Social Icons

गाउँका हाट बजारहरु


  • देबेन्द्र कार्की

घाम पश्चिमतिर ढल्कँदै गर्दा सप्तरी हर्दिया-७ कमलपुरका रामपि्रत यादवलाई तरकारीको पोको मिलाउन हतार हुन्छ । उनी आपुनै करेसाबारीमा उत्पादन गरेका बेमौसमी तरकारीको पोको बाँधेर तातो घामको पर्वाह नगरी सधैँ साइकलमा गाउँ-गाउँमा लाग्ने हटिया चहार्छन् ।शुक्रबार र सोमबार लहान मंगलबार र शनिबार पन्द्रकठ्ठे आइतबार र बिहीबार भेरिया र बुधबार हनुमान चौकमा लाग्ने हटियामा आफ्ना उत्पादन पुर् याउने उनको दैनिकी बनेको छ । घरदेखि १० किमीको अन्तरमा रहेका यी पाँचवटा हटियामा ताजा तरकारी बेचेर उनले चारजनाको परिवार पाल्दै आएका छन् ।
सानो घरसहित करिब ३ कठ्ठा जग्गा भएको बताउने यादव तरकारी बेचेर दैनिक पाँच सयदेखि दुई हजारसम्म घर िभœयाउँछन् । जग्गा थोरै छ । परिवार ठूलो छ । अन्य काम गर्न लगानी गर्ने पूँजी छैन् ।' उनले भने ुत्यसैले तरकारी खेतीमा लागेको हँु ।ु सिँचाइको अभाव झेल्दै उनको बारीमा लौका बन्दाकोभी फुलकोभी बोडी करेला काँक्रा फसर्ी खोसा्रनी भिण्डी परवललगायतका तरकारी सिजनअनुसार उत्पादन गर्दै आएका छन् । उनले बताएअनुसार गाउँमा लाग्ने हाट-बजारलाई यहाँका कृषकहरुले राम्ररी उपभोग गरी फाइदा लिएका छन् ।
उनीसँग छेउमा तरकारी बेच्दै भेटिएका ५६ वर्षीय विल्टु राम पनि ऐलानी दुई कठ्ठा जग्गामा तरकारी खेती गरी हटियामा बेचेर १४ जनाको परिवार पाल्दै आएका छन् । ुपरिवार ठूलो छ । म गाउँमा लाग्ने हटिया पुगेर तरकारी बेच्छु । श्रीमती तथा अन्य परिवारका सदस्यहरुले घरमा तरकारी खेतीको रेखदेख गर्छन् ।ु रामले सुनाए ुदुखै भए पनि यसरी नै जीवन चलेको छ ।ु स्थानीय ललितादेवी यादव पनि नजिकका भेरिया हनुमानचौकमा लाग्ने हटिया पुगेर तरकारी बेच्ने गर्छिन् । हाट-बजारमा तरकारी बेचेर आफ्ना छोराछोरी पढाउँदै आएको उनले बताइन् ।
सातामा दुईपटक वा एकपटक लाग्ने हाट-बजारलाई पनि उपयोग गर्न जान्यो भने आपुूलाई आवश्यक परेको बेला घर खर्च टार्नलाई कसैलाई गुहार्न पर्दैन भन्ने उदाहरण यहाँका किसानहरुले देखाएका छन् । छिमेकी गाउँ तथा आफ्नै गाउँमा लाग्ने हाट बजारमा आफूले उत्पादन गरेका तरकारी-फलफूल बिक्री गरेर अचेल मनग्ये आम्दानी गर्न थालेका छन् ।
सप्तरीको हर्दिया गाविस-७ कमलपुरका उमेर पुगेका र घरमुली प्रायः सबै परिवार धान्न भारतको विभिन्न ठाउँमा मजदुरी गर्न जाने गर्थे । तर थोरै लगानीमा आफूसँग भएको खेतबारीमा तरकार खेती गरे अर्काको मुलुकमा गएर गुलामी गर्नु नपर्ने बुझेपछि यहाँका कृषकहरु व्यावसायिक तरकारी खेतीमा लागेका छन् । भारत जाने क्रम केही मात्रामा रोकिएको स्थानीय कृषक सूर्यनारायण यादवले बताए । बेमौसमी तरकारी उत्पादन गरी हटियामा बेचेर अधिकतम नाफा कमाउन यहाँका महिलाहरु बढी खट्ने गरेका छन् ।
