Social Icons

प्रेम उत्सव र आधुनिक प्रेमी

  • देवेन्द्र कार्की 
आज ‘प्रेम उत्सव’को दिन हो । संसार भरका प्रेमिप्रेमिकाहरु फूल, कार्ड र उपहारहरु एक आपसमा साटासाट गरेर फ्रेब्रुवरी १४ अर्थात् भ्यालेन्टाइन दिवस मनाउने गर्छन । पश्चिमी मुलुकहरुमा त प्रेम उत्सब फ्रेब्रुवरी–७ देखि शुरु हुन्छ । यस उत्सबलाई संसार भरका प्रेमिहरुले ‘प्रेम सप्ताह’ अर्थात ‘लभ विक’ रुपमा मनाउछन् । साताको अन्तिम दिन १४ फेबू्रवरी भ्यालेन्टाइन डेको रुपमा मनाउने गरिन्छ । संसारभरि हुने उत्सवको सातै दिनको महत्व उतिकै छ । ७ फेब्रुअरीलाई रोज ड,े ८ लाई पप्रोज डे, ९ लाई चकलेक डे, १० लाई टेडी डे, ११ लाई प्रोमिस डे, १२ लाई किस डे, १३ लाई हग डे, र उत्सबको अन्तिम दिन १४ फेब्रुअरीलाई भ्यालेन्टाइन डे को रुपमा मनाउने गरिन्छ ।
भनिन्छ, १४ फेब्रुअरी धेरै युवा युवतीको मुटु जोड्ने साइत हो । नयाँ सम्बन्धको ढोका पनि यहि दिन खुल्ने गर्छ ।  संसार भरका प्रेम जोडी यो दिन खुशी र उल्लासासथ मीठो सन्देश बाड्ने गर्छन । आफूलाई मन परेको व्यक्तिलाई प्रर्पाेज गर्ने र आफ्ना मायालुलाई हातमा प्रेमको प्रतीक रातो गुलाबको फूल, प्रेमको विन्ती पत्र र पार्क रेष्टेरेन्ट, फिल्म हल वा कतै एकान्त स्थानमा घुमफिर र रोमान्स सँगै मोजमस्ती गर्ने दिन पनि यहि मानिन्छ । नेपालमा साताव्यापी रुपमा प्रेम उत्सब मनाउने  चलन भित्री सकेको छैन तर ४÷५ दिन अघि नै युवाहरु पे्रमको रङमा रङ्गीसकेका  हुन्छन् । जीन्दगीको गोरेटोमा हरेक युवा युवतीहरु प्रेमभाव पलाउछ जुन स्वभाविक पनि हो ।  त्यही प्रेम भाव खुलेर व्यक्त गर्ने दिन १४ फेबु्रअरी  नै हो । १९  औं शताब्दीमा प्रेमद्घारा प्रेमी–पे्रमीकाहरु आ–आफ्नो भावना साट्ने माध्यम फूलको गुच्छाको चलन भित्रियो । १९८० तिर डामण्ड कम्पनीहरुले विभिन्न प्रेमका प्रतिक गहना डिजाइन गरे । आज भोली प्रेम दशाउन विभिन्न रंगीन कार्ड प्रयोगमा आएका छन्  ।

