Social Icons

भित्ताभरि पोखिएको डाँडाबजार

देबेन्द्र कार्की
धरान/
हामीसँग मन मिलाउन भन्छ डाँडा बजारले
हामीसँग हात मिलाउन भन्छ डाँडा बजारले
फाटेको भए त्यो मन सिलाउन भन्छ डाँडा बजारले ।


कवि मन भएका श्रेष्ठ 'परिक्रमा' ले धरानको मोति भवनमा आयोजित कलरवको सातौं शृङ्खलाअन्तर्गत शनिबार ुविम्ब र रङ्गहरुमा डाँडाबजारु कार्यक्रममा यसरी डाँडाबजारबारे गजल सुनाए ।

गत चैत अन्तिम दिन र बैशाख १ गते धरान इटहरी काठमाडौंलगायत्का कलाकार र साहित्यकारहरुको जम्बो टोलीले धनकुटाको डाँडाबजार अवलोकन गरेको थियो । त्यस क्रममा डाँडाबजारको सौन्दर्यमा हराउँदा मनमा पलाएका गीत कविता गजल सुनाउने कार्यक्रम कलरवले मिलाएको थियो । यो अवसरलाई स्रस्टाहरुले भरपुर सदुपयोग गरे ।

मोति भवनको भित्ताभरि डाँडाबजार प्रतिविम्बित थियो । कतै रुझेको कतै खुलेको कतै कुहिरोभित्र हराएको डाँडाबजारका चित्रहरुले उपस्थितहरुलाई लोभ्याएको थियो । कतिलाई त डाँडाबजार नै पुगेको भान भइरहेको थियो । एकजना कविले ते रचना सुनाउँदै आपुू डाँडाबजारमा पुगेको अनुभव सुनाइहाले । साँघुरो हलमा मान्छेहरुको ेबाक्लो उपस्थितिबीच भित्ताको आडमा बसेका मोतिराम भट्ट पनि डाँडाबजारको सौन्दर्य भित्ताभरि देखेर मख्ख परेको भान भइरहेको थियो ।
भित्ताभरि पोखिएको लोभलाग्दो डाँडाबजार आँखाले अघाउाजेल हेर्नेहरुको भीड थियो । ती चित्रमा देखिएका दृश्यहरुबारे कवि र सहित्यकारहरुले गीत गजल र कविताबाट व्याख्या गरेपछि दृश्यबारे अझ प्रष्ट भयो । कार्यक्रममा मनु मिाजल एकु घिमिरे राजेश विद्रोही शेखर ढकाल सुदीप पाखि्रन साजीव राईलगायत्ले डाँडाबजारबारे रचना सुनाएका थिए । प्रा।डा। टङ्क न्यौपाने प्रा। सरण राई साहित्यकार बदि्र पलिखेलगायत्ले करलवको साहित्यिक यात्रा डाँडाबजारबारेका चित्र र कविताबारे बोलेका थिए ।
कला र साहित्य उत्थानमा लागेका युवाहरुको संस्था कलरवले डाँडाबजारबारे कोरिएका पेन्टिङ सार्वजनिक गरेको थियो । कला साहित्यलाई माया गर्ने र साहित्य रचनाबाट परिवर्तनको अभियानमा जुटेका साहित्यकारहरुले ओझेलमा परेको पर्यटकीय स्थल डाँडाबजारबारे व्यक्त गरिएको अभिव्यक्तिले डाँडाबजारलाई पर्यटकीय गन्तव्य बनाउन सहयोग पुग्ने डाँडाबजार गाविसका सचिव ढाकाप्रसाद बरालले बताएका थिए । कार्यक्रममा कृष्ण ब्लोनले पनि बोलेका थिए ।