ुहामी बुढाबुढी खेती व्यवसाय गर्छौ छोराछोरीहरु विद्यालय पढ्न जान्छन्ु स्थानीय ललितादेवी यादवले भनिन् ुपैसा कमाउने मान्छेहरु विदेश जान्छन् जान्यो भने हाम्रै करेसाबारीमा विदेशको भन्दा बढी आम्दानी छ । ुपहिले घरमा चाहिने आवश्यक सामान जुटाउन समस्या पथ्र्यो तरकारी खेती गरेर बेच्न थालेपछि सम्पूर्ण घर खर्च चलेको छ । अब त श्रीमान्को पनि मुख ताक्नुपर्दैनु उनले भनिन् ।
गाउँमा हटिया साचालन र कृषकहरु तरकारी खेतीमा लागेपछि नोकरी गर्न भारत पलायन हुने क्रम रोकिएको छ । उनीहरुले लहान गाईघाटलगायतका बजारमा तरकारीको आवश्यकतालाई अभाव हुन दिएका छैनन् । अर्को सधैं घुम्टो ओढेर घरधन्दामा सीमित महिलाहरु ढाकीमा तरकारी बोकेर बजार-बजार डुल्ने गरेका छन् । घुम्टो छोडेर घरबाट बाहिर निस्की कसैसित बोल्न डराउने महिलाहरु अहिले तरकारी बेचेर पैसा कमाउन थालेको जनता उच्च मावि सिशुवारीका शिक्षक कुदार कार्कीले बताए । अहिले कृषकहरु आधुनिक तरकारी खेतीप्रति आकर्षित हँुदै गएको उनले बताएका छन् । उत्पादित तरकारीको बजार राम्रो भएकाले कृषकहरु त्यसतर्पु आकर्षित भएका हुन् । हर्दिया दौलतपुर पिप्रा पश्चिम कडरवानालगायत गाविसका बासिन्दाहरु तरकारी खेतीबाट राम्रो आम्दानी गदै आएको हर्दिया गाविसका सचिव हरिनारायण चौधरीले बताए ।
गरिबी अभाव बेरोजगार बढ्दो जनसंख्याले गाँजेको कमलपुरबासीको सपना त्यही तरकारी खेतीले पूरा गरेको छ । यादव रामजस्तै यहाँ सयौं परिवार तरकारी खेतीबाट बिहान-बेलुकाको मेसो मिलाउँदै आएका छन् । यहाँ बसोवास गर्ने चौधरी यादव राम मुसहर चमार गुवारलगायत जातिका सबै मान्छे अहिले तरकारी खेती गर्दै आएका छन् । यहाँका प्रायः कृषकहरुको आफ्नो जमिन छैन । जसको जमिन कम छ उनीहरुको परिवार संख्या बढी भएको पाइएको छ । उनीहरु केही परिवारका सदस्य अर्काको जमिनमा बटिया खेती गर्छन् भने उमेर पुगेका छोरा मान्छे भने भारततिर मजदुरी गर्न जाने गरेका छन् ।
विद्युत् सिँचाईको अभाव झेल्दै आएका यहाँका कृषकहरु तरकारी खेतीतिर लागे पनि सरकारी बिऊ-बिजन प्राविधिक सल्लाह-सुझाव नपाएको गुनासो गरेका छन् । विद्युत् सिँचाइ उन्नत बिऊ-बिजन प्राविधिक सहयोगलगायतको सुविधा पाउने हो भने यहाँका कृषकले नमूना तरकारी गाउँ बनाउने स्थानीय एक शिक्षकले बताए ।