एक आपसमा नजिकिन र प्रेम साटासाट गर्न इन्टरनेट साँधु बनेको छ । च्याट रुम, एमएसएन, याहु टकसिटी, मल्टिच्याट, फेसबुक वा गुगल, डेटिङ साइट लागयत अन्य सामाजिक संजालले सम्बन्ध सुमधुर बनाउन र मित्रता जोड्न सजिलो बनाएको छ । साइबर र इन्टरनेटबाटै  अनलाईन वर वधु समेत खोजी हुन थालेको छ । फेसबुकबाट लभ गरी विवाह गरेको उदाहरण पनि निकै पाइन थालेको छ ।
यतिबेला नेपाली समाज पनि भ्यालेन्टाइन डे प्रति सकारात्मक हुँदै गएको पाइन्छ । संसारका अन्य देशहरु जस्तै नेपाली जोडीहरु पनि साताव्यापी प्रेम उत्सब मनाउन अभ्यस्त बन्दै गएको पाइन्छ । प्रेम जोडीहरुको लागि सकारात्मक कुरा हो । विश्वभर उत्सबको रुपमा मनाइने भ्यालेन्टाइन डे को कथा पनि हृदय विदारक छ । इसाईको आगमन पूर्व रोमवासी प्रत्येक वर्ष १४ फेब्रूअरीमा प्रजननर सृजनका रोमन देउताको सम्झनामा लुपेरकलको चाड मनाउँथे । एउटा वाकसमा राखिएका युवतीहरुका नाम युवाहरुले चिठ्ठाको रुपमा थुत्थे । जसका नाम युवकले झिक्थ्यो ती युवती उसकी प्रेमीकाको रुपमा स्वीकार्नु पथ्र्यो । इसा तेश्रो शताब्दीमा रोममा युद्ध पिपासु सम्राट क्लाउडि यसको कठोर शासन थियो । युद्धका लागि शैनिक भर्ती गर्ने उसको अभियान थियो । तर अधिकांश विवाहित परिवार युद्धमा जान मन पराउँदैनन् थिए । त्यो देखेर क्लाउडिसनले विवाह माथि नै प्रतिबन्ध लगाई दिए । विवाहमा रोक लगाए पछि सन्तान उत्पादन बन्द हुने भयो । एक आपसको प्रेम भत्किने सम्भावना बढ्यो ।
सोही समयमा भ्यालेन्टाइन नामका सहृदयी पादरीले विवाहको प्रतिबन्ध विरुद्ध विद्रोह गरे । विवाह गर्न चाहनेहरुलाई गोप्य रुपमा विवाह गरिदिए । सम्राटको हुकुम विपरित कार्य गरेको आरोपमा भ्यालेन्टाइन पादरी समातिए । उनलाई मृत्युदण्डको सजाए सुनाईयो । मृत्यु पर्खेर बसेका पादरी जेलमा रहदा प्रेमीहरु उनलााई उपहार दिएर प्रेमको मार्गमा समर्थन जनाउँथे । उनलाई भेट्न आउने मध्ये जेलरकी छोरी पनि थिइ । ती  युवतीको भ्यालेन्टाइनले हात समातेर आफ्ना भावना पोख्थे । युवती उनको उत्साह समाएर यसरी भन्थ्ये– ‘तिमी बडो पवित्र कार्य गरि मर्न लागेका छौं , भोली अनेक प्रेमीले तिमीलाई अमर बनाउने छन्  ।’
भ्यालेन्टाइनलाई सन् २६९ फेबू्रअरी १४ का दिन मृत्युदण्ड दिइयो । मृत्युदण्ड अघि उनले प्रेमीकालाई प्रेम र विश्वासका लागि धन्यवाद सहितको ‘लभ फ्रम योर भ्यालेन्टाइन’ भन्ने शब्दको सानो प्रेम पत्र छाडेका थिए । त्यसबेला भ्यालेन्टाइन प्रेमका लागि मारिए तर उनले लेखेका अन्तिम शब्द संसारका लाखौं प्रेमीहरुले एक आपसमा ‘लभ फ्रम योर भ्यालेन्टाइन’ भनेर साटासाट गर्ने गरेका छन् । प्रेमको मार्गमा खडा गरिएका जस्तासुकै व्यवधान अन्ततः प्रेमको शाश्वतता कै सहयोगी भएको छ । यसरी प्रेम र विवाहमा बन्देज लगाएर सन्तान उन्पादन नहुँदा पुस्ता नबढ्ने भए पछि ँभ्यालेन्टाइनले पिंडी र संस्कृतीलाई जोगाउन प्रेम र विवाह जारी राख्न विद्रोह गरेका थिए । यही  पादरीको सम्झनामा संसार भरी पे्रम उत्सब मनाउने गरिएको हो ।
प्रेमका खातिर ज्यान बाजी थापेर संघर्ष गर्ने भ्यालेन्टाइनको कथा नबुझी प्रेमलाई बिकृती र छाडा बनाउनु भ्यालेन्टाइन मागि अन्याय गरेको ठहर्छ । प्रेमको आवरणमा विकृती फैलाउनु हुँदैन । उत्सबको मौलिकतालाई ध्यानमा राखेर यसले उत्साहका साथ मनाउनु  पर्छ । यौन सम्बन्ध, प्रदर्शन र अश्लीलताबाट जोगिनु पर्छ । माया प्रदर्शन गररे होइन शालीन शिष्ट व्यवहारबाट प्रेमीको मन जित्नुपर्छ । विश्वासपूर्ण आफ्नो प्रेमीको मन जितेर उत्साहपूर्ण प्रेम उत्सब मनाउन सके मात्र प्रेमको प्रतीक पादरी भ्यालेन्टाइनको आत्माले शान्ति पाउने छ ।
                                                                                                                        -debendrak@gmail.com
(Published in Nayapartrika Daily on feb 14, 2012)