Social Icons

सिसि क्यामेराको निगरानीमा धरान

 देबेन्द्र कार्की
धरान / बेलयातस्थित महानगरिय प्रहरी भन्छ– अवको जमानामा प्रहरी विट स्थापना,सडकमा प्रहरी परिचालनमा खर्च गर्नु भन्दा बाक्लो सडक बत्ति विस्तार, हरेक गल्लीमा सिसि क्यामेरा जडानमा खर्च गर्दा मजबुत सुरक्षा व्वस्थापन गर्न सकिन्छ ।
विश्वमा बढि सिसि क्यामेर प्रयोग गर्ने राष्ट्रमा दरिएको बेलायती सुरक्षा संयन्त्रले भनेको यो नेपालका लागि पनि उतिकै महत्व र प्रभावकारी हुने छ । अव बेलायतबाट हामलिे पनि केही कुरा सिक्नु पर्छ । विदेशको सिकोमा नेपालका केही शहरहरुमा सिसि क्यामेराहरु जडान गर्न शुरु पनि भई सकेका छन् ।
पछिल्लो समय धरानमा भिगोरस नेपाल, धरानले संस्थाको आफ्नै लगानीमा एक साता अघि तीन वटा अत्याधुनिक सिसि क्यामेरा जडान गरेको छ । ताइवानमा बनेको भिष्टा कम्पनिको आईपी पिटीजेट नाईटभिजन क्यामेरा ५ लाख ५२ हजार ७ सयमा जडान गरिएको हो । रातीको समयमा पनि दृष्य खिच्न सक्ने या ेअत्याधुनिक क्यामेरा भएकोृ कम्पनि डिलरले दावी गदै आएको छ । काठमाण्डौको कमटेक नेपालमार्फत यि अत्याधुनिक क्यामेराको नेपालमा पहिलो लन्चीङ नै धरानमा गरिएको हो ।
 के गर्छ यसले 
यसमा १६ वटा क्यामेरा जडान गरि एकै चोटी सबैक्षेत्रको गतिविधी निहाल्न सकिने क्षमता भएको डिभिआर प्रयोग गरिएको छ । क्यामेरामा कैद भएको सबै गतिविधी यो डिभिआरले राख्ने गर्छ । कम्पनिले दावी गरे अनुसार यो प्रविधीको क्यामेराले ५० देखि ६० दिनसम्मको रेकर्ड राख्ने गर्छ । आवश्यक परे आफ्नो पेन ड्राईभ, हार्ड डिक्सलगायतमा व्यक्तिगत रुपमा संरक्षण समेत गर्न सकिन्छ । आईपी पिटिजेड प्रविधीको क्यामेराको दृष्यलाई इन्टरनेटमा फालेर विश्वको कुनै पनि कुनामा बसेर शहरको गतिविधी निहान्न सकिन्छ । ढेड सय देखि २ सय मिटरसम्मको दृष्य जुम गरेर प्रस्ट हेर्न सकिन्छ ।

हाल धरानको मुख्य चौकमा तीन स्थानमा जडान गरिएको छ । यसले चौकको चारै तर्फको गतिविधी रेकर्ड गर्छ । यद्यपी यो संख्या प्रयाप्त भने नभएको धरानस्थित कोशी अञ्चल प्रहरी प्रमुख एसएसपी यादवराज खनालले जनाए । कम्तिमा पनि २५/३० वटा क्यामेरा जडान गर्न सकियो भने धरानलाई अपराध मुक्त शहर बनाउन सकिने उनको भनाई छ । ‘अपराधलाई प्रविधीसाग अव पनि जोड्न सकिएन भने हामी पछि पछौ ।’–उनले भने –अव लाठी लिएर सडकमा प्रहरीबस्ने जमाना रहेन । यसबाट अपराध नियन्त्रण गर्न पनि चुनौती हुन थालेको छ ।’अपराध न्यनिकरण, समुदायको व्यवहारमा परिवर्तन गर्ने गतिलो हतियार अव सिसी क्यामेरा नै भएको उनी बताउछन् ।
