Social Icons

कंचनपुर - फत्तेपुर सडक गरिवको फाटेको टोपी जस्तै


फत्तेपुर /पूर्व पश्चिम राजमार्ग सप्तरीको कंचनपुर बेरियर सडक खण्डबाट उत्तरतिरको यात्रा गर्नु भएको छ / छैन् त्यो बाटोप्रति अपरिचत पर्नु भयो भने फेरी सायदै त्यो बाटो भएर यात्रा गर्ने कार्यक्रम कमै बन्छ होला । कुनै समय कंचनपुर देखि फत्तेपुरसम्म १३ किमीको सडक पिच थियो । चिल्ला कारमा सरर् १०/१५ मिनेटमा फत्तेपुर पुग्न सकिन्थ्यो । तर अचेल १०/१५ मिनेटमा त्यो बाटोको यात्रा तय गर्न सकिन्न । १३ किमी यात्रा गर्न सायदै १०/१५ मिनेट भन्दा बढि समय लाग्दैन तर उक्त रुटमा यात्रा गर्दा साना गाडीमा त एक घण्टा लाग्छ बस मोटरसाईकलमा पनि आदि घण्टा ४५ मिनेट समय खर्चनु पर्छ । समयको त कुरै छाडौ त्यो रुटमा यात्रा गर्दा गन्तव्यमा पुग्दा सेतो मान्छे कालो भएर पुग्छ । सित्तैको पाउडरले शरीर धुलाम्मे हुन्छ । लाग्छ सडकको यस्तो दुर्दशा हुदा कंचनपुरमाथि बस्ने समुदाय राज्यले दिने सेवा सुविधाबाट बन्चित समुदाय हुन । उनीहरु माथि विकास निमार्ण र अवसरमा सरोकारवाला निकायहरुले सौतेलो व्यवहार गरिरहेका छन् की भन्ने सहजै अनुमान गर्न सकिन्छ ।
यो सडकको कालो पत्रे भत्किएको बर्षौ भयो । अहिले पुरानो कालो पत्रेको नामो निशान छैन् । विच सडकमा ठू-ठूला खाल्डाहरु परेका छन् । हिउदमा धुलोले सडक ढाकेको हुन्छ भने बर्षामासमा पानीको पोखरी हुन्छ । नयाँ चालकहरुलाई सडक कहाँ छ ठम्याउन ग्राहो हुन्छ । बर्षैपिच्छे जिविस र गाविसहरुले त्यो क्षेत्रको बाटो मर्मत गर्नका लागि भनेर बजेट समेत छुट्याउने गरेका छन् तर त्यो बजेट सडकसम्म अनाई पुगेको गुनासो स्थानियहरुको रहेको छ । मर्मतको नाममा ठेकेदार र बजेट विनियोजनमा सहभागी कर्मचारी मोटाए तर सडकको स्तरोन्नती कहिल्यै हुन सकेको छैन् । राज्यले पनि त्यो सडक निमार्ण गर्न कुनै योजना ल्याउन सकेको छैन् । कंचनपुर फत्तेपुर सडक गरिवको फाटेको टोपी जस्तै छ
सडक निमार्णको योजना देखाएर मधेसी जनअधिकार फोरमका सह-अध्यक्ष जेपी गुप्ताआनन्द पटक पटक संसद भए र सरकारमा पुगेर महत्वपूर्ण मन्त्रालयसमेत पाए । तर त्यो बाटो उनको प्राथामिकतामा पर्न सकेन ।
राजनीतिक पार्टीहरुले उक्त बाटो निमार्णको चुनावी घोषणा पत्र बनाएर भोट मागे । जनताले जिताए पनि तर चुनाव पछि नेताहरु कानमा तेल हालेर बसेका छन् । क्षेत्र नं। १ का सभासद् हेमराज तातेडले पनि निर्वाचन अघि यो बाटो बनाउने केही चुनावी भाषणमा व्यक्त गरेका थिए ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट सभासद् बनेका तातेड उदयपुरका सभासद् डा. नारायण खड्का पूर्व भौतिक योजना तथा निमार्णमन्त्रि एवं उपप्रधानमन्त्रि विजय गच्यादारलगायतका मन्त्रि तथा सभासद्हरु चिल्ला कारमा कंचनपुर-फत्तेपुर-बेलटार खराव बाटोका कारण कठिन यात्रा गरे तर बाटोको स्तरोन्नती गर्न भने कसैले ध्यान दिएनन् ।
नेता तथा सरकारले त हाम्रो समस्या सुनेन । यसो भनेर हामी चुप चाप पनि बस्नु हुदैन् । सरकार र नेताको मुख ताकेर बस्नु हुदैन । उनीहरुको आशामा बस्दा हामीले कठिन यात्रा गरि रहन परेको छ । अव स्थानियस्तरमा सडक बनाउन पहल कदमी गर्नु पर्छ । कंचनपुर, धरमपुर, कमलपुर, जगतपुर, ओद्राह फत्तेपुरमा मात्र ६ स्थानमा सडक निमार्ण सहयोगार्थ धार्मिक सप्ताह महायज्ञ गर्न सकियो भने सडक निमार्णका लागि रकम काफी हुन्छ । हामीआफै सडक निमार्ण गरेर उक्त सडकबाट कर उठाउन सक्छौ । अभियानका रुपमा सडक निमार्णमा जुट्ने हो भने कसैको मुख ताक्नु पदैंन् । स्थानियस्तरमा सडक निमार्णका लागि के गर्न सकिन्छ भन्नेबारे अर्को अंकमा चर्चा गरौला ।