Social Icons

योग, ओशो र आध्यात्मिक पर्यटन


नेपाल ऋषिमुनिहरुको पवित्र तपोभूमि हो । यहाँ विश्वका लाखौं व्यक्तिहरु आध्यात्मिक जागरणका लागि साधनारत् छन् । पछिल्लो समय नेपालमा झन् आध्यात्मिक जागरणको लहर चलेको छ । योगा र ध्यान अब कुनै विलासिता नभई आवश्यकता भएको छ । संसारलाई राम्ररी भोग्न तथा स्वस्थ्य र सन्तुलित जीवन बिताउन योगा र ध्यान जरुरी भएको छ । विक्षिप्त र अशान्त मनबाट आपुूले जुटाएको सांसारिक सुविधालाई राम्ररी भोग गर्न सकिँदैन तर एक स्थिर चित्त र ध्यानस्थ एवं योगमय मनले सबै चीजको मज्जा लिन सकिन्छ भन्ने आध्यात्मिक विचारकहरुले व्यक्त गर्दै आएका छन् । ध्यान र आध्यात्मिक सन्देश विश्वभरि फैलाउने अभियानमा जुटेका ओशो विचारका प्रचारक एवं आध्यात्मिक अन्वेषक र सत्य मार्गका एक यात्रीको रुपमा स्वामी आनन्द अरुणलाई चिन्न सकिन्छ । काठमाडौंस्थित ओशो तपोवनका मुख्य आचार्य बोधिसत्व स्वामी अरुण यति बेला नेपालमा आध्यात्मिक पर्यटन प्रवद्र्धन अभियानमा लागेका छन् । उनी सुनसरीको विष्णुपादुकालाई अन्तर्राष्ट्रिय आध्यात्मिक पर्यटकीय भिलेज बनाउने तयारीमा जुटेका छन् । प्रस्तुत छ उनले ओशोको मार्गदर्शन अध्यात्म ध्यान र आध्यात्मिक पर्यटनको विषयमा आलोपालोका सम्पादक देवेन्द्र कार्कीले गरेको वार्तालापको सम्पादित अंश:


ध तपाईं आपुूलाई कसरी चिनाउनुहुन्छ ?
-म आपुूलाई ओशोको एउटा समर्पित शिष्य उहाँको विचार प्रचारक एक आध्यात्मिक अन्वेषकको रुपमा चिनाउँछु । नेपालसहित विश्वमा साधना र ज्ञानको फैलावट होस् भन्ने मेरो विचार छ । विशेष गरी नेपाललाई आध्यात्मिक पर्यटकीय देशको रुपमा चिनाउने अभियानमा लागेको छु । आध्यात्मिक पर्यटन प्रवद्र्धनका लागि हालसम्म विश्वका २० वटा मुलुकमा पुगेर प्रवचन दिइसकेको छु । मेरो अभियानबाट प्रभावित भएरअहिले ओशो तपोवनमा विश्वका ८० राष्ट्रका व्यक्ति साधना गरिरहेका छन् । सुनसरीको विष्णुपादुकामा पनि ती आध्यात्मिक पर्यटक िभœयाउने अभियानमा म लागेको छु ।


ध अध्यात्म के हो धर्म र अध्यात्ममा केही फरक छ कि ?
-सत्यको स्वीकार हो अध्यात्म । समग्र र अखण्डित जीवनको बोध नै अध्यात्म हो । जीवनको शुद्धीकरण र पवित्रताको खोज नै अध्यात्म हो । धर्म र अध्यात्मको फरकको व्याख्या गरेर कुनै फाइदा नहोला । यसमा विविध मत-मतान्तर छन् । यसमा विभिन्न विचारकहरुको पनि एउटै धारणा छैन । केही विचारकहरु धर्मलाई सम्प्रदाय भन्छन् र अध्यात्मलाई सम्प्रदायहरुको जोडको रुपमा व्याख्या गर्छन् । धर्म भनेको मनुष्यमात्रको स्वभाव हो भनेर मान्ने हो भने त्यो अध्यात्म हुन जान्छ ।


ध ओशो को हुनुहुन्छ र उहाँको सन्देश के हो ?
-ओशो एक सद्गुरु हुनुहुन्छ । बुद्ध र शंकराचार्यपछि ओशो जस्तो व्यक्तित्व सायद जन्मिएनन् । उहाँलाई यस कालखण्डमा जन्मिएका महापुरुषको रुपमा मान्छौं ।
बुद्धले दिनुभएको मुख्य सन्देश संसारमा दुःख छ र दुःखको कारण छ । ओशो त्यसैलाई परिमार्जन गर्दै भन्नुहुन्छ ुदुःखको कारण बेहोसी हो । हामी जति पनि दुःख पाइरहेका छौं त्यो बेहोसीकै कारणले हो । संसारमा दुःखको अर्काे कारण हो फोहोरी राजनीित । अदूरदर्शी बुद्धिहीन र बेइमान राजनेताका कारण यस संसारमा साधारण मानिसले दुःख पाएका छन् । त्यसैले दुःखको भित्री कारण नै बेहोसी हो । ओशोको सन्देश पनि यही हो ।