धरानको व्यस्त चौक नजिक रहेको वडा प्रहरी कार्यालयमा यसको कन्ट्रोल रुम राखिएको छ । सई सुमन न्योपानेले कन्ट्रोल रुमबाट गतिविधी निरिक्षण गरिरहेका छन् । ‘शहरमा हामीले पठाएका सिपाईहरुको सुरक्षा कसरी गरि रहेका छन् ,आफ्नो जिम्मेवारी पुरा गरेका छन/ छैनन भन्ने बुझन समेत सिसि क्यामेराले सहयोग गरेको छ ।’–सई न्यौपानेले भने । अन्य स्थानमा पनि क्यामेरा थपी अझ प्रभावकारी बनाए विभागबाट ५/६ जना प्राविधीकसहितको प्रहरी माग गरि परिचालन गर्न सकिने उनी बताउछन् । अहिले भने ब्याक अफ व्याट्रि अभावले प्रभावकारी नभएको उनी बताउछन् । लामो लोडसेडिले असर पारेको उनले बताए । तीनवटा क्यामेराले प्रतिघण्टा ६० एम्पीयर विजुली खपत गर्ने गरेको प्राविधीकले बताए । यो संचालनका लागि  ६ वटा एडप्टर, ट्रान्सरिसिभर, डिभिआर, अप्टीकल फाईबर प्रयोग भएका छन् । काठमाण्डौको कमटेक नेपालले जडान गरिदिएको छ । भिष्टा कम्पनिका ेअधिकारी डिलर कमटेक मानिन्छ ।
वातावरण सम्बन्धि जनचेतना फैलाउदै आएको भिगोरस नेपालको सकृयतामा सिसि क्यामेरा जडान भएका हुन । क्यामेरालाई २४ औ घण्टा चलाउन नेपाल उर्जा शक्ति प्रवद्र्धन केन्द्रसाग सहकार्य गरेसालार जडान गर्ने तयारी भईरहेको भिगोरस नेपालका अध्यक्ष रोहित दर्नालले बताए ।
भानुचौकमा दुइ र पुतलीलाइन जाने बाटोको मोड गरी तीन स्थानमा क्यामेरा जडान गरिको छ । सिसिटिभी जडानसागै भानुचौकदेखि उत्तर छाताचौक, पश्चिम पुतली लाईन, पूर्व देशीलाईन र दक्षिण पुरानो टा्रफिक कार्यलयसम्मको गतिविधी  क्यामेराले कैद गर्न सक्छ ।  उच्च गतिमा खिच्न सक्ने क्षमता (हाइस्पिड ड्याम्प) को यस सिसिटिभीले अध्यारोमा पनि खिच्न सक्ने बताइएको छ ।
भिगोरसका युवाको योगदान
२०६६ सालमा धरानमा स्थापना भएको यो संस्थामा ७ जना सकृय युवाहरु आवद्ध छन् । धरानलाई स्वच्छ
भिगोरसका सदस्यहरुबाट व्यक्तिगत २ लाख र अन्य दातृ निकायहरुको सहयोगमा जडान गरिएको उनीहर बताउछन् । मानिस आफ्ु बाच्नका लागि काम गर्छ । आफ बाचेर बााकी रहेको पैसा समाजसेवामा लगाउनु पर्छ भन्ने देखाउन हामी ७ जना मिलेर यस्तो अभियानमा जुटेको उनीहरुका ेभनाई छ । उनीहरुल ेगदै आएको हरेक गतिविधी आफ्नै लगानीमा गदैआएका छन् । संस्थाका सचिव सुरेन्द्र सुब्वाका बाबा आमा दुर्वईमा छन् । उनहरुले पठाएका पैसाबाट घर खर्च चचाई केही समाजिक काममा लगाउछन् । परिवाका आखा छलेर पनि उनीहरु सामाजिक काममा खर्च गर्ने गरेका् उनीहरुकाभनाई छ ।  ‘हामी आफ्नै लगानीमा  समाज परिवर्तन गरेर देखाउन चाहन्छौ ।’–सहसचिव गरिमा आलेमगरले भनिन –‘पैसा ठूलो कुरा होईन मान्छेको मन ठुलो हो ।’ सिसि क्यामेरा जडानका लागि वडा सुधार तथा  विकास समितिका अध्यक्ष रमेश राईले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनीहरु बताउछन् । अभिभावकको रुपमा उहालाई लिएर हामी शहर निर्माणमा लागेका  छौ ।–संस्थाकी कोषाध्यक्ष कृपा लिम्बुले भनिन । सिसि क्यामेरालाई चाहिने सोलार खरिद गर्न क्यामेरा थपका लागि आर्थिक जुटाउन संस्थाले जेठ ११ गते  धरानमा ‘भिगोरस सिसि टिभी  लाईभ कन्र्सटड समेत गर्ने भएको छ ।
