Social Icons

चासोक तङनाम पर्यटन उत्सव:संस्कृति संरक्षणको पाटो


-देवेन्द्र कार्की
धरान /डाँडापाखाहरुमा पैंयु पुूल्न थालेका छन् । जाडोको कारण खोला-नदीमा माछा र आकासमा उड्ने चराचुरुङ्गी दक्षिणतिर मोडिएका छन् । प्रकृतिको यो निरन्तरताले किरातहरुको उधौली याम सुरु भएको छनक मिल्छ । प्रकृतिका पुजक किरात जातिहरु पैँयु पुूल्न थालेपछि र जाडो याम सुरु भएसँगै भाषा सँस्कृति संरक्षणको खातिर उँभौली मनाउने गर्छन् । कुनै जातिको अस्तित्व भनेको उसको भाषा सँस्कृति हो । जातिको अस्तित्व त्यसबेला रहन्छ जतिबेला उसको भाषा सँस्कृति र सम्पदा चीर र कालजयी हुन्छ । यही कुरा बुझेर जाति भाषा सँस्कृति र सम्पदाको संरक्षणमा प्रकृतिपुजक आदिवासी किरात जातिहरु अग्रपङ्तिमा देखिएका छन् ।
परम्परादेखि नै घरघरमा चासोक तङनाम मनाउँदै आए पनि पछिल्लो दुई दशकयता यो पर्वलाई आदिवासी जनजाति लिम्बूलगायत चार किरातीले आपुनै शैलीमा सामूहिकरुपमा सार्वजनिक माङहिम र स्थलमा भेला भएर ३ देखि ७ दिनसम्म भव्यताका साथ मनाउन थालेका छन् । उधौली पर्वलाई लिम्बूले चासोक तङ्नाम राईले उधौली साकेला सुनुवारले फोलष्याँदर र याक्खाले चासुवाको नाममा परम्परागतरुपमा मनाउदै आफ्नो संस्कृति लोप हुनबाट जोगाउँदै आएका छन् ।
संस्कृति संरक्षणको अभियान किरात याक्थुङ चुम्लुङ धरान नगरसमितिले केही वर्ष अघिदेखि थालेको छ । लिम्बू संस्कृतिमा लोप हुन लागेका विविध कला सँस्कृति गीत सामूहिकरुपमा प्रस्तुत गर्ने अवसर मिलाउँदै आएको छ । यस वर्ष पनि आइतबारदेखि धरान-१५ स्थित चुम्लुङ हिमपरिसरमा सप्ताहव्यापी चासोक तङनाम न्वाँगी पूजा उत्सव साँस्कृतिक पर्यटन उत्सव साचालन गरेको छ ।

सँस्कृति संरक्षणको अलावा चासोक तङनाम भेटघाट शुभकामना साटासाट कूल देवीदेवताको पूजा अर्चना र सामूहिकरुपमा मनोराजन गर्ने एउटा माध्यम पनि बनेको छ । सामूहिक न्वाँगी पूजाले लिम्बू जातिभित्र सामाजिक सद्भाव र सम्बन्ध बढाउने महत्वपूर्ण भूमिका निर्वाह गरेको किरात याक्थुङ चुम्लुङ धरान नगर समितिका अध्यक्ष प्रदीप मेयाङवोले जनाए ।

ुपरम्परागत चाडपर्वलाई सामूहिकरुपमा मनाउने काइदा नयाँ पुस्तामा हस्तान्तरण गर्नु पनि होु मेयाङवोले भने ुउत्सवमा प्रस्तुत गरिएको केलाङ यालाङ हाक्पारे साम्लो मुन्धुमीमा वृद्धवृद्धासँगै युवायुवतीहरुको उत्साहपूर्ण सहभागिता हुन थालेको छ । धरान-१९ की १५ वर्षीया मिलन हुप्पा चोङवाङ गुन्यू-चोली र गहनाले सजिसजाऊ भएर धरान-१५ स्थित चुम्लुङ हिममा सोमबार केलाङ-च्याम्ब्रुङ नाच्दै गरेको भेटिइन् । गलामा कण्ठ कानमा लेसो निधारमा शिरबन्दीले ठाँटिएकी चोङवाङले थरगत र थुमगतका सामूहिक साँस्कृतिक समूहहरुको बीचमा पसेर उत्साहसाथ केलाङ च्याम्ब्रुङ नाचिन् ।

बेलुका साथीहरुसँगै धान नाच नाचिन्छ ।ु पब्लिक उच्च माविमा भरखर कक्षा-११ मा पढ्दै आएकी चोङवाङ भन्छिन् ुआफ्नो सँस्कृति जोगाउन धान नाच नाच्छु । उनीसँग धरान-१८ की १७ वर्षीया पुष्पााजली लिम्बूलगायत एक हुल युवतीहरु आफ्नो संस्कृति संरक्षणको खातिर पुसको पारिलो घाममा पसिना पुछ्दै केलाङ नाच्दै थिए ।

उधौली पर्वका अवसरमा नाचिने धान नाचमा नाता नपर्ने युवायुवतीहरु एक अर्काको हात समाएर नाच्ने चलन छ । धान नाच्ने क्रममा मनपरापर भए विवाह गर्ने प्रचलन पनि रहेको छ । धान नाच्ने र विवाह गर्ने चलन गाउँघरमा कायमै रहे पनि सहर-बजारमा भने हराएको धरान-८ का बलराम सुब्वा लिम्बूले बताए ।

खासगरी अरुणपूर्वका सुनसरी मोरङ झापा इलाम पाँचथर ताप्लेजुङ तेह्रथुम सङ्खुवासभा र धनकुटामा रहेका लिम्बूहरुले धरानमा जस्तै एउटा निश्चित ठाउँमा सामूहिकरुपमा चासोक तङ्नाम मनाउने गरेका छन् ।

उधौली याममा आफ्नो परिश्रमको फल विविध अन्नपातको उपलब्धता र उपयुक्त हावापानी हुने भएकोले लिम्बू जातिले चासोकलाई ुचासोक तङ्नामु न्वाँगी पूजा को रुपमा भव्यताको साथ मनाउने गरेका हुन् । आजभोलि हङकङ बेलायत कतार युएई अष्ट्रेलिया अमेरिकालगायतमा बसेका लिम्बू जातिहरुले पनि यो पर्व मनाउँदै आएका छन् ।

जातीय पहिचान र सँस्कृति संरक्षणको उद्देश्यले आयोजना गरेको साप्ताहव्यापी चासोक तङनाम साँस्कृतिक पर्यटन उत्सव सोमबार कियाचुकी केन्द्रीय उपाध्यक्ष दुर्गामाया लिम्बूको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको छ । उत्सवमा धरानमा रहेका सकि्रय जनजाति लिम्बू राई तामाङ मगर सुनुवार नेवार गुरुङ शेर्पाका साँस्कृतिक नृत्य तथा झाँकी प्रदर्शनी गरिएको छ । उत्सवमा लिम्बू जातिको परम्परागत साँस्कृतिक खेल जनजाति परिहन प्रदर्शन त्येअङ्सी सिरिजंगा जयन्ती लिम्बू तथा जनजाति खाना तथा पेय परिकार रोटेपिङ रोमााचकारी मनोराजक खेल समावेश गरिएको छ ।