ध अध्यात्म र राजनीतिबीचमा कस्तो सम्बन्ध छ आध्यात्मिक चिन्तक राजनेता बन्न सम्भव छ ?
-अध्यात्म र राजनीति भिन्न कुरा हुन् । राजनीतिका कारण संसारमा िहंसा मच्चिएको छ । राजनीतिले सबै कुरा बिगारेको छ । नेताहरुलाई बिगार्न मिडियाको पनि हात छ । मिडियाले मन्त्री र राजनीतिज्ञ आए भने बढी फोकस गर्छन् । रुघा लागेको पार्टी अफिस छाडेको रिसाएको समेत समाचार निकाल्छन् । तर कुना-कुनामा समाज परिवर्तनका लागि खट्ने व्यक्तित्वको बारेमा मिडियाले त्यति ध्यान दिएको छैन । काम नगर्ने नेतालाई भन्दा वातावरण जोगाउन रुख रोप्नेलाई बढी ध्यान दिने हो भने समाज परिवर्तन सम्भव छ । तर गान्धीवादी व्यक्तित्व हुन सके अध्यात्म र राजनीतिबीच सहकार्य सम्भव छ । गान्धीले जीवनमा धर्म र अध्यात्मको समन्वयसँगै राजनीतिलाई अघि बढाउनुभएको थियो । मानवताप्रति गहिरो करुणा र समुदायप्रति जीवन समपर्ण गर्न सक्नुपर्छ । गान्धी जस्तै रवीन्द्रनाथ टैगोर विवेकानन्द रमण महर्षि अरविन्दजस्ता व्यक्तिहरु पैदा भए भने राजनीति र अध्यात्मबीचमा समन्वय सम्भव छ । अध्यात्म व्यक्ति राजनेता बन्न सक्छन् तर बडो विशाल छाती चाहिन्छ करुणापूर्ण र बडो विनम्र व्यक्तित्व चाहिन्छ जसले यो दुईवटैलाई बुभुन सकोस् ।


ध अहिले युवा निकै निराश देखिएका छन् । उनीहरुलाई के सन्देश दिनुहुन्छ ?
-राजनीतिक अस्थिरताका कारण युवामात्र होइन राजनीतिक नेताहरु समेत निराश छन् । मुलुकको सङ्कटप्रति उनीहरुको पनि अनुहार चाउरिएको छ । युवाका लागि रोजगारीको ग्यारेन्टी छैन कुनै विषयमा अध्ययन गरेर के गर्ने के हुने भविष्य अनिश्चित छ । युवाको लागि कुनै काम हुन सकेको छैन । अब युवाले आफैं अवसर खोज्नुपर्छ । पर्यटकीय क्षेत्र विस्तारका लागि युवा सकि्रय हुने हो भने रोजगारीको अवसर बढ्छ ।


ध सामाजिक रुपान्तरणमा अध्यात्मको भूमिका कस्तो हुन्छ ?
-अध्यात्मको निकै महत्वपूर्ण भूमिका रहन्छ । आध्यात्मिक व्यक्तिहरु दीक्षित र कल्याणकारी हुन्छन् । समाजका सही सुधारक तुष्णारहित आध्यात्मिक व्यक्तिमात्र हुन सक्छन् । जिसस मोहम्मद बुद्ध शंकराचार्य रमण महर्षिलगायत् व्यक्तिबारे राजनीतिज्ञहरुले पढ्ने बुभुने काम भएको छैन । उनीहरुबारे ज्ञान हुनु जरुरी छ । राजनीति हावी भएका कारण अध्यात्मले स्थान पाएका छैन । यसमा परिवर्तन आयो भने आध्यात्मिक व्यक्तिहरुले पनि सामाजिक क्रान्तिका लागि योगदान गर्न सक्छन् ।


धविष्णुपादुकालाई अन्तर्राष्ट्रिय स्तरको आध्यात्मिक पर्यटकीय गन्तव्य बनाउने तयारी गरेको भन्नुभयो यो कसरी सम्भव छ ?
-हामीले नेपालका पाँचवटै विकास क्षेत्रमा अन्तर्राष्ट्रिय आध्यात्मिक भिलेज बनाउने तयारी गरेका छौं । पूर्वमा सुन्दर नगरी धरानसँग जोडिएको विष्णुपादुका छनौटमा परेको छ । यहाँ पर्यटकीय सम्भावना धेरै भएकोले ओशो महापरिनिर्वाण ध्यान आश्रम स्थापना गरिएको छ । यो क्षेत्रलाई आध्यात्मिक पर्यटकीय स्थल बनाउन अहिले २० वटा देशहरुमा प्रचार-प्रसार गरिरहेको छु । काठमाडौंको तपोवन ध्यान केन्द्रमा हाल ८० देशका आध्यात्मिक पर्यटकहरु आइरहेका छन् । काठमाडौं आउने पर्यटकहरु विष्णुपादुकामा पनि आउँछन् । अन्तर्राष्ट्रिय पर्यटकीय स्थल बनाउन डेढ बिघा जग्गा खरिद गरेर ४० वटा प्लटिङ गरेर बिक्री सुरु गरिएको छ । धरानलगायत् विष्णुपादुकालाई पनि विश्वको पर्यटकीय सूचीमा नाम लेखाउन हाम्रो प्रयास जारी छ । तपोवनभन्दा विशाल विष्णुपादुका बन्नेछ ।
यो क्षेत्रमा भारतबाट आउने पर्यटकहरुलाई मात्र व्यवस्थित गर्न सकियो भने काफी हुन्छ । धार्मिक पर्यटकहरुबाट नेपाललाई सम्पन्न बनाउन सकिन्छ । वार्षिक तीन करोड भारतीयहरु नेपाल घुम्न चाहन्छन् । उनीहरुको लागि शान्ति सुरक्षा र पूर्वाधार निर्माण गर्न सक्नुपर्छ । विशेष आन्तरिक पर्यटकहरुलाई बढी प्राथमिकता दिएर यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न सकिन्छ । पर्यटन प्रवद्र्धन गर्न सरकारबाट केही आशा गर्न सकिन्छ मात्र शान्ति सुरक्षामा सहयोग गरिदिए पुग्छ ।