु¥याउन ब्लाष्टले नै भूमिका निर्वाह गरेको छ । गाउँ–गाउँ र बस्ती–बस्तीका जनताको हातमा अहिले ब्लाष्ट छ । गाउँमा पत्रपत्रिका पढ्न प्रोत्साहित गर्ने पनि ब्लाष्ट नै हो ।
जनयुद्धको समयमा माओवादीले गाउँमा गरेको राम्रो कामको समाचार लेख्ने निडर पत्रिका ब्लाष्टमात्र भएको त्यो समय पूर्वी पहाडी जिल्लामा स्वास्थ्य उपचारमा खटिएका स्वास्थ्यकर्मी मोहम्मद स्माइलले कुनै बेला शहरमा बखान गरेका थिए । भोजपुर, सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङलगायत् जिल्लाका विकट गाउँका मान्छे त्यति बेला ब्लाष्ट सिरानी लगाएर सुत्ने गर्थे । जोसँग ब्लाष्ट थियो, ऊ सेना र माओवादीबाट सुरक्षित हुने गरेको यथार्थ स्माइलले पछि सुनाएका थिए । ब्लाष्ट गाउँका मान्छेले रुचाएको पनि त्यही माओवादी ‘जनयुद्ध’ का सत्य–तथ्य समाचार निडरताका साथ सम्प्रेषण गरेर भएको भन्ने यति बेलाका माओवादी नेताहरुले पनि स्वीकार गरिसकेका छन् ।
सूर्यमाया, सुशीलाहरुले ब्लाष्ट पढ्न चुकेका छैनन् । क्षेत्रीय मिडियाको रुपमा गाउँघरमा ब्लाष्टको निकै चर्चा छ । उनीहरुका रित्ता डोका ब्लाष्टले भरिएका छन् । अब यसलाई बालुवाटारमा बस्ने प्रधानमन्त्री र सिंहदरबार छिरेका सभासद्हरुको कोटको खल्तीमा पु¥याउन बाँकी छ । उनीहरुले सायद ब्लाष्टको नाम सुनेका छैनन् । गाउँबाट ‘विकास चाहियो’ भन्दै हारगुहार गर्न जाने आफन्तहरुले एकादुई उनीहरुका हातमा थमाएका होलान् तर गाउँ समेटिएको ब्लाष्ट पढ्ने फुर्सद् मिलाउन सकेका छैनन् । अब ब्लाष्टले शहरका सुकिला मुकिलाहरुलाई ‘गाउँका कुरा पढ’ भन्ने वातावरण मिलाउन बाँकी छ अनि ब्लाष्टमा गाउँका पीडा समेटिए कि समेटिएनन्, मूल्याङ्कन भने दैनिक गर्न जरुरी भएको छ । आपूm सँच्चिएर शहरियाहरुमाझ ब्लाष्टलाई पु¥याउन राजधानीबाट पनि ब्लाष्टिङ गर्नुपर्ने समय आएको छ । यसका लागि पक्कै पनि व्यवस्थापन पक्षले अभ्यास गरिहेकै होला । आशा गरौं, अब ब्लाष्ट शहरका सुकिलामुकिलाको कोटको गोजीमा पुग्ने दिन त्यति टाढा छैन । १६ वर्षे यात्रामा ब्लाष्ट गाउँबस्तीहरुमा रुमल्लियो, अबको यात्रा र मोर्चाबन्दी गाउँसँगै राजधानी केन्द्रित हुनेछ ।
Published on 2068/06/03 in Blast Times daily