धरान नगरपालिका र वार्ड बजार विकास तथा बजार सुधार समिति र धरान स्वतन्त्र समाजको पनि सहयोग रहेको छ । पुतली लाइनको मोडमा जडान गरिएको सिसिटिभीका लागि बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिका शिव लामेमिछानेले पनि सहयोग गरेका छन् ।
अवका योजना
नगर सुरक्षा र जनचेतनाका लागि धरान नगरपालिकाले पनि सिसि क्यामेरा जडानलाई यस बर्षदेखि प्राथामिकतामा राखेको छ । विभिन्न संघ संस्थाहरुको सहकार्यमा थप सिसि क्यामेरा जडानका लागि नगपालिकाले पनि सहयोग गर्ने नगरपालिकाका प्रसासकीय अधिकृत गणेशप्रसाद खतिवडाले बताए । सिसि क्यामेरा लागिसाउनदेखि बजेट बनाए सकृय संस्थाहरुलायृ सहयोग गर्ने उनल ेबताए । अहिले भिगोरस नेपाल अघि बढेको छ । राम्रो काम गदै गए नगरपालिकाबाट सहयोग हुने खतिवडाको भनाई छ । यस विषयमा उवासंघलाई जिम्मा दिन ेतयारी गरुै पनि चासै नदिएको नगरपालिकोले जनाएको छ ।  भिगोरस नेपाल अघि बढेको छ । राम्रो काम गरे सहयोग गर्नेउनल ेबताए ।
सुनसरी उद्योग बाािणज्य संघ धरानले ३ महिना अघि भएको निर्वाचनलाई धरानका व्यापारीक क्षेत्रमा सिसि क्यामेरा जडान गर्ने चुनावी नारा नै बनाएको थियो । सोही नारा अनुसार सिसि क्यामेरा खरिदका लागि डिटेल सर्वे गरिरहेको छ । संघका सल्लाहाकार तथा निर्वमान अध्यक्ष मोहनकाजी शाक्यका अनुसार धरानका मुख्य व्यापारीक क्षेत्र भानुचौक, गितामन्दिर, छाता चौक, पुतली लाईन, कलेज रोड,  रत्न रोडलगायत  स्थानमा २० देखि २४ वटासम्म सिसि क्यामेर जडान गर्ने तयारी भईरहेको छ । संघले किसन मास्केको संयोजकत्वमा  सिसि क्यामेरा जडान कमिटिसमेत बनाएको छ । व्यापारी, उद्योगी, नगरपालिका,जिविस, प्रहरी, बैक, यातायात व्यावसायी लगायतको सहकार्यमा जडान गर्न लागिएको संघका बाणिज्य सचिव गिरीधारी साप्कोटाले बताए ।
धरानमा हुने अपराध गतिविधी
गत दुई महिना अघि धरान– ५ स्थित मुख्य चौकमा रहेको सिद्धि ज्वयलर्समा सर्टर फोडेर लाखौको गहना चोरी भयो । चोरीमा संलग्नलाई प्रहरीले कुनै नानोनिशाना पत्ता लगाउन सकेन । ६ महिनाअघि धरान–१० स्थित कलेज रोडमा महेन्द्र सोनीको घरमा रहेको मोवाईल पसलमा दिउसै झुक्काएर लुटेराले मोवाईल लुटेका थियो । यो पनि प्रहरीले लुटेरालाई पत्ता लगाउन सकेन । धरान–५ महेन्द्र पथमै ६ महिना अघि एक कप्प्युटर सफलबाट आईफोन चोरी भयो ।
