Social Icons

पेडा गाउँ



  • देबेन्द्र कार्की

पूर्वपश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेज भीमनगर देखि करिब २० किमि पश्चिममा रहेको सप्तरीको महादेवपट्टी बरमझिया यतिबेला पेडागाउँ भनेर चिनिन थालेको छ । राजमार्गको दायाँबायाँ छरपष्ट खर र टिनका छाप्रामा करिब ३ दर्जन पेडा पसल मात्र छन् । पूर्व पश्चिम यात्र गर्ने जो कोहीलाई आश्चर्य लाग्छ प्रत्येक पसल उस्तै उस्तै नामका छन् । मुलुकमा मात्र होइन विदेशमा बस्ने प्रबासीहरुमा समेत नाम चलेको यो गाउँ अहिले पेडा गाउँमा परिवर्तन हँुदै आएको छ । सम्भवतः यति धेरैको संख्यामा पेडा व्यवसाय गर्ने गाउँ यही हुन सक्छ ।
धेरैलाई थाहा छ यहाँ पाइने शुद्ध पेडाको स्वाद । यहाँको पेडा पसलको इतिहास खोज्दै जाने हो भने २०१७ सालदेखि कराइमा दूध खारेर आफैं खारिएका ७६ वर्षीय बैजनाथ साहको नाम नलिइ धर पाइँदैन । बैजनाथ साहको व्यापारप्रतिको समर्पण र प्रतिबद्धताले यो ठाउँले पेडामा प्रसिद्धि कमाएको त्यहाँका अन्य व्यापारी स्वयं स्वीकार्छन् । उनीजस्तै सेवा दिने र कमाउने मोहमा आजभोलि पेडाको व्यापार यो गाउँमा फस्टाउँदो छ ।साहले पेडाकै कमाईले आलिसान महल बनाएको देखेर उनकै सिकोमा एउटै नामबाट तीन दर्जनभन्दा बढी पसल खुलेका हुन् । बुढोको पेडा पसल पुरानो बुढोको पेडा पसल असली बाजेको पेडा पसल साविकै बुढोको पेडा पसल बैजनाथ बाबा पेडा पसल आदि नाम राखेर पसलहरु साचालन हुँदै आएका छन् । ुबुढाको नाम नभने त पेडा बिक्दैनन् त्यसैले उनकै नाम बेचेर अधिकांशले पसल चलाएका छन्ु एक व्यापारीले बताए । तर बुढोको नाम आपुनो पलसमा किन जोडिएको भनेर प्रश्न गर्दा ती पसलेहरु आफ्नै हजुरबा नाति छोरा बुबाको नामबाट राखिएको दावी गर्छन् ।बैजनाथका बुवा किसन साहको पालामा पेडा बनाउन नाम कमाएका कालिगढ अकल साहका छोरा नागेश्वरप्रसाद साहले पनि बाउबाजेको िबंडो थाम्न १० वर्षदेखि पेडा पसल थापेका छन् । बरमझिया गाविसका प्राविधिक सहायकसमेत रहेका साहको पनि व्यापार फस्टाएको छ । सुरुमा १० कठ्ठा जमिनका मालिक साहले अहिले पेडा व्यापारको आम्दानीबाट २ बिघा जमिन जोडिसकेका छन् । ुव्यापारमा सबैको समर्पण भएकाले यो गाउँले पेडामा प्रसिद्धि कमाएको छ ।ु आफ्ना नियमित ग्राहकलाई पेडा बेच्दै गरेका नागेश्वरले भने ुगाडीमा बेच्ने पसलहरुले भने पेडा गाउँको अलिक बद्नाम गरेका छन् ।ु सुरुमा आपुना बुवा अकल र किसनले नै यहाँ व्यापार विस्तार गरेको दावी गदै आएका नागेश्वरको पसलमा ग्राहकहरुको राम्रै भीड लाग्ने गरेको छ । आपुनो पसललाई बिकाउ गर्न गाडीका स्टापलाई कमिसन दिएर पसलका अगाडि गाडी रोक्न लगाउने र झोलामा कम तौलको पेडा बेच्नेहरुले बरमझियाको नाम बेच्दै बद्नाम गर्ने गरेको उनले बताए ।सुरुमा ३५ वर्षअगाडि बैरवाका अर्याल परिवारका लागि खुवा बेच्दै गर्दा आजभोलि देश-विदेशसम्म पुग्ने पेडा बन्न थालेको स्थानीय व्यापारी बताउँछन् । नागेश्वरका पनि पेडाका थुप्रै ग्राहक बनिसकेका छन् । जनकपुर घर भइ बिर्तामोडस्थित महेन्द्र शक्तिमान ट्याक्टर शोरुमका साचालक हिमाङ्शु कमल तीन वर्षदेखि निरन्तर नागेश्वरका ग्राहक बनेका छन् । ुयहाँ गुणस्तरीय पेडा भएकाले घर आउ-जाउ गर्दा किन्ने गरेको छु ।ु नागेश्वरको पेडा पसलमा भेटिएका हिमाङ्शुले भने ुजनकपुरमा बस्ने आमा हेमलता र श्रीमती माजुलाई कोसेली यहींको पेडा लाने गरेको छु ।ु बैरवाका पूर्व निवर्तमान गाविस अध्यक्ष भरत शर्मा पनि नागेश्वरका अर्का नियमित ग्राहक हुन् । उनले त नागेश्वरको पसलमा बनेका पेडा क्यानडामा बस्ने आफन्तसम्म पुर् याउने गरेका छन् । शर्माको बाँकी खाता पल्टाउँदै नागेश्वरले भने ुउहाँ त मेरो नियमित ग्राहक हो ।ु उनका अनुसार बरमझियाका पेडा अमेरिका जापान दुबई मलेसिया कतारलगायत ठाउँसम्म पुग्ने गरेको छ ।यहाँ कुनै मिसावट नगरी शुद्ध दूधमा गुलियो मिश्रित र गुलियोविहीन खुवाका दुईथरि पेडा बन्ने गरेको छ । पेडा बनाउन दूध निकै लाग्ने गर्छ । यहाँ एउटा पसलले सरदर एक सय केजी दूध खपत गराउँछन् । बैजनाथको पेडा पसलमा त दैनिक चार सय लिटर दूध खपत हुने गरेको छ । नागेश्वरले पनि ढेडसय केजी दूध खपत गराउँदै आएका छन् । नागेश्वरका अनुसार पाँच लिटर दूधबाट एक केजी राम्रो पेडा बन्छ । जुन केजीको चार सय रुपैयाँमा बिक्री हुने गर्छ । दैनिक करिब १४ केजीसम्मको व्यापार गर्दै आएका छन् । पेडा पसल धेरै भएकाले यस क्षेत्रमा दूधको निकै खपत हुने गरेको दूध व्यवसायीहरु बताउँछन् । उदयपुरको बेलटार र अम्वासी सप्तरीको फत्तेपुर महुली सुनसरीको कोशी टप्पुलगायतका क्षेत्रबाट करिब अढाई सय मनसम्म दूध खपत हुने गरेको दूध व्यवसायीले जानकारी दिए ।