Social Icons

इच्छा शक्तिले जितेको एउटा मान्छे

  • देवेन्द्र कार्की '
    असफल हुने मान्छे गतिलो प्रशिक्षणको आशा गर्छनतर सफल हुनेहरु भने कुनै प्रशिक्षण नहुनुको वावजुद पनिपछि पर्दैनन् ' यसैको उदाहरणको रुपमा विना प्रशिक्षणपढेर भन्दा परेर फोटोग्राफीमा खारिएका २७ वर्षिय युवामिङमा चुक्टे शेर्पालाई लिन सकिन्छ लाहुरे परिवारमाहङकङमा जन्मिएका मिङमाले सानो छदा ११ वर्षको उमेरमादेखेको सपना अहिले पुरा गर्ने ध्याउन्नमा छन् ११ वर्षकोउमेरमा हङकङबाट धरान फर्किएपछि उनको मनमा हिजोदेखेका कुरा आज कसरी हेर्न सकिन्छ वा समयलाई रोक्न केउपाय भन्ने सोच मनमा आयो उनले हिजोको कुरा आजदेख्न गर्ने माध्यम फोटो ग्राफी भएको सोचि हाले यहीकल्पनाबाट उनले मनमा एउटा जुक्ति निकाले अनि सुरुसुरु गरे तस्वीरका माध्यमबाट समयलाई रोक्ने कर्मको सुरुवात
फोटो ग्राफी हुने इच्छाले उनलाई जित्न नसकेको भए यति बेला कोशोगो कारगिल लगायतका ठाउँमा एसएल आर राइफल लिएर विद्रोहीको खोजीमा डाँडा पाँखा चाहदै रहेका हुन्थे होला । या ता नेपाली सेनाको व्यारेकमा राजनीतिक अस्थिरता निहाल्दै दिनार्चाय कटाउदै गरेका हुन्थ्र्ये होला । २०५८ सालमै भारतीय सेनामा भर्ति भएका मिङमाले बाउको विडो थाम्न मन नलागेर र अर्काको देशमा गुलामी गर्ने इच्छा नभएर ४ वर्षपछि नेपाल फर्किए । भारतीय सेनाको जागिर त छोडे तर फेरी घर पायकमा नेपाली सेनामा भर्ना भए । माग्यवस सेना हुँदा हुने हरेक कार्यक्रममा उनले सानोमा सोचेको फोटोग्राफी कार्यलाई भने निरन्तरता दिन पाए । सेनाको अफिसरहरुको तथा कार्यक्रममा तस्वीर खिच्ने मौका पाएपछि उनको फोटोग्राफी कर्म निकै खारिदै गयो । २ वर्ष सेवा गरि १९ दिने जनआन्दोलनपछि सेनाको जागिरबाट राजिनामा दिएर स्वतन्त्र फोटोग्राफी काममा लागे ।
विशेष वाईल्ड लाइफ ९ध्ष्मि ीषभ० को तस्वीर संकलन गर्न रुचाउने मिङमाले हालसम्म २० हजार तस्वीर संकलन गरेको बताए । भारतमा प्लस टुसम्म अध्ययन गरेका मिङमा भविष्यमा कहलिएको फोटोग्राफी बन्ने बताए । ' वर्तमान समयमा हेर्ने तस्वीरको भन्दा अर्काे विकल्प छैन तस्वीर एउटा ऐना हो जोबाट संसार विचरण गर्न सकिन्छ । तस्वीरको बारे उनी यसरी प्रष्टाउछ्न-' जनावर मान्छेहरुले कम देख्न पाउछन् ती जनावर मेरो क्यामेरामा कैद गर्ने मेरो लक्ष्य छ ।'
सफल फोटोग्राफरको सपना पुरा गर्न उनले भर्खरै ५०० मीमीको लेन्स सहितको क्यामेरा खरिद गरेका छन् । जसकेा दाम ६ लाखभन्दा बढी पर्ने उनले सुनाए । टाढासम्मको वस्तुलाई नजिक ल्याएर कैद गर्न यसले सजिलो हुने उनले बताएका छन् । उनले प्रयोग गर्दै आएको लेन्स धरानमा कमै मान्छेले प्रयोग गरेको उनको भनाइ छ । फोटोग्राफी सम्बन्धि उनले हालसम्म कुनै प्रशिक्षण लिनॆ मौका पाएका छैन । तर उनले सबै प्राविधिक ज्ञान हासिल गरिसकेका छन् । यसको श्रेय भने अग्रज फोटोग्राफरहरुलाई दिन्छन् । पूर्वका सकृय फोटोग्राफर भीम घिमिरे यात्रा थुलुङ प्रेरणाका श्रोत भएको उनले बताएका छन् ।
पढेरभन्दा परेर फोटोग्राफीमा पोख्त मिङमा शिक्षाले भन्दा इच्छा शक्तिले सफल मान्छे जन्माउछ भन्ने कुरामा विश्वास राख्छन् । आधुनिक नृत्यकलाकी जननी इजाडोरा विना प्रशिक्षण नृत्यकलामा प्रख्यात भइन । इजाडोरा जस्तो आफू पनि इच्छा शक्तिबाट फोटोग्राफीमा डुबेको उनको भनाइ छ । उनको लगाव इच्छा रुची र मेहनेतलाई हेर्ने हो भने इच्छालाई अभित्सा बनाउने भए शिक्षा दिक्षाको आवश्यकता छैन भन्ने कुरालाई प्रमाणित गर्छ ।
यतिबेला उनी सफल फोटोग्राफरको दर्जामा पुगेका छन तर तस्वीर सार्वजनिक गर्ने गतिलो माध्यम भने नपाएको उनले बताए । धेरै रिक्स र मेहनेत साथ खिचेका तस्वीरहरु स्थानीय पत्रिकालाई दिदै आएको बताए । ुकान्तिपुर दैनिकले आशा देखाएको थियो तरपछि रेस्फोन्स नै गरेन ।' उनले भने -' तस्वीर सार्वजनिक गर्ने नाम चलेको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय मिडियाको खोजीमा छु ।'