धरानमा यस्ता घट्ना दिनदिनै बढोत्तरी हुदै आएका छन् । लुटेरालाई पहिचान गर्न प्रहरी असफल हुदै आएको छ । सिसि क्यामेरा भएको भए यस्ता घट्नामा संलग्नहरुलाई पहिचान गर्न सकिने धेरैको बुझाई छ । धरानमा लुटपाट, चोरी, डकैती,लागु औषध प्रयोग र बेचविषन, झै–झगडा प्रमुख मुद्वा हुन । खानेकुरामा औषधी प्रयोग गरि बेहोस बनाएर लुटपाट गर्ने, मोटरसाईकलबाट सिक्रि लुट्ने घट्ना बढेको छ । यस्ता घट्ना बढेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी चन्ददेव राई बताउछन् । यस्ता घट्ना बढे पनि प्रहरीलाई पहिचान गर्न समस्या भई रहेको छ ।
सिसि क्यामेराको प्रभाव
सिसि क्यामेरा जडान हुदा यस्ता लुटपाट चोरी डकैती, लागुऔषध प्रयोग र बेचविषन गर्ने व्यक्तिको सहजै पहिचान गर्न सजिलो हुने एसएसपी खनाल बताउछन् । भानुचौकमा हुने यात्रु र यातायात मजदुर व्यवासयीहरुको उछिङ्खल गतिविधी नियन्त्रण गर्न पनि क्यामेरा सहयोगी हुने छ । सार्वजनिक सम्पतिमाथि तोडफोड गर्ने, सार्वजनिक स्थलमा ऐन नियमविपरितका क्रियाकलाप गर्नेहरुलाई क्यामेराको माध्यमबाट रोक्न सकिने एसएसपी खनाल बताउछन् । ‘धेरै मान्छेलाई सचेत गराएको छ । चौकमा हिड्ने हरेकमानिसहरु आफू क्यामेराको निगरानीमा छौ भन्न सचेतना बढेको छ ।’–सुनसरी उद्योग बाणिज्य संघका सदस्य उपेन्द्र चाम्लिङले भने –‘महिलाबालबालिका सुरक्षित हुन्छन्, रात्री व्यावसायको पनि सम्भावना बढ्ने छ ।’ सुरक्षा, जनचेतनालगायत हरेक दृष्टिमा  क्यामेरा फलदायक भएको छ ।
धरानको भानुचौकमा दैनिक ६ सय भन्दा बढी सवारी साधनहरु आवागमन हुने गरेको छ भने यात्रुहरुको चाप पनि त्यति नै धेरै हुने गरेको छ । जसको कारण दुर्घटनासागै अव्यवस्थित पार्किङ हुने र चोरीका घटनालाई पनि नियन्त्रण गर्न सकिने भएकाले सिसिटिभी महत्वपूर्ण रहेको वार्ड विकास तथा बजार सुधार समितिका अध्यक्ष रमेश राईले बताए । ‘दैनिक ६ सय बढी सवारी साधनको चााप हुन्छ, त्यो अवस्थामा के भइरहेको छ त्यो नियाल्न सकिने छ, उनले भने ।
नेपालमा सिसि क्यामेराको प्रयोग
सिसि क्यामेराको महत्ववारे पर्याप्त जानकारी हुन सकेको छैन ।  राज्यले समेत यसको महत्व बुझेको भए लगानी गरे व्यापारीक शहरहरुलाई सुरिक्षत गर्न सक्थ्यो तर यसको महत्व बुझ्न नसकेको अवस्था छ ।
क्यामेरा प्रयोग गर्दा हुने फाइदा र वेफाइदाका वारेमा थोरैलाई थाहा छ ।  यस विषयमा जानकारी र चेतनामुलुक कार्यक्रम सञ्चालन गर्न आवश्यक छ । सिसि क्यामेरा अव नेपाल र नेपालीहरुको लागि आवश्यकताको चिज भएको छ ।  नेपालमा अहिले सिमित व्यक्ति र संघ संस्थाले मात्र यसको प्रयोग गरिरहेका छन् । बैंक, वित्तीय संघ, संस्थाले प्रयोग गदै आएका छन् । अपार्टमेन्ट, कलकारखाना, गोदाम, सुन पसल, सुपरमार्केट, जनसम्पर्कका सरकारी कार्यालयहरु र मन्त्रालयहरुमा पनि यसको प्रयोग व भएको पाईन्छ ।
