Social Icons

लाली गुरासको राजधानी उक्लीदा


फोहोर धुवाँ धूलोसँगै आयातित अत्तरका सुगन्धहरु धरानको फुस्रेबाट उकालो लागेपछि धरानतिरै छोडिन्छ । भेडेटार उक्लिएपछि प्राकृतिक वासना र सुगन्धमा रमाउन पाइन्छ । निशासिदो कोलाहपुर्ण संसार छोडेर एउटा छुटटै संसारीक आनन्दमा रमाउन पाईन्छ- पहाडको यात्रामा निस्कीदा । अनि यतैबाट सुरु हुन्छ रातेम्मे फूलेका लेकाली फूल लाली गुराँसको यात्रा ।एउटा बसभित्र र छतभरि साथीहरु गत वैशाख ९ गते बिहान सूर्योदयसँगै यात्रा सुरु गरें । म र इटहरीका अनिल अधिकारी सानो बाटोलाई ठपक्कै ढाकेर दगुर्ने बसको अघिपछि हुँदै गुराँसको राजधानी तीनजुरे मिल्के र जलजलॆको यात्रामा अगाडि बढ्यौं । यो एउटा रमाइलो र रोमााचक यात्रा थियो । जति सडक साँघुरो भए पनि त्यहाँ वरपर देखिने दृश्य भने फराकिलो भएकोले मनभरि तनभरि र क्यामराभरि सुन्दर दृश्यहरु कैद गर्दै हामी वसन्तपुसम्मको यात्रालाई जारी राख्यौं । बीच बाटोमा बस र यात्रीहरुको भीड वरपर लाली गुराँसको घना जंगल अनि गुराँस सिउरिएर भेडेटारदेखि तेह्रथुमसम्म िसंगारिएका रङ्गीचङ्गी तुल ब्यानरले बजार शोभायमान बनाइरहेको थियो । उता गुरासकै रक्तीम फूल कपालमा सिउरेर मेलापात गर्ने यूवतीहरुको तातीले उस्तै हाम्रो मन खिचेको थियो । गुरासे जगलमा घास दाउरा गर्न हिडेका एक हुल यूवतीलाई सिधुवा माथि डाडामा अनिलले मोटरसाईकल रोकाएर जिस्काई हाले ।ुआउ है जाउ महोत्सव घुम्नु-अनिलले भनि नसक्दै ती यूवतीहरुले लाने भने जाने भनेर मुख खोली हाले ।
धनकुटाको सिधुवा बजारमा हामी चिया पिउने बहानामा एकछिन अडियौं । बहाना चियाको भए पनि त्यहाँ िसंगारिएको बजारको दृश्यावलोकन गर्नु हाम्रो उद्देश्य थियो । प्रवेसद्वारहरुको तुलबाट टाउको जोगाउन हम्मे भएका बेला माथि ठिङ्ग उभिएको पाथिभरा डाँडा क्षितिजमा मकालु मनास्लु हिमाल र बेहुली झैं िसंगारिएको सिधुवा बजारको दृश्य कैद गर्न क्यामरा लिएर अनिल त_िम्सए ।

बाटोभरि राताम्मे गुराँसको जङ्गल छिचोल्दै राष्ट्रिय लाली गुराँस महोत्सव-२०६४ उद्घाटन स्थल वसन्तपुर विश्राम गर्न पुग्यौं । त्यहाँ झन सिँगारिएको रहेछ । धनकुटा तेह्रथुम संखुवासभा ताप्लेजुङका स्थानीय राजनीतिक कार्यकर्ता प्रहरी प्रशासनदेखि लिएर विधायका र मन्त्रीहरुको ठूलै जमघट थियो । पाँच दिनसम्म चलेको महोत्सवमा झाँकी प्रदर्शन गर्न सांस्कृतिक कार्यक्रम देखाउन एवं गीत नृत्य तथा अन्य कला देखाउन देशकै ख्याति प्राप्त कलाकारहरु मनोज गजुरेल खेम गुरुङ किशोर थुलुङ लगायतको प्रस्तुतिले यात्राभरिको थकान भुलाएको थियो ।
जताततै महोत्सवको रन्को चलेको थियो । आन्तरिक एवं बाह्य पर्यटनको आगमनले वसन्तपुरमा चलेका दर्जनौं होटलले रामै्र आम्दानी िभœयाउन भ्याए । यता भर्खर सुरु गरेका ताप्लेजुङ होटलकी शेर्पिनी साहुनीलाई मन्त्री कलाकार र पर्यटकहरुलाई अतिथि सत्कार गर्न भ्याई नभ्याई थियो । मन्त्रीले भाषण गर्दा र कलाकारहरुले गीत गाउँदा स्वर खुलाउने सोमरसको खपत पनि आयोजकले रामै्र
गरेका थिए । नेताहरुको दिनभरि भाषण सुनी आफ्नो मिडियालाई समाचार फ्याक्स गरी हामी पनि ठूला पगरी गुथेकाहरुको भीडमा थकानलाई मत्थर पार्न केही साथीहरुसँग सुटुक्कै शेर्पीनीको होटलमा छिर् यौं । ुयो गुराँसको रसबाट बनाएको एक नम्बर वाईन होु-ग्लासभरि देखिएको रक्सीलाई बि्रफिङ गर्दै याक होटलका साहुजी पेम्बा लामाले भने- 'गुराँसको रसले मान्छेलाई फाइदा गर्छ । यो एउटा जडीबुटी पनि हो ।' साहुजीको कुरा सुनेर पत्रकार प्रदीप मेयाङ्बोले एउटा बोतल रित्याइहाले ।

