Social Icons

‘धरानलाई दोस्रो हङकङ बनाउने सोचमा छु’


प्रदीप थापाहङकङ नेपाली महासंघ

धरानमा हुर्के–बढेका प्रदीप थापा १४ वर्षदेखि हङकङमा बसेर नेपाल र नेपालीका लागि सक्रिय छन् । हङकङमा रहेर पनि विशेष गरी धरानलाई समृद्ध बनाउने अभियानमा लागेका थापाले धरान–हङकङ मञ्चको नेतृत्व हुदै १७ महिनायता हङकङ नेपाली महासंघको नेतृत्व सम्हालिरहेका छन् । उनले त्यहा“ बसेर पनि नेपालीहरुको हकहितका लागि काम गरिरहेका छन् । धरानको विकास र समृद्धिका लागि सरोकारवालाहरुस“ग छलफल गर्न धरान आएका बेला थापास“ग गरिएको कुराकानीको सम्पादित अंशः
  • अहिले धरानबाहिर हुनुहुन्छ, धरानमा हु“दा धरानका लागि के गर्नुभयो ? 

–म सितोरियो कराँते खेलाडी हुँ । खेल पृष्ठभूमिबाट आएको मान्छे भएकोले खेलबाट धरानलाई चिनाउनुपर्छ भन्ने हिसाबले धरानमा रहँदा खेल गतिविधिमा संलग्न भइरहेँ । मलाई आईडी कार्डले हङकङ तान्यो । हङकङमा रहेर पनि धरानलाई समृद्ध सहर बनाउन चिन्तनमनन भइरहन्छ । विभिन्न सामाजिक संस्थाहरुमा आबद्ध भएर नेपाल र विशेष गरेर धरानका लागि सहयोग पु¥याइरहेको छु । 


  • हङकङ कहिले जानुभयो ? अहिले धरानका लागि के गर्दै हुनुहुन्छ ? 

–म सन् १९९७ मा हङकङ पुगेको हँु । १९९८ मा धरान–हङकङ मञ्च स्थापना भयो । दोस्रो कार्यकालमा सदस्यको रुपमा संस्थामा प्रवेश गरेँ । त्यस बेला हङकङमा बस्ने नेपालीहरुको साथ–सहयोगमा धरानको घण्टाघर निर्माण गर्न ५६ लाख जुटायौँ । त्यस बेला धरानलाई चिनाउन घण्टाघरको लोगो हालेर ५ सय टिसर्ट बनाएर प्रचार गरियो । धरानको पहिचान गराउन चीनबाट मगाएर धरान अङ्कित १ हजार झोलाहरु वितरण गरियो । त्यहाँको कहुन पार्कमा धरानको नाममा करिब २४ फिट चौडाइ र १४ फिट उँचाइको विशाल ब्यानर बनाएर कार्यक्रम गरियो । गत २०१० मा हामीले धरानलाई चिनाउन धराने मेला आयोजना ग¥यौं । १७ महिनाअघि हङकङ नेपाली महासंघको नेतृत्व सम्हाल्ने अफर आयो । सबैले मेरै नेतृत्व चाहिन्छ भनेपछि महासंघको निर्वाचनमा उठेर अध्यक्ष पदमा विजयी पनि भइयो । महासंघमा म आएपछि हङकङमा रहेका संघ–संस्थालाई समेटेर एक भई नेपाल र नेपालीका लागि केही योगदान गर्नुपर्छ भन्ने अभियानमा सरिक गराउँदै आएको छु । हङकङमा रहेका केही संघ–संस्था महासंघबाट बाहिरिएका थिए । ती संस्थाबीच एकता गरिएको छ । हङकङमा रहेका साहित्यकारहरुलाई प्रमोट गर्न साहित्यिक कार्यक्रम पनि गरिरहेका छौ । यसले नेपाली साहित्य डायास्पोरामा पनि मौलाइरहेको छ भन्ने सन्देश दिएको छ ।हङकङमा कुनै पनि संघ–संस्थाले गर्ने कार्यक्रममा सपोर्ट गर्दै आएका छौं । महासंघले त्यहाँको सरकारसँग पनि सहकार्य गरिरहेको छ । महासंघको छुट्टै भवन नभएकोले यति बेला भवन निर्माणमा जुटिरहेका छौं । हङकङमा ६० हजारभन्दा बढी जातीय संघ–संगठनहरु छन् । उनीहरुसँग सहकार्य गरेर हङकङमा वीर गोर्खालीहरुको क्लब बनाउन लागेका छौं । सबै देशको क्लब छ, नेपालीहरुको छैन । क्लब निर्माणपछि नेपालीहरुलाई हरेक कार्यक्रम गर्न सजिलो हुनेछ । ४÷५ लाख हङकङ डलर संकलन भइसकेको छ ।
  • धरानका लागि के गर्ने योजना बनाइरहनुभएको छ ?