काठमाडौं महानगरपालिका भित्रका केही मुख्य स्थानहरुमा सिसि क्यामेरा जडान गरिएका छन् । न्यूरोड, दरवारमार्ग क्षेत्रको सडकमा यस्तो प्रविधि जडान गरिएको छ । पोखरा,जनकपुरलगायत स्थानमा पनि जडान गरिएको छ । इटहरी, विराटनगर, दमकलगायतका शहरमा पनि जडान गर्न पहल भईरहेको छ ।
यस विषयमा सरकारको ध्यानाकर्षण हुनु जरुरी छ । त्यतिमात्र होइन चोरी, डकैती, हत्या, अपहरण, लुटपाट र सडक दुर्घटनालाई न्यूनिकरण गर्न पनि सिसि क्यामेराले ठूलो सहयोग पुर्‍याउन सक्छ । राजधानीलगायत ठूला शहरमा ट्राफिक जामलाई कम गर्न पनि सडकहरुमा यस्तो प्रविधि जडान गर्न अनिवार्य भइसकेको छ ।  अभोरटेक गर्ने प्रवृत्तिकै कारण घण्टौ सडक जाम हुने गरका छन् । कस्ले, कतिवेला ओभरटेक गरेको हो भनेर ट्राफिक प्रहरीले पहिचान गर्नसकिरहेको छैन । यदि त्यहाा सिसि क्यामेरा भएको भए त सवै दृष्य स्कीनमा वसेर हेर्न सकिन्थ्यो । त्यसपछि सवारी नियम उल्लघंन गर्नेहरुलाई कारवाही गर्न पनि सजिलो पर्दथ्यो ।   
 खासगरी चाइनाबाट आउने सिसि क्यामेराहरु नै लोकप्रिय र गुणस्तरिभएको बताइन्छ । ताइवान र अमेरिकावाट आउने क्यामेराहरु अझ बढि लोकप्रिय मानिन्छन् ।
बेलायतमा  सिसि क्यामेराको प्रयोग
विश्वको तुलनामा बेलायतामा सबै भन्दा धेरै सिसि क्यामेरा प्रयोग गरिदै आएको छ । बेलायतको लोकप्रिय पत्रिका ‘दी टेलिग्राफका अनुसार बेलयातमा ४ हजार मिलियन  क्यामेरा जडान गरिएका छन् । लण्डनमा मात्र २ मलियन क्यामेरा छन् ।   विश्वमा यस्तो प्रविधी गर्ने मुलुक बेलायत नै मानिन्छ । अपराध संघ लडन एउटा गतिलो हतियार सिसि क्यामेरा मानिन्छ । 
एक तत्थायङक अनुसार बेलायतमा १ एक हजार सिसि क्यामेराले एउटा अपराध नियन्त्रण गछं । एक क्यामेरा १४ व्यक्ति बरावरा मानिन्छ । नयाा क्यामेरा खरिदका लागि बेलायत सरकारले प्रत्येक बर्ष ५ सय मिलियन डलर खर्च गर्ने गर्छ । लण्डनमा मात्र २ सय मिलियन डलर खर्च हुन्छ । यो हिसावले बेलायतमा एउटा अपराधको मुल्य २० हजार डलर पर्न आउछ । विश्वको जनसंख्याको एक प्रतिशत जनसख्या बेलायतमा छ । तर २० प्रतिशत सिसि क्यामेरा  छन् । 
सिसि क्यामेराले समुदाय सुरक्षित भएको महसुस गर्छन ।  २६९ वटा घट्ना कैद हुदा  ८ वटा सम्म अपराध नियन्त्रणगर्न सकेको बेलायत प्रहरी भन्छ । ७० प्रतिशत अपराध नियन्त्रण कार्य सिसि क्यामेराको सहायताले गदै आएको छ । सन् २००८/९ मा बेलायको नोथुम्वियामा  ४ हजार ८ सय  अपराधी सिसि क्यामेराको सहायताले समातिएका थिए । त्यति अपराधी समात्न प्रहरीले १९ हजार  २ सय ७५ घट्ना रेकर्ड गरेको थियो । प्रहरीको आन्तरिक रिपोर्ट अनुसार एउटा अपराधिक घट्ना नियन्त्रणका लागि एक हजार क्यामेरा पर्न आउछ । 