जडीबुटीयुक्त वाइनकॊ चारैतिर चर्चा चलेपछि कोदोको तोङ्बामा मस्त सहयात्रीहरु गुराँसको जुसबाट बनाएको रक्सीको स्वादको पछि लागिहाले । झण्डै दुई दर्जन पत्रकारहरु पूर्वााचल एवं काठमाडौंबाट भेला भएका थिए महोत्सवमा । तीनजुरे जलजले मिल्के गुफापोखरी लगायतका ठाउँ पत्रकार वनस्पतिविद वातावरणविदले गुराँस क्षेत्रको अध्ययन भ्रमण गरेका थिए ।

किमाथाङ्काको द्वार- यो गाउँमा पर्यटकसँगै भित्रिएको चहलपहलले अवसर खोज्नेहरुलाई झनै आकर्षित पारेको रहेछ । संखुवासभा तामाफोक-९ की सुनिता गुरुङ महोत्सवमा गुराँसको जुस बेच्दै भन्दै थिइन्-ुगुराँस पनि बहुउपयोगी वस्तु हो भन्ने बुझाएर जुस बनाउने तालिम पाएपछि खेर गएको फूल प्रयोगमा आएको छ ।ु उनले तीनजुरे लालीगुराँस उत्पादन समूह गठन गरेर ५ सय लिटर जुस उत्पादन गरी रामै्र कमाइ गरेको सुनाइन् । अचेल गाउ गाउमा लाली गुरासको जुस उत्पालन गर्न उद्योग खोलीएका रहेछन । उद्योग खोलीए पनि आधुनिक मेसिन र जुस बजारको अभाव खच्कीएको गाउलेहरुले गुनासो गरे ।
लाली गुराँस संरक्षण समितिको आयोजनामा भएको महोत्सवपछि गुराँसको महत्व र उपयोगिता बुझी गाउँलेहरु आम्दानीको स्रोत पहिचान गर्न जुटेका छन् । २८ प्रजातिका गुराँस पाइने गाउँमा युवायुवतीहरुको जोस जाँगरका साथ गुराँस संरक्षणमा उत्साही भीडले यात्रा अवधिभर रमाइलो बनायो । पाका पर्यटकले भन्दा तन्नेरी पत्रकार एवं पर्यवेक्षकहरुले यसको फाइदा बढी उठाए । अतिथिहरुतर्फ सत्कार गर्दै नाच्दै हामीलाई नाच्न उत्साह जगाउने तन्नेरी-तरुणहरुले यात्रा झनै रमाइलो बनाएका थिए ।

मनभरि तनभरि गुराँस सजाउँदै धेरै दिन बरालिने हामीलाई औधी सोख थियो । धरानबाट निस्किएका एक हुल पत्रकार साथीहरु रात्रिको मनोराजनसँगै बिहानको निर्धारित ग्रामीण पदयात्रातिर लागे पनि अनिल र मैले आफ्नै कार्यालयको कामले यात्रा छुटाउनु पर् यो । हामी २ दिनको रमाइलो यात्रापछि धरान फर्कियौँ । धेरै ठाउँको दृश्यावलोकन गर्न बाँकी थियो हाम्रा आँखा अघाएका थिएनन् तर बीचैमा यात्रा थाती राखेर हामी ओरालो लाग्यौं । लाग्छ त्यो बाँकी दृश्यावलोकन कुनै अर्को समयका निम्ति थाती रहेको हो ।