–म धरानको बासिन्दा भएकोले मैले धरानका लागि नै धेरै सोँचिरहेको हुन्छु । नेपालमा हुने खेलकुदलाई प्रमोट गर्न महासंघको तर्पmबाट कप र मेडलको व्यवस्था गर्दै आएका छौं । धरानबाट हङकङ जाने बुद्धिजीवीहरुको भिसालगायत्का समस्या समाधान गर्न मद्दत गर्छौं । धरानको विकास–निर्माणमा सकारात्मक सोँच भएका व्यक्तिहरुलाई हङकङ घुमाउन र त्यहाँका प्रविधि÷विकास धरान भित्र्याउन सहयोग गरिरहेको छु । धरानलाई दोस्रो हङकङ बनाउने मेरो सोँच छ । सबैसँग सहकार्य गरेर समृद्ध धरान बनाउने योजना बनाएको छु । बडी बिल्डिङसम्बद्ध धरानेहरुसँग छलफल गरियो । मार्च महिनामा पूर्वाञ्चलभरिका बडी बिल्डरहरुको वृहत् भेला गर्ने तयारी भएको छ । यो पनि धरानको खेलकुद विकासमा एउटा प्रयास हुनेछ । पुरानो हस्पिटल भएको धरान–४ को जग्गामा एउटा एउटा ‘बेबी पार्क’ निर्माण गर्ने सोँच छ । यहाँका धरानेले त्यो जग्गा उपलब्ध गराउन कानुनी प्रक्रिया पूरा गरेमा हामी हङकङमा बस्ने नेपालीहरुका तर्पmबाट पार्क बनाउन सहयोग गर्ने तयारी गरेका छौं । त्यसैभित्र एउटा स्पोर्टस पार्क बनाउने सोँच पनि छ । विदेशमा पर्यटकलाई आकर्षित गर्ने धेरै पार्क हुन्छन् तर धरानमा छैनन् । जिरो प्वाइन्टदेखि भेडेटारसम्म २÷३ वटा पार्क निर्माण गर्न सके पर्यटक तान्न सकिन्छ । यसका लागि पनि महासंघले सहकार्य गर्नेछ । फोहोरमैला व्यवस्थापनमा पनि मेरो सोँच छ । धरानमा बढ्दो विकृति र दुव्र्यसन न्यूनीकरणका लागि पनि केही गरौं भन्ने सोँच छ । यहाँका बुद्धिजीवीहरुले नयाँ योजना लिएर आए हामी सहकार्य गर्न तयार छौं । 
  • धरानमा के समस्या देख्नुभएको छ ?

- धरान आपैंmमा सुन्दर छ । यहाँ धेरै समृद्ध व्यापारी, बुद्धिजीवीको बसोबास छ तर दुर्भाग्य, धरान बनाउनुभन्दा आप्mनै घर बनाउनमात्र बढी ध्यान दिने चलन छ । नेताहरुले पनि धरानका लागि केही गरेको पाइँदैन । धरानलाई समृद्ध बनाउन सबैको ध्यान जाओस् भन्ने चाहन्छु । धरानमा स्तरीय गेष्ट हाउस पनि छैनन् । पानीको समस्या छ । भेडेटारलाई पर्यटकीय स्थल भनिन्छ तर घुम्ने पार्क र बस्ने होटलको पर्याप्त व्यवस्था हुन सकेको छैन । सबै लागिपर्ने हो भने धरानलाई सुन्दर बनाउन सकिन्छ । यतातिर धरानवासीले ध्यान पु¥याउनुपर्छ । 
  • हङकङमा नेपालीहरुको अवस्था कस्तो छ ? 

- त्यहाँ ४० हजार नेपाली छन् । सुरुमा उनीहरु त्यहाँ सेटल हुन र घर बनाउनतिर लागे । उनीहरुको जीवनशैली र सेवा–सुविधामै फरक आएको छ । हङकङको ऐश, सुविधा उपभोग गरेका हङकङे नेपालीहरु नेपालीको अवस्था देखेर चिन्तित छन् । यहाँको सडक, बिजुली, पानीको समस्याबाट उनीहरु चिन्तित छन् । 
  • तपाईंको विचारमा उनीहरुले त्यहाँ बसेर नेपालका लागि के गर्न सक्छन् ?

–हङकङमा धेरै नेपालीहरु छन् । उनीहरुले नेपालको विकास निर्माणमा निकै सहयोग गर्दै आएका छन् । हङकङवासीको सहयोगमा धेरै निर्माण कार्य भएका छन् । यसमा हामीले खुशी मान्नुपर्छ । 
  • त्यहाँका संघ–संस्थाबीच मेलमिलाप छैन भनिन्छ नि, के भएको हो ?

–महासंघमा म आएको १७ महिना भयो । सुरुमा मलाई पनि अनुभव भएको हो । पहिले जाति तथा पूर्व–पश्चिम छुट्याउने काम हुन्थ्यो तर अहिले हटेको छ । सबै एक भएर काम गर्ने बानी विकास हुँदैछ । नेपाली राजनीतिले हङकङको नेपाली समाजलाई पनि प्रभाव पारेको छ । यो पार्टी र त्यो पार्टी, त्यो वर्ग भन्ने प्रवृत्तिले केही असजिलो भएको थियो तर अहिले नेपाल र नेपालीको हितका लागि सबै एक भएका छन् । 
  • प्रस्तुतिः देबेन्द्र कार्की