विकसित मुलुकहरुमा सिसि क्यामेराले नै सुरक्षाकर्मीले गर्ने काम गरिरहेको हुन्छ । तर हाम्रो  जस्तो विकासोन्मुख मुलुकहरुमा यसको महत्ववारे प्रयाप्त जानकारी हुन नसक्दा यस्तो भएको हो । जस्तो अमेरिका, वेलायत, युरोपलगायत मुलुकका प्रायजसो सडक, होटल, बैंक लगायत महत्वपूर्ण स्थानमा अनिर्वायरुपमा सिसि क्यामेरा जडान गरिएको हुन्छ । त्यहाा हाम्रो मुलुकको जस्तो ट्राफिक प्रहरीले सडकमा उभिएर हातले इशारा गरिरहनु पर्दैन । कोही कसैले ट्राफिक नियमको उल्लघन गरेर सवारी दुर्घटना गरायो भने त्यसको रेकर्ड क्यामेराले गरिरहेको हुन्छ । नियम उल्लघन गर्ने उपर सिसि क्यामेराको माध्यमवाट तुरुन्त कारवाही पनि हुन्छ । उसले कहाा के  गल्ती गरेको हो, त्यसको रेकर्ड सिसि क्यामेराले गरिरहेकोले नै कारवाही गर्न सजिलो भएको हो । विकसित मुलकहरुको जस्तो क्यामेराको प्रयोग गर्ने वानी वसाल्न  हामीलाई अझ धेरै वर्ष कुर्नु नपर्लाकी ।
‘प्रहरीले लाठी बोकेर सडकमा बस्दा मात्र सुरक्षा हुदैन’
–एसएसपी यादबराज खनाल
कोशी अञ्चल प्रहरी कार्यालय, धरान, कोशी

धरानको मुख्य चौकमा सिसि क्यामेरा जोडिएको छ, यसका उपयोगिता के हो ?
–यो युग भनेको २१ औ सताब्दीको युग हो । हामी प्रविधीसाग नजोडी रहन सक्दैनौ । अव अपराधलाई पनि प्रविधी साग जोडर लानु पर्ने आवश्यकता भई सकेको छ । अपराध नियन्त्रण, अपराध प्रवृद्धि परिवर्तन, सचेतना नै यसका उपयोगिता हुन ।  हाल १६ वटासम्म क्यामेरा चल्न सक्ने डिभिआर राखिएको छ । यो ५५ दिनसम्मको रेकड राख्न सकिन्छ । पेन ड्राईभमा राखी  व्यक्तिगत रेकर्ड राख्न सकिन्छ ।
यो क्यामेरा राखे पछि चौकको गतिविधीमा परिवर्तन चाही के पाउनु भो नी ?
यो राखेको एक साता पनि वितेको छैन् । अहिल्यै नै परिणामको आशा गर्न सकिन्न । सिसि क्यामेरा राखे पछि चौकका ेगतिविधीमा सुधार भन ेआएको छ । ‘हामी क्यामेराको नजरमा छौ । हाम्रो क्रियाकलाप सभ्य हुनु पर्छ भन्ने चेतना, त्यहा आउने यात्रु, यातायात व्यवसायी, व्यापारीलगायतलाई महसुस भएको छ । यसरी नै सचेत हुदा अपराध न्युनिकरण हुने हो ।  यति क्यामेराल ेमात्र प्रयाप्त हुदैन । अन्य स्थानमा पनि राख्नु पर्छ । म पोखरामा रहदा मेरै पहलमा ५० लाख बरावरको ३२ वटा सिसी क्यामेरा राखिएको थियो । यसको नतिजा राम्रो आयो । धरान आए पछि यहाा पनि यो प्रविधी उपयोग गर्न पर्छ भनेर समुदायसाग छलफल चलाएको हु ।
अन्य स्थानमा राख्ने के छ तयारी ?
