Social Icons

बढ्दैछ असुरक्षा

-देबेन्द्र कार्की
धरान / भारतसँगको खुल्ला सिमाना र दण्डहीनताका कारण सीमाबाट भित्रिने साना हतियार आतङ्कले मुलुकमा आपराधिक मनोवृत्ति बढ्दै गएको छ ।साना हतियारको खुल्ला कारोबार र अपराध प्रवृत्तिलाई दलहरुको आशीर्वाद लाग्ने गरेका कारण हतियार आतङ्क झाङ्गिएर गएको हो । प्रहरीले विभिन्न योजना बनाएर नियन्त्रणको पहल गरे पनि अपराध मनोवृत्ति न्यूनीकरण हुन सकेको छैन । यतिबेला प्रहरी-प्रशासनलाई साना हतियार आतङ्क टाउको दुखाइको विषय बनेको छ । गत सोमबार जनकपुरमा साचार उद्यमी अरुणकुमार िसंघानियाँको हत्यामा अपराधीले पेस्तोल नै प्रयोग गरेको पाइयो । गत माघ २४ गते लाजिम्पाटमा भएको जमिम शाहको हत्यामा पनि पेस्तोल नै प्रयोग गरिएको थियो । यस्तै राजधानीलगायतका अन्य ठाउँमा भएका घटनामा प्रायः साना हतियार नै प्रयोग गरेको पाइएको छ । प्रहरीले सकि्रयता बढाए पनि हतियार आतङ्क नियन्त्रण हुन सकेको छैन । सरकारले लागू गरेको भनेको विशेष सुरक्षा योजना पनि कागजमै सीमित हुँदा हतियार आतङ्क बढेको सर्वसाधारणले बताएका छन् । धरानस्थित अाचल प्रहरी कार्यालयको तथ्याङ्कमा गत साउनयता २५ थान साना हतियारसहित ३३ जनालाई पक्राउ गरिएको छ । यो संख्या अघिल्लो वर्षको तुलनामा उच्च हो । एसएसपी मिङ्मार लामाले अहिले प्रहरी सकि्रयता बढाएर हतियार बरामद गर्ने क्रम तीब्र बनाएको बताउनुभयो ।तथ्याङ्कअनुसार पूर्वमा सुनसरीमै सबैभन्दा बढी हतियार बरामद भएका छन् । लामाका अनुसार यस बीचमा १४ थान साना हतियारसहित १९ जना पक्राउ परेका छन् । त्यसमा बढी धरान क्षेत्रबाट बरामद भएका छन् । गत माघ १४ गते धरानका व्यापारी नवीन राजभण्डारीको अपहरण गर्न खोजेको आरोपमा पक्राउ परेका दुई युवाबाट एक कटुवा पेस्तोलसहित प्लाष्टिक हेण्ड गि्रनेड बरामद भएको थियो । ुसंवेगु उपनामका राज मगर र विकास उपनामका सुमन लुईंटेलबाट बरामद गरिएको सो गि्रनेड नेपाली सेनाले मात्र प्रयोग गर्दै आएको छ । माओवादी सेनाको परिचयपत्रसहित पक्राउ गरिएका ती युवाले युद्धकालमा माओवादीले नेपाली सेनाबाट खोसेका गि्रनेड लिएर आतङ्क मच्चाउँदै िहंडेको प्रहरीले जनाएको छ ।यस्तै हतियारसहितका युवा पक्राउ पर्ने क्रम बढेको छ । गत माघ १६ गते धरानबाट पक्राउ परेका सन्दीप कार्कीबाट स्वचालित पेस्तोल बरामद भएको थियो । धोका दिएकी श्रीमतीको हत्या गर्न धरान आसपासमै ३५ हजारमा पेस्तोल खरिद गरेको उनले प्रहरीलाई बयान दिएका थिए । यस्तै पुस २५ गते माघ १४ गते फागुन १३ गते पनि धरानकै युवा पेस्तोलसहित पक्राउ परेका थिए । सन्दीपको भनाइअनुसार धरानमै हतियार कारोबार हुने गरेको छ । तर सन्दीपको बयानका आधारमा प्रहरीले विशेष अनुसन्धान गरेको पाइएको छैन । अाचल प्रहरी प्रमुख एसएसपी लामाका अनुसार धरानमा गुण्डागर्दी र आतङ्क बढेको छ । नियन्त्रणका लागि व्यापक प्रहरी परिचालन गरिएको उहाँको भनाइ छ । गुण्डागर्दी र आतङ्क हुने अाचलकै दोस्रो ठाउँ इटहरी भएको प्रहरीले जनाएको छ । नियन्त्रणका लागि प्रहरी परिचालन गरिसकेको सुनसरी प्रहरी प्रमुख एसपी भूपाल भण्डारीले बताउनुभयो ।
हतियार कसरी नेपाल भित्रिन्छन्
प्रहरी-प्रशासनलाई चुनौती िदंदै हतियार ओसारपसारमा गिरोहहरु नै सकि्रय रहेका छन् । नेपालमा प्रायः अमेरिका इटाली र भारतमा बनेका पेस्तोल भारत हुँदै नेपाल भित्रिने गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार भारतको बिहार जोगवनी रक्सौल सीतामढी पटनालगायत ठाउँबाट नेपालको विराटनगर राजविराज भण्टाबारी वीरगाज भएर हतियार नेपाल आउने गरेका छन् । व्यक्ति तथा विभिन्न सामान बोकेका ट्रकमा हालेर हतियार नेपाल भित्रिने गरेको पाइन्छ । कति त खुलेआम सार्वजनिक यातायातका साधनबाट समेत तस्करहरुले हतियार नेपाल भित्र्याउने गरेको पाइन्छ । प्रहरीले सवारी जाँच गरे पनि हतियार बरामद हुन सकेको छैन । विशेष जाँचको अभावले साना हतियार सजिलै नेपाल भित्रिने गरेका छन् ।स्रोतका अनुसार बजारमा पाइने हतियार ३ हजारदेखि १० हजार भारतीय रुपैयाँसम्ममा सीमापार किन्न पाइन्छ । दलालले नेपालमा ठूलो कमिसन खाएर १५ देखि ४० हजार रुपैयाँसम्ममा किनबेच गर्ने गरेका छन् । अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार ९ एमएमको पेस्तोल ३० हजारमा किनबेच हुने गरेको छ । यस्तै ७ एमएम र ६ एमएमको क्रमशः २० र १५ हजार रुपैयाँमा किनबेच हुने गरेको छ । हतियार कारोबारमा भारतीय र तराईका नागरिक सकि्रय रहेको प्रहरीको भनाइ छ ।
के छ प्रहरीको योजना
हतियार आतङ्कले सर्वसाधारण त्रसित भए पनि प्रहरीको विशेष योजना भने खासै देिखंदैन । तल्लोस्तरका प्रहरीहरु सकि्रय भएर अपराधीलाई पक्राउ गरे पनि राजनीतिक दवाबमा मुद्दालाई कमजोर बनाएर उनीहरु छाडिने प्रवृत्तिले तल्लोस्तरका प्रहरीको मनोबल गिर्ने गरेको उनीहरुले गुनासो पाइन्छ । कृष्णप्रसाद सिटौला गृहमन्त्री हुँदा हतियारसहित पक्राउ परेका अभियुक्तहरुलाई ५ वर्षसम्म थुनामा राखेर कारवाही गर्ने ऐन लागू गरिएको थियो । यो ऐनले केही हदसम्म अपराधीलाई निरुत्साहित बनाएको प्रहरीको दावी छ । ुयसअघि २१ हजार धरौटी तिरेर अपराधी नै मुक्त भएर नाक फुलाएर हिँड्ने गर्थें ।ु एसएसपी लामाले भन्नुभयो ुतर अब भने ५ वर्षसम्म राख्ने ऐनले अलिक कडाइ भएको छ ।ु उहाँले अहिले आपराधिक मनोवृत्ति मौलाएअनुसार यो कानुन पनि पर्याप्त भएको बताउँदै १० वर्ष थप गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । ुअपराधिलाई १० वर्षसम्म कैद गर्न सके अपराध निस्तेज पार्न सकिन्छु लामाले भन्नुभयो । आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीसँग भने कुनै विशेष योजना छैन । प्रहरीले पुरानै जाँच अप्रेसन प्रकि्रयालाई निरन्तरता दिँदै आएको छ । फागुन ४ गते पूर्व क्षेत्रका प्रहरी प्रमुखहरुको छलफलपछि तय गरिएको ुलङ रेन्ज पेट्रोलिङु एलआरपी योजनाअन्तर्गत कडाइका साथ जाँच सुरु गरिएको प्रहरी अधिकारीहरुले जनाएका छन् । प्राथमिकताका आधारमा गुण्डागर्दी लुटपाट बढी हुने ठाउँमा कडाइ गरिन थालेको प्रहरीको भनाइ छ । पछिल्लो प्रहरी अप्रेसनले अपराध प्रवृत्ति निरुत्साहित हुँदै गएको सुरक्षा अधिकारीहरुले दावी गरेका छन् । यद्यपि अनमिनको प्रमाणीकरणमा अयोग्य ठहरिएका माओवादी लडाकुहरुसँग अझै साना हतियार रहेको र त्यसले समस्यामा पार्नसक्ने लामाको भनाइ छ । बढ्दो असुरक्षा र आतंकप्रति प्रहरी सचेत भए पनि खुल्ला सिमानाका कारण भित्रिने हतियार नेपालका लागि चुनौती भएको छ । सीमा नाकाबाट अवैध भित्रिने हतियारबारे सरकार गम्भीर भएर समाधानमा लाग्ने र प्रहरीले जाँचमा कडाइ गर्ने हो भने केही हदसम्म अपराध नियन्त्रण गर्न सकिन्छ ।