३ वटा मात्र यो प्रयाप्त होईन । विश्वमा यस्ता क्यामेरा राख्ने पहिलो देश बेलायत पर्छ । एक हजार सिसी क्यामेराको सहयोगमा एउटा अपराधी नियन्त्रण गर्न सकिने  त्याहाको महानगरिय प्रहरीले बताउछ । अरु क्यामेरा थपेर २४ सै घण्टा चल्न ेबनाउनु पर्छ । त्यसका लागि व्याट्री व्याकअप जरी भएकोले हामी समुदायसाग सहकार्य गरेर अघि बढ्छौ । उद्योग बाणिज्य संघले चासो देखाएको छ थप क्यामेराका लागि । अहिले एउटा संस्थाले शुरुवात मात्र गरेको छ ।  पछि धरानका मुख्य चौकमा सिसि क्यामेरा जडान हुने छ । 
नेपालका अन्य स्थानमा यो प्रविधी प्रयोगको अवस्था के छ ?
नेपालमा शुरुवात भईसकेको छ । पोखराको अघि नै कुरा गरे । काठमाण्डौका मुख्य चौकमा राखिएको छ ।  जनकपुरमा पनि प्रयोग भईसको छ । विराटनगरमा उद्योगी व्यापारीहरुको सहयोगमा ठूलो प्रोजेक्ट नै बनाएर काम भईरहेको छ । अव सरक्षाकर्मीहरले लाडी लिएर उभिएर मात्र सुरक्षा हुदैन । प्रविधी चाहिन्छ । नेपालका ठूला शहरहरुल यो उपयोग गर्ने छन् ।
सिसि क्यामेराको उपयोगिता विदेशमा कस्तो छ नी ?
विदेशको तुलनामा हामी त धेरै पछि छौ ।तर शुरुवात भने भई सकेको छ । विदेशमा सडकमा प्रहरी बस्दैनन् । एउटा बन्द कोठा भित्र बसेर शहरको गतिविधी निहाल्छन् । उनी कुनै घट्ना, दुर्घटना भए तत्काल एक्सन लिन्छन् । म विभिन्न देशमा घुमे। सबै स्थानमा यस्तो पाएको छु । गत बर्ष चायृना गउको थिए । त्यहा प्रहरीहरु बाहिर निस्कदैनन । क्यमेरा तोडफोड हुन्छ भनेर धेरै क्यामेरालाई निहाल्ने अर्को मास्टर क्यामेरा समेत राखिएको हुदो रहेछ । यो प्रविधी प्रयोगबारे नेपाल सरकारले विदेशबाट सिकेर यसलाई व्यापकता बनाउनु पर्छ ।


, सफा र सुन्दर बनाउने सपना लिएर आफ्नै लगानीमा वातवरण्म सुधार अभियान लिएर कामगदै आएका थिए । समुादायमा डस्विन बाढेर, जनचेतना जगाएर उनीहरुको अभियान प्रभावकारी भएन । त्यही भएर चौकमा सिसि क्यामेरा जडान गर्ने सोच बनाएर कमटेकको सम्पर्कमा पुगे । उनीहरुको उद्देश्य वातावरण जनचेतना जगाउनु थियो क्यामेराको माध्यमले मान्छेहरुको आचरण सुधार गर्न उनीहरुले यो कार्यक्रम ल्याएका थिए । ‘हामीले वातवरण प्रदुषण नियन्त्रण तथा मानिसको आचरण सुधारका लागि यसो गरेका थियौ । यो थाहै नपाई  शहरको सुरक्षासाग पनि जोडिए छ ।’–दर